ओसामा विन लादेन पाकिस्तानमा मारिएपछि शक्तिराष्ट्रहरूको सुरक्षा रणनीतिमा परिवर्तन देखियो। पाकिस्तानको अमेरिकासँग बढेको दूरीले उसलाई चीनसँग नजिक पुर्याषयो। दुई देशबीचको निकटताले भारतलाई झस्कायो। पाकिस्तानबाट सधै खतरा देख्दै आएको उसले सुरक्षा खर्चमा व्यापक वृद्धि गर्दैछ।
विगतमा सीमा विवादमा युद्ध लडिसकेको चीन र पाकिस्तानबीचको निकटताले भारतलाई सुरक्षा मामलामा शतर्क हुन वाध्य पारेको हो। विश्वभर प्रभाव विस्तारमा रहेको चीनले अमेरिकासँगको प्रतिष्पर्धी बन्दै सुरक्षा बजेटमा भारी वृद्धि गर्दैछ।
दक्षिण चिनियाँ समुन्द्रमा बढेको तनावलाई मध्यनजर गरी चीनले रक्षा बजेटमा भारी वृद्धिको प्रस्ताव गरेको हो। सन् २०१२ मा १०६ अर्ब डलर पुग्ने गरी रक्षा बजेटमा ११.२ प्रतिशतको वृद्धि चिनियाँ सेनाको आधुनिकीकरणलाई प्राथमिकतामा राखिएको छ। सँसारकै सबैभन्दा ठूलो सेना संख्या रहेको चीनको रणनीतिलाई दृष्टिगत गरी भारतले सैन्य संख्या वृद्धिसँगै रक्षा बजेटमा वृद्धिको प्रस्तावलाई अन्तिम रुप दिदैछ। जसमा ९० हजार सेना र १६ हजार अधिकृत दरबन्दी बढाउने पञ्चवर्षीय लक्ष्य खुलाइयो। सुरक्षा नीतिमा आधारित रहेर आधुनिकीकरण, संख्या वृद्धिलगायत कार्यान्वयनमा दुवै देश लागेका हुन्।
भारत लामो गृहकार्यपछि कार्यान्वयनमा बढाइएको सेनाको दरबन्दी वृद्धि चीनसँग सीमा जोडिएको उत्तराखण्ड, हिमाञ्चललगायतका क्षेत्रमा थप सेना परिचालनमा केन्द्रित छ। उत्तरपूर्वी राज्यहरु मणिपुर, मेघालय, आसामलगायतको आन्तरिक संवेदनशीलतामा गम्भीर छ। जम्मु काश्मिरमा थप सेना राख्ने उसको रणनीति देखिन्छ। चीनका अलावा पाकिस्तानको चुनौतीलाई दृष्टिगत गरी भारत सेनाको व्यापक सुधारमा लागेको हो। उसले चीनसँग एक र पाकिस्तानसँग चार युद्ध लडिसकेको इतिहास छ। भारत यीनै दुई देशबाट बढी सैन्य चुनौती देख्छ। अप्रिलमा पाँच हजार किलोमिटर मार हान्न सक्ने अग्नि-५ को सफल परीक्षण गर्दाको टिकाटिप्पणीबाट सम्बन्धको संवेदनशीलता प्रष्फुटित भयो। लगत्तै पाकिस्तानले उस्तैखाले मिसाइल परीक्षण गर्योी। भारतको क्रियाले पाकिस्तानको प्रतिक्रिया आउने परम्परानै बसिसकेको छ। त्रिदेशीय सैन्य प्रतिष्पर्धा क्षेत्रीय गतिरोध मात्र नभई सन्तुलनका लागि समेत महत्वपूर्ण रहने गरेको छ। एकले अर्कामाथि पूरै हावी हुननसक्ने वातावरणले शक्ति सन्तुलन स्थापित भई क्षेत्रीय शान्ति कायम राख्छ। यद्यपि, वर्षेनी आकाशिएको सैन्य खर्चले आर्थिक र सामाजिक विकासमा लिनसकिने गति कम हुँदा क्षेत्रीय विकासमै प्रभाव पर्छ।
चीन, भारत र पाकिस्तान तीनै देशको सुरक्षा खर्च तिव्र गतिमा बढिरहेछ। चीनले आधिकारिकमै एक खर्ब डलर नघाउँदैछ। पश्चिमाहरू योभन्दा दोब्बर खर्च रहेको दाबी गर्छन्। चीनले आफ्नो खर्च अमेरिकीहरूको तुलनामा आधा कम र कुल ग्राहस्थ उत्पादनको दुई प्रतिशतभन्दा कम रहेको तर्क गर्दै आएको छ। यो आर्थिक वर्षमा जीडीपीको १.२८ प्रतिशत रक्षा बजेट रहेको देखाइयो। तिव्र आर्थिक वृद्धि हासिल गरिरहेको उसको सैन्य क्षेत्रमा खर्च संख्याभन्दा गुणात्मक सुधारमा रहेकाले रहस्य उत्तिकै छ। देखाइएकोभन्दा बढी खर्च छ भन्ने पश्चिमाहरूको दाबी हावादारी नहोला। विगतमा सैनिक संख्या बढाउन केन्द्रित चीन आधुनिकीकरणमा सक्रिय छ। दक्षिण चिनियाँ समुन्द्रमा उसको बलियो उपस्थिति सोही रणनीति अर्न्तर्गत देखिन्छ। अफ्रिका र दक्षिण अमेरिकी देशहरूमा समेत उसको रणनीतिक संलग्नता छ। अमेरिकाको तुलनामा सेनाको गुणात्मकभन्दा संख्यात्मक शक्तिमा अलमलिएको चीनले आफूलाई बदल्दै लगेर अग्रिम प्रविधि र रणनीतिक गतिशिलतालाई केन्द्रमा राखेको छ। हाल २२ लाख संख्याको सेना रहेपनि चीन समग्र सैन्य क्षमतामा अमेरिका र रुसपछि तेस्रो वरियतामा पर्दछ। पाकिस्तानको जत्तिकै संख्यामा रहेका अमेरिकी सेना विश्वकै अग्रणी छ। आधुनिक हातहतियार र संरचनात्मक दृष्टिले चुस्त सेना एकैपटक फरक फरक स्थानमा सफल युद्ध लडिसकेको छ। आधुनिकीकरणमै अमेरिकीहरू केन्द्रित छन्। चीनले यसलाई मनन गरेर सैनिकको आधुनिकीकरणलाई प्राथमिकतामा राख्यो।
भारतको यस आवमा ३६ अर्ब डलर रक्षा खर्च रहेको छ जुन चीनको भन्दा तेब्बर कम हो। जीडीपीको झण्डै दुई प्रतिशत खर्च रक्षामा गर्यो्। छिट्टै रक्षा खर्चमा भारी वृद्धि हुँदैछ। रक्षामन्त्री ए.के.एन्टोनीले १७ प्रतिशतले वृद्धि गरी ४० अर्ब कटाउने नीतिलाई गति दिएका छन्। प्रक्षेपित जीडीपीको साढे दुई प्रतिशत हुने आँकलन छ। चीन र पाकिस्तानबीचको सैन्य सामिप्यतालाई मध्यनजर गरी रक्षा खर्च वृद्धि गर्नुपरेको तर्क छ। सैन्य आधुनिकीकरण र विस्तारको रणनीति अर्न्तर्गत वृद्धि पर्दछ। पाँच वर्षीय योजनाका साथ १३ अर्ब डलरको प्रस्ताव समेत छ। भारतको योजनाप्रति पाकिस्तान शतर्क देखिन्छ। जनसंख्या र आर्थिक अवस्थालाई मध्यनजर गर्दा पाकिस्तान सैन्य प्रतिष्पर्धामा अगाडि छ। तुलनात्मक रुपमा रक्षा बजेट कम रहेपनि कुल ग्राहस्थ उत्पादनसँग तुलना गर्दा भारतलाई उछिनेको छ। सन् २०११ मा पाकिस्तानको रक्षा बजेट पाँच अर्ब डलर नाघ्यो। जुन जीडीपीको झण्डै तीन प्रतिशत हो। सेनाको बलियो प्रभाव रहेको पाकिस्तानमा सैन्य मामलाबाटै राजनीति बढी प्रभावित हुन्छ। अमेरिकासँगको सम्बन्ध चिसिएपछिको अवस्थामा उसको आकाशमा युद्धको कालो बादल मडारिइरहेको छ। जसका कारण सुरक्षामा थप लगानीको वाध्यता पर्नसक्छ।
विश्वको दोस्रो ठूलो सेना संख्या रहेको भारतभित्र सैन्य क्षमताबारे चर्का बहस भए। सेनापति भी.के.सिंहले चीन र पाकिस्तानको सामिप्यता उल्लेख गर्दै 'सैन्य कार्य प्रणाली क्षमता'मा गम्भीर रिक्तता औल्याएपछि भारतभित्र सैन्य क्षमता अभिवृद्धि र सुधार अभियानले गति पाएको हो। चीन र पाकिस्तानबीचको सामिप्यताले धरातीय रणनीति बदलिएपछि क्रिया र प्रतिक्रियास्वरुप रक्षा खर्च र सैन्य सुदृढीकरणमा गति बढ्यो। भारतले विशेषगरी अमेरिका, रुस, फ्रान्सलगायत देशहरूबाट अत्याधुनिक सैन्य सामाग्री भित्राउने नीतिलाई प्राथमिकतामा राख्यो। अमेरिकाबाट सहयोग कटौती भएपछि पाकिस्तान चीनबाट थप सैन्य सयोग पाउने भरोसामा छ। चीन स्वयं सैन्य सामाग्रीको विकासमा केन्द्रित रही आत्मनिर्भरको बाटो समात्न प्रयासरत छ। बदलिएको भू-रणनीतिक यथार्थले सैन्य क्षमता वृद्धि र विस्तारमा क्षेत्रीय शक्तिहरूलाई वाध्यकारी बनायो।
एक अर्ब २० करोड जनसंख्याको भारतमा ११ लाख सेना छ। झण्डै प्रति हजार बराबर एक सेना रहेको भारतको जनसंख्याको दाँजोमा पाकिस्तानमा सैन्य संख्या बढी छ। १९ करोड जनसंख्याको पाकिस्तानमा पाँच लाख २० हजार सेना छ। साढे तीन सय जनसंख्या बराबर एक सेना रहेको पाकिस्तानले भारतसँगको सम्बन्धलाई दृष्टिगत गरी सैन्य रणनीति बनाउने गर्दछ। भारतले सैन्य आधुनिकिकरण र विस्तारलाई एकैसाथ जोडेर योजना सार्दा अधिकृतहरूको अभावलाई मध्यनजर राखेको छ। भारतीय सेनामा दरबन्दी रहेको साढे ४६ हजार अधिकृतमध्ये १२ हजार खाली रहनुले अधिकृतको दरबन्दी नै बढाएर आन्तरिक व्यवस्थापनको रणनीति बनाउन खोजिएको हुनसक्छ। अधिकृत रिक्तता औल्याइएपछि अधिकृतको संख्या वृद्धि गरिदैछ। जसमा ९० हजार सेना र १६ हजार अधिकृतहरूको क्रमश दरबन्दी थप्दै जाने समेत छ। रक्षामन्त्री ए.के.एन्टोनीले संसदलाई हालै ४७ हजार ८६४ दरबन्दीमध्ये १२ हजार ५१० को दरबन्दी खाली रहेको जानकारी गराएर समस्याको गहिराइ खुलाए।
सैन्य क्षमता वृद्धिको नाममा चीन र भारतको सुरक्षा खर्च वृद्धिले क्षेत्रीय राजनीतिमा ठूलो प्रभाव पर्नसक्छ। गरिब राष्ट्रहरूले आर्थिक र सामाजिक विकासमा प्राप्त गर्दै आएको सहयोगमा कटौती हुने खतरा छ। रणनीतिक दृष्टिले सहयोग सैनिक क्षेत्रमा स्थानान्तरण हुनपनि सक्छ। तिव्र आर्थिक विकासको सफलता पाउँदै आएका चीन र भारतले रक्षा खर्च वृद्धिले छिमेकका देशहरूमा प्रभाव विस्तारको नियतका साथ रणनीति चाल्दा उनीहरूको आन्तरिक स्थायित्वसँगै क्षेत्रीय शक्तिसन्तुलन खलबलिने सम्भावना उत्तिकै छ।