उजिर मगर, काठमाडौं, साउन ३- एमालेले कम्तीमा दुई तिहाइ सभासद्को मत पाउने आधार तय भए पार्टी अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ। राष्ट्रिय सहमतिका लागि एमालेले सरकार नेतृत्व गर्ने र प्रधानमन्त्री उम्मेदवार खनाललाई अघि सार्ने निर्णय लिन सोमबार केन्द्रीय कमिटी बैठकको डाकिएको छ।
माओवादीले आफूलाई समर्थन दिनेमा अध्यक्ष खनाल विश्वस्त रहेकाले त्यस्तो निर्णय गर्न लागिएको पार्टी स्रोतले बताएको छ।कानुनी रुपमा राष्ट्रिय सहमतिको सम्भावना नभए पनि कम्तीमा दुई तिहाईलाई राष्ट्रिय सहमति मानेर जाने निष्कर्ष एमालेको छ।
खनाललाई प्रधानमन्त्री उम्मेदवार बनाउने निर्णय आइतबार स्थायी कमिटीबाटै गर्न अर्का नेता केपी ओली पक्ष नमानेकाले केन्द्रीय कमिटीको बैठक बोलाइएको हो।
अध्यक्ष खनालले आइतबार बिहान प्रधानमन्त्री माधवकुमार नेपाल र ओलीसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए। त्यसअघि बिहीबार र शुक्रबार साँझ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एक्लाएक्लै भेटघाट भएको थियो।
दाहाल निवास नयाँबजारमा भएको भेटपछि खनाल आफूलाई माओवादीको समर्थन पक्का भएको निष्कर्षमा पुगेको स्रोतले बतायो।
पार्टीमा अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेमा विवाद नभए पनि माओवादीको समर्थनमा जाँदा के हुन्छ भन्ने प्रश्न ओली पक्षले उठाएको छ। मधेसवादी दलको समेत भर नभएकाले दुई तिहाई नपुग्ने ओली पक्षको दाबी छ।
उपाध्यक्ष वामदेव गौतमले भने निर्णय नभए पनि प्रधानमन्त्रीको उम्मेदवार अध्यक्ष खनाल नै रहेको बताए। ‘एमालेमा प्रधानमन्त्रीको उम्मेदवार खनाल नै हो,' उनले भने, ‘यो दुनियाँलाई थाहा छ।'
नेता ओलीले भने प्रधानमन्त्री उम्मेदवारबारे निर्णय गर्न बाँकी भएको बताए। ‘प्रधानमन्त्रीको उम्मेदवारबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछ,' ओलीले नागरिकसँग भने, ‘राष्ट्रिय सहमतिको सरकार बनाउने अवस्था नभए पनि हाम्रो प्रयास जारी छ।'
केन्द्रीय सदस्य योगेश भट्टराईले भने माओवादीले कांग्रेसलाई मत दिने सम्भावना नरहेकाले एमालेकै पल्ला भारी हुने दाबी गरे। खनालले प्रधानमन्त्री पाउने सर्तमा दाहालसँग शान्ति प्रक्रिया र संविधान घोषणा भएको भोलिपल्टै माओवादीलाई सत्ता छाड्न तयार रहेको प्रतिबद्धता जनाएको स्रोतले बतायो।
कार्यवाहकको बहस
पार्टीमा खनाल प्रधानमन्त्री उम्मेदवार निर्विकल्प देखिएपछि कार्यवाहक अध्यक्ष कसले पाउने भन्ने टुंगो लागेको छैन। आठौं महाधिवेशनबाट उपाध्यक्षमा विजयी अशोक राई र गौतम कार्यवाहकको दाबेदार देखिन्छन्। पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन अध्यक्ष खनाल प्रधानमन्त्री भए ओली पक्षलाई कार्यवाहक दिनुपर्ने मत पनि छ।
खनाल पक्षले भने सिधै ओलीलाई कार्यवाहक दिँदा महाधिवेशनका प्रतिनिधिको मत अपमान हुने तर्क अघि सारेको छ। ‘पार्टीभित्र खनाल प्रधानमन्त्री हुने भए कार्यवाहक को हुने भन्ने प्रश्न छ,' स्रोतले भन्यो, ‘ओली पक्षले उपाध्यक्ष विद्या भण्डारीलाई दिनुपर्ने बहस चलाएको छ।'