बहुपहिचानसहितको संघीयता
१९ असार २०६९
•
१५ मिनेट पाठ
बहुपहिचानसहितको संघीयता
राष्ट्रिय कार्यकर्ता भेलाको 'म्याण्डेट' का आधारमा 'पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान' मा प्रतिबद्धता जनाउँदै एमालेले बहुपहिचानमा आधारित मिश्रित नामाकरणसहित सात प्रदेशको निर्णय गरेको छ। केही नेता एकल जातीय पहिचानसहित प्रदेशको नामाकरण हुनुपर्ने अडानमै रहेको र साझा नाम हुनुपर्ने मतसमेत रहेको अवस्थामा एमालेले सबैलाई मान्य हुने साझा पहिचानमा आधारित खाका अघि सारेको हो।
संविधान सभा विघटन भएको र संविधान निर्माण अवरुद्ध रहेको स्थितिमा तत्कालै संघीयताको निर्क्याैल हुने अवस्था छैन। तर यतिबेलै एमाले संघीयताको सवालमा किन निर्णयमा पुग्यो? भन्ने प्रश्न पनि उठ्ने गरेको छ। पार्टीभित्रको आन्तरिक कारणले पनि एमाले यो निर्णयमा पुगेको हो।
एमाले-काँगे्रसले पहिचानसहितको संघीयता अस्वीकार गरेका कारण संविधान बन्न नसकेको र संविधान सभा समाप्त भएको आरोप माओवादीले लगायो। जबकि माओवादी-मधेसी मोर्चाको संविधान नबनाउने, संविधान सभा समाप्त गर्ने र एकलौटी सरकार सञ्चालन गरेर वैधानिकरुपमै सत्ता कब्जा गर्ने रणनीतिक षडयन्त्रको शिकार भएको थियो- संविधान सभा। तर विडम्बना एमालेभित्रकै केही जनजाति र मधेसी पृष्ठभूमिका नेताहरुले संविधान सभा भंग हुनुमा आफ्नै पार्टीलाई बढी दोषी देख्नुभयो, एमाले पहिचानसहितको संघीयताको पक्षमा नभएको आरोप उहाँहरुबाट पार्टीले बेहोर्नुपर्‍यो। यो पृष्ठभूमिमा एमालेको निर्णय आएको छ। यद्यपि यस्ता राष्ट्रिय मुद्दामा पार्टी दोधारे वा अनिर्णयको बन्दी भएर रहन सक्दैनथ्यो। लेनिनले भनेझैं 'ठोस परिस्थितिको ठोस विश्लेषण' का आधारमा निष्कर्षमा पुग्नैपर्थ्यो। यस निर्णयले एमालेमाथि लागेका आरोप स्वतः खण्डित भएका छन् र एमालेलाई फुटाउने शक्तिहरुको कसरतमा पनि तुषारापात भएको छ।
यो निर्णयपछि एमालेलाई कसैले संघीयता र पहिचान विरोधीको बिल्ला भिराउन सक्दैन। जहाँसम्म एकल जातीय नामको कुरा छ, यसमा एमाले जान सक्दैन। त्यसैले एमालेले संघीय प्रदेशहरुको नामाकरण गर्दा बहुपहिचानलाई आधार बनाएको छ। त्यसमध्ये जातीय पहिचानलाई नै प्राथमिकता दिइएको छ। भाषिक, सांस्कृतिक पहिचानका साथै भूगोल, जनसंख्या र सामर्थ्यलाई पनि आधार बनाइएको छ। यतिबेलाको निर्णयमा पहिचानको माग गरिरहेका प्रमुख सात जाति, तराईमा तीन भाषा र मुख्य समुदायलाई सम्बोधन गरिएको छ। तीन प्रदेशमा त्यहाँ बसोबास गर्ने प्रमुख दुई जाति र सबैले स्वामित्व लिने साझा नामसमेत मिश्रित नामाकरण गरिएको छ। पश्चिम तराईको सबैभन्दा ठूलो आदिवासी समुदाय थारु, अवध भाषा र लुम्बिनीजस्तो ऐतिहासिक स्थानलाई समेटेर नामाकरण गरिएको छ भने भाषिक पहिचानको आवाज उठाइरहेको मिथिला, भोजपुरा र ऐतिहासिक जनकपुरसमेतको नाममा प्रदेशको नाम जुराइएको छ। कर्णाली र सुदूरपश्चिमको संवेदनशीलतालाई ध्यानमा राखेर यो मार्गचित्र ल्याइएको छ। संघीय मामला विभागको अध्ययनका आधारमा पार्टी यो निष्कर्षमा पुगेको हो।




विशेषज्ञहरु सम्मिलित संवैधानिक आयोग निर्माण गरी वैज्ञानिक ढङ्गले प्रदेशको सीमाङ्कन गरिनुपर्ने निर्णय छ। तर, पार्टीले अध्ययन गरेर सीमाङ्कनसहितको नक्सा बनाउन जरुरी छ। सीमाङ्कन गर्दा जातीय बसोबास, भाषिक सन्तुलन, सांस्कृतिक सम्मिलन, भौगोलिक र ऐतिहासिक निरन्तरता, आर्थिक सामर्थ्य र प्राकृतिक स्रोतको उपलब्धता, पूर्वाधारहरुको अवस्था र जनताको प्रशासनिक सुगमतासमेतलाई ध्यानमा राखेर किराँत-लिम्बुवान-कोशी प्रदेशमा सामान्यतया अरुणपारिका भूभाग, ताम्सालिङ-नेवा-वागमती चीनको सिमानादेखि चितवनसम्म, कर्णाली पूरै, भेरीका पहाडी जिल्ला, सल्यान, रुकुमको पश्चिमका गाविस भेरी कर्णाली प्रदेशमा पार्नेगरी सीमाङ्कन गर्नु उपयुक्त हुनेछ। सिंगो तराई मधेसमा भौगोलिकताका आधारमा एक प्रदेशको माग गर्ने तर पहाडमा भौगोलिकतालाई उपेक्षा गरेर एकल जातीय प्रदेशको दाबी कति जायज र तर्कसँगत छ? थारु समुदाय जो मधेसी होइनौं भनिरहेका छन् र अलग प्रदेश मागिरहेका छन्। मधेसमा पनि बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक पहिचान छन्, जस्तै मैथिली, भोजपुरी, अवधि, कोच आदि। त्यहाँको जनसंख्या सिंगो नेपालको आधाभन्दा बढी छ, अनि कसरी एक प्रदेश सम्भव छ? यी तथ्यलाई समेत ध्यानमा राखेर पार्टीको प्रस्तावमा सीमाङ्कनको टुङ्गो लगाइनुपर्छ।

जाति परिवर्तनशील हुन्छ। जातिहरु मिश्रित बन्दै गएका छन्। उनीहरुको संस्कृति, रहनसहन, बोली भाषा मिल्दै गएको छ। अन्तरजातीय विवाह जस्ता कारणले एउटै परिवार मिश्रित जातीय बन्न पुगेका छन्। त्यसैले शुद्ध जातीय राज्य सम्भव र उचित छैन। एक्काइसौं शताब्दीमा जातीय राज्य वा जातितन्त्र वा एकल जातीय पहिचान हुन सक्दैन। हामीले नै धर्मनिरपेक्ष देश बनाउने अनि जातिसापेक्ष राज्य बनाउन कसरी सकिन्छ? नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशमा बहुपहिचानको आधारमा नै संघीयताको निरुपण गरिनु सबैभन्दा सही विकल्प हो।
एमालेको २०६३ साउनमा बसेको बाह्रौं बैठकले 'संघात्मकतामा आधारित नयाँ राजनीतिक र प्रशासनिक इकाई विभाजन गर्दा भौगोलिक अवस्थिति, जनसंख्या र जातिगत बसोबासको अवस्था, मातृभाषा र भाषा प्रयोगको अवस्था, सांस्कृतिक सम्मिलनको अवस्था, प्रशासनिक सुगमता, आर्थिक सामाजिक अन्तरसम्बन्ध, साधन स्रोतको उपलब्धता र ऐतिहासिकता जस्ता पक्षलाई आधार बनाइनेछ' भन्ने निर्णयकै आधारमा संविधान सभाको राज्य पुनर्संरचना समितिले पहिचानका पाँच र सामर्थ्यका चार आधार पारित गरेको थियो। निर्णयमा कहाँनिर एकल जातीय पहिचानलाई आधार मानेको छ? एकल जातीय पहिचानको आधारमा संघीय इकाई बनाउने निर्णय पार्टीले कहिल्यै गरेको छैन। बरु, २०६६ फागुनमा बसेको बैठकले राज्य पुनःसंरचना सम्बन्धमा 'संख्या, नामांकन, सीमांकन र अधिकार बाँडफाँटबारे अन्तरिम संविधानमा व्यवस्था भएबमोजिम राज्य पुनःसंरचना आयोग गठन गरी विषयविज्ञसमेतको थप परामर्शमा अन्तिम टुङ्गो लगाउने' निर्णय गरेको थियो। त्यसैले विगतका निष्कर्षको स्वामित्व ग्रहण गर्दै प्रदेशको संख्या, नामाङ्कन र सीमाङ्कन जस्ता विषयमा समयमा नै निर्णय नलिनाले केही अन्यौलता र द्विविधासमेत उत्पन्न भएकामा त्यस्ता कमी/कमजोरीप्रति भने पार्टीले आत्मालोचना गरेको छ।
वास्तवमा राज्य पुनर्संरचनाको उद्देश्य सामन्ती, एकात्मक र अलोकतान्त्रिक राज्य संरचना परिवर्तन गरी संघीयताका माध्यमबाट सिंहदरबारमा रहेका अधिकार र स्रोत जनताको घर आँगनमा पुर्‍याउने हो। एमालेको नौ महिने सरकारले आधारभूत तहका जनतालाई अधिकार र साधनस्रोत सम्पन्न बनाउनका लागि 'आफ्नो गाउँ आफै बनाऔं', जनलेखा परीक्षण र 'नौस'को कार्यक्रम ल्याएको कुरा स्मरणीय छ। जसले गाउँमा विकास र पारदर्शी लोकतान्त्रिक अभ्यासको लहर आयो। त्यसैले अधिकारसम्पन्न स्थानीय सरकारको सवाल पनि संघीयतासँगै जोडेर संवैधानिक व्यव्स्था गर्नुपर्छ। समाजमा सबैभन्दा उत्पीडित दलितसहित सीमान्तीकृत समुदायको हक अधिकारको सुनिश्चितता हुनु जरुरी छ। उनीहरुलाई सकारात्मक विभेदको नीतिअनुरुप विशेषाधिकार दिने र प्रान्तीय र केन्द्रीय व्यवस्थापिकाको प्रत्यक्ष निर्वाचन कोटामा केही सिट आरक्षितसमेत गरिनुपर्छ।
पार्टीका असन्तुष्ट जनजाति नेताले सात प्रदेश मान्य नहुने बताइरहँदा पनि 'पार्टीले जनजातिका मुद्दा समेट्न खोजेको, पार्टी एक कदम अगाडि बढेको' स्वीकार्दै अझै अग्रगामी निकास दिन नेतृत्वसँग आग्रह गरेका छन्। यसरी असन्तुष्ट नेताहरु पनि एक कदम सकारात्मक देखिएका छन्। पार्टीको यो निर्णयमा आफ्नो अभियानको भूमिका देख्ने र थप उपलब्धिका लागि यसै निर्णयमा टेकेर उहाँहरुले भनेजस्तै 'पार्टीभित्र अन्तरसंघर्ष गर्ने' निष्कर्षमा पुग्ने हो भने पार्टी र उहाँहरुबीचको समस्या सल्टिने देखिन्छ। यसका लागि पार्टी नेतृत्वले उहाँहरुसँग सम्वाद गर्ने र उहाँहरु आफ्ना मुद्दा पार्टीभित्रै उठाउन तयार हुनुपर्छ। बाहिर बसेर, सडकबाट आफ्नो पार्टीको निर्णयलाई प्रभावित पार्न त सकिन्न? पार्टीमा सबैका सबै कदम समानरुपमा मिल्न सम्भव पनि छैन। मार्क्सवादले पनि यसो भन्दैन। अहिलेकै निर्णयमा पनि उहाँहरुबाहेक सबै पूर्ण सहमत छैनन्। सबै ताल, सुर, कदम, हाउभाउ मिलाएरमात्र पार्टी चल्नै सक्दैन। कम्युनिष्ट पार्टी त झन् निश्चित सिद्धान्त, संगठनात्मक विधि पद्धतिका आधारमा चल्छ। हजारौं कार्यकर्तालाई 'अल्पमत बहुमतको अधिनमा हुन्छ, बहुमतको निर्णय लागु हुन्छ, अल्पमतको विचार सुरक्षित हुन्छ' भनेर पढाइरहेका छैनौं? एउटै सिद्धान्त विचार, कार्यक्रम र विधान मान्नेहरु एउटा पार्टीमा संगठित हुन्छन्। कतिपय नीतिगत विषय र मुद्दामा मतभिन्नता रहन नसक्ने होइन तर मतभिन्नतामा सकेसम्म एक मत बनाउने, सम्भव नभए विधि प्रक्रियाअनुसार टुङ्गो लगाएर जान सकिन्छ।

एमालेले राजनीतिक निकासका सम्बन्धमा तत्कालका लागि भट्टराईको असंवैधानिक सरकारको बर्खास्ती र राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निष्कर्ष निकालेको छ। जहाँसम्म त्यसपछिको निकासको कुरा छ, बैठकमा पनि फरकफरक धारणा आएकै छन्। असन्तुष्ट नेताहरुले भनेझैं संविधानका सवालमा सम्पूर्ण सहमतिपछि छोटो समयका लागि संविधान सभा पुनर्स्थापना गर्ने र त्यसले संविधान जारी गर्नुपर्नेसमेतका मत आएका छन्। यति हो कि अहिले नै यही विकल्प किटान गरेर जानु हतार हुन्छ। सहमतिको सरकार बनिसकेपछि संविधान निर्माणको सबैभन्दा उचित र सुरक्षित बाटो हामीले नै तय गर्ने हो, त्यो ढोका पार्टीले बन्द गरेको पनि छैन। परिस्थिति परिपक्व नहुँदै हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम गर्नुहुँदैन।

लेखक एमाले पोलिटब्युरो सदस्य हुन्।
अर्को समाचार
बहुपहिचानसहितको संघीयता एमालेको एजेन्डा : बस्नेत
१४ असोज २०७०
•
२ मिनेट पाठ
बहुपहिचानसहितको संघीयता एमालेको एजेन्डा : बस्नेत
स्याङ्जा- युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतले बहुपहिचानसहितको संघीयता र समाजिक सद्‍भावसहितको राष्ट्रिय एकता एमालेको प्रमुख मुद्दा भएको बताएका छन्। युवा संघ क्षेत्रीय कमिटी क्षेत्र नं १ ले सदमुकाम स्याङ्जामा सोमबार गरेको क्षेत्रीय भेलामा अध्यक्ष बस्नेतले मुलुकको राष्ट्रिय एकता र सार्वभौमिकतालाई कायम राख्‍न युवा शक्ति जुझारु भएर लाग्नुपर्ने बताए।वास्तविक जनता तथा सुकुम्बासी, कृषकको जनताको पार्टी एमाले भएको भन्दै एमाले बाहेक अन्य पार्टीले जनताको मुद्दा उठाउन नसकेको बस्नेतले दाबी गरे। अन्य पार्टीले एमालेले ल्याएको भन्दा पृथक एजेन्डा ल्याउन नसकेको उनको आरोप थियो।‘




बस्नेतले एमालेले ल्याएको आर्थिक क्रान्ति र प्रजातन्त्रको एजेन्डा नै अन्य दलले परिमार्जन गरि पछ्याएको बताए। युवा संघ युवा वर्गलाई बौद्धिक बनाउने अभियानमा लागेको बताउदै जुझारु युवालाई बौद्धिकताको साथ व्यक्तीत्व विकासमा सघाउ पुर्याउने आफूहरुको लक्ष्य भएको उनको भनाइ छ।

भेलामा युवा संघका उपाध्यक्ष निरु पालले वास्तविक रुपमा युवा र जनताको पार्टी नेकपा एमाले भएको भन्दै एमालेको पक्षमा जनलहर देखिएको बताइन्। एमालेले महिलाहरु र अन्य उत्पीडित जनसमुदायलाई समेटेको भन्दै पालले महिलालाई समान अधिकार र नेतृत्व विकासमा पार्टी लागि परेको बताइन्।

भेलालाई एमाले जिल्ला कमिटी अध्यक्ष पद्मा अर्याल, नारायण प्रसाद मरासिनी, विश्व पौडेल, कृष्ण खाँड, माधव बास्तोला, मोहन रेग्मी, मुक्ति पाठक, भरत गोदार, दामोदर तिवारी, शर्मिला पौडेल लगायतले सम्बोधन गरेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस