रोवेसपियर र फ्रेन्च क्रान्ति
११ असार २०६९
•
२२ मिनेट पाठ
रोवेसपियर र फ्रेन्च क्रान्ति
सन् १७८९ जुलाई १४ का दिन आक्रोशित पेरिसबासीको भिडले 'विष्टिल' र राजाको गारदघरमा अचानक तुफानी आक्रमण गरे। यसै दिनबाट फ्रान्समा एक दशक लामो क्रुर क्रान्तिको रोमान्स, युद्ध, आत्महत्या, आक्रमण र लुटका शृंखला सुरु भए। र, त्यसले मानव सभ्यताका पाना रगतले लेख्ने कार्य गर्योद। नेपालीले फ्रेन्च क्रान्तिको त्यस त्रासदिबाट राम्रोसँग सिक्ने ठाउँ छन्। फ्रान्सको त्यस क्रान्तिका के अन्तर्निहित विशेषता थिए, जो नेपालको दुई दशकको इतिहाससँग मिल्छन्?

फ्रान्स सभ्रान्त राजतन्त्रको अधिनमा थियो नेपालमा जस्तै। राजा धनी थिए, उनको दरवारमा बस्ने भारदार शोषक र निरंकुश थिए। आम जनता गरिब थिए। उनीहरू गरिबीको जाँतोमा यति धेरै पिँधिएका थिए, उनीहरूको जीवनलाई मानवीय जीवन भन्न सकिने अवस्था नै थिएन। त्यसैले फ्रान्सेली जनताले क्रान्तिको शंख फुके र १७८९ मा राजतन्त्र 'नागरिक तथा मानिसका अधिकारको घोषणापत्र' जारी गर्न बाध्य भयो। राजतन्त्र 'संवैधानिकमा' परिणत भयो।
ठीक यसरी नै २०४६ सालमा नेपाली जनताको आन्दोलनले राजालाई 'संवैधानिक राजतन्त्र'मा सीमीत गर्योस। फ्रान्सेली क्रान्तिभन्दा हाम्रो आन्दोलन फरक थियो। हाम्रो परिवर्तन शान्तिपूर्ण थियो र त्यसलाई विकास गर्ने अवसर थियो। तर, दुर्भाग्यवस फ्रान्समा जस्तै हाम्रो देशमा पनि लोकतन्त्रको स्थापनापछि क्रान्तिको 'रोमान्स' सुरु भयो।
संवैधानिक राजतन्त्रमा परिणत भएपछि फ्रान्स र नेपाल दुवै देशमा राजा जनतासँग नजिक भएर परिवर्तनलाई संस्थागत गर्नतिर होइन परिवर्तनलाई अवरुद्ध गर्दै अधिकार पुनर्स्थापना गर्ने छद्म खेलतर्फ लागे। तर उनीहरूको यो प्रयास असफल भयो। फ्रान्समा 'जेकोवाइन' ले रोवेसपियरको विचारलाई इन्कार गर्दै राजालाई 'गियटाइनमा' (मानिसको शीर छेदन गर्न बनाइएको मेसिन) चिढाई शीर छेदन गरे, नेपालमा राजा वीरेन्द्रको वंश हत्या भयो र राजा ज्ञानेन्द्र सत्तामा आए। फ्रान्स र नेपाल दुवै देशमा राजाले लोकतन्त्रप्रति गरेको धोकाले एकातर्फ राजतन्त्र उन्मूलन भयो भने अर्कातर्फ 'उग्रवादी राजनीति' जनताका बीचमा लोकप्रिय भयो।
फ्रान्समा क्रान्तिको नाममा रक्तपातको शृंखला निरंकुशतामा परिणत भयो र 'रोवेसपियर र ज्याकोवाइन' (क्रान्तिकारी नेता) का व्यक्तिगत इच्छामा मानिसलाई मृत्युदण्डको ताण्डवको शिकार बनाइयो। नेपालमा दश वर्षको जनयुद्धमा १७ हजार मानिसले ज्यान गुमाए र हजारौं बेपत्ता पारिए। ती मृत्यु र बेपत्तालाई क्रान्ति र सहमतिका नाममा बेवास्ता गरियो। फ्रान्सको क्रान्तिमा रोवेसपियर आफूलाई अलौकिक बुद्धि भएको मानिस ठान्थे। उनी आफूलाई अधिक चतुर ठान्थे। उनले क्रान्तिमा आफ्नो दर्शन लादे। दश वर्षको जनयुद्ध पनि यस्तै भयो।
