क्यारोलिन नोरडस्ट्रमले 'स्याडोस अफ वार, पावर, एण्ड इन्टरनेशलन प्रोफिटेरिङ इन द ट्वेन्टी फष्ट सेन्चुरी' मा मानव तस्करीलाई विश्वकै तेस्रो ठूलो गैरकानुनी गतिविधि भनेकी छिन्। आर्थिक अपराधका दृष्टिकोणले हतियार र लागुऔषधपछि प्रतिवर्ष सयौं अर्ब डलरको कारोबार हुने अपराध संगठित र शक्तिशाली छ।
विकासशील देशको स्थानीय तहदेखि विकसित देशको प्रमुख शहरसम्म विस्तारित मानव तस्करी विश्वकै समस्या हो। यसले गरिबी, अस्थिरता र दण्डहीनता मौलाएको हाम्रो जस्तो देशमा गहिरोसँग जरा गाडिसकेको छ। दुर्गम गाउँको युवालाई सुखद् र लाभको अवसर पाइने प्रलोभनमा पारेर गैरकानुनी ढंगले विदेशी भूमि पुर्याउन सक्ने तस्करहरूले समाजलाई चुनौती दिइरहेका छन्। पीडितहरूले भोग्ने पीडाले समाजमा समस्या थपिरहेछ।
विश्वमा ठूलो व्यापार बनिसकेको मानव तस्करमा ३२ अर्ब डलरको कारोबार हुने गरेको तथ्यांक युएनओडीसीको सन् २००८ को प्रतिवेदनमा उल्लेख छ। खतरनाक अपराधमध्येको यसमा पीडितहरू जबर्जस्ती श्रममा लगाइने, थुनिने, बेचिनेदेखि यौन र आर्थिक दुवै शोषणमा पर्छन्। तस्करहरूले आर्थिकरूपमा विपन्न, कम उमेरका बालबालिका र युवालाई तारो बनाउने गर्दा शोषणको हद बढी हुन्छ। सन् १९९९ मा ज्योति संघेराले प्रतिवर्ष दुई लाख महिला र बालबालिका नेपालबाट भारतीय बजारमा बेचिने गरेको अनुमानित तथ्यांक उल्लेख गरेकी छिन्। गन्तव्य मुलुक थपिएको छ। खाडी देशमा नेपाली युवती गैरकानुनीरूपमा पुर्यालइने गरेका घटना बढ्दो छ। नेपालबाट जान अवरोध भए भारतीय भूमि हुँदै तस्करले खाडी मुलुकसम्म पुर्याकउने गरेका छन्। काठमाडौंदेखि दिल्ली र मुम्बई हुँदै तेस्रो मुलुकका शहरसम्म अखडा जमाएर बसेका गिरोहका सदस्यले गैरकानुनीरूपमा गन्तव्य मुलुकमा तस्करी गरिरहेछन्। बृहत् र बलियो सञ्जाल रहेको यस्तो गिरोहले प्रत्येक वर्ष हजारौं युवाको जीन्दगीसँग खेलवाड गरिरहेछन्।
मानव तस्करीमा सक्रियहरूले सस्ता श्रमिकदेखि यौनकर्मीको स्रोतका रूपमा नेपाललाई तारो बनाउँदै आएका हुन्। खाडी देशमा नेपालबाट मानव तस्करी उदांगो छ। संयुक्त राष्ट्र संघको सन् २००९ को प्रतिवेदनले म्यानपावर एजेन्सीहरूले इराक र अफगानिस्तानमा नेपाली युवाको तस्करीलाई बढावा दिइरहेको उल्लेख छ। एशियाका विकसित देशहरूमा त्यो क्रम चल्दै आएको हो। अमेरिका र युरोपसम्म पुर्यालउने गिरोहको सक्रियता पुरानो होइन। तर, तस्कर गिरोहद्वारा अमेरिकाको सपना देखाएर लगिएका एक हजार संख्याका नेपाली दक्षिण अमेरिकी देशहरूमा अलपत्र परेको घटनाले संगठित आपराधिक गिरोहको नेपालभित्र बढ्दो सामर्थ्य र विस्तारित सञ्जाल मापन हुन्छ। उनीहरूलाई उपल्लो तहसम्म पहुँच छ। नत्र हजार जना जोहो गर्नेदेखि पठाउनेसम्मको तिकडम गर्न भ्याएकाहरूलाई विगतमै सुइँको पाएर कारबाही भइसक्नुपर्ने हो। लाखौं उठाएर खाने र नागरिकलाई दूर देशमा अलपत्र पार्नेहरू मौलाइरहेको जानकारी वर्षौं पहिलेबाट थियो। त्यसलाई निस्तेज पार्ने कदममा सुरक्षा निकाय चुकिसकेको छ।
मानव तस्करहरू देशभित्र सक्रिय हुनुभित्र हाम्रो सामाजिक, आर्थिक र राजनीतिक अवस्था सहयोगी बनेको छ। समाजभित्रको विभेद र द्वन्द्वले बढाएको समस्याका साथै पैसा कमाउन र सुख भोग्न विदेशिनुपर्छ भन्ने सामाजिकीकरणले विदेशी भूमितिर ठूलो संख्याका युवालाई धकेलिइरहेछ। उनीहरू जुनसुकै तरिकाले भए पनि विदेशिने संस्कार विकास भएबाट आपराधिक गिरोहका लागि उपयुक्त अवसर बनेको छ। आर्थिक अभाव मात्र नभई सजिलोसँग पैसा कमाउन सकिने भ्रम र महत्वाकांक्षामा रुमल्लिएकालाई गैरकानुनी तरिकाले भए पनि विदेश जाने भूत जाग्दा अपराधीलाई सजिलै शिकार मिल्न जान्छ। राजनीतिक अस्थिरताले युवाहरूलाई विचलित बनाइरहँदा तिनमा विकसित देश मुक्तिको माटो बन्ने आशा जाग्नु स्वाभविक हो। विचलित भएर बाँच्नुभन्दा खतरा मोलेर भए पनि विकसित देशमा पुग्ने आशामा उनीहरू मोटो रकमसहित मानव तस्करको सम्पर्कमा पुग्छन्। देशभित्रको महत्वपूर्ण युवाशक्तिलाई स्वदेशमै रोकेर सदुपयोग गर्न नसक्नेहरूबाट मानव तस्कर कम हुन सक्दैन। बरु तिनका व्यवहार तस्करीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्या्उनेतर्फ उन्मुख छ। देशभित्र भविष्य नदेखेर मर्नुभन्दा बहुलाउनु निको भन्दै कतिपय युवा जान्दाजान्दै खतरा मोलेर भए पनि आफूलाई तस्करको हातमा पुर्याुउँछन्। तसर्थ नेपाली माटोलाई मानव तस्करका संगठित अपराधीले मलिलो महसुस गरिसके।
अमेरिका या युरोपको सपना देखाएर हजारौं युवा आर्थिक र ज्यानकै खतरा मोलेर विदेशिन खोजेको घटना सामान्य बनिरहेछ। दशौं लाख दलाललाई बुझाएर गैरकानुनीरूपमा अमेरिका पुग्न हान्निएकाहरू दुई वर्षअघि कोष्टारिकाको समुन्द्री क्षेत्रमा पक्राऊ परेको घटना त्यत्तिकै सेलायो। कोष्टारिकामै हालै सात नेपाली समातिएको घटनाले त्यो बाटो मानव तस्करमा सक्रिय संगठित अपराधीहरूको तस्कर गर्ने बाटो हो भन्ने बुझ्न सकिन्छ। पछिल्लोपटक दक्षिण अमेरिकाका देशहरू र मेक्सिकोसम्म ठूलो संख्यामा नेपालीहरू गैरकानुनीरूपमा अमेरिका छिर्ने प्रयासका क्रममा अलपत्र परेको खुल्यो।
सन् २००९ मा कन्फ्लिक्ट, क्राइम एण्ड भ्वाइलेन्सले सार्वजनिक गरेको प्रतिवेदनमा मानव तस्करीको गिरोहद्वारा श्रम बजारमा पुगेकाहरूले पाउनुपर्ने भन्दा अनुमानित २० अर्ब डलर प्रतिवर्षका दरले ज्याला कटौतीबाट पीडित हुनुपरेको छ। श्रम शोषणकै लागि विकसित देशमा गैरकानुनी आउने कामदारको माग बढेको हो। गैरकानुनी बसाईंमा रहेका स्वतः कमजोर हुने नै भए। अर्कोतर्फ गन्तव्यमा पुर्याकउने गिरोहलाई पीडितबाट आर्थिक फाइदा मिल्छ। गिरोहका लागि तस्करीका क्रममा रहेका मान्छे दरिलो आर्थिक स्रोत हुन जान्छ। आफूले कम खतरा मोलेर अर्को व्यक्तिलाई खतरामा पारेर ठूलो मुनाफा लिन सक्छन्। प्रत्यक्ष पैसासँग जोडिएको भएकाले मानव तस्करको अपराधमा आकर्षित गर्न उत्तिकै सहज छ। संगठित अपराधीका उपल्लो तहले स्थानीय तहबाटै काम लिन सक्छ। लागुऔषध र हतियार तस्करी जस्तै यसमा पनि उपल्लो तहका व्यक्तिहरू पर्दाभित्रै हुन्छन्। राज्यलाई समेत कडा चुनौती दिन सक्ने संगठित अपराधमा राज्यका जिम्मेवार निकायमा रहेका शक्तिशाली व्यक्तिहरू संलग्न हुनसक्ने सम्भावना उत्तिकै हुन्छ। विश्वको हरेक देशको समस्या बनिसकेको अपराधमा संगठित गिरोहले नेपालभित्र स्थानीयदेखि शक्तिकेन्द्रहरूसम्म पहुँच विस्तार गरिसकेको घटनाक्रमबाट देखिन्छ। उनीहरूलाई नियम कानुनले त्यति सजिलै छुन सक्दैन न त गिरोहका नाइके नै चिन्न सकिन्छ।
गैरकानुनीरूपमा विदेशिने हजारौं नेपाली विदेशी जेलमा छन्। तस्करको नक्शाअनुसार हिँड्दा दूतावास नै नभएका देशसम्म पुगेर थुनिन बाध्य त्यस्ता नेपालीको यकिन तथ्यांक स्पष्ट छैन। हालै माडागास्करमा समेत तस्करहरूले झुक्याएर नेपाली पुर्या एको खबर आयो। सन् २०१० मा २१ नेपाली गैरकानुनीरूपमा सुडान पुग्दा पक्राऊ परेका थिए। उनीहरू भारत, दुबई हुँदै सुडान पुर्यारइएका थिए। सन् २००९ मा गैरकानुनीरूपमा अमेरिका पस्न हिँडेका २५ नेपाली एस साल्भाडोरमा पक्राऊ परे। अहिले आएर अमेरिका पस्ने सपना बोकेर तस्करले कोरेको नक्शामा दक्षिण अमेरिकी देश ब्राजिल, बोलभिया, पेरूलगायत्का देशसम्म हजारका संख्यामा पुग्नु गम्भीर सवाल हो। देशभित्र विस्तार भएको मानव तस्करीको सञ्जाल र तिनको सम्बन्धको फैलँदो सिमानाले समाजलाई ठूलो चुनौती दिइसक्यो। विगतमा ठूलो संख्यामा नेपालीहरू क्यारेबियन देशका समुन्द्री तटरक्षकबाट समातिएपछि देशभित्र मानव तस्करको संगठित गिरोहलाई कमजोर बनाउन ठोस कार्य नहुँदाको परिणाम हजारको संख्यामा नेपाली अलपत्र पर्ने अवस्था सृजना भएको हो। जिम्मेवार निकायलाई आफ्नो नागरिक किन र कहाँ जाँदैछ भन्नेमा खासै महत्व छैन। जे हुँदा पनि भारतसँगको खुल्ला सिमानालाई दोष दिने संस्कार बसिसकेको छ। राज्यको निकाय बेमतलवी हुँदा स्वदेशको दुःखबाट उम्कन खोज्दा युवाहरू विपत्तिमा फस्न पुग्ने वातावरण विकसित छ।
नोरडस्ट्रमकै तर्कअनुसार संगठित अपराधीहरू राज्यभन्दा बढी संगठित हुन्छन्। यतिविध्न संगठितलाई ध्वस्त पार्न सम्भव छैन तर कमजोर पार्न सकिन्छ। राज्यका जिम्मेवार निकायहरूको विवेकपूर्ण र व्यावहारिक योजनाबाट मात्र सम्भव छ। खुलमखुल्ला मानव तस्करमा लागेकालाई कडा कारबाहीको खाँचो छ। साथै, शैक्षिक परामर्श केन्द्र या वैदेशिक रोजगार व्यवसायको नाममा मानव तस्करीमा सक्रियहरूको पहिचानमा सक्रियता हुनैपर्छ। सशक्त नियमनको अभावमा अपराध मौलाइरहेछ। अर्कोतर्फ, मुख्य समस्या समाजभित्र छ। गरिबी, सामाजिक विभेद, कमजोर कानुन र भएको कानुन कार्यान्वयनमा रहेको कमजोरीदेखि विकासमा आएको सुस्तताले मानव तस्करीलाई मलजल पुर्यापइरहेछ। युवालाई विचलित हुनबाट रोक्ने दीगो कार्यक्रम अनिवार्य छ। देशभित्रै सुन्दर भविष्य सुनिश्चित गर्ने दायित्व राज्य सञ्चालन गर्नेहरूको हो। मानव तस्करको हातमा लाखौं रुपियाँ दिएर अमेरिका या युरोप पुग्नका लागि जीवन नै दाउमा राख्नुले धेरै युवाले देशभित्र सुखद् भविष्य देखेको छैन भन्ने देखिन्छ। संगठित अपराधका रूपमा जरा गाडिसकेको मानव तस्करको प्रमुख जड आन्तरिक समस्या हो। नयाँ पिढीका लागि कम्तिमा साधारण जीवन बाँच्ने सुनिश्चितता गर्नसके अपराधीहरू धेरै हदसम्म कमजोर हुन्छन्। त्यति पनि गर्न जिम्मेवारी नदेखाए राज्य सञ्चालन गर्नेहरू युवा शक्तिलाई देशबाट लखेट्ने गरी रणनीति बनाउने संगठित अपराधका सहयोगी ठहरिन्छन्।