विगत छ दशकदेखि राजनीतिमा सक्रिय रहेका नेपालका राजनीतिक दलका नेताहरू संघर्षको मानसिकताबाट मुक्त भएर शासनको मानसिकतामा प्रवेश गर्न सकेका छैनन्। उनीहरूको संघर्षको रूप र आकार पनि विस्तारित छैन। संसारमा संघर्ष र विद्रोह ठूला लक्ष्य प्राप्तिका लागि हुने गर्छन्। नेपाली नेताहरूको संघर्षको लक्ष्य भने सधै सत्ता केन्द्रित छ।
लोकतन्त्रको संवर्द्धन र विकासको नारा लगाएर संघर्षमा उत्रिने नेताहरूले शासन व्यवस्थाको नाममा पद्धतिलाई भताभुंग पारेका छन्। राजनीतिक प्रतिस्पर्द्धामा कसैको विश्वास छैन। अनेक बहानामा प्रतिनिधिमूलक संस्थाहरू निरस्त पारिएका छन्। हिजोका गिरिजाप्रसाद हुन् वा आजका बाबुराम सत्ताको अग्रभागमा बस्ने कुनैपनि नेताले लोकतान्त्रिक पद्धतिको निर्माणगर्न सकेकाछैनन्।
दुईवटा कारणले गर्दा मानिसका लागि लोकतन्त्र महत्वपूर्ण छ। पहिलो त, यसले जीवनलार्ई विविधतापूर्ण बनाउछ। दोस्रो, यसले आलोचनाका लागि पर्याप्त ठाउ दिन्छ। हाम्रो लोकतान्त्रिक प्रयोग र प्रक्रियामा यी दुवै तत्वलाई बाद गरिएका छन्। हाम्रो जीवनमा न त विविधताका आयाम थपिएका छन् न शासन व्यवस्थाको पर्याप्त र खरो आलोचनाका लागि ठाउ नै दिइएको छ। राजनीतिमा हुने अन्तरकुन्तरका खेलहरूमा जनताको चासो बढाएर पद्धतिको मूल विन्दूबाट उनीहरूलाई परै राख्ने नेताहरूको अनीति नै अहिलेको राजनीतिक भद्रगोलको मुख्य कारण हो। मुलुकका बुद्धिजीवी र हामी पत्रकारहरू राजनीतिक दलका नेताबीच सत्ताको खेलका लागि हुने अधकल्चा ध्रुवीकरणसँगै ध्रुवीकृत हुने गरेका छौँ। पद्धतिको निर्माणमा भन्दा शासनको शीर्ष स्थानमा कुन नेतालाई स्थापित गर्ने भन्ने चिन्ताले हामीलाई नराम्ररी गाजेको हुन्छ।
जेठ चौधमा संविधान जारी हुन नसक्ने निश्चित भएपछि प्रधानमन्त्री बाबुराम भट्टराईलेे वैधानिक अवसानको पन्ध्र मिनट अघि नै संविधान सभाको अर्को चुनावको घोषणा गर्नु भयो। उहाका लागि यो मात्रै विकल्प थिएन। यद्यपि, विभिन्न विकल्पमध्ये सर्वोत्तम विकल्प चुनाव नै थियो। संविधान सभाले दुई वर्षको तोकिएको म्याद र थपिएको अर्को दुई वर्षको अवधिभित्र संविधान बनाउन नसकेकोमा जनता दिक्क भएका थिए। सभासद्हरूको पारिश्रमिक, सुखसुविधा, उनीहरूको गैरराजनीतिक क्रियाकलाप, अधिकारको दुरुपयोग र अनावश्यक ठस्सा निर्धन नेपाली समाजका लागि बिझ्ने विषय थियो। यस अवस्थामा चुनाव नै सर्वोत्तम विकल्प बन्यो।
संविधान सभाको अवसान र पद्धतिलाई असंगतितर्फ मोड्न नेपाली कांग्रेसका सभापति सुशील कोइराला जति जिम्मेवार हुनुहुन्छ त्यति जिम्मेवार अर्को कुनै पनि नेता छैन। विभिन्न दलका नेताबाट र नेपालको सत्ता समीकरण सुनिश्चित गर्नसक्ने शक्तिहरूबाट उहालाई पटकपटक प्रधानमन्त्री बन्ने आग्रह नगरिएको होइन। उहाले यस्तो 'अफर' सकार्ने आट कहिल्यै गर्नु भएन। अन्तिम पटक जेठ १० गते आएको 'अफर'लाई पनि उहाले तिलाञ्जली दिनुभयो। यो उहाको त्याग नभएर अयोग्यता थियो। संविधान सभा सदस्यबाट राधेश्याम अधिकारीको राजीनामा त्यसै आएको थिएन। यद्यपि, अधिकारी संविधान नबन्ने टुंगोमा पुगी सक्नुभएको थियो। संविधान निर्माण प्रक्रियाको थालनी नै हुन नसकेको अवस्थामा उहाको विरक्ति अस्वाभाविक थिएन। त्यत्तिकै लागि उहाले संविधान सभाको सदस्यता त्याग्नुपर्ने पनि थिएन। संविधान बने पनि र नबने पनि इतिहासको महत्वपूर्ण घडीको साक्षी बस्ने चाहना सबैलाई हुन्छ। तै पनि, समयको संकेत बुझेर अधिकारीले सभापति कोइरालाका लागि सजिलो बाटो बनाइ दिनुभएको थियो। तर, संघर्ष र षड्यन्त्रको मानसिकताबाट कहिल्यै मुक्त हुन नसक्नु भएका कोइरालाले मुलुकको जिम्मेवारी लिने आट गर्नुभएन। त्यतिबेला उहा प्रधानमन्त्री हुनु भएको भए स्थिति अर्कै हुने थियो। समयमा निर्णय नगरेर संविधान सभा विघटनका लागि उहा स्वयं प्रमुख खलपात्र साबित हुनुभयो।
सुशील कोइराला सभापति हुनु भएपछि गिरिजाप्रसाद कोइरालाले सहज रूपमा स्वीकार्नु भएको राज्य पुनर्संरचनाको आवश्यकता माथि कुठाराघात भएको छ। कुनैबेला एसियाका लेनिन भनेर प्रशंसित बीपी कोइरालाको पार्टी धनाढ्यहरूको स्वार्थी घेेराभित्र पर्नु अहिलेको राजनीतिक विलक्षणता हो। समयले कांग्रेसलाई पछि पार्दै लगेको नबुझ्नु यसको नेतृत्व पंक्तिमा रहेका नेताहरूको कमजोरी हो।
राजनीतिका अपारदर्शी र छलपूर्ण घटना नेपालका सरल र निश्छल जनताले सजिलै नबुझ्नु अस्वाभाविक होइन। तर, यस्ता कुरा पारदर्शी नभएसम्म जनताको विचार प्रक्रिया गुणात्मक विन्दूमा पुग्न पनि सत्तै्कन। प्रधानमन्त्री बाबुराम भट्टराईका लागि लोकतान्त्रिक पद्धति एउटा असंगत बाटो हो। उहाको पार्टी पुरानो राज्य व्यवस्थालाई भत्काउने उद्देश्य राखेर राजनीतिमा आएको हो। यसमा माओवादी पार्टीले कुनै छलछाम गरेको छैन। अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', उपाध्यक्ष मोहन वैद्य र प्रधानमन्त्री बाबुरामबीच देखिएका मतान्तरहरूको कुनै नया आयाम छैन। प्रकटमा पुरानो राज्य व्यवस्थालाई कति छिटो भत्काउने वा कति समय लिएर भत्काउने भन्ने विवाद देखिए पनि माओवादी पार्टीको आन्तरिक किचलो र कांग्रेसको आन्तरिक किचलोमा समानता छ। शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच कुनै मतान्तर छैन। सत्तामा आफ्नो ठाउको खोजी दुवैको अभीष्ट हो। रामबहादुर थापा र बाबुराम भट्टराईबीच अदृश्य