इटहरी–सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले बहुपहिचानकै आधारमा राज्यको पुर्नसंरचना हुनुपर्ने बताएका छन्। उनले सबैको अपनत्व हुने गरी पहिचानकै आधारमा बहुपहिचानसहितको राज्यको पुर्नसंरचना हुनुपर्ने उल्लेख गरे।
'एकल पहिचान वा एकल जातीय पहिचानको कुराभन्दा बहुपहिचानलाई प्राथमिकता हुनुपर्छ,' सुनसरीको हाँसपोसामा सोमबार आयोजित पत्रकार सम्मेलन अध्यक्ष महत्तोले भने, 'काँग्रेस–एमालेले एकल जातीय कुरा गर्यो भनेर बढी हल्ला गरेर मुल कुरा छायाँमा पार्न खोजे। सबै जात, जनजातिले सबैले आफ्नो पहिचान झल्कने गरी संघीयता हुुनुपर्छ।'
पहिचान मेट्यो भने अधिकार पनि मेटिने भएकाले संघीयतामा जाँदा बहुपहिचान हुनुपर्ने उनले दोहोर्याए। 'मधेस आन्दोलनमा एक प्रदेशको कुरा पनि चलेको हो तर पश्चिममा थरुहट प्रदेश चाहियो भनेर आन्दोलन गरेकाले दुई प्रदेश ३० दलीय मोर्चा सहमत भएको हो,' उनले भने, 'मोर्चाको बैठकले दस प्रदेशको खाकालाई स्वीकृत गरेको छ।' उनले ३० दलीय मोर्चाको साझा उद्देश्यविपरित अभिव्यक्ति दिनेलाई कारवाही पनि गर्ने जिकिर गरे।
अध्यक्ष महतोले केपी ओली एमालेको मात्र नेता नभएर कांग्रेसको समेत भएको जिकिर गरे। 'कांग्रेसले बोल्ने कुरा सवै ओलीले बोली दिइरहेका छन्,' उनले भने, 'सत्तारुढ दलले विगतमा गरेका सहमति अनुसार अघि बढे राजनीतिक गतिरोध अन्त्य हुनेछ।'