व्यक्तिका कारण राजनीतिक पद जति सम्मानित हुन्छ उत्तिनै बदनाम पनि हुनसक्छ। पदको गरिमा राख्न, प्रणाली विकास गर्न नसक्दा वा उपयुक्त व्यक्ति चयन नहुँदा पदै बदनाम हुनेगर्छ। पदकै कारण मनमुटाव र विवाद चर्किएर उग्र रूप लिँदा देशै संकटमा परेका छन्। नेपालको पहिलो राष्ट्रपति बन्ने दौडमा प्रमुख दलका नेताहरूबीच विवाद बढेर देशले ठुलो मूल्य चुकाउनुपर्यो। मनमुटावले दन्केको विवादको आगो अझै निभिसकेको छैन।
गतिलो पद्धतिको विकास गरे विशिष्ठ राजनीतिक पद सहमतिको माध्यम पनि बन्नसक्छ। छिमेकी मुलुक भारतमा राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति कायम गरी बढ्ने पद्धतिको विकास हुँदैगएको देखिन्छ। अब हुने १३ औं राष्ट्रपति निर्वाचनमा पनि सहमति बनाउन भइरहेको गृहकार्यले लोकतन्त्र बलियो भए प्रतिष्पर्धासँगै सहमति, सहकार्य र एकताको बाटो फराकिलो हुने सन्देश दिएको छ। आपसी विवाद र अनेकताबीच देशकै उच्च पदमा गतिलो उम्मेदवार चुन्न सहमति र एकता बनाउन भारतका राजनीतिक दलहरू क्रियाशील भएका छन्। आलंकारिकजस्तै पद भएकाले राजनीतिक क्रियाकलापले विवादमा आउने सम्भावना न्यून हुँदा राष्ट्रपतिहरू अपेक्षाकृत दोषमुक्त हुन्छन्। यसैले उनीहरू सम्मानित भएर बस्दै आएकाछन्। राष्ट्रपति चुनाव प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत नभई निर्वाचक मण्डलबाट हुने भएकैले सहज र सहमतिबाट चयनको सम्भावना बढेको हो। कुनै एक दलले चाहँदैमा राष्ट्रपति बनाउन नसक्ने अवस्था छ। त्यसमाथि राष्ट्रपति निर्वाचनमा सत्तारुढ र प्रमुख प्रतिपक्षी मिल्ने गरेको इतिहास पनि छ। एपीजे अब्दुल कलाम आजाद राष्ट्रपति बन्दा तत्कालीन सत्तारुढ भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्षी कांग्रेस (आई)बीच सहमति बनेको थियो।
लोकतान्त्रिक पद्धतिलाई सुदृढ बनाउँदै लगेको भारतमा प्रमुख पदमा पुग्ने नेता विवादमा परिरहन्छन्। प्रधानमन्त्री भएकाहरू विभिन्न काण्डमा मुछिने गरेका छन्। कार्यकारी अधिकार प्रयोग गर्नेले यश अपयशको भारी बोक्न तयार हुनैपर्छ। मन्त्री हुन् या मुख्यमन्त्री आलोचनाका पात्र बन्नेगरेका छन्। पछिल्ला दिनमा खर्बाैंको भ्रष्टाचार र सेनासम्बन्धी विषयमा धेरै नेता विवादमा तानिएका छन्। बहुसंख्यक जनताको नजरमा सत्ताधारीको साख गिर्न पुग्यो। तर, राष्ट्रपति पदको गरिमा भने बढ्दो छ। संसारको सबैभन्दा ठुलो लोकतान्त्रिक देशको प्रथम व्यक्ति भएकाले मात्र गरिमा बढेको होइन पदअनुसारको पद्धति बलियो बनाएकाले यसको साख निरन्तर बढ्न पुग्यो। राजनीतिकमात्र नभई गैरराजनीतिक लब्धप्रतिष्ठित व्यक्तित्व पदमा पुगेबाट पदमा झनै सौन्दर्य मिलेको हो।
भारतीयले राष्ट्रपति पदलाई जति सम्मान गर्छन् उत्तिनै एकताको प्रतीकका रूपमा विकास गर्दै लगेका छन्। प्रतिनिधित्वको आधारमा महिला, दलित, मुसलमानलगायत अल्पसंख्यक समुदायबाट राष्ट्रपति बनिसकेका छन्। प्रतिभा पाटिल भारतकी प्रथम महिला राष्ट्रपति हुन्। के.आर.नारायणन दलित थिए भने 'मिसाइलम्यान' एपीजे अब्दुल कलाम आजाद मुसलमान हुन्। गैरराजनीतिक पृष्ठभूमिका भए पनि सामाजिक जीवनमा उच्च भूमिका निर्वाह गरी ख्याति कमाएकामध्येबाट कलाम राष्ट्रपति चुनिएका थिए। भारतको विकसित लोकतान्त्रिक राजनीतिक प्रणालीले गैरराजनीतिक पृष्ठभूमिबाट समेत देशको प्रथम व्यक्ति बन्ने उच्च सम्भावना बनाएकाो छ। पछिल्लो समय राष्ट्रपति चुनाव राजनीतिक सहमति निर्माणको माध्यम बन्दैगएको छ। राज्य सभा, लोकसभा, राज्य र प्रदेशहरूको विधानसभा सदस्य मतदाता रहने निर्वाचक मण्डलमा कुनैपनि दल विशेषको बहुमत छैन। फलस्वरूप सहमतिबाटै उम्मेदवार खडा गर्नुपर्ने बाध्यता पनिे छ। प्रमुख शक्ति कांग्रेस (आई) र भारतीय जनता पार्टीले राष्ट्रपतिमा अन्य दल वा आपसी सहमतिबाटै उम्मेदवार बनाउँदै आएका छन्। अब्दुल कलामका नाममा त दुवै दलले सहमति निर्माण गरेका थिए। क्षेत्रीय दलहरूसमेत सहमतिमा सामेल हुनेगरेका छन्। राजनीतिक लेनदेन भएपनि राष्ट्रपति चुनाव प्रतिष्पर्धा मात्र नभई सहमति बनाउने अवसर बन्दै आएको छ।
जुलाई २४ मा पदावधि सकिन लागेकी प्रतिभा पाटिलको स्थान कसले लिने भन्नेमा भारतमा बहस भइरहेछ। सक्रिय राजनीतिदेखि गैरराजनीतिक पृष्ठभूमिसम्मका लब्धप्रतिष्ठितहरूको नाम चर्चामा छ। जसलाई अगाडि सारेपनि सहमति गर्नुपर्ने मान्यतामा सबै सहमत छन्। चर्चामा रहेका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलाम आजादको नाममा सहमति बनाउन भारतीय जनता पार्टीलगायत केही क्षेत्रीय दलका नेता सक्रिय छन्। वैज्ञानिक अविवाहित आजाद सादा जीवन उच्च विचारका उदाहरण मानिन्छन्। बालबालिका र युवामाझ उत्तिकै लोकप्रिय उनी सर्वसाधारणकै शैलीमा लाममा बसेको तस्बिर पछिल्लो समय चर्चाको विषय बन्यो। दोस्रो कार्यकालमा कांग्रेस (आई)को समर्थन नपाउने भएपछि उनी प्रतिष्पर्धाबाट हटेका थिए। यसपटक पनि कांग्रेस उनको नाममा सहमत हुने सम्भावना कम छ। एघारौं राष्ट्रपतिका लागि कलामको नाममा कांग्रेस (आई), भाजपाबाहेक गैरकम्युनिस्ट साना दल सहमति बनाउन सफल भएका थिए। सामाजिक जीवनमा सक्रिय रहेर चर्चामा कायमै रहेका कलामको नाममा पुनः सहमति निर्माण गर्न सबै दलहरुलाई नैतिक दबाब बढिरहेछ। एक कार्यकाल पुरा गरिसकेकाले नयाँ अनुहार ल्याउनुपर्छ भन्ने तर्कबाहेक उनको नाम ठाडै अस्वीकार गर्ने हिम्मत कुनै दलले गरेमा आउँदो लोकसभाको चुनावमा मूल्य चुकाउनुपर्ने हुनसक्छ। किनभने, भारतीय मतदताबीच कलाम विशिष्ट पहिचान बोकेका व्यक्तित्व हुन्। भाजपाले उनलाई समर्थन गरेर मुस्लिमहरूको मन जित्न खोजेको तर्क गर्ने पनि छन्। सन् २०१४ को लोकसभा चुनावका लागि अग्रिम रणनीति अन्तर्गत राष्ट्रपतीय निर्वाचनलाई हेर्न थालिएको छ।
भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष समेत रहेका डा.करण सिंह आगामी राष्ट्रपतिका लागि चर्चामा रहेको अर्को नाम हो। बहुप्रतिभाशाली सिंहको नाममा कांग्रेस र भाजपा दुवै सहमत हुनसक्ने भएपनि साना दल असहमत हुनसक्छन्। सिंहको ८१ वर्षको उमेर र स्वास्थ्य यसमा तगारो बन्नसक्छ। प्राज्ञिक, कूटनीतिकदेखि सक्रिय राजनीतिको अनुभव संगालेका जम्मु कास्मिरका पूर्व राजपरिवारका सदस्य सिंह राष्ट्रपतिका लागि सहमति बन्नसक्ने नाम हो। लोकसभाकी सभामुख मीराकुमार भारतको दोस्रो महिला राष्ट्रपति बन्ने दौडमा छिन्। लोकसभामा निर्विरोध सभामुख चुनिएकी उनको नाममा राजनीतिक सहमति बन्नसक्ने भएपनि महिलापछि महिलालाई नै राष्ट्रपति बनाउनेभन्दा पनि दलित या अन्य समुदायका प्रतिष्ठित व्यक्तिमा नाममा सहमति खोज्नुपर्ने जोडबल चलेको छ। उत्तर प्रदेशको चुनावमा विजय हासिल गरेर छोरा अखिलेश यादवलाई मुख्यमन्त्री बनाउन सफल मुलायम सिंह यादव राष्ट्रपतिको दौडमा छन्। साना दलमध्ये सबैभन्दा बढी प्रतिशत मत रहेकाले उनको दाबीले महत्व पाएको हो। राजनीतिक लेनदेनका आधारमा सहमति बन्नसक्ने बाहेकको अवस्थामा यादवको सम्भावना कम छ। गैरराजनीतिक पृष्ठभूमिको व्यक्तित्वको नाममा सहमति बनाउनेबारे चर्चा चल्दा उनकै दलका शक्तिशाली नेता सइद सिद्धिकी कलामको पक्षमा उभिएबाट यादवलाई राष्ट्रपति बन्न सहज छैन। चर्चामा त वर्तमान वित्तमन्त्री प्रणव मुखर्जी पनि छन्। कांग्रेसमा लामो राजनीतिक अनुभव सँगालेका उनलाई भाजपा या धेरैवटा साना दलको समर्थन लिनुपर्छ जुन कठिन छ। रक्षामन्त्री ए.के.एन्टोनीको नाम आएपनि भारतीय सेनापति भी.के.सिंहको उमेर प्रकरणका बाहेक सेनापतिले सार्वजनिक गरेको १४ करोड घुसको प्रस्तावको घटनालगायत रक्षासम्बन्धी प्रकरणले विवादमा पारेको छ। उपराष्ट्रपति हमिद अन्सारी, काश्मिरका नेता फारुक अब्दुल्ला, प्रकाश सिंह बादल, एस.वाई कुरइस, पी.ए. साङ्मालगायतको नाम चर्चामा आएको छ। सहमति बन्नसक्ने सम्भावनालाई दृष्टिगत गरी लब्धप्रतिष्ठित व्यक्तित्वको नाम चर्चामा आउनुका पछाडि बलियो बन्दै गएको लोकतान्त्रिक प्रणाली र राष्ट्रपति पदको गरिमाअनुसारको व्यक्तित्व हुनुपर्ने मान्यताले काम गरेको छ।
राष्ट्रपति पदमा पिछडिएको र सीमान्तकृत समुदायको प्रतिनिधित्व हुँदैआएको छ। जातीय आधारमा पिछडिएका दलित समुदायबाट के.आर.नारायणनन, मुस्लिमबाट जाकिर हुसेन, फकरुद्दिन अलि अहमद र ए.पी.जे अब्दुल कलाम आजाद, महिलाबाट प्रतिभा पाटिलले पद सम्हालिसकेका छन्। पिछडिएको र केन्द्रबाट भौगोलिक र भावनात्मकरूपमा टाढिएको कास्मिर जस्तो प्रान्तबाट समेत राष्ट्रपति चयन गर्नुपर्ने आवाज उठिरहेका छन्। 'रबर स्ट्याम्प' जस्तै कार्यकारी अधिकार नभएको यो राष्ट्रपति पद भारतमा एकताको प्रतीकका रूपमा विकसित हुँदैगएको छ। एकपछि अर्को गर्दै पदमा पुग्नेहरू भिन्न जाति, समुदाय, धर्म र क्षेत्रका रहिआएका छन्। विवादमा नपरेको र दलीय राजनीतिभन्दा माथि उठेर काम गर्ने व्यक्तित्वमा बढी ध्यान जानथालेको छ। भारतमा राष्ट्रपति कार्यकारी अंगको प्रमुख रहेपनि कार्यकारी अधिकारको प्रयोग संसद्प्रति उत्तरदायी प्रधानमन्त्रीले गर्ने व्यवस्था छ।