समाज विकासका प्रक्रिया नियमित हुन्छन् र लक्ष्यहीन पनि हुँदैनन्। समाजका सदस्यहरूको सोचमा आउने निरन्तर परिवर्तनका कारण समाजले अवलम्बन गर्दैआएको परम्पराको महत्व वा उपादेयताप्रति सन्देह उत्पन्न हुन थाल्छ।
यही क्रममा पुराना मान्यता भत्किन थाल्छन्। परिणामस्वरूप, विगत र आगतबीच एउटा खाडल निर्माण हुन थाल्छ। परिवर्तनको वेगलाई आत्मासात् गर्दै त्यसले ग्रहण गरेका विशेषता बोकेर अगाडि बढ्ने सामाजिक संगठनहरू अस्तित्वमा रहन्छन्। त्यसो गर्न नसक्ने संगठनहरूले सामाजिक संरचनाबाट आफूलाई विस्थापित गर्न पुग्छन्। सामाजिक विकासको यो नियम जनसमूह, राजनीतिक दलजस्ता समाज व्यवस्थापनका निकाय, एवं मानिसका मूल्य र मान्यता निर्माण गर्ने धार्मिक तथा सांस्कृतिक संस्था सबैलाई समानरूपमा लागु हुन्छ। युरोपमा आधुनिक मानवको आगमन पूर्व 'नियन्डरथल' नामक आदिम मानिसको अस्तित्व थियो। उसले नयाँ परिवर्तन र चुनौती सामना गरेर आफूलाई समायोजन गर्न सकेन। ऊ त्यसैले विलीन भयो। नेपाली समजकै उदाहरण हेरौ। विसं २०२० सालअगाडि नेपालमा ब्राह्मणहरू अन्धविश्वास र संकुचित सामाजिक मान्यताको घेराभित्र थिए। उनीहरू विवाह गरेका स्वजातिय व्यक्तिले छोएको खानामात्र खान्थे। होटलमा खाँदैनथे। कुखुरा र जाँडरक्सी पनि खाँदैनथे। उता २००७ सालको क्रान्तिपछि नेपाली समाजको संरचनालाई परिवर्तनको तीव्र वेगले घचेट्दै थियो। फलतः२०२० सालमा राज्यले छुवाछुत उन्मूलनले नयाँ मान्यता उद्घोष गर्योच। सहरीकरण, विज्ञान र उद्योगधन्दाको सुरुआत भयो। आधुनिक शिक्षाको योजना बन्यो। सडकहरू बने र सवारीका साधनहरू चल्न थाले। त्यतिबेला ब्राह्मणहरूलाई दुईवटा विकल्पमात्र थिए - आफ्ना पुराना मान्यतामा टाँसिएर विस्थापित हुने वा परिवर्तनलाई आत्मसात गरी पुराना मान्यता परित्याग गर्ने र विकासको प्रतिस्पर्धामा आफूलाई खडा गर्ने। उनीहरूले दोस्रो मार्ग स्वीकार गरे। परिर्तनविरुद्ध नगएकै कारणले बाहुनहरू आधुनिक शिक्षाको बाटोमा लागे। बेलायतले उनीहरूलाई गोर्खा ब्रिगेडमा भर्ती दिँदैनथ्यो र व्यापार गर्ने सीप उनीहरूसँग सिप थिएन। त्यसकारण, शिक्षा उनीहरूका लागि बाध्यता पनि भयो। शिक्षाले उनीहरूलाई राज्य सत्तामा पहुँच दियो। शिक्षा र परिवर्तनलाई स्वीकार गरेका कारण होटल, उद्योग र सेवा क्षेत्रमा बाहुन र क्षेत्रीहरू प्रतिस्पर्धामा उत्रिए। उनीहरू आफ्नो रूपान्तरण प्रक्रियामा सरिक भए। यस्तो रूपान्तरण प्रक्रियामा 'पुराना संस्कृतिको संरक्षणका नाममा आफूलाई नयाँ परिवर्तनको प्रवाहबाट विमूख गर्ने समूह' प्रतिस्पर्धामा पछाडि पर्छ। यो सामाजिक विकासको नियमै हो। यो नियमसँग पौँठेजोरी खेल्ने मानिसको समूह 'नियनडरथल' हुन पुग्छ।
विसं २००७ सालपछिको सामाजिक विकासको परिप्रेक्ष्यमा 'व्यक्तिको स्वतन्त्रता, राष्ट्रको औद्योगीकरण र राज्यको लोकतन्त्रीकरण' नेपाली जनताका तीनवटा मुख्य अभीष्ट थिए। यो यथार्थप्रति सचेत हुन नसकेका राजनीतिक दलहरू विलिन भए। नेपाल प्रजापरिषद् यसैको उदाहरण हो। नेपाली कांग्रेसले प्रजातान्त्रिक समाजवाद र वामपन्थीले किसान र मजदुरको मुक्तिद्वारा समतामूलक समाजको नीति ग्रहण गरे। त्यसैले ती दलहरूको अस्तित्वलाई तीस वर्षको पञ्चायती तानाशाहीले पनि निषेध गर्न सकेन। वर्तमान नेपाली समाजले लोकतान्त्रिक व्यवस्थालाई शासन व्यवस्थाका रूपमा ग्रहण गरिसकेको छ र गणतन्त्रलाई राज्य व्यवस्थाको स्वरूपका रूपमा स्वीकार गरेको छ साथै 'समतामूलक समावेशी' विकासलाई मानव विकास र सुरक्षाको आधार घोषणा गरेको छ। अतः अब उप्रान्त नेपालका राजनीतिक दलले 'राजनीतिक नेता र पार्टीलाई जनताप्रति उत्तरदायी सेवक' संस्थाको रूपमा स्वीकार गर्न सकेनन् भने उनीहरू पनि प्रजापरिषद् हुनेछन्। त्यसैले राजनीतिक दलको कर्तव्य 'नेपाली जनताको आर्थिक र सामाजिक रूपान्तरणको नीतिगत व्यवस्थापन गर्दै जनतालाई विकासका गतिविधिमा आबद्ध गर्नु हो'। सामाजिक विकासको नियमअनुसार यसो गर्न नसक्ने दलहरू राजनीतिक मानचित्रबाट हराउनेछन्। नेपालका तीनवटा प्रमुख राजनीतिक दलका एजेन्डाहरू, राजनीतिक अभियान र सत्ता प्रतिस्पर्धाको केन्द्रीय लक्ष्य 'सत्ताका लागि प्रतिस्पर्धा' मा सीमित रहेको छ। जनताको आर्थिक सामाजिक रूपान्तरण उनीहरूको मूल एजेन्डा बनेको छैन। जनताको मानवीय विकास र सुरक्षाकाका एजेन्डा बोकेका दलहरूमात्र अबको राजनीतिक धर्तीमा अस्तित्वमा रहनेछन्। वर्तमान संकटबाट राष्ट्रलाई निकाल्नुको विकल्प छैन। तसर्थ संकटलाई परिवर्तनको ऊर्जा बनाएर नेपाली जनताका 'आर्थिक-सामाजिक' रूपान्तरणका ढाँचा प्रस्तावित गर्दै जनताको विश्वास जित्ने बाटोतर्फ दलहरू लागेनन् र राजनीतिक सहमतिका नाममा सत्तालाई केन्द्र बनाएर 'संकट समाधान र क्रान्तिका' अमूर्त कुरामात्रै गर्दैरहे भने उनीहरू प्रजापरिषद्मा रूपान्तरण हुन धेरै समय लाग्नेछैन। एकाइसौं शताब्दीको मानव विकास र लोकतन्त्रको दौडमा जातीय समूहको शासनका कुरा गर्ने र जनतालाई असुरक्षित एवं भोकै राखेर राजनीति गर्नेहरू इतिहासमा बिलाउनेछन्।