प्रतिस्पर्धा छ सत्ताका लागि। फरक यत्ति हो, माओवादी पार्टीका अध्यक्षमा जित्ने आकांक्षा छ। यो कुनै नराम्रो कुरा होइन। उहाले आफ्नो त्यो विजिगीषा लुकाउनु भएको पनि छैन। उहा अहिले शासनबाट पन्छिएर बस्नु भएको छ। यो उहाको चाहना नभएर बाध्यतामात्रै हो। कांग्रेस सभापतिमा भने कुनै इच्छा शक्ति नै छैन। शासन गर्ने चाहनाले भन्दा मार्क्सको नेपाली संस्करण बन्ने रहरले मोहन वैद्यलाई सक्रिय तुल्याएको हो।
जसरी पनि र जुनसुकै परिस्थितिमा पनि शासन गर्नैपर्ने क्षुधा छ एमाले र विभिन्न मधेसी पार्टीहरूमा। शासनमा नगएसम्म कुनै परिवर्तन गर्न नसकिने ठान्ने धारणाले नै एमाले र मधेसीहरू निर्देशित देखिएका छन्। मदन भण्डारीको नेतृत्वकालमै काठमाडौंका कांग्रेस विरोधी अभिजात वर्गको प्रिय कम्युनिस्ट पार्टीको पहिचान बनाइसकेेको एमालेका नेतासँग सत्ता सुमर्ने कला पनि छ। मधेसीहरूले बललाई नै सत्ताको मुख्य आधार बनाएका छन्। मधेसका टाठाबाठा नेताहरूको बाहुबली कब्जामा ककर्किएका छन् निम्सरा नेपाली मधेसीहरू। भद्रकाली मिश्रदेखि गजेन्द्र नारायण सिंहसम्म सबै नेताले नेपाली मधेसीलाई सत्ताको सर्वोपरिताको राजनीतिक संस्कार दिएका छन्। त्यो संस्कार अहिले मधेसका गिनेचुनेका बाहुबली नेताहरूको सत्ताको आधार बनेको छ। महन्थ ठाकुरजस्ता समाजवादी चेतनाको उपल्लो तहका प्रतिनिधि पात्रलाई राजनीति गर्न जति गारो छ, सैद्धान्तिक दृष्टिमा कतै नसुहाउने मधेसी नेताका लागि उत्तिकै सजिलो छ।
बाबुरामले चुनाव घोषणा गर्दा उहा सर्वशक्तिमान प्रधानमन्त्री हुनहुन्थ्यो। त्यसको दुई दिनपछि राष्ट्रपति रामवरण यादवले उहालाई काम चलाउ बनाएको घोषणागर्नु भयो। चुनावको घोषणा भइसकेको अवस्थामा अब राष्ट्रपतिको कर्तव्य र भूमिका निष्पक्ष चुनाव गराउनेतिर नै केन्द्रित हुनुपर्छ। चुनावमा मुलुकको ढुकुटी रित्तिन्छ भनेर त्यसको वैकल्पिक व्यवस्था खोज्न थालियो भने भारदारी सभाबाहेक अर्को विकल्प भेटिनेछैन। लोकतन्त्र सारै खर्चिलो व्यवस्था हो। यसलाई धान्नु गाह्रो छ। किन्तु, एकपटक धानिएपछि भनेे यसले एक दशकमै मुलुकलाई समृद्ध बनाउछ। अहिले चुनावका लागि मौसम पनि उपयुक्त छ। संविधान सभाले सुल्झाउन नसकेका सबै जटिल विषयहरूको समाधान जनता आफैँले दिनेछन्। कसैले पनि कुनै विषयमा टाउको दुखाइरहनु पर्नेछैन। सबै दलहरूले आआफ्ना कुण्ठा त्यागेर चुनावका लागि राजनीतिक वातावरण तयार पार्न सकेभने चुनाव असहज समाधान होइन। दलहरूले पराजित मानसिकता त्यागेर जनता समक्ष आत्मसमर्पण गर्नुजस्तो महत्वपूर्ण अभ्यास अर्को हुनैसत्तै्कन। जनता भनेका भगवान हुन्। भगवानले सधै शरणागतहरूको रक्षा गर्छन्।