संक्षेपमा भन्ने हो भने फ्रेन्च क्रान्ति पुरानो सभ्यताको अन्त्य र नयाँ सभ्यताको सुरुवात्को एउटा कडी थियो। त्यसले सामन्तवादको अन्तिम संरचनाको उन्मूलन पनि गर्यो्। आधुनिक राजनीतिको बीउ रोप्यो र जनताको ताकतले जस्तोसुकै सत्ता ढाल्न सक्छ भन्ने नयाँ उदाहरण लेख्यो। सन् १७८० र ९० का दुई दशकका फ्रान्सेली घटनाले युरोपको इतिहासलाई शास्त्रीय राजनीतिबाट मुक्त गरे। त्यस्तै युग थियो नेपालमा २०५० र ६० का दुई दशक। फरक के मात्रै थियो भने फ्रेन्च क्रान्तिले 'राजतन्त्र र सामन्तवाद' उखेलेर फ्याँक्यो। नेपाली क्रान्तिले राजतन्त्रलाई त उखेलेर फ्याँक्यो, तर नेपाली क्रान्तिका नाइकेले आफूलाई 'राजाको स्थान' मा राखे र सामन्तवाद संरक्षण गरे।
फ्रान्सको क्रान्तिमा एउटा अकल्पनीय घटना भयो। क्रान्तिका नाममा 'निरंकुशता' लागु गर्ने म्याक्सिमिलिएन रोवेसपियर आफैंले रोपेको हिंसा र अत्याचारका शिकार भए। उनले मानिसको हत्या गर्न बनाएको 'गिएटिन' द्वारा उनको पनि शीर छेदन भयो। नेपाल त्यस दुर्घटनाबाट अहिलेसम्म बचेको छ तर परिवर्तनको नेतृत्व गर्ने नेताले नै देशलाई वर्वादीको 'गियटिन' मा हाले।
फ्रेन्च क्रान्तिका नाइके रोवेसपियरको मान्यता थियो- 'क्रान्तिकारीलाई आफ्नो कानुन आफैं बनाउने अधिकार छ, क्रान्तिले कसैमाथि दया गर्दैन र क्रान्तिको इच्छा पूरा गर्न जस्तोसुकै क्रुर कार्य गर्न सकिन्छ।' नारा 'नागरिक स्वतन्त्रता' को थियो तर उनको नियत आफू 'निरंकुश शासक' बन्ने थियो। नाम जनताको थियो, चाहना स्वार्थको। क्रान्ति सम्पन्न भएपछि, वातावरणलाई शान्तिपूर्ण र सामान्यीकरण गर्नुपर्छ भन्ने उनकै मित्र 'डान्टन' रोवेसपियरकै आदेशमा 'शिर छेदनका' शिकार भए। यसरी रोवेसपियरले फ्रान्सलाई आतंकको सहयोगमा शासन गरे र समाजमा निर्माण होइन, विगठन र तोडफोडलाई परिवर्तनको नाम दिए।
क्रान्तिमा कति हिंसा 'औचित्यपूर्ण र वैध हुन्छ' र 'समाजले कति अराजकता धान्न सक्छ?' यसबारे रोवेसपियर सोच्ने पक्षमा थिएनन्। उनी ठान्थे एकलौटी सत्ताका लागि केही बाँकी राख्नुहुँदैन। उनी क्रान्तिकारी नेता थिए, उत्तेजक भाषण गर्थे, जनतालाई रक्तपातका लागि उचाल्थे, उनमा असीमित आत्मगौरब थियो र उनी विरोधीको उन्मूलनलाई राजनीतिक स्थिरताको आधारशीला मान्थे। रोवेसपियरसँग एक जना सहयोगी थिए, जसलाई 'मरा' भनिन्थ्यो, उनी 'षड्यन्त्र' गर्न माहिर थिए। उनी घटनालाई यति धेरै अतिरञ्जित गर्थे कि सामान्य मानिस 'कत्लेआम' को घटनामा विनाहिचकिचाहट संलग्न हुन्थे। उनी क्रान्तिका पक्षमा समाचार पत्र निकाल्थे। फ्रान्सलाई कसरी अगाडि लान सकिन्छ, उनको एउटै शब्दमा उत्तर हुन्थ्यो- 'विध्वंस' गरेर।
रोवेसपेरी र ज्याकोवाइनले पार्लियामेन्ट कब्जा गरे। क्रान्तिका विरोधीहरूलाई सार्वजनिक चोकमा स्थापना गरेको गिएटिनको प्रयोगद्वारा मृत्युदण्ड दिए। सन् १७९९ को अन्तसम्ममा १६ हजार मानिसको शीर छेदन गरियो। जहाँ शीर छेदन गरिन्थ्यो, त्यहाँ रगतको खोला बगेको थियो। रोवेसपियरको एक शब्दले सारा पेरिस बौलाएर उठ्थ्यो। तर उनले के बुझेनन् भने भोका जनता सँधैभरि भाषण सुनेर खुशी हुने छैनन्। उनीहरूले रोवेसपियरबाट शान्ति, सुख, अमनचयन, विकास, गाँस र बास माग्नेछन्। रोवेसपियरका दिमागमा यो कहिल्यै पसेन। ताकतको भरमा सबैलाई दमन गर्न सकिन्छ भन्ने उनलाई लाग्यो। त्यसैले उनी चर्का भाषण गर्दै थिए। समाज अराजक बन्दै गयो। मानिस उनका कुरा पत्याउन छोडे। जनताले उनलाई सत्तामा निरन्तर रहन सहयोग गर्न छोडेदै गए। तर जनतामा हिंसाको बीउ उमि्रसकेको थियो। उनीहरू तर्कका कुरा सुन्न चाहँदैनथे। उनीहरू सबै कुरा हिंसाको बलबाट प्राप्त गर्न सकिन्छ भन्ने मनोविज्ञानबाट ग्रस्त बनाइएका थिए।
क्रान्तिको व्यवस्थापन सही ढंगबाट हुन सकेन भने क्रान्तिले क्रान्तिकारीलाई नै खाइदिन्छ। यता नेपालमा हेरौं। २०४७ सालको संविधानले स्थापित गरेका लोकतान्त्रिक मान्यता संस्थागत हुनै पाएनन्। लोकतान्त्रिक दलका नेता 'पजेरो' को चक्करमा पर्न थाले। जनताको विकास होइन, आफ्ना 'हित र स्वार्थका पछाडि कुदे। उनीहरू 'राणाजी' बन्ने बाटोमा कुदे। राजनीतिक सत्ता 'ध्यानपछि शिवजी दिने वरदान बन्यो। भ्रष्टाचार बढ्यो। यतिसम्म कि क्रान्तिका पाठ सिकाउने वामपन्थीहरू राजा ज्ञानेन्द्रका मानिससम्म बने। अर्कातिर नेकपा माओवादी सशस्त्र आन्दोलनका पछाडि लाग्यो। उसले वर्गीयतालाई क्रान्तिको आधार बनाएन। उसले जातीयताका आधारमा राज्यको पुनर्संरचनालाई साम्यवादी क्रान्तिको लक्ष्य बनायो। जसरी रोवेसपियरले राजतन्त्रको ठाउँमा आफ्नो क्रान्तिकारी सपनावाद (युटोपिया) लागु गरे, त्यसैगरी नेपालमा 'राजतन्त्र' को ठाउँमा 'प्रचण्डपथ' स्थापना गर्न खोजियो। जसरी रोवेसपियरले राजतन्त्रको उन्मूलनपछि सबै 'कुरा' आपसेआफ राम्रा हुन्छन् र त्यसैकारण सबै विरोधीलाई समाप्त पार्नुपर्छ भन्ने 'रोमान्टिक योजना' मा जनतालाई भड्काए, नेपालमा जातीय संघीयतालाई त्यसैगरी प्रस्तुत गरियो। गरिब जनता विकास चाहन्छन्, तर हामी उनीहरूलाई स्रोतविनाको राज्य दिन र नदिन लडाई गर्दैछौं।
समाजले भोगिआएका 'गलत व्यवस्था' क्रान्तिद्वारा आफैं ठीक हुँदैनन्। क्रान्तिले त पुराना आधारलाई बदल्ने अवसर प्रदान गर्दछन्, त्यतिमात्रै हो। रोवेसपियरले यो बुझेनन्। समाजका अस्तव्यस्तता सम्बोधन गर्न 'विकासका नीति र योजना चाहिन्छन्। 'स्वतन्त्रता र समानता' विकास र विकासलाई संस्थागत गर्ने सर्वमान्य साझा कानुनद्वारा मात्र सम्बोधन गर्न सकिन्छ। क्रान्तिका चाहना 'विकासका नीति र कानुन' मा अभिव्यक्त हुन्छन्। रोवेसपियरले यसलाई बुझेनन्। सन् १७८९ मा राजाद्वारा 'नागरिक अधिकार' को घोषणा भएपछि राजा 'संवैधानिक राजामा परिणत भए र रोवेसपेरी सत्ताका मालिक भए। तर उनले भात खान नपाएर सडकमा मरिरहेका जनताको समृद्धिप्रति आँखा लगाएनन्। उनी सत्तामा पूर्णता प्राप्त गर्न थाले र 'रिभुलेसनरी गार्ड' को मद्दतबाट 'राजा र कुलिनहरूलाई सजाय गर्ने धुनमा लागे। यता नेपालमा २०६२ सालमा नेपालमा 'जनयुद्धका नेता र राजाविरोधी' लोकतान्त्रिक शक्तिका बीच १२ बुँदे सम्झौता भयो र लोकतान्त्रिक व्यवस्थाप्रति सहमति भयो। जनयुद्धमा संलग्न रहेका लडाकु तबउप्रान्त राष्ट्रिय सेनामा समाहित हुने मान्यता विकास भयो। तर माओवादीले लडाकुलाई त्यसपछि पनि आफ्नो नियन्त्रणबाट बाहिर जान दिएन। क्रान्तिको उद्देश्य जनताको परिवर्तनप्रति मुखरित भएन। केवल सत्ताप्रतिको मोहमा मोडियो। अन्य दलसँग एजेण्डा थिएनन्। त्यसैले कहिले कांग्रेस कहिले एमाले माओवादीसँग नजिक पुगे। जनताको समृद्धि चासोको विषय भएन। विषय 'सत्ता' को मात्र बन्यो। कांग्रेस र एमालेले लोकतन्त्रमाथिको विश्वाससँगै जनतालाई आर्थिक र सामाजिक रूपान्तरणका ऐजेण्डा दिनुपर्ने थियो। त्यसो गर्न उनीहरूले किन चाहेनन्, खोजीको विषय हो। जे होस्, गरिबले न्याय पाएनन्।
फ्रान्स त्यस अराजकताबीच अष्ट्रियासँग लडाइँमा फस्यो। अर्कातिर फ्रान्सका 'क्रान्तिकारी गार्ड र राजाका सेना बीच' लडाइँ सुरु भयो। राजालाई राज्यद्रोहको आरोपमा मृत्युदण्ड दिइयो र फ्रान्स गणतन्त्र भयो। तर यसैबेला रोवेसपियरको क्रान्तिकारी परिषद्का अन्य कमरेडसंग वैमनश्यता सुरु भयो। पेरिसमा आतंककारी अराजकता फुट्यो। जेलमा थुनिएका १५०० मानिसलाई आमजनता प्रवेश गरेर एकै दिन मारिदिए। 'कुनै पनि क्रान्तिविरोधीलाई बाँकी राख्नुहुँदैन'- यसै नाराले जेलभित्रका मानिसको आमहत्या गरियो। रोवेसपियर त्यसपछि 'क्याथोलिक चर्च' माथि खनिए। यसै क्रममा 'मरा' को उत्तेजित लेख 'डान्टन' का विरुद्धमा आयो। क्रान्तिकारीहरूले १० दिनका तीन हप्ताको महिना बनाए र क्यालेण्डरबाट 'आइतबार' हटाइदिए। हजारौं मानिसलाई डुंगामा राखेर समुद्रमा डुबाइयो। यसैबेला सन् १८९२ मा अष्ट्रियाको सिमानामा फ्रेन्च आर्मीले विजय प्राप्त गर्योा। नेपोलियन बोनापार्ट नामका एक जना युवा जर्नेल प्रख्यात् भए यस युद्धमा। त्यसैताका क्रान्तिकारीका विरुद्धमा मानिसले आवज उठाउन थाले। विरोधीलाई क्रुरताका साथ दमन गरियो। एकैदिन एक लाख मानिस मारियो समुद्रमा डुबाएर। मारिएकाहरू पादरी र रोवेसपियरका विरोधी थिए।
सन् १७९४ मा रोवेसपियरले एउटा भाषण दिनुपर्ने थियो। डान्टनले भनिरहेका थिए- अब अवस्था सामान्य हुँदैछ, त्यसैले अब अत्याचार रोक्नुपर्छ। रोवेसपियरले भाषणामा भने- 'त्यसो गर्ने बेला अझै भएको छैन, त्यसैले डान्टनलाई कारबाही गर्नुपर्छ।' २०० जना डान्टनिष्ट भेला पारिए र 'गिएटाइनमा' हालियो। रोवेसपियरलाई 'क्रान्ति र सत्ता' को भूत दिमागमा थियो, त्यसैले अर्को साथी डानहनको हत्या गरे। एक दिन सम्मेलनमा भाषण गर्दै थिए, एक जना सहभागीले नारा लगायो- 'रोवेसपियर मूर्दावाद'। यो आवाज आउनासाथ उनका आफ्नै सहयोगीले रोवेसपियरलाई पक्राउ गरे र 'द्रोही' घोषणा गरे। उनलाई बोल्न दिएनन्। सिटी हलमा लगेर थुनियो उनलाई। भोलिपल्ट बिहान उनी गोली लागेर 'अर्धमूर्च्छित' अवस्थामा पाइए। गोली उनको मुखमा लागेको थियो। उनकै साथीले उनलाई गोली हाने। उनलाई सहयोग गर्नेहरू बोनापार्टका मानिस बनिसकेका थिए। अन्तमा उनी पनि 'गिएटाइन' मा चढाइए। सन् १७९४ जुलाईमा गिएटाइन उनको घाँटीमाथि खस्यो। त्यसै रात उनी मारिए। अराजकता माझबाट नेपोलियन जन्मिए।
क्रान्ति परिवर्तनको संवाहक हो तर क्रान्तिलाई सही ढंगबाट संचालन गर्न सकिएन वा क्रान्तिको लक्ष्य जनताको हित नभई 'नेताको महत्वकांक्षा' हुन गयो भने फ्रान्सको क्रान्तिको पुनरावृत्तिलाई रोक्न सकिन्न। एनेकपा माओवादीको क्रान्तिको लक्ष्य जनताको समुन्नति हो वा राज्य सत्ता? फ्रान्सको क्रान्तिबाट सिक्न सकिने धेरै कुरा छन्। अराजकताको कुनै विचारधारा र मित्र हुँदैन। यसको शिकार जोसुकै हुनसक्छ। के रोवेयसपियरले यो बुझ्न सकेको भए आफैंले बनाउन लगाएको 'गिएटाइन' ले उनकै शीर छेदन गर्ने थियो? अवश्य गर्ने थिएन। एनेकपा (माओवादी) को १० वर्षे जनयुद्धले नेपालमा आमुल परिवर्तनको बीउ रोप्यो। यसले गणतन्त्रमा जान सकिने हिम्मत नेपाली कांग्रेसमा समेत सञ्चार गर्योज। १२ बुँदे सहमति नेपालमा 'क्रान्तिकारी परिवर्तन र लोकतन्त्र' बीच 'विवाहको घोषणा' थियो। यो 'सामाजिक सम्झौता'को आधारशीला थियो। गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र जनताको आर्थिक रूपान्तरण यस 'विवाहपछि जन्मिऊन् भनेर आशा गरिएका तीन सन्तान थिए। समावेशी लोकतन्त्रमा 'राजनीति र सरकार' मा आम जनताको सहभागिताका लागि 'संघीय शासन प्रणाली' को परिकल्पना गरियो। अन्तरिम संविधानमा 'संघीयता' को घोषणा गरियो। एउटा आशालाग्दो 'तस्बिर' बनाइएको थियो बच्चाको। तर त्यस बच्चाको 'तस्बिर' को नाक कस्तो हुनुपर्छ भनेर लडाइँ थालियो। छिमेकीहरू उनीहरूका सन्तानको जस्तै 'नाक बनाउन' दबाब दिन थाले। विदेशबाट रंग ल्याएर त्यस बालकका लुगा 'हिप्पी' को जस्तो बनाइयो। त्यसका आँखामाथि फलामका किला हालियो। नाइटामा मुन्द्रा झुण्ड्याइयो। कपालमा रंग दलेर रातो बनाइयो। बच्चा आकृतिहीन भयो। कसैले भने यो बच्चा त मानिस होइन, मुर्कटो भयो। तर एक जनाले भने- होइन 'क्रान्तिको सपना यस्तै बच्चाको थियो, त्यसैले यस्तै नौरङ्गी हुनुपर्छ।' अहिले चित्र चोरिएको छ। अब त्यसलाई खोज्ने सहकार्य चाहिएको छ। एउटा असल बच्चाको चाहना संघीयताका नाममा नेपालीहरुले गरिरहेका छन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस