कु को छायाँमा संविधान निर्माण
१३ वैशाख २०६६
•
९ मिनेट पाठ
कु को छायाँमा संविधान निर्माण
समानान्तर
उग्र वामपन्थी र कट्टर दक्षिणपन्थीहरु नेपालमा सैनिक विद्रोहको खेतीमा व्यस्त छन्। नेपाली सेनाका प्रधान सेनापति रुक्मांगत कटवाललाई सरकारले स्पष्टीकरण सोधेपछि सैनिक विद्रोहको हल्ला चर्काइएको छ। चरमपन्थीहरु विभिन्न अनुहार र आवरणमा विद्रोहको हल्ला मच्चाउने अभियानमा लागेको देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल नै यस हल्ला अभियानका नेता बने। उनले २०१७ साल दोहोर् याउन राट्रपति रामवरण यादवलाई उक्साइएको उत्तेजक अभिव्यक्ति प्रकट गरे । चील आएको हल्ला चलाएर कुखुरा चोर्ने श्यालको कथा हो यो।
कट्टर दक्षिणपन्थीहरुको मनमा बसेको नेपाली सेनाले विद्रोह गरोस् भन्ने चाहना पनि पटक पटक प्रकट हुनेगर्छ। प्रतिनिधिसभा घोषणा २०६३ जेठ ४ र राजतन्त्रलाई हटाउने संविधानसभाको निर्णय २०६६ जेठ १५ हुँदा उनीहरुले सैनिक विद्रोहको हल्ला चलाएका थिए। उनीहरुको यो रहर पनि साँढेको पछि लागेको श्यालको कथा जस्तै हो।
नेपाली सेनाले कु गर्ने भए साइत हेरेर बस्ने थिएन। संविधानसभाको चुनाव नहुँदै गर्ने थियो। नेपाली सेनाको प्रकृति शासन गर्ने हैन रासन खाने प्रकारको हो। यस्तै सैनिक विद्रोह हुने नै भयो भने प्रधान सेनापतिको नेतृत्वमा नै हुन्छ भन्ने छैन। संसारमा कर्नेलहरुले पनि सैनिक विद्रोहको नेतृत्व गरेका छन्। यस्तै कसैको उक्साहटमा रामवरण यादवले पनि सत्ता लिँदैनन्। बन्दुकका बलमा सत्ता कब्जा हुन्छ भन्ने उनको विश्वास भएको अहिलेसम्म थाहा छैन। यसैले बन्दुकको बलमा सत्ता कब्जा भयो भने माओवादीबाट हुनसक्छ। त्यसको नेतृत्व पुष्पकमल दाहालले गर्न सक्छन् वा अर्को कुनै अनुहार देखा पर्न पनि सक्छ। यद्यपि अहिलेको अवस्थामा यो माओवादीको चाहना भए पनि सजिलो देखिँदैन। कु को हल्ला चलाएर संविधान निर्माणलाई ओझेलमा पार्ने अभियान थालिएको छ। अर्थात् संविधान निर्माण कुको छायामा परेको छ। नागरिक समाज यसरी नै सुस्ताउने हो भने जनआन्दोलनका उपलब्धिहरु अस्ताउन सक्छन्।




राजनीतिमा कट्टर विरोधी देखिनेहरु नै धेरैजसो सबैभन्दा निकट हुँदा रहेछन्। नेपालमा यसका धेरै उदाहरण छन्। राजा र माओवादीबीच लामै समयसम्म मधुर सम्बन्ध रहेको सबैले थाहा पाएकै हो। अहिले पनि कट्टर दक्षिणपन्थी र उग्र वामपन्थी नजिक छन्। पाचायतका हर्ताकर्ता पुष्पकमलका लागि विश्वासिला मानिनुले पनि यही सिद्ध गर्छ।
कट्टर दक्षिणपन्थी र उग्र वामपन्थी जनताको सर्वोपरितामा विश्वास गर्दैनन् । बन्दुकका भरमा शासन चलाउनुपर्छ भन्ने ठान्छन्। र अरु सबै बेइमान र बदमास हुन् भन्ने मान्यता राख्छन्। यसैले सैनिक विद्रोहको हल्ला चलाउनमा पनि यिनको मतो मिलेको हो। संविधान बनाउने अधिकार जनताको मात्रै हो भन्ने पचाउन यिनलाई गाह्रो भएको छ। त्यसलाई बिथोल्न सैनिक विद्रोह होस् भन्ने चाहना तिनले गर्नु अस्वाभाविक होइन। माओवादीको 'जनगणतन्त्र' पनि अहिलेसम्म जनताले लेखेको संविधानबाट आएको छैन। जनताभन्दा बन्दुक बलियो ठान्ने माओवादी सोच अझै बदलिएको छैन भन्ने साक्षी त यिनको क्रियायाकलाप नै छ ।

यिनै सबै कारणले संविधानसभाले आपुनो दायित्व पूरा गर्न नसक्ने जोखिम बढेर गएको देखिएको हो। जनताले संविधान लेख्नुपर्छ भन्ने उदार लोकतान्त्रिक मान्यता हो। अहिले उदार लोकतन्त्र विरोधी गठबन्धन सरकारमा छ। विपक्षको सैद्धान्तिक आधार नै भासिएको छ। नागरिक समाज बिस्तारै राजनीतिक क्रियाकलापबाट उदासीन र अनिच्छुक बन्दै गएको छ। यस्तो अवस्थामा संविधान लेखनलाई सैनिक विद्रोहजस्ता अतिरिञ्जित र प्रायोजित हल्ला चलाएर छायामा पार्न खोजिएको छ। यसैले संविधान निर्माण नहुने पो हो कि भन्ने शंका उब्जेको हो।

हुनत भीम काय संविधान सभा ज्यूँकात्यूँ छ। सुस्त गतिमा भए पनि यसका कामकाज भएकै छन्। तैपनि शुभ संकेत देखिएको छैन। संविधानसभाको कार्य तालिका ३ पटक संशोधन भइसक्यो। अर्को पटक पनि संशोधन नगरी नहुने अवस्था छ। टार्नै नसकिने बाहिरी कारणले संविधान निर्माण प्रक्रियाको मिति सारिएको हैन। राजनीतिक दलका नेताको हठ दम्भ र कुबुद्धिले नै कार्यतालिका फेर्नु परेको हो।

यसरी पटक पटक कार्यतालिका फेर्दा जनताको अधिकार खोसिन्छ । समय नपुगे छलफल हुँदैन । छलफलमा भाग लिन नदिनु अधिकार खोस्नु नै हो । छलफलका लागि संविधानसभाको आयु लम्याइयो भने त आवधिकरुपमा आपुना प्रतिनिधि छान्न पाउने अधिकार हनन हुन्छ ।
संविधानमा उदार लोकतन्त्रका मर्म र मान्यतालाई मिचिने डर पनि उत्तिकै छ। उदार मानवीय मूल्य र स्वतन्त्रताप्रति राजनीतिक नेताको प्रतिबद्धता भरपर्दो छैन। सत्ताका लागि सहमतिका नाममा सिद्धान्तसँग सजिलै सम्झौता गर्ने र त्यसको औचित्य साबित गर्न खोज्ने उनीहरुको प्रवृत्ति छ। राजनीतिमा व्यवहारका नाममा गरिने सिद्धान्तहीन सम्झौता सबैभन्दा डरलाग्दो हुन्छ।

डरमान्नु पर्ने अर्को कारणचाहिँ अन्तर्राष्ट्रिय स्थिति पनि हो। व्यवहारवादका नाममा अमेरिकाले समेत उदार मान्यतामा सम्झौता गर्न थालेको छ। सिद्धान्तमा सम्झौता सुरु भएपछि कहाँ पुगिन्छ भन्न सकिँदैन। मानव अधिकारलाई अन्तर्राष्ट्रिय समुदायले प्राथमिकता नदिने बित्तिकै अधिनायकहरुले मौका छोप्ने गरेको इतिहास छ। संविधानमा अलि फराकिलो संशोधन गर्न लागेका राजा वीरेन्द्रले भारतमा इन्दिरा गान्धीले संकटकाल लगाउनेबित्तिकै पाचायतलाई झन् २०३२ सालमा साँगुरो बनाए। यस्तै मौका फेरि छोपिने पो हो कि भन्ने शंका छ। मानव अधिकार अब विश्व समुदायको चासो र प्राथमिकतामा नपर्ने पो हो भन्ने डर छ।

यस्तो बेलामा  कु को हल्ला चलाएर संविधान निर्माणलाई ओझेलमा पार्ने अभियान थालिएको छ। अर्थात् संविधान निर्माण कुको छायामा परेको छ। नागरिक समाज यसरी नै सुस्ताउने हो भने जनआन्दोलनका उपलब्धिहरु अस्ताउन सक्छन्।
अर्को समाचार
अतिवादको छायामा संविधान
२१ पौष २०७१
•
१६ मिनेट पाठ
अतिवादको छायामा संविधान
पहिलो संविधान सभाले संविधान दिन नसके पनि जनता दोस्रो संविधान सभाको निर्वाचनमा उत्साहपूर्वक सहभागी भए। अवरुद्ध संविधान निर्माण प्रक्रिया अघि बढ्यो। संविधान सभाको दोस्रो निर्वाचनपछि सबै राजनीतिक दलले पहिलो प्राथमिकता संविधान भएको र एक वर्षभित्र संविधान निर्माण गर्ने उद्घोष गरेका थिए।दलहरूले सँगै ‘सहमतिबाट संविधान निर्माण गर्ने, सो संभव नभए प्रक्रियाबाट भएपनि संविधान जारी गर्ने' राजनीतिक संकल्प पनि गरेका थिए। माघ ८, २०७१ संघारमै आइसक्यो। तर यतिबेला ती सबै बाचाकबोल बेवारिस भएका छन्। अघिल्लो संविधान सभामा नसुल्भि्कएका कुनैपनि विषयमा दलहरूबीच सहमति भएको छैन। अर्थात्, संविधान निर्माणको डुङ्गा एक इन्च पनि अगाडि बढेको छैन। फेरि पनि संविधान नआउने सन्देह जनमानसमा व्याप्त भएको छ। 
एकातिर संविधान निर्माणका समय घर्किनै लागेको छ भने अर्कातिर विभिन्न नाममा अतिवादी क्रियाकलाप बढिरहेका छन्। शान्ति प्रक्रियाले पूर्णता नपाउँदा स्थगित राजनीतिक अतिवाद पुनः बौराउन थालेकोछ। हिजो मुख्य चुनौती बनेको जातीय अतिवाद जुर्मुराउन थालेको छ। उता समाधान भइसकेको धर्मको विषय चर्काएर निहित स्वार्थ पूरा गर्न चाहने शक्ति पनि सक्रिय बन्नथालेको छ। 
शान्ति प्रक्रियाको आरम्भसँगै ढलेको राजनीतिक अतिवादले संविधान निर्माणमा ढिलाइ हुँदा फणा उठाउन थालेकोछ। हिजो प्रचण्डहरूको घोडाबाट ढलेको उग्रवाद आज फेरी विप्लबहरूको बैशाखी टेक्न खोज्दैछ। विप्लबलाई ‘क्रान्तिकारी नायक' बन्ने लोभ छ र हिंसाको माध्यमबाट त्यसो हुनसक्छ भन्ने भ्रम छ। युद्ध, क्रान्ति, परिवर्तनको ‘कमिट्मेन्ट'ले भन्दापनि एकपटक नव युवालाई क्रान्ति र परिवर्तनका सपना बाँडेर आफ्नो ‘क्यारियर' बनाउन विप्लव अतिवादको घोडा चढेर ‘प्रचण्डपथ'मा लम्कन खाज्दैछन्। केही बेरोजगार युवा एकपटक विप्लवको पछि लाग्न पनि सक्छन्। हिजो गरिबी, वेरोजगारी र समाजमा अन्याय, अत्याचार तथा उपेक्षाबाट प्रताडित समाजको ठूलो समूहलाई परिवर्तनको विश्वास दिलाएर प्रचण्ड, बाबुराम वा बादलहरूले कथित क्रान्तिमा लामबद्ध गरेका थिए। त्यसरी नै परिवर्तनप्रति व्यग्र नव युवालाई जसरी क्रान्तिकारी आशावादको नशा पिलाएर होमियो, त्यही आशामा तुषारापात भएपछि भड्किएको ‘युथ सेन्टीमेन्ट'लाई पनि प्रयोग गर्न सकिएला। तर उनले ‘क्रान्ति'को यो बेडा पार लगाउन नसक्ने भने निश्चित छ।
आजको युग युद्ध र हिंसाको होइन। अतिवादले समाजलाई आतंकित पार्छ, सामाजिक सम्बन्धहरूलाई तोडफोड गरिदिन्छ, केही संरचना भत्काउँछ, समाजको अग्रगतिमा अवरोध तेर्स्याउछ, केही मानवीय र भौतिक क्षति पनि निम्त्याउँछ। तर अतिवाद लामो समय टिक्दैन। यसको भविष्य छैन। यो कुरा विप्लवले पनि राम्रोसँग बुझेका छन् तर बुझेर पनि उनीभित्रको महत्वाकाक्षाले उनलाई त्यसैतर्फ धकेलिरहेको त छैन? हिजो प्रचण्डले राष्ट्रिय नेता बन्ने महत्वाकांक्षा बोकेर उग्रवादको बाटो समाते। आफ्नो दुब्लो पार्टीलाई कसरी बलियो बनाउने र कसरी ‘ठूलो पार्टीको ठूलो नेता' हुने भन्ने आकांक्षाले प्रचण्डलाई हिंसाको दलदलमा फसायो। आफ्नो महत्वाकांक्षा पूरा गर्न प्रचण्ड अतिवादको घोडामा निकै दौडिए। उनको घोडाले धेरै मान्छे कुल्चियो, धेरैलाई सोत्रान पार्योा, धेरै धनमालको क्षति गरायो। त्यही महŒवाकांक्षामा टेकेर उनी ‘नयाँ बादशाह' बन्न चाहन्थे तर उनको अतिवादको घोडाले कालान्तरमा घुँडा टेक्यो। उनी घोडाबाट खस्न बाध्य भए र बादशाह बन्ने सपना तुहियो। इतिहासको यस्तो क्रूर शिक्षाबाट पाठ किन नसिक्ने?
हिजो संविधान सभा निर्वाचनको बहिष्कारले नै नेकपा–माओवादी कता जाने भन्ने प्रश्न उब्जाएकै थियो। माओवादीविना निर्वाचन त सम्पन्न भयो तर त्यसको प्रतिक्रियास्वरूप नयाँ परिघटना हाम्रा सम्मुख देखिँदैछन्। संविधान सभाबाट संविधान बन्ने काममा भएको ढिलाइ र दलहरूबीच बढ्दो दूरी र गहिरिएको अविश्वासको खाडलकै परिणामस्वरूप समाजमा आशाभन्दा निराशा बढ्दैछ। र, यही वातावरणमा राजनीतिक अतिवादले शिर उठाउँदैछ। संविधान निर्माणमा राजनीतिक अतिवाद गतिरोध बनेकाले यसतर्फ सबै सचेत हुनु जरुरी छ। 
हाम्रो संविधान पाँच वर्षदेखि गर्भमै छटपटाईरहेको छ र अब त भ्रूण हत्याको सन्देहले चिन्ता बढाएको छ। आज संघीयता नै संविधान निर्माणमा बाधकजस्तो देखिएको छ। हाम्रा सामु वैज्ञानिक किसिमले प्रदेशहरूको नामाङ्कन र सीमाङ्कन गर्नुको विकल्प छैन। देशलाई जसरी जबर्जस्ती जातीय संघियताको भासमा धकेल्न खोजियो, आज संविधान जन्मिन नसकेर राष्ट्रले प्रसव पीडा बेहोर्न पर्नुको गाँठी कारण त्यही हो। राज्य पुनर्संरचना गर्दा जातीयतालाई मात्र आधार बनाउनु राष्ट्रलाई जातीय अतिवादको दलदलमा फसाउनु नै हो। 
यी सबै विसंगतिको जनक भने माओवादी नै हो। माओवादी ‘युद्ध'को सहउत्पादनका रूपमा जातीयतालगायत अनेकौं अतिवादका समस्या उत्पन्न भएका हुन्। तराईमा जसरी ‘एक मधेस प्रदेश' वा मधेससँग पहाड मिसिनु हुँदैन भन्ने ‘सेन्टिमेन्ट'को विकास भयो, त्यसको मुहान माओवादी हो। हिजो आफ्नो ‘जनयुद्ध'लाई फैलाउन माओवादीले जातिपिच्छे राज्य बाँड्दै हिँड्यो। अहिले त्यो त्यसकै लागि पनि गलपासो बनेकोछ। यसले भोलि जातीय दङ्गा निम्त्याउला कि संपूर्ण नेपालीलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने काम गर्ला? एकातिर एमाओवादीमा रहेको उग्रवादको ‘ह्याङओभर', अर्कोतिर केही सामन्ती र विखण्डनकारी सोचका मधेसी नेता तथा माओवादीवीच स्वार्थवश भएको गठबन्धनका कारण आज संविधानका कार्यसूची र संविधान निर्माणमा हलो अड्किएको हो। 
पक्कै पनि हाम्रोजस्तो सामन्तवादद्वारा गाँजिएको, अन्याय, असमानता र पक्षपातले जकडिएको समाजमा राज्यको मूल प्रवाहबाट पाखा पारिएका, प्राकृतिक र आर्थिक स्रोतबाट पक्षपातपूर्ण ढङ्गले उपेक्षा गरिएका, अवसर र सुविधाबाट वञ्चित, सामाजिक सांस्कृतिकरूपमा बहिष्करणमा पारिएका वर्ग, क्षेत्र, जातजाति र समुदायका सरोकार राज्य र राजनीतिक दलका प्राथमिकतामा पर्नैपर्छ। त्यसका लागि जनप्रतिनिधिमूलक संस्था, सरकार, राज्य प्रशासन, सेना प्रहरी, दल संगठन सबै ठाउँमा तिनको उचित समावेशी प्रतिनिधित्व हुनुपर्छ। समाबेशीकरणको सवालमा प्रतिनिधित्वसँगै उपेक्षितहरूको क्षमता वृद्धि र निर्णायक ठाउँमा तिनको पहुँच स्थापित गर्नुपर्छ। अर्थात्, संविधानले नै यी सवालहरूलाई सम्बोधन गर्नैपर्दछ।
यति हुँदाहुँदै पनि हामी जात, क्षेत्र र लिङ्गका नाममा किन विभाजित छौं? हामीले त्यसरी जातजातका आधारमा राज्य बाँड्ने, विभिन्न संकीर्ण घेरामा बाँधिएर व्यापक राष्ट्रिय हितलाई संकटमा पार्ने, विभिन्न जातजाति र धर्म धर्मबीचको सद्भावलाई खल्बल्याएर साम्प्रदायिक द्वन्द्व भड्काउनेजस्ता काम गर्यौँा भने कहाँ पुगिएला? ‘रात जति छिप्पिदै जान्छ, त्यतिनै अग्राख पलाउँछ' भनेझैं संविधानमा जति ढिलाइ हुन्छ त्यति समस्याको भूमरीमा फस्ने खतरा रहन्छ। धतुरो रोपेपछि सुन्तला फल्दैन। हिजो माओवादीले रोपेको जातिवादको विष वृक्षनै आज संविधान निर्माणका लागि मूल बाधक बनेर तर्सिएकोछ। यो तगारो कसरी हटाउने? संविधान निर्माणसँग जोडिएको गंभीर प्रश्न यही हो। 
मधेसवादी दलको अतिवादी सोच र व्यवहार पनि संविधान निर्माणमा बाधक रहेकोछ। एमाओवादीको जातीय राज्यसहितको संघीयतासँग संझौता गरेर मधेसमा एक प्रदेश बनाउने उद्देश्य राखेका राजनीतिक दलले संविधान सभाको दोस्रो निर्वाचनमा धक्का खाएसँगै तिनका कार्यसूची पनि पराजित हुनपुगे। आफ्ना कार्यसूचीले जनअनुमोदन प्राप्त गर्न नसक्दा तिनमा हतासा र उदासीनता देखियो। संविधान निर्माणमा यही अभिव्यक्त भइरहेकोछ। उनीहरुसामु यसपटक एउटा अवसर छ, स्वतन्त्ररूपमा मधेसका उत्पीडित जनताका पहिचान र अधिकारसहितका मुद्दा अघि सार्ने र संविधान निर्माणमा सकारात्मक बन्ने। त्यसबाट एकातिर मधेसका सरोकारको सम्बोधन हुने, अर्कोतिर संविधान निर्माण सहज हुने देखिन्छ। उनीहरू राष्ट्रियताका पक्षधर होइनन् भन्ने आरोप खण्डन गर्ने मौका पनि हो यो। नेपाल भनेको मधेससहित हो, मधेसविना नेपालको कल्पना हुँदैन। नेपाल सरहदभित्रका सबैको नेपालीका रूपमा हक, हैसियत र हित समान छ। मधेसीसँग अरु तर्सिनुपर्ने, मधेसी अरूसँग झस्किनुपर्ने अवस्थाको अन्त्य गर्नैपर्छ। भारतमा कास्मिरदेखि कन्याकुमारीसम्म बस्ने सबैले भारतीय भएकोमा गर्व गर्छन् र तिनको पहिलो पहिचान भारतीय हुन्छ। त्यसरी नै मधेसी वा पहाडीभन्दा हाम्रो पहिलो पहिचान पनि नेपाली हो। अबको संविधानले यो अनुभूति दिनैपर्छ। त्यसका लागि पनि संविधान त आउनैपर्छ। 
हिजो लामो समय सत्तामा रहेर हालीमुहाली गरेका र पछिल्लो समय निधारमा भ्रष्टाचारको टीका लागेका खुमबहादुर खड्का यतिबेला धर्मको खरानी धसेर हिँड्न थालेका छन्। जनआन्दोलनले दिइसकेको धर्म निरपेक्षताको ‘म्यान्डेट'मा पानी खन्याउने गरी ‘हिन्दु राज्य'को वकालत गर्न थालिएकोछ। सत्ताको ‘तर' मार्नसम्म मार्ने अनि सत्ताबाट बाहिरिएपछि पानीविनाको माछाजस्तै छटपटिएर राजनीतिक ठाउँ बनाउन चटक गर्ने प्रवृत्ति धार्मिक अतिवादको रूपमा सलबलाउन थालेको छ। यतिबेला धार्मिक अतिवादका रूपमा राजावादी कमल थापाहरुदेखि आफूलाई प्रजातन्त्रवादी भन्न रुचाउने कांगे्रसका माथिल्लै तहका नेताको समेत अघोषित गठबन्धन बन्दैछ। यस प्रवृत्तिले राष्ट्रलाई कता लान्छ समयमा नै सच्चा लोकतन्त्रवादीले सोच्नु पर्दैन? यसतर्फ ती नेताको माउ पार्टी नेपाली काँगे्रस सचेत हुनुपर्दैन? यस्ता धार्मिक अतिवादी क्रियाकलापले पनि संविधान निर्माणमा अवरोध उत्पन्न गरिरहेका छन्। 
संविधान सभाभित्रका राजनीतिक दलको अकर्मण्यता र अनिर्णयका कारण एकातिर संविधान निर्माण प्रक्रियाले गति लिनसकेको छैन भने यतिनै बेला जुर्मुराउन थालेका बहुरङ्गी अतिवादले संविधान निर्माणको मूल मार्गमा अवरोध पुर्याजउन थालेका छन्। यसरी आन्तरिक र वाह्य व्यवधानका कारण आजको मूल राजनीतिक कार्यभार पूरा गर्न निकै उकालो पर्ने देखिँदैछ। सकेसम्म सहमतिमा, सो संभव नभए लोकतान्त्रिक प्रक्रिया अपनाएर भएपनि संविधान निर्माणका लागि सबै तयार हुनुपर्छ। राजनीतिक दल, संविधान सभा, नागरिक समाज सबै अतिवादको खतरालाई कसरी निस्तेज गर्ने र सचेतनतापूर्वक संविधान निर्माणको हाम्रो ‘मिसन' कसरी पूरा गर्ने भन्ने विषयमा केन्द्रित हुन जरुरी छ।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस