साँच्चै चुनौतीपूर्ण काम रहेछ मिडिया। मिडिया सुरक्षित छैन। किनभने राजनीतिमा चलखेल छ। मिडिया सुरक्षित छैन। किनभने तपाईंहरुले राष्ट्र-निर्माणमा हामीजस्ता निमुखा बनाइएका मानिसको भूमिका र योगदान महत्त्वपूर्ण हुन्छ भन्ने बुझ्न थाल्नुभएको छ। किनभने मिडिया चित्रकार हो। उसले देश जलिरहेको चित्र बनाइरहेको छ। देशको चिन्ता कसैले लिएको छैन भनेर लेखिरहेको छ। मिडिया असुरक्षित छ। किनभने अब यसले संस्थागत र व्यक्तिगत भ्रष्टाचारका घटनाहरु उदांगो बनाउने अभियान चलाउनुपरेको छ। पैंतीस वर्षदेखि जुन निष्ठाका साथ म देशको एकमात्र लोकतान्त्रिक मानिने पार्टीको सदस्य थिएँ, त्यो अब भ्रष्ट व्यक्तिहरुको वकालतमा लागेको छ। देशका प्रभावशाली राजनीतिक दलका नेताहरुको भ्रष्ट आचरणविरुद्धमा लेखेर कति दिन तपार्इं मिडियाका मानिस सुरक्षित रहन सक्नुहुन्छ?
०००
लेखिदिनुहोस्, यो कृषिप्रधान देशका हामी सामान्य किसान किन विदेशी बजारका श्रमशक्तिका रुपमा बेचिन बाध्य छौं? किन हामी खेती किसानी गरेर आफ्नै देशमा बस्न नसक्ने भएका छौं? जो यहाँ छौं, हाम्रा जमिनमा पनि धाँजा फाट्न थालेका छन्। यी देख्नु भो? वर्षात् डाँडाबाट तल ओर्लिएको छैन। मल बीउका कुरा पनि लेखिदिनुहोस्। सरकारले भनेको भनेर एफएम मिडियाले रातदिन सुनाएको छ जलस्रोतमा धनी छौं रे हामी। त्यसो हो भने खोई त हामीलाई कुलो र पैनी? खोई उज्यालो? त्यस्तो गाडधनको के महत्त्व भो, जो हामीले देखेकै छैनौं। सानो छँदा सरले अकवर वीरबलको कथा सुनाउनुभएको थियो। बाँसको टुप्पोमा हाँडी झुण्ड्याएर वीरबलले खिचडी पकाएको कथा। त्यो कथाको पात्र जस्तै भयौं हामी। हामीसँगै यो धर्तीको आयु पनि छोटिँदैछ। धर्तीको आयु बढाउने काम गर्ने सन्देश दिनूस् तपाईंहरु। हाम्रा बारीमा फलेका गोलभेंडा र भण्टाका खवर पनि लेखिदिनुहोस्। त्यसमा पनि तस्कर र गुण्डाहरुले हामीलाई दुःख दिएका छन्। तिनले के गर्दा रहेछन्? चियाएर हेर्नुहोस्। तिनलाई कारबाही गरियोस् भन्ने हाम्रो माग पनि छापिदिनुहोस्। भ्रष्ट मानिसको पोल खोलिदिनुहोस्। देशमा सरकार पनि छ रे भन्ने सुनेका छौं। त्यो छ भने किन नदेखिएको हो? त्यसका लाचारीका विषयमा पनि हामीलाई सत्यतथ्य बताइदिनुहोस्।
०००
हामी गाउँका जनतालाई त सरकारले पनि ठग्छ। यो मोरङको उर्लाबारी विराटनगरपछिको दोस्रो ठूलो शहर बनिसकेको छ। शहर बनाउने भनेर सरकारले हामीसँग दुई करोड रुपियाँ कर उठायो। कर उठाइसकेपछि भनिदियो- तिमी गाउँलेहरु शहरिया बन्न योग्य भइसकेका छैनौ। त्यो योग्यता के हो? त्यो पनि भनेन। सरकारले जनतालाई वेबकुफ र मूर्ख बनाउने यो कस्तो प्रक्रिया हो? हामीले कहिलेसम्म यसरी केन्द्रीय दासत्व सहनुपर्ने हो? उर्लाबारीलाई नगरपालिका बनाउने र नबनाउने समाचार राष्ट्रिय सरोकारको विषय हो। किनभने यसमा सरकारले संस्थागत भ्रष्टाचार गरेको हामीले ठानेका छौं। हामी जनताको विचार नेगेटिभ र पोजेटिभ हुँदैन। समाज चलाउन दुवै तत्त्व चाहिन्छ। कुनै एक तत्त्व मात्रैले दुनियाँ अब चल्नेवाला छैन। तपाईंहरुले हाम्रो खबर सुन्नुभएको छ। अब यो उर्लाबारीलाई नगरपालिका नबनाएसम्म हामी चूप लागेर बस्ने मुडमा छैनौं। तपाईंहरु हाम्रो आवाज बनिदिनुहोस्।
०००
सबै मान्यजनले भ्रष्टाचारका विषयमा आफना विचार राख्नुभएको छ। यहाँ त्यस्ता मान्यजन पनि उपस्थित हुुनुहुन्छ, जो भ्रष्टाचार गर्न नपाएर मात्र भ्रष्टाचारको विरोधमा लाग्नुभएको छ। त्यो एक हिसावले उहाँहरुको बाध्यता पनि हो। सत्तामा जाने सबै नेता भ्रष्टाचारको तुम्लीभित्र हुनुहुन्छ। एक होइन, दुई होइन। भएभरका सबै नेता भ्रष्टाचारको तुम्लीमा अटाएपछि देशको के दशा हुन्छ? राष्ट्रिय स्तरका नेता जनताको आशा र भरोशाबाट टाढा भएका छन्। मिडियाले अगुवाई गरेकै छ। अझ आक्रामकरुपले अघि बढोस् भन्नेमात्रै हो हाम्रो चाहना। दर्द र कष्ट त मिडियाका पनि होलान्। अलिअलि त हामीले पनि बुझेका छौं। सुरक्षा र राजनीति- दुवैबीच चेपिनुभएको छ तपाईं मिडियाहरु पनि। तैपनि मर्ने बेला भएका मानिसको मनमा डाक्टर/वैद्यले आशा जगाएजस्तो, हामी गाउँघरका मानिसको मनमा मिडियाले आशा जगाएको छ। मिडियाले राजनीतिक अभ्यासको नाममा हुने छलछाम निचरेर राख्न सक्दोरहेछ। हाम्रो त यहाँ औंठाको छापमात्रै खोजिन्छ। लोकतन्त्रमा जनताको आवाज सुनिन्छ र मानिन्छ भन्ने सुनेका थियौं। हाम्रो आवाज सरकारले नसुने पनि तपाईंहरु आएर सुनिदिनुभएको छ। यसले अलिकति हाम्रो वितृष्णा घटेको छ। अब शान्ति दीगो हुन्छ कि हुँदैन भन्दा पनि र संविधान बन्छ कि बन्दैन भन्दा पनि हामीले दुई छाक कमाएर खान पाउने अवस्थाकै बारेमा चिन्ता छ। मेरी श्रीमती गर्भवती छिन्। उनले पैदा गर्ने सन्तान नेपाली होला कि नहोला भन्ने चिन्ता छ। हाम्रा यस्ता चिन्तामा मिडियाले कसरी सघाउला? त्यो त हामीलाई नै थाहा छैन।
०००
हामीले सोचेका थियौं, राजनीति भनेको देशको शासन/प्रशासन निर्देशित गर्ने मूल नीति हो। हाम्रा पिता पूर्खाले त्यसै भनेका थिए। अघि हाम्रा बाबु-बाजेले न्याय नपाए गोर्खा जानू भन्ने कथा सुनाउथे। त्यसो त होइन नै रहेछ। कता छ त्यो गोर्खा? हामी त पूर्वी कछाडका मानिस पर्यौं। चतरामा दुई मेगावाटको पावर हाउस थियो। वर्ष दिनदेखि त्यो बन्द छ। हामीलाई सरकारले यी पनि मानिस हुन भन्ने देखेकै छैन। मिडियाबाहेक अरु त सबै सुनसान नै छ अहिले यतातिर। तपाईंहरु हल्ला गर्दै हुनुहुन्छ भने हाम्रो पनि हल्ला गरिदिनुहोस्। हामी तपाईंहरु सबैलाई धन्यवाद दिन्छौं।
ऊ त्यहीँ पारिपट्टि नीतिशकुमारले देश बनाए। बिहार उँभो लाग्यो त! बनाउन खोज्दा पाँचै वर्षमा बन्दोरहेछ देश। यता त खोई, पहिलो जनआन्दोलन भएको बाइस वर्ष बितिसक्यो। दोस्रो जनआन्दोलन पनि आठ वर्षको भयो। कुपोषणले खिइँदै गएको बच्चो जस्तो भो देश त। नेताहरु उफ्री-उफ्री भन्छन्- राजतन्त्र गयो, गणतन्त्र आयो। जे गएर जे आए पनि के भो त? गएको र आएको असर त केही देखिन पाएन। अरु त अरु, एउटा संविधानसम्म पनि लेखिएन भनेपछि के आयो र के गयो? कसरी भन्ने?
०००
कुरो त धेरै गर्यौं हामीले। यो चर्को गर्मीमा तपाईंहरु हाम्रा कुरा सुन्न, चासो राखेर यहाँसम्म आउनुभो। नआएको भए पनि हुन्थ्यो। नआउँदा हामी दुवै पक्षले गुमाइहाल्ने केही कुरो थिएन। आउनु भनेको सद्भाव हो। अब जाँदाजाँदै तपाईं मिडियाले यति त पक्कै भनिदिनूस्- देशको संविधान बन्छ कि बन्दैन? संविधान बनाउँदा हामी जनताको मत लिइन्छ कि लिइँदैन? हाम्रो देशको अवस्था सुरक्षित छ कि छैन? सुरक्षित छ भने किन विवाद भएको छ प्रहरी प्रमुखको नियुक्तिमा? कि तपाईं मिडियावालाहरुले पनि बुझ्न बाँकी नै छ? बुझेको छैन भने खुलस्त बुझेका छैनौं भनिदिनुहोस्। यो हो पनि र होइन पनिको भाषा सुन्दासुन्दा हाम्रा कान टट्याइसकेका छन्। मिडियाबाट हामीले निश्चित समाचार र निष्पक्ष विचारको आशा राखेका छौं...।