नेपालले भोगेको वर्तमान संकट देशको अस्तित्वका लागि नै चुनौती बनेको छ। परन्तु, यो त अवसर पनि हो। देशको राजनीतिलाई प्रभावित गर्ने बाहिरी शक्तिको खेल 'थोरै र सानो' छैन। विदेशीहरू आआफ्ना शुभेच्छुकलाई सत्तामा पुर्यागउने खेलमा छन्। राजनीतिका नाममा 'सम्पत्तिको खेती' गर्नेहरू राष्ट्रको अस्मिता बेचेर कसैका पिछलग्गु बनेका छन्। संविधान सभाको गठनदेखि विघटनसम्मका चार वर्षमा नेपाली जनताका आँखाले नेता, सरोकार समूहका अगुवा, नागरिक समाजका नाइके सबैका भित्री यथार्थको पनि 'एक्सरे' गरेका छन्। कुन नेता कुन कुन 'राजदूतावास' का कर्मचारीले पठाएका रक्सी पिउँछन्? कुन कुन नेताका छोराछोरी कुन कुन राजदूतावासका सिफारिसमा विदेशमा पढ्छन्? कुन कुन नेता र विघटित सभासद् कुन कुन राजदूतावासबाट बेलुकी अँध्यारोमा ज्याकेटको कलरले मुख छोप्दै निस्कन्छन् भन्ने सूचना 'विवाहित दम्पतीका' बीचको गोप्यताजस्तै भएको छ। देशका असल व्यवसायी, राजनीतिज्ञ, इमानदार, राजनीतिक कार्यकर्ता, उद्योगपति र सामन्य जनताले अब नेपाली राजनीतिको भित्री रहस्य बुझ्न बाँकी छैन। अनि आवश्यक भए तिनले अब 'राजनीतिक विकल्प' दिन सक्छन् ।
यस्तो संकट नेपालले मात्रै भोगेको भने होइन। फ्रान्सले अठारौं शताब्दीको अन्त्य र उन्नाइसौं शताब्दीको सुरुमा यस्तै संकट भोग्यो। क्रान्ति भयो तर क्रान्तिकारीले त्यसको व्यवस्थापन गर्न सकेनन्। क्रान्तिका नेता शक्ति उन्मादले बर्बाद भए। चरम महŒवकांक्षा र बदलाको भावनाले उनीहरू आफैँ सकिए। परन्तु, कालान्तरमा फ्रान्सेली जनताले लोकतन्त्र र गणतन्त्र स्थापना गरेरै छाडे। रसियामा क्रान्तिकारीले क्रान्तिलाई व्यवस्थापन गर्न सके। त्यसैले सोभियत संघका नाममा एउटा शक्तिको उदय भयो। किन्तु, जनताको विकास भन्द्या राज्यको प्रभुत्व निर्माण गर्ने अभीष्टले अन्त्यमा त्यो पनि विस्थापित भयो। बेलायतमा संकट झन् गहिरो थियो। तैपनि त्यहाँका जनताले उदारवादी लोकतन्त्रसँगै अर्थतन्त्रको निर्माण गर्न सके। त्यसैले त्यो मुलुक स्थिर बन्न सक्यो। नेपाली राजनीतिक दलका नेताले २०४६ सालमा पुनःस्थापित लोकतन्त्रको स्थापित गर्न सकेनन्। 'छत्तीसे र चौहत्तरे' विवादमा व्यवस्थापिकालाई दण्डित गर्दा नेपाली कांग्रेस जनताको 'सन्देह'को घेरामा पुग्यो। त्यसैको भार नेपाली लोकतन्त्र अहिलेसम्म भोगिरहेको छ। यसबाट सबैले पाठ सिक्न सक्नुपर्छ।
जनताको आर्थिक र सामाजिक विकास नेपाली समाजको परिवर्तन र उन्नतिको चाहनाको नियमित प्रक्रियाका रूपमा आएको हो। नेपालको भावि राजनीतिका तीनवटा कार्यदिशा वा रणनीति छन् : १. लोकतन्त्र र गणतन्त्र एवं संघीयताको संस्थापन गर्नु, २. नेपाली जनताको आर्थिक र सामाजिक समृद्धिको निर्माण गर्नु, र ३. नेपाली समाजमा एकल राष्ट्रियताभित्र समूहहरूको सहअस्तित्व र धर्म, जात, संस्कृति निरपेक्ष शासन प्रणालीको व्यवस्थापन गर्नु। तसर्थ जातका आधारमा प्रान्तको माग, 'नेपाली जनताको सामूहिकता र व्यक्तिको वैयक्तिक स्वतन्त्रता' को लोकतान्त्रिक सिद्धान्तविपरीत छ। राष्ट्रको भावनात्मक एकताका लागि प्रान्तहरूको नाम कुनै समूहको नामम राख्न भने हुन्छ। त्यसरी प्रान्तको नामाकरण जाति विशेषको नाममा गर्ने चाहनाले अरूको पनि सहमति भने प्राप्त गर्नुपर्छ। यो कसैसँग खोसेर लिने अधिकार पनि त होइन। यसलाई खोसेर लिने वा बलजफ्ती स्थापित गर्ने खेलमा हुनेहरू संघीयताका पक्षघर पनि होइनन्। एक्काइशौं शताब्दी 'पूर्खाको राज्य खोज्ने' समय होइन। यो त नेपाली नागरिकका रूपमा समृद्धिको सीप, कला र ज्ञान खोज्ने समय हो।
यसोभन्दा समाज विकासका दुईवटा दार्शनिक आधारलाई यहाँ उल्लेख गर्न सकिन्छ।
१. स्थूल धर्तीजस्तै 'सामाजिक धर्ती' पनि विभिन्न तत्वबाट बनेको हुन्छ। जस्तै पृथ्वीको सतहमुनि माटो छ, पत्थर छन्, खानीहरू छन्, पानी छ, ग्याँस छ। यिनको समन्वयात्मक एवं परस्पर अर्न्तनिर्भरतामा पृथ्वीको अस्तित्व भएजस्तै सामाजिक धर्ती (संरचना) व्यक्तिका परम्परा, धर्म, संस्कृति, वर्ग, क्षमता, योग्यता र अयोग्यता, दर्शन र सामाजिक सिद्धान्तबाट बनेको हुन्छ। समाजको संरचनामा जति भित्र गयो त्यति नै अँध्यारो (अराजकता, अन्याय र शोषण) पाइन्छ। यो अँध्यारोमा मानिसले भोगेको गरिबी र त्यसले सिर्जना गरेको जीवनका कठिनाइ सबैभन्दा पहिला बदल्नुपर्ने विषय हुन्। गरिबी स्रोतको अभाव हो। त्यसैले राज्यको संरचना यस अभावलाई समाप्त पार्ने आर्थिक रूपान्तरणको योजना सफल पार्ने संयन्त्र वा साधन हो। अर्थात् गरिबीबाट मानिसलाई मानवीय जीवनमा रूपान्तरण गर्ने बाटो हो। त्यसैले प्रान्त बनाउनु साध्य होइन। राजनीतिक दल पनि साध्य होइन। क्रान्ति पनि साध्य होइन। यी सबै त साधनमात्र हुन्। साध्य 'समान्य जनताको समृद्धि वा विकास हो'।
२. 'व्यक्ति'को स्वायत्तः अस्तित्वको सिद्धान्त। 'व्यक्ति' समूहका लागि होइन, समूह व्यक्तिको विकास र संरक्षणका लागि हो। 'क्रान्ति' प्रत्येक व्यक्तिको आआफ्नो आवाजको 'एकमुष्ट' रूप हो। क्रान्ति प्रत्येक व्यक्तिको संलग्नता हो, कुनै समूहको सम्पत्ति होइन। त्यसैले क्रान्तिको लाभ व्यक्तिलाई हुनुपर्छ कुनै समूहलाई होइन। प्रत्येक व्यक्ति सम्पन्न भएसमूह स्वतः सम्पन्न हुन्छ तर सम्पन्न समूहमा सबै व्यक्ति सम्पन्न हुँदैनन्। त्यसैले राजनीतिको इकाइ व्यक्ति हो समूह होइन। अर्थात्, २०६३ सालको परिवर्तनको लाभ प्रत्येक नेपाली नागरिकले पाउने हो कुनै समूहले होइन।
नेपाली समाजको 'राजनीतिक संरचनाले' यस सामाजिक दर्शनलाई जानाजानी बेवास्ता गर्दैआएको छ। 'समूह' मा अधिकारप्रति लक्षित राजनीतिबाट एकातर्फ सामन्तवाद र अर्कातर्फ निरंकुशताको पक्षपोषण हुनजान्छ। लोकतन्त्रमा कुनै धार्मिक, सांस्कृतिक, जातीय, वा कुनै वैचारिक समूहलाई विशेषाधिकार प्राप्त हुन सक्तैन। विशेषाधिकार त लोकतन्त्रका नाममा निरंकुशताको सम्बर्धन हो। व्यक्तिको सार्वभौमिकतालाई प्रधानता दिने राजनीतिले 'व्यक्ति स्वतन्त्रता र व्यक्तिहरूबीचको' समानताको पक्षपोषण गर्छ। दार्शनिक साहित्यकार भिक्टर ह्युगोले भनेका छन् - 'प्रत्येक व्यक्ति 'सार्वभौम' हुन्छ। एकभन्दा बढी सार्वभौम व्यक्ति एउटा 'जक्सन' मा भेला हुन्छन् त्यसबाट समाजको निर्माण हुन्छ। यस्ता सार्वभौम व्यक्तिले एक अर्काको सम्मान गर्नुपर्छ, यसलाई 'भातृत्व' भनिन्छ। अर्थात् समाज एकताको आधार समानताले निर्माण गरेको 'भातृत्व' हो। 'भातृत्व'ले प्रत्येक व्यक्तिलाई 'साझा कानुन' को पालना गर्न बाध्य पार्छ। यो साझा कानुन व्यक्तिहरू बीचको सामाजिक सम्झौता हो। यस सामाजिक सम्झौताले भेदभावलाई समाप्त पार्छ र समानताको स्थापना गर्छ। यसरी समानतामा आधारित भएर स्थापित समाजको संरक्षण गर्ने कर्तव्य सबै सार्वभौम व्यक्तिमा निहित हुन्छ। त्यसैलाई 'राष्ट्रियता' भनिन्छ। यो नै आधुनिक लोकतन्त्रको मूल आधार हो। लोकतन्त्रले 'समानता र स्वतन्त्रता' को पक्षपोषण गर्छ र व्यक्तिलाई समाजको इकाई मान्छ भने 'साम्प्रदायिक वा जातीय' व्यवस्थाहरूको वैधानिकता पुष्टि गर्ने आधार के हो? नेपालका राजनीतिक दलहरू खासगरी मधेसी मोर्चा र माओवादीले यस प्रश्नको उत्तर नेपाली समाजलाई दिनुपर्ने देखिन्छ।

पत्रकारितामा उच्च शिक्षा अध्ययन गरेका सीमित व्यक्तिमध्येका एक आचार्यलाई केही महिनापछि नै किन हो कुन्नी तत्कालीन प्रशासनले गोरखापत्रमा जागिर दिने जनाउ दियो । ‘देश दर्शनबाट फर्किएको केही समयमै मलाई गोरखापत्रमा जागिर दिनका लागि विज्ञापन प्रकाशित गरी सबै प्रक्रिया मिलाइसकेका रहेछन्,’ उनले भने, ‘जबकि त्यतिबेला मैले जागिरका लागि दरखास्त नै दिएको थिइनँ ।’