चीन अहिले अमेरिकापछिकोे ठूलो अर्थतन्त्र हो। चीनको आर्थिक वृद्धि दर विगत ३० वर्षसम्म औषतमा १० प्रतिशत रह्यो। यति लामो समयसम्म एकनास यति ठूलो आर्थिक वृद्धि दर विश्वका कुनै मुलुकमा पनि रहेको थिएन। विगत २५ वर्षको तथ्यांक हेर्दा चीनको आर्थिक वृद्धि दरभन्दा निर्यात वृद्धि दर झनै उच्च देखिन्छ। यसबीच उत्पादनको गुणस्तर वृद्धि हुनुका साथै उत्पादनका साधनहरूको उत्पादकत्व पनि वार्षिक चार प्रतिशतको हाराहारीमा बढेको छ।
यही आर्थिक वृद्धि दर कायम रहे आगामी १५ वर्षभित्र चीन अमेरिकालाई उछिनेर विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र हुनेछ।
चीनमा सन् १९७८ बाट आर्थिक सुधारको प्रक्रिया अघि बढेको हो। चिनियाँ अर्थतन्त्रमा उच्च आर्थिक वृद्धिदरका लागि सरकारी र निजी दुवै क्षेत्रको उत्तिकै भूमिका रह्यो। सुरूदेखि नै चीन सरकारले ठूला र विकासका पूर्वाधारसम्बन्धी उद्योगहरूमा सरकारी लगानी गरेको छ भने साना, निर्यात र नाफामूलक उत्पादन र व्यवसायमा निजी लगानीलाई प्रोत्साहन गर्दैआएको छ। सन् २०१० मा चीनमा १५९ वटा अत्यन्त ठूला सार्वजनिक संस्थानहरू थिए भने एक करोडभन्दा बढी साना निजी फर्म थिए।
हाल चीनको प्रतिव्यक्ति वार्षिक आय आठ हजार डलरभन्दा केही बढी छ। गत १० वर्षको अवधिमा चिनियाँ अर्थतन्त्रको आकार चार गुणा बढेको छ र करोडौँ जनता गरिबीको रेखाबाट बाहिर आएका छन्। सरकारी तथ्यांकअनुसार सन् १९८१ मा ५३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेकोमा हाल २.५ प्रतिशत जनसंख्यामात्र त्यस कोटीमा छन्। तैपनि जनसंख्याको आकारका कारण विश्वमा गरिबीको रेखामुनि ठुलो जनसंख्या रहेको भने भारतपछि चीनै हो। खासगरी गाउँ र सहर तथा कृषि र औद्योगिक क्षेत्रमा कार्यरत श्रमिकहरूको उत्पादकत्वमा रहेको भिन्नताले धेरै हदसम्म चीनको गरिबीको प्रकृति स्पष्ट पार्छ।
वर्तमान आर्थिक वृद्धि दर :
चीनमा इतिहासमै लामो समयसम्म अत्यन्त उच्च आर्थिक वृद्धि दर कायम रहेको भए पनि अहिले घट्न थालेको छ। सन् २०११ को पछिल्लो ३ महिनामा वार्षिक ८.९ प्रतिशत रहेको आर्थिक वृद्धि दर पछिल्लो ३ महिनामा ८.१ प्रतिशतमा झरेको छ। यो सन् २००९ यता सबैभन्दा न्यून हो। अमेरिका र युरोपमा चिनियाँ सामानको माग कम हुनु यसको प्रमुख कारण हो। त्यसबाट भएको बजार संकुचनलाई पूर्ति गर्न चीनले आन्तरिक माग बढाउन धेरै प्रयास गरे पनि त्यो अपेक्षितरूपमा विस्तार हुनसकेन। विश्व बैंकले पनि २०१२ का आउँदा दिनमा चीनको आर्थिक वृद्धि दर अझ तल झर्ने संकेत गरेको छ। हालै प्रकाशित विश्व बैंकको प्रक्षेपणअनुसार सन् २०१२ मा पहिले गरिएको ८.४ को वार्षिक आर्थिक वृद्धि दर ८.२ प्रतिशतको हाराहारीमा रहनेछ। चीनले त झन् यो दर ७.५ प्रतिशतको हाराहारीमात्र हुने अनुमान गरेको छ। चीनमा भित्रिने वैदेशिक लगानी पनि अघिल्लो वर्षको तुलनामा सन् २०११ को डिसेम्बरमा १० प्रतिशत कम भयो। फलस्वरूप, सटही दर गिर्ने भयले चिनियाँ केन्द्रीय बैंकले मुद्रा बजारमा हस्तक्षेप गरी चिनियाँ युआन खरिद गर्नुपर्ने स्थिति उत्पन्न भयो।
यसबाहेक हाल लागु गरिएका अल्पकालीन नीतिअन्तर्गत, बैंकहरूले राख्नुपर्ने तरलताको रिजर्भलाई घटाइएको छ। यसबाट वाणिज्य बैंकहरूले प्रवाह गर्नसक्ने ऋणको मात्रामा १६० अर्ब अमेरिकी डलर बराबर वृद्धि हुने ओएसीबी बैंकका दोङमङ जीले बताएका छन्। यस खुकुलो मौद्रिक नीतिको फलस्वरूप चीन सरकारले कुल स्थिर पुँजी निर्माणमा आँउदो तीन महिनामा २९.२ प्रतिशत वृद्धि हुने आशा राखेको छ। तर, बजारमा बस्तु र सेवाको माग वृद्धि गराउन खुकुलो मौद्रिक नीति लिएको सरकारको उपभोक्ता मूल्य सूचीको वृद्धि दरलाई चार प्रतिशतमा राखेर नियन्त्रित मुद्रा स्पि्कति दरलाई प्रश्रय दिने प्रयास भने त्यति सफल हुन सकेको छैन। किनभने चीनमा हालका महिनाहरूमा मुद्रास्पि्कति दर सरकारी लक्ष्यभन्दा तल झरेर ३.६ प्रतिशतको हाराहारीमा छ।
विश्वव्यापी प्रभाव
चीनको आर्थिक वृद्धि दर खस्कँदा चीनभन्दा बाहिरी विश्वलाई बढी असर पर्छ। विश्व अर्थतन्त्रको प्रमुख खेलाडीमध्ये एक भएका कारणले चीनको आर्थिक वृद्धि दरमा आउने उतारचढावले अन्ततः विश्व अर्थतन्त्रमा ठुलो र दीर्घकालीन परिवर्तन गराउँछ। चीनको घट्दो आर्थिक वृद्धि दरका कारण सन् २०११ का तुलनामा २०१२ मा विश्व अर्थतन्त्रको वृद्धि दर पनि केही कम रहनेछ। तैपनि, अमेरीकी सरकारले गरेको कर वृद्धि र यूरोपेली मुलुकहरूको अत्यन्त न्यून आर्थिक वृद्धि, सुनामीपछिको जापानको बढ्दो आन्तरिक लगानी दरले गर्दा चिनियाँ अर्थतन्त्र सोचेभन्दा कमैमात्र सेलाउनेछ।
चिनियाँ आर्थिक वृद्धि दर कम हुँदा सबैभन्दा बढी असर दक्षिण अमेरिकी राष्ट्रहरूलाई पर्ने देखिन्छ। गत दशकसम्म उत्तर अमेरिका नै दक्षिण अमेरिकाको सबैभन्दा ठूलो व्यापार साझेदार थियो। तर, केही वर्ष अघिदेखि उत्तर अमेरिकालाई उछिनेर दक्षिण अमेरिकी सामानको सबैभन्दा ठूलो बजार चीन भएको छ। त्यसमा पनि ब्राजिल निर्यात व्यापारका लागि चीनमाथि सबैभन्दा बढी भरपरेको मुलुक हो। चिनियाँ बजारमा प्रवेश गर्न सकेकोले ब्राजिलको निर्यात व्यापार सन् २००० को दशकमा ४० गुणा वृद्धि भइसकेको छ। उपभोक्ता सामानका लागिमात्र नभई दक्षिण अमेरिकी मुलुकको कच्चा फलाम, चाँदी र तामाको निर्यात पनि प्रायः चीनमै हुन्छ। खासगरी, ब्राजिलले फलाम, चिलीले तामा र परुले चाँदीको निर्यात चीनमै गर्छन्। अन्य दक्षिण अमेरिकी मुलुकले भने चीनमा प्रायः कच्चा तेलको निर्यात गर्ने गर्छन्। यी मुलुकहरूको चिन्ताको विषय चीनहुँदै एसियासँग विस्तार भइरहेको बजारमा आउनसक्ने संकुचन हो। यिनै पृष्ठभूमिमा, चीनमा घट्दो लगानीले चीन र दक्षिण अमेरिकी मुलुकलाई सँगसँगै र उस्तै प्रभाव पार्ने धारणा पेकिङ विश्वविद्यालयका प्राध्यापक माइकल पेटि्टसले व्यक्त गरेकाछन्।
विश्वका आधाभन्दा बढी विकासशील राष्ट्रहरूको मुख्य अन्तर्राष्ट्रिय व्यापार चीनसँगै हुन थालेको छ। तिनीहरू प्रायः आयातमा चीनसँग बढी निर्भर भए पनि चीनमा धेरै निर्यात गर्न सत्तै्कनन््। यस पृष्ठभूमिमा कम आर्थिक वृद्धि दरले चीनको निर्यात व्यापार कम हुँदा विकासशील राष्ट्रहरूमा उपभोग्य वस्तुको मूल्य बढ्नसक्ने र गरिब जनताको जीवनस्तरमा त्यसले प्रतिकूल असर पर्नसक्ने जोखिमलाई पन्छाउन सकिँदैन।
अमेरिकी अर्थतन्त्रमा प्रभाव
चीन अमेरिकी बजारमा पनि उपभोक्ता सामानको प्रमुख निर्यातकर्ता हो। चिनियाँ सामानको आपूर्तिमा आएको कमीले अमेरिकाको आन्तरिक लगानी र घरेलु उत्पादनले मुद्रास्पि्कतिको दरमा चाप नपारीकन आन्तरिक खपत बढाउन सकिन्छ कि भन्ने आशा स्वदेशी लगानीकर्ता अमेरिकीहरूमा रहेको देखिन्छ। यो सम्भावनालाई व्यवहारमा उतार्न ब्याज दर भने तलै रहनुपर्छ। अमेरिकी अर्थतन्त्रको वृद्धि दर भने लगानी र उपभोक्ता सामानको मूल्य स्थितिभन्दा पनि तेलको भाउमा बढी भर पर्छ। अध्ययनहरूले तेलको मूल्यमा १० प्रतिशत वृद्धि हुँदा अमेरिकी आर्थिक वृद्धि दर १.५ प्रतिशतले तल झर्ने गरेको देखाएका छन्। अर्को तिर चीनले अमेरिकी सुरक्षणहरूमार्फत् पनि अमेरिकी अर्थतन्त्रलाई प्रभावित पार्छ। अहिले १.१३२ टि्रलियन डलर बराबरको अमेरिकी ट्रेजरी बिल चीनले खरिद गरेको छ। यसैले चीनसँगको व्यापारले त अमेरिकी अर्थतन्त्र प्रभावित हुन्छ नै चीनले खरिद गरेको अमेरिकी सुरक्षणहरूमार्फत् पनि चीनले अमेरिकी ब्याज दरलाई आफ्नो अनुकूल हुने गरी प्रभावित गर्नसक्छ। यसैले त्यसको प्रभाव यस्तै हुन्छ भनेर अहिले भन्नै सकिँदैन।
लेखक अर्थशास्त्री हुन्।