राष्ट्रिय सहमतिका आधार
१२ असार २०६९
•
१० मिनेट पाठ
राष्ट्रिय सहमतिका आधार
संविधान सभाको पुनः निर्वाचनको औपचारिक सरकारी घोषणाका अतिरिक्त अन्य दुई विकल्प पनि अगाडि आएका छन्। तीमध्ये एउटा विघटित संविधान सभामा टुंगो नलागेका विषय जनमत संग्रहबाट टुंगो लगाई संविधान जारी गर्ने र अर्को संविधान सभा पुनर्स्थापना गर्ने भन्ने हो। राष्ट्रिय सहमति भएमा जुनसुकै विकल्प सरकारलाई स्वीकार्य हुने प्रतिबद्धता आएको अवस्थामा माथि उल्लिखित औपचारिक र अनौपचारिक तीन विकल्पमध्ये सबैभन्दा उत्तम कुन हुन सक्छ? यो पहिलो प्रश्न हो।
यसपछि छनौट भएको विकल्पलाई कार्यान्वयनमा ल्याउन संवैधानिक, कानुनी र प्रक्रियागत जे/जस्ता कठिनाई आउँछन्, तिनलाई कसरी समाधान गरी मुलुकलाई निकास दिने भन्ने अर्को प्रश्न हो। यी दुवै प्रश्नको उत्तर खोज्ने सरल र अनिवार्य उपाय राष्ट्रिय सहमतिमात्र हो। किनभने अहिले यी तीन विकल्पमध्ये जुनसुकै स्वीकार्य भए तापनि त्यो कार्यान्वयनका लागि संवैधानिक मार्ग स्पष्ट छैन।
राष्ट्रिय सहमतिका आधार, राजनीतिक दलको आन्तरिक एकता, अन्तरदलीय सुमधुर सम्बन्ध, राष्ट्रिय स्वार्थमा आधारित सर्वसम्मत एजेण्डा, दल तथा नेताको इमानदारिता र निस्वार्थता अनि नागरिक विश्वास तथा समर्थन हुन्। यी कुरा हामीसँग कति छन् त? यसको आधारमा राष्ट्रिय सहमतिको सम्भावनाबारे मूल्यांकन गर्न सकिन्छ।
पहिलो, सबै राजनीतिक दल आन्तरिक द्वन्द्वबाट पिरोलिएका छन्। सबै दलसँग सम्बद्ध जनजातीय, क्षेत्रीय र मधेसी नेताहरु आफ्नो जातीय पहिचानसहितको स्वायत्त राज्यको पक्षमा उभिएका छन्। पार्टीभित्रका व्यक्तिगत स्वार्थले मधेसी पार्टीहरु चिरिएर १७ पुगेको अवस्था छ। एकीकृत माओवादीमा पनि विभाजन आएको छ। एमालेलाई जनजाति र मधेसी नेताले आफ्नो जातीय एजेण्डालाई मूल मुद्दा बनाउनुपर्ने सो नभए फुटेर जाने घुर्की लगाइरहेका छन्। कांग्रेसभित्र पनि गुटबन्दी भुसको आगोझैं देखिएको छ। त्यहाँ पुनर्स्थापना, जनमत संग्रह र निर्वाचनमा जाने अलग-अलग विचार छन्। पार्टीभित्रै एकता नभएको अवस्थामा राष्ट्रिय सहमति सम्भव छ?
दोस्ा्रो, अन्तरपार्टी सम्बन्धमा माओवादी, संयुक्त मधेसी मोर्चा र अन्य जनजातीय, क्षेत्रीय र अतिवादी राजनीतिक दलहरु एउटा कित्तामा र नेकपा एमाले, नेपाली काँगे्रस र अन्य पुरातनवादी विचारका दल अर्काे कित्तामा उभिएको अवस्था छ। एकातिर हामी सहमतिको नारा लगाउँदै छौं अर्काेतिर लोकतान्त्रिक शक्तिहरू आपसमा शक्ति प्रदर्शन र आरोप/प्रत्यारोपमा उत्रिएका छन्। यसले दलबीचको दूरी अरु बढाउने काम गरेको छ। यो सहमतिको अर्को समस्या हो। संविधान सभा अस्तित्वमा रहँदा त्यसमा रहेको दलीय प्रतिनिधित्वका आधारमा पार्टीको ठूलो वा सानो हैसियत थियो। अब सो अवस्था नरहेपछि चार वा तीन ठूला दल भनेर उनीहरुले गरेको निर्णय करिव ३ दर्जन दलले मान्लान् नै भन्ने आधार छैन। यसले राष्ट्रिय सहमतिमा थप संकट ल्याएको छ।
तेस्रो, संविधान लेखन नै मूल राष्ट्रिय एजेण्डा भए पनि त्यसका अन्तरवस्तुमा व्यापक मतान्तर छ। राप्रपा नेपालको ऐजेण्डा राजा फर्काउने, हिन्दु राष्ट्र बनाउने र संघीयता जस्ता कुरा जनमत संग्रहमा लैजाने छ। ऊ पुनर्स्थापनामा गएर ४ सीटमा सीमित हुने रहरमा छैन। चुनावमा गएर आफ्नो शक्ति बढ्नेमा विश्वस्त छ। माओवादी खेमामा रहेका दलको चाहना जनजातीय राज्यमा छ भने उनीहरु पनि चुनावमा जान चाहन्छन्। काग्रेस, एमाले जनजातीय राज्यको विरोधका साथै संविधान सभा पुनर्स्थापना गर्ने र आफ्नो नेतृत्वमा सहमतीय सरकार चाहन्छन्। मूल राष्ट्रिय एजेण्डा नै बन्न नसकेको अवस्थामा राष्ट्रिय सहमति कसरी सम्भव छ?
चौथो, राष्ट्रिय सहमति जनचाहना र राष्ट्रिय हितमा आधारित हुन्छ। तर हामी सधैं प्रधान मन्त्रीको पद, रोजेको मन्त्रालय र दलका घोषणापत्रलाई सहमतिको आधार बनाउँछौं। अनि कसरी सहमति हुन्छ? कि प्रधान मन्त्री, गृह मन्त्री वा अरु यस्तै सबैलाई पुग्नेगरी दरबन्दी बढाउनुपर्यो। के यो सम्भव हुन्छ? जातीयताको राजनीति सुरुआतसँगै राजनीतिक स्वार्थ र यसको समीकरण तथा ध्रुवीकरणमा तीव्र परिवर्तन देखिएको छ। विभिन्न राजनीतिक दलको घोषणामा बाँधिएका राजनीतिक दलभित्रका जनजातीय, मधेसी तथा क्षेत्रीय नेताहरु दलको राजनीतिक आधारशीला र घोषणा त्यागेर स्वपहिचानयुक्त राजनीतितर्फ मोडिएका छन्। यो पनि सहमतिमा थप बाधा बनेको छ।
अन्तिम, राजनीतिक दलहरुले जनचाहनाअनुरुप विकल्प र सम्भावना छनौट गर्नुपर्छ। तर, हामी दल र नेताको स्वार्थमा विकल्प खोज्छौं। उदाहरणका लागि पुनर्स्थापनामा जनचासो र समर्थन छैन। चार वर्षको जनप्रतिनिधिको निरीहता सम्झेर पुनर्स्थापना भन्ने शब्द सुन्नै नचाहेको प्रतिक्रिया सञ्चार माध्यमार्फत् आइरहेको देखिन्छ। अझ त्यसमा ४ वर्षकै अवधि र ६०१ कै संरचनाको पुनर्स्थापना भन्नेबित्तिकै जनता झस्किएका छन्। अझ त्यसमा कामचलाउ सरकार हटाउने जस्तो हलुका एजेण्डाका कारण जनचासो देखिएन किनभने जुन प्रधान मन्त्री वा सरकार आए पनि केही हुन्न भन्नेमा जनता विश्वस्त छन्। यसैले जनचाहनाविपरित राष्ट्रिय सहमति बन्न सत्तै्कन। अहिले देखिएका राष्ट्रिय सहमतिका समस्या यिनै हुन्।
निष्कर्षमा, अन्तरिम संविधान निर्माणको समयमा संविधान सभाले संविधान जारी गर्न सक्छ भन्ने अड्कलमा बनेको संविधानले सोबाहेकको वैकल्पिक अवस्था परिकल्पना नगरेका कारण वर्तमान अन्तरिम संविधान, संविधान सभा नरहेको अवस्थामा लगभग अपांग छ। यसलाई सपांग बनाउनका लागि राष्ट्रिय सहमतिबेगर अरु कुनै उपाय छैन। त्यसैले वर्तमान संविधानको धारा ४३ अनुसार नेपाल सरकारको कार्यसञ्चालन जनआन्दोलनको भावनाबमोजिम राजनीतिक सहमति र सहकार्यमा गर्नुपर्ने प्रावधान रहेको र धारा १५८ मा संविधानको कार्यान्वयनमा बाधा परेमा मन्त्री परिषद्को सिफारिसमा राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउने आदेश जारी गर्न सकिने देखिएकाले यी प्रावधान उपयोग गर्न सकिन्छ। तर, यो संविधानको मर्यादा राख्ने कुरामात्र हो। तर, त्यसका लागि राष्ट्रिय सहमति जरूरी हुन्छ। संविधानबाट सहमति जन्मेको होइन, सहमतिले संविधान जन्मेको हो भन्ने कुरा १७ औं र १८ औं शताब्दीका राजनीतिक दार्शनिक हब्स, लक र रुसोले स्थापित गरिसकेका मान्यता हो। त्यसैले राष्ट्रिय सहमतिका लागि देखिएका बाधा पन्छाई सहमतिको वातावरण निर्माण गरौं। राष्ट्रिय सहमतिलाई मूल राष्ट्रिय एजेण्डा बनाउँ। अनि मिलेर अगाडि बढौं। विकल्पको छनौट मुख्य कुरा होइन, समस्या कार्यान्वयनको हो, जसका लागि राष्ट्रिय सहमति अनिवार्य छ।
अर्को समाचार
राष्ट्रिय सहमतिका आधार
१५ असार २०६६
•
१२ मिनेट पाठ
राष्ट्रिय सहमतिका आधार
माओवादी अध्यक्षले पोलिटब्यूरोको बैठकमा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदन मार्फत राष्ट्रपतिको कदम सच्चिएमा आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न पहल गर्ने प्रस्ताव अगाडि सारेका छन्। शान्तिलाई स्थायित्व प्रदान गर्न र जनचाहनाअनुरुप लोकतान्त्रिक गणतन्त्रको सार्वभौम मूल्य मान्यता अंगीकार गर्ने नयाँ संविधान लेख्न राष्ट्रिय सरकारको आवश्यकता अपरिहार्य रहेको पृष्ठभूमिमा यो प्रस्तावलाई अन्यथा ठहर गर्न मिल्दैन। परन्तु राष्ट्रिय सरकार निर्माणको पहल गर्न जुन शर्त अघि सारिएको छ त्यसलाई स्वीकार्न माओवादी इतर अन्य राजनीतिक शक्तिहरु तयार हुने लक्षण देखिँदैन।
आन्दोलनबाटै राष्ट्रिय सरकारको आधार तयार हुने उनको विश्लेषण पनि वास्तविकताविपरीत छ। राष्ट्रिय सरकार निर्माणको एकमात्र आधार संविधानसभामा उपस्थित राजनीतिक शक्तिहरुबीच न्यूनतम साझा मुद्दाहरुमा सहमति हो। यो अकाट्य सत्यलाई उपेक्षा गरेर आन्दोलनबाटै राष्ट्रिय सरकारको आधार तयार हुने दृष्टिकोण सार्वजनिक गर्नु वास्तवमा भ्रमको खेती हो भन्दा हुन्छ। पोलिटब्यूरोको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन मूलतः पार्टी नेतृत्व पंक्तिको उपभोगका लागि हो। पार्टीभित्रै यस्तो भ्रमपूर्ण दृष्टिकोणको प्रस्तुतिले माओवादी आफ्नो भावी कार्यदिशाप्रति कति अन्योलमा छ त्यसको स्पष्ट सन्देश दिन्छ।

नेपाली जनताले संविधानसभा निर्वाचनमार्फत खासगरी प्रमुख चार दललाई आपसमा मिलेर ऐतिहासिक दायित्व सम्पन्न गर्न अभिमत सुम्पेका हुन्। संविधानसभाको संरचनाले स्पष्ट गरेको त्यो सन्देशलाई सबैभन्दा ठूलो दल माओवादीले त्यति बेला आफ्नो जानकारीमा लिन पनि चाहेन। अझै पनि माओवादी संविधानसभा निर्वाचनबाट प्रकट भएको जनादेशको एक पक्षीय व्याख्यामा नै रमाइरहेको छ। निर्वाचनले माओवादीलाई सबैभन्दा ठूलो दल अवश्य बनाएको छ परन्तु सामान्य बहुमत पनि दिएको छैन। त्यसको अभिप्राय नेपाली मतदाताले उनीहरुको कार्यसूची पूर्णरुपमा अनुमोदन गरेका होइनन् न अन्य दलहरुको दृष्टिकोण पूणृतः अस्वीकार गरेका हुन्। त्यसैले उनीहरुले जनादेशको वास्तविक भावनाविपरीत कार्यसूची अन्य दलहरुमाथि थोपर्न मिल्दैन। संविधानसभामा रहेका सबै शक्तिसँग अर्थपूर्ण साझेदारी गर्दै उनीहरुकै सहमतिमा नयाँ संविधान निर्माण गर्नुपर्ने हुन्छ। त्यसैले सबैभन्दा पहिला माओवादीले यो राजनीतिक वास्तविकतालाई आत्मसात गर्नुपर्छ।
मुलुकलाई कानुनी शून्यताको स्थितिमा पुर् याएर स्वाभाविकरुपमा राज्यको वैधताको प्रश्न उठ्ने परिवेशतर्फ अग्रसर हुन नदिन र इतिहासले सुम्पेको जिम्मेवारीबोधका साथै राजनीतिलाई राष्ट्रिय प्राथमिकताअनुरुप नयाँ मार्गमा निर्देशित गराउन साझेदारीको एउटा फरक ढाँचा अत्यावश्यक छ। राष्ट्रिय राजनीति शान्ति प्रकि्रयाको तार्किक परिणति र नयाँ संविधान निर्माणको मार्गमा अग्रसर हुन नसकेमा मुलुक दुर्घटनामा पर्नसक्छ। राष्ट्रिय राजनीतिलाई वािाछत दिशातर्फ निर्देशित गर्न दलहरुबीच सहमति अनिवार्य छ। परन्तु प्रमुख राजनीति शक्तिहरुबीच विश्वासको संकट गहिरिएको अहिलेको परिस्थितिमा साझेदारीको नयाँ ढाँचा निर्माणको पहलकदमी लिन को अघि सर्ने त्यो नै सबैभन्दा ठूलो प्रश्न छ।

माओवादीले आफ्नो काँधमा ठूलो जिम्मेवारी भएको वास्तविकतालाई पनि ख्याल राख्नुपर्छ। संविधान निर्माण र शान्ति प्रकि्रया पूरा गर्ने दायित्व ठूलो दल र शान्ति प्रकि्रयाको अभिन्न अंग भएकाले आफ्नो पनि हो भन्ने तथ्य मनन गरी साझेदारीको नयाँ ढाँचा निर्माणको पहल माओवादी स्वयंले गर्नुपर्छ। सत्ताबाट बाहिरिएपछि माओवादीका नेतृत्वपंक्तिबाट जसरी रोषपूर्ण र आक्रोशमिश्रित अभिव्यक्ति सार्वजनिक भइरहेको छ त्यसले सहमतिको वातावरण बिथोलिन्छ। दबाबपूर्ण सडक आन्दोलन जारी राखेर सहमति खोज्ने प्रयत्न सार्थक हुँदैन। आफ्नो नेतृत्वमा राष्ट्रिय सरकार निर्माणको पहल अरुले होइन माओवादी स्वयंले गर्नुपर्छ।

आफू सत्ताबाट बाहिरिन पर्नुका वस्तुगत कारणहरुबारे माओवादीले गम्भीर आत्मसमीक्षा गर्नु जरुरी छ। माओवादी नेतृत्वको सरकारले राम्रो काम गर्न खोजेको थियो होला परन्तु उसले आफ्नो नौ महिने कार्यकालमा राष्ट्र र जनताले स्मरणमा राख्नुपर्ने एउटा पनि उदाहरणीय काम गर्न सकेन। माओवादी नेतृत्व आफ्नै साझेदारहरुको विश्वास कायमै राखिरहन पनि सफल हुन सकेन। शान्ति प्रकि्रयामा संयुक्त राष्ट्र संघका साथै अन्य मित्र राष्ट्रहरुको पनि नजिकको सरोकार छ भन्ने पनि उसले बुझ्न सकेन। नौ महिनाकै अन्तरमा आफूलाई प्राप्त आन्तरिक र बाह्य समर्थन जारी रहिरहन नसकेको तथ्यलाई आग्रहरहित भएर मूल्यांकन गर्न सकेमा माओवादीको आगामी मार्ग सुगम हुने अपेक्षा गर्न सकिन्छ।
यतिखेर माओवादीसामु दुई विकल्प छन्। पहिलो संविधान निर्माण एवं शान्ति प्रकि्रया टुंगॊमा पुर् याउन सकि्रय सहभागी भई आफूलाई नेपाली जनता र अन्तर्राष्ट्रिय समुदायका दृष्टिमा विश्वसनीय लोकतान्त्रिक शक्तिका रुपमा स्थापित गराउने। दोस्रो शान्ति र संविधान निर्माणको चालू प्रकि्रयाबाट बाहिरिएर पुनः सशस्त्र विद्रोह वा जन गणतन्त्रको मार्गतर्फ अग्रसर रहने। व्यवहार र आचरण सर्वथा विपरीत गरे पनि पहिलो विकल्पप्रति उनीहरुले धेरै पटक प्रतिबद्धता व्यक्त गरेका हुन्। बाह्र बुँ्दे समझदारी र विस्तृत शान्ति सम्झौतालगायत विभिन्न समयमा भएका सहमतिमा उनीहरुले प्रतिस्पर्धात्मक राजनीति र बहुलवादप्रति प्रतिबद्धता व्यक्त गर्दै आफ्नो लोकतान्त्रिक रुपान्तरण स्वीकार नगरेका होइनन्। सार्वजनिकरुपमा उनीहरुले प्रतिबद्धता व्यक्त गर्दै आएको पहिलो बाटोले सहमति र मेलमिलापको संस्कृति विकासमा उनीहरुको संलग्नता चाहन्छ भने दोस्रो विकल्पले पुनः िहंसा र मुठभेडको। स्पष्ट छ राष्ट्र र जनताको अवश्यकता र चाहना मुलुकमा पुनः मुठभेडको अन्तहीन शृंखलाको प्रारम्भ होइन। त्यसैले राष्ट्र र जनताको आवश्यकताअनुरुप उनीहरुबाट लोकतान्त्रिक मान्यताको पालना भयो भने राजनीतिक दलहरुबीच टुटेको विश्वास र सहमति पुनः जोडिनसक्छ। त्यसपछि राष्ट्रिय सरकार गठनको पहल सार्थक नहुने कारण छैन।

राष्ट्र र जनताको दूरगामी हितलाई दृष्टिगत गरी नेकपा माओवादी सँग सहमति र सहकार्य गर्न अन्य दलहरु तत्पर रहे पनि उसको सर्वोच्चता स्वीकार्न कोही पनि तयार नरहेको वस्तुतथ्यलाई उनीहरुले बुझ्नु जरुरी छ। माओवादी रसायनशास्त्रको ज्ञान अब धेरैलाई भइसकेको छ। त्यसैले उसले आफूलाई पानीमाथिको ओभानो प्रमाणित गर्न व्यर्थ कसरत गरिरहन जरुरी छैन। संविधान निर्माण र शान्ति प्रकि्रयामा कुन पक्षबाट बढी अवरोध पुगिरहेको छ त्यो नेपाली जनतालाई थाहा छ। अतः राष्ट्रिय सहमति सार्थक तुल्याउन सबैभन्दा पहिला माओवादी सत्ताको मखमली गद्दाबाट हठात् बाहिरिनु पर्दाको पीडा र आफ्नो नेतृत्वको सरकारलाई मात्र जन निर्वाचित मान्ने दूराग्रहबाट छिटो मुक्त हुनु जरुरी छ।

दलगत हितको सुनिश्चयका लागि सहमति जुट्न सम्भव छैन। राष्ट्रिय स्वार्थको पहिचान गरी त्यसको संरक्षणमा सहमति खोज्नुपर्छ। दलगत स्वार्थबाट बाहिर निस्केर राष्ट्र राष्ट्रियता सार्वभौमिकता अखण्डता शान्ति प्रकि्रयाको तार्किक परिणति र निर्धारित समय सीमाभित्रै लोकतान्त्रिक संविधान निर्माणजस्ता राष्ट्रिय स्वार्थसँग प्रत्यक्ष गाँसिएका विषयलाई एकता सहमति र सहकार्यका आधार बनाउनुपर्छ। दलगत स्वार्थसँग गाँसिएका विषयवस्तुमा राष्ट्रिय सहमति जुट्न किमार्थः सक्दैन। यतिखेर सबै दलहरुले राष्ट्रिय मुद्दाहरुलाई प्रमुखता दिनु जरुरी छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस