पूर्वोत्तर भारतका जनता आफूलाई केन्द्रबाट उपेक्षामा परेको ठान्छन्। कतिपय आफूलाई भारतीय भन्नुभन्दा आफ्नै जातीय र क्षेत्रीय पहिचानबाट चिनाउन खोज्छन्। केन्द्रसँग सामिप्य भएको ठान्नेहरूले गर्ने व्यवहारबाट सन्तुष्ट छैनन्।
हुन पनि उत्तरपूर्वी राज्यका बासिन्दालाई अन्य राज्यका नागरिकले हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन। 'चिन्की' भनेर हैरान पारेपछि उजुरीका आधारमा कडा कानुन तर्जुमा गरियो। कानुन बनाएरमात्र सदिऔंदेखि गडेको जातीय घृणा मेटिइहाल्दोरहेनछ। हैरानीका घटना अद्यापि छँदैछ। एक जाति या समुदायले अर्कोलाई होच्याउने या गिल्ला गर्ने शैलीले भारतीय समाजमा जटिल समस्या ल्याइरहन्छ।
केन्द्रबाट भौगोलिकरुपमा मात्र नभई भावनात्मकरुपमा समेत टाढिएका पूर्वोत्तर राज्यभित्रै जातीय द्वन्द्व बढी छ। स्वायत्त राज्यको माग राख्नेदेखि विखण्डनकारीसम्म सक्रिय छन्। बल प्रयोग गरेर त्यस्ता समूह कमजोर पार्ने पहल भए पनि निमिट्यान्न भएनन्। बल प्रयोगले मात्र सम्भव नभएपछि अधिकार दिएर समस्या सल्टाउन भारत सरकारले लिखित सहमति गरेर तद्नुरुपको संरचना बनायो। जस्तो बोडोल्याण्डका लागि सशस्त्र गतिविधि गरेकालाई बोडो टेरिटोरियल काउन्सिलमा लचिलो हुन लगाएर सन् २००३ मा बोडोल्याण्ड लिवरेसन टाइगरसँग लिखित सहमति गरियो। सहमतिपछि पनि बोडोल्याण्डका लागि विभिन्न समूहको हिंसात्मक र अहिंसात्मक गतिविधि गर्नेहरू अझै छन्। त्यसमा पनि हिंसा मच्चाउनेहरूको उपद्रोले भयानक नतिजा ल्याउने गर्छ। पूर्वोत्तर राज्यहरूमध्ये आसाम हिंसाले पुनः आक्रान्त हुनुका पछाडि बोडो र गैरबोडोका अतिवादी समूहको द्वन्द्व हो। सामान्य रिसरागबाट द्वन्द्व बढेर सयौंको ज्यान जाने घटना धेरैपटक भइसके। केहीको ज्यान जाने त सामान्य जस्तै भइसक्यो। जातीय संरचनामा उभिएको समाजको संवेदनशीलतालाई उपेक्षा गर्दा पूर्वोत्तर राज्यहरू हिंसाको उर्वर स्थल बन्न पुगे। पश्चिम बँगालको ठीक माथि रहेको मिश्रित जाति, धर्म र समुदायका बासिन्दा रहेको आसाम सबैभन्दा प्रभावितमध्येको हो। जहाँ स-साना बहानाले रगतको खोलो बग्छ।
५६ को ज्यान जानेगरी आसाममा पछिल्लो समय भएको घटना शताब्दिऔंदेखि रोपिएको जातीय द्वेषको परिणति हो। भिन्न समुदायका मानिसबीच गडेको घृणाले ४ लाख मानिसलाई अलपत्र पार्योो। ६ जुलाईमा दुई जना मुस्लिम युवाको अज्ञात समूहले हत्या गरेपछि दुई सातालगत्तै अज्ञात समूहले बोडो नेताको हत्या गर्योस। आगो सल्काउन एक झिल्को पर्याप्त भयो। बोडो र मुसलमानहरू आपसमा भिड्न थाले। द्वन्द्वमा फसिसकेको र विस्तारै पुरिँदै गरेको घाउ पुनः बल्भि्कयो। संवेदनशील समाजमा हिंसा भड्काउन कसले खेल्यो भन्ने खोजीकै विषय भएको छ। विदेशीतिर दोष लगाउनेहरू समेत देखिए। कतिपयले समाजको आन्तरिक संरचनामा आएको चुनौतीलाई प्रमुख कारण माने। बाह्य चलखेलबाटै घटना गराइएको भने पनि समाजभित्रको आन्तरिक समस्या समाधान गर्ने ठोस पहल नहुँदाको परिणति हो। नत्र बाह्य शक्तिले समस्यामाथि खेलेर हिंसाका लागि उत्प्रेरित गर्न सक्दैनथे।
जातीय अतिवाद र साम्प्रादायिक द्वेष आसाम हिंसाको धरातलीय यथार्थ हो। आदिवासी बोडोहरू आफूहरू बस्दै आएको इलाकामा अन्य समुदाय पसेको भन्दै आक्रामक हुने गर्छन्। उनीहरूले केन्द्र सरकारविरुद्ध सशस्त्र गतिविधिसमेत गरे। वर्षौंको संघर्षपछि भारत सरकार बोडो टेरिटोरियल काउन्सिलमा सहमत भएको थियो। तथापि बोडोल्याण्ड पाउन बोडोहरू संघर्षरत् छन्। उनीहरूको आन्दोलनले बेलाबखत हिंसाको रुप लिने गरेको छ। आफ्नो इलाकामा आफैंमात्र रहनुपर्छ, स्रोत र साधनमा आफूहरूको एकछत्र राज हुनुपर्छ भन्ने अतिवादी सोचका कारण हिंसा मच्चिन्छ। अर्कोतर्फ बोडोले मात्र अधिकार हत्याएको भन्नेहरूमा हिंसा मच्चाउने हावी छन्। बोडोले आफ्नो इलाका मानेको क्षेत्रमा बस्ने अन्य समुदायलाई खतरनाक आक्रमण गर्दा हिंसा भड्कने गर्छ। बोडोहरू समेत आक्रमणको शिकार बन्छन्। यसपटक पाँच हजार घर जलेको घटनामा ४५ हजार परिवार र दुई सय ४४ गाउँ प्रभावित छ। विगतमा झनै डरलाग्दा घटना भए। सन् १९८३ मा आसामम भड्किएको हिंसामा १८ हजार मारिएका थिए। नेली हत्याकाण्डको नाममा बदनाम उक्त घटनापछि पनि हिंसा भएको थियो। सन् २००८ मा ६४ जना मारिएका थिए। दुई लाख घर छाड्न बाध्य भएपछि घटना विस्तारै सेलाएको थियो। पूर्णरुपमा ननिभिसकेको आगोले पुनः ज्वाला बनी प्रभावित पार्योि। समाजभित्र विद्यमान द्वेष र घृणाले गुम्स्याएको व्यथा सतहमै प्रकट भयो। पहिचानको राजनीतिका नाममा मानवता मर्यो । एउटा समुदाय अर्कोलाई सिध्याउन सक्रिय भयो। शक्तिशाली भारतीय सशस्त्र फौजले समेत नियन्त्रणमा लिन नसक्नेगरी दन्केको आगो तत्काललाई निभे पनि त्यसको झिल्को यत्रतत्र छरिएको छ। कुनै पनि बेला अर्को हिंसा भड्कने भय व्याप्त छ। यतिसम्म कि भारतका अन्य प्रान्तमा कामकाजमा रहेका पूर्वोत्तर राज्यका नागरिक त्रस्त छन्। उनीहरूमाथि आक्रमण हुनसक्ने हल्लाले सिंगो भारतमा सन्त्रास छाएको छ। भागाभागको स्थिति छ। जातीय हिंसाले भयानक रुप लिनसक्ने खतराले केन्द्रलाई समेत चिन्तामा पारेको छ। भारतीय प्रधानमन्त्री मनमोहन सिंहले अर्थतन्त्रकै चश्माबाट हेरेर देशको आर्थिक वृद्धिलाई राष्ट्रिय सुरक्षासँग जोडे। आर्थिक वृद्धिका लागि ठोस कदम नचाले सुरक्षामा चुनौती थपिने औल्याए। उनले आसाम घटनालाई आन्तरिक सुरक्षामा उत्पन्न गम्भीर चुनौती ठानेको देखियो। भारतीय समाजको जातीय र धार्मिक संरचना र यसको संवेदनशीलतालाई अर्थतन्त्रसँग जोडेर हेरे पनि पहिचानको राजनीति फरक ढंगले उठिरहेको छ। आर्थिकरुपमा बलियो बन्दै गएका भारतीय राज्यहरूमा समेत जातीय र धार्मिक पहिचानका नाममा एकले अर्कामाथि गर्ने आक्रमण घटेको छैन। मानिसलाई जातीय पहिचानलाई बलियो बनाउनु छँदैछ र त्यसकै आधारमा अधिकार हासिल गर्नुछ। उमेर, लिंग, पेशालगायत्का आधारमा रहने अन्य पहिचानका मुद्दा कमजोर भएको अवस्था छ।
जातीय आधारमा उभिएको समाजमा सोहीअनुरुपको पहिचानको खोजी गर्नु स्वाभाविक हो। अर्कोतर्फ भिन्न जातिका भिन्न भाषा, संस्कृति हुँदा त्यसको संरक्षण र संवर्द्धन गर्नसमेत पहिचानलाई सशक्त बनाउन सक्रियता जरुरी छ। एकोहोरो जातीय पहिचान रटेर पहिचानका अन्य विषयलाई ओझेलमा पार्नुले स्वयं अतिवादीको छायाँमा परेका जाति/जनजातिलाई नोक्शानी पुर्यारइरहेछ। आसामको हिंसाले कुनै एक जातिलाई मात्र नोक्शानी पुगेन। हिंसाका अलग पक्षलाई उत्तिकै घाटा पुर्यारयो। घरहरू खरानी बने, मानिसहरू बस्ती छाडी भाग्न बाध्य भए, घृणाको मात्रा झनै बढ्यो। जसले अर्को हिंसाको जग तयार गरिसक्यो। भविष्यमा हुनसक्ने भयानक घटनालाई रोक्न त्यति सहज छैन भन्ने देखाइसकेको छ।
एउटै थलोमा रहेकाहरू अलग समुदायको भएको भरमै अन्यलाई देखिसहन नसक्ने परिस्थितिले मानव वस्तीलाई क्षणभरमै मसानघाटमा परिणत गर्न सक्दोरहेछ। सहमति र एकताका लागि लामो कसरत खाँचो हुन्छ। बोडोल्याण्ड माग्नेलाई सहमतिमा ल्याउन भारत सरकारले दशकौं लगाएर केही सफलता हासिल गरेको हो। अज्ञात व्यक्तिको पेस्तोलको एउटा गोलीले भयानक हिंसा निम्त्यायो। बसिसकेका बस्तीहरू उजाडिए। भारतको केन्द्र सरकार नै आत्तिनेगरी अनियन्त्रित हिंसा जातीय द्वेषकै परिणति हो। भारतजस्तो उदीयमान शक्तिराष्ट्रलाई समेत अत्याउन सक्ने जातीय द्वेषको खतराबाट बेलैमा सिक्नुपर्छ। नत्र जातीय आधारमा उभिएको हाम्रो समाजले खडा गरेका बस्तीहरू क्षणभरमै उजाडिन सक्छ।
नेपालभित्र जातीय नारा विगतमा भन्दा निकै चर्कोरुपमा उठेको छ। शासकदेखि शाषितसम्मले यसैमा केन्द्रित भएर गर्ने बहसले जातीय पहिचान नै सबथोक हो भन्ने भान पार्न खोजिएको छ। शताब्दिऔं लामो इतिहास रहेको जाति व्यवस्था र जातीय पहिचानको जरा निकै तल गडेर देशैभर फैलिएको यथार्थ हो। यो सत्य स्वीकार गर्न धक मान्नुपर्ने कारण छैन। कुनैबेला राजनीतिमा तथाकथित उपल्लो जातिको भएकै आधारमा हालिमुहालीको अवसर थियो। अहिले समावेशी कानुनले जातीय पहिचानलाई झनै चहकिलो बनाइसकेको छ। समाजमा अझै जातीय आधारमा साइनो जोडिन छाडेको छैन। परिवर्तनका लक्षणहरू देखापरे पनि त्यो पर्याप्त छैन। यदाकदा क्षमता र समग्र योगदानका आधारमा व्यक्तिको पहिचान रहनुपर्छ भन्ने मान्यता विकास भए पनि सन्तोषप्रद् छैन। जातीय द्वेष व्यक्तिको मस्तिष्क हुँदै हृदयसम्म पुर्या उनेहरू हालीमुहाली छन्। जातीय पहिचान आत्मसम्मान र अरुको सम्मानका लागि हुनुपर्नेमा अरुको अपमानमा केन्द्रित छ। अरुलाई घृणा गरेपछि आफ्नो अस्तित्व निर्माण हुन्छ र पहिचान संरक्षण हुने आत्मरतिमा रमाउन सिकाइँदैछ। हिंसाको बीऊ रोप्नेहरूको कमी छैन। कुन कालमा एउटा जातिले दमन गरेकाले अब हाम्रो पालो हो भन्ने भान पार्न खोजिँदैछ। त्यसले निम्त्याउने खतराबारे बुझ्न र बुझाउनेको कमी छ। छिमेकमा लागेको जातीय घृणाको आगोले हामीलाई समेत पोलिसकेको छ। भारतमा बस्ने नेपाली समुदाय हुन् या नागरिक दुवै त्रस्त छन्। बैंगलोर छाडी भाग्नेमा नेपालीको संख्या उत्तिकै छ। आक्रमणको हल्लाले उनीहरूलाई गरिआएको काम छाडी प्राण जोगाउन प्रेरित गर्योस। भागाभागको अवस्था छ। भारत भुक्तभोगी भएको घटनाबाट नेपालीहरूले समयमै सतर्क अपनाउनुपर्छ। एकता, मेलमिलाप, एकले अर्काको सम्मान गर्ने र अधिकार सुरक्षित गर्ने बहसको खाँचो छ। आगो लगाउन एउटै झिल्को भए पुग्छ। आगो दन्केपछि निभाउने पानी पाइँदैन। आफ्नै गर्भमा बग्ने विशाल ब्रह्मपुत्र नदीको पानीले समेत निभाउन नसक्नेगरी क्षणभरमै आसामका बस्ती खरानी भए। हामीले पाठ सिक्नैपर्छ। मानवताका सबै मूल्य मान्यता बिर्सेर एकोहोरो जातीय पहिचानको रटान रटेर भयानक दुर्घटनाका लागि आगो त तयार गर्दै छैनौं!