जनतासँग वाचाप्रति दलका नेता इमानदार भएका भए मुलुकले यतिबेला नयाँ संविधान पाइसक्ने थियो। प्रमुख राजनीतिक दलका नेता आआफ्ना स्वार्थमा केन्द्रित भएकाले संविधान निर्माण ओझेलमा परेको छ।मुलुकले नयाँ संविधान छिटै पाउने कुनै लक्षण देखिँदैन। केहीदिन अघिसम्म संविधानका मुख्यमुख्य विवादका विषयमा सहमतिको प्रयासमा जुटेका दलहरू पुनः आआफ्नो बाटोमा लागेका छन्। सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) गत माघ ११ थालेको संविधान निर्माण प्रक्रिया अघि बढाउन तयार भएका छन्। संविधान सभाध्यक्षले चैत २३ मा संविधान सभा बैठक बोलाएका छन्। अर्कोतिर एकीकृत नेकपा (माओवादी) नेतृत्वको मोर्चा भने दोस्रो चरणको आन्दोलनमा जुटेकोछ।
पहिलो संविधान सभादेखि अहिलेसम्म पनि संविधानका प्रमुख विषयमा ठूला दलहरू किन सहमत हुन सकेनन्? दलहरूबीच सहमति हुनै नसक्ने मतभेद पनि देखिँदैन। तर पनि उनीहरू सहमतिमा पुग्न सकेनन्। किन? किनभने, पहिलोजस्तै दोस्रो संविधान सभाको निर्वाचन परिणामसँगै प्रमुख दलहरूको ध्यान संविधान निर्माणभन्दा सरकारमा केन्द्रित बन्न पुग्यो। सत्ता केन्द्रित राजनीतिले संविधान छायामा पर्योन। राष्ट्रिय हितको उपेक्षा गरेर नेताहरू व्यक्तिगत स्वार्थमा रमाउन थालेपछि मुलुकको भविष्य अँध्यारो त हुने नै भयो।
निर्वाचन परिणामबाट अल्तालिएको एमाओवादीले कांग्रेस र एमालेको सातबुँदे सहमति र सत्ता साझेदारीबाटे आफू उपेक्षित भएको ठान्यो। संविधान बनेपछि पनि सत्ता साझेदारहरूले प्रमुख पदमा दुई दलबीच भागबन्डा गर्ने लक्षण देखाएको माओवादीले सन्देह गर्योत।
पूर्वप्रतिवद्धताअनुसार एक वर्षभित्र संविधान जारी गर्न सहमत भएका दुई दलले त्यसपछि राष्ट्रपति, प्रधानमन्त्री, संविधान सभा अध्यक्षलगायत प्रमुख पदको निर्वाचन गर्ने सहमति गरे। त्यसले माओवादी र मधेसकेन्द्री दलका नेताले आफूहरू लामो समयसम्म सत्ताबाट बाहिरिनुपर्ने जोखिम देखे। अर्कातिर माओवादी र मधेसवादी दललाई सहभागी गराउँदा संविधान निर्माणपछि स्वतः आउने सरकारको नेतृत्व गुम्ने एमालेले ठान्यो। कांग्रेस नेतृत्वले पनि दलीय सहमतिका लागि नेतृत्वदायी भूमिका खेल्न सकेन। फलस्वरूप, दलहरूबीच अविश्वास र आशंका बढ्दै गयो र संविधान निर्माणको छलफलमा जुट्ने वातावरण बनेन। सत्ता साझेदार एमालेले आफूलाई हैसियतभन्दा माथिको ठान्यो भने माओवादी र मधेसवादी दलले पनि जनताले दिएका हैसियत बिर्से। माओवादी र मधेसवादी दल संविधान निर्माणसँगै सत्ता साझेदारी पनि चाहन्छन्। तर, एमाले त्यसका लागि तयार नहुँदा प्रमुख दलको सहमतिमा नयाँ संविधान निर्माणको सम्भावना टर्दैगएको हो।
जातीय संघीयताको पक्षमा माओवादीले आफूलाई सबैभन्दा चर्कोरूपमा प्रस्तुत गर्दैआएको छ। तर माओवादी सिद्धान्त संघीयताको पक्षमा हुनैसत्तै्कन। कम्युनिस्ट सिद्धान्तले केन्द्रीकृत शासनको परिकल्पना गरेको हुन्छ। माओवादीले गरेको जातीय राज्यको वकालते जनतालाई जिम्मेवारी दिन हो कि अधिकार सम्पन्न बनाउन हो भन्ने पहिले प्रष्ट हुनु पर्छ। जिम्मेवारी र अधिकार फरक कुरा हुन्। अधिकार नभएसम्म जिम्मेवारीको कुनै अर्थ हुँदैन। त्यसैले विकेन्द्रित शासन पद्धति जनता स्वयं अधिकारवाला हुन् भन्ने मान्यता राख्ने लोकतन्त्रवादीले मात्र आत्मसात् गर्न सक्छन्।
यस्तै एमाओवादीको अभीष्ट अधिकारसहितको जातीय संघीयता हो कि सत्ता? स्पष्टै बुझिन्छ, उनीहरूको मूल अभीष्ट संघीयता नभएर सत्ता हो। माओवादीको हातमा सत्ता पुग्ने बाटो नखुल्दासम्म माओवादीले संघीयता शासकीय स्वरूपलगायत सबै विषयमा किचलो निकाली नै रहनेछन्। माओवादी जङ्गलको बाटोबाट सत्तामा पुग्न नसकेरै अहिलेको प्रक्रियामा सहभागी भएका हुन्। यस प्रक्रियामा माओवादीलाई ल्याउन ककसले के के भूमिका खेले यथार्थको अर्को पाटो हो तर सत्य चाहिँ के हो भने जसरी पनि सत्तामा पुग्ने ढोका नखुले माओवादीको अस्थित्व समाप्त हुन्छ भन्ने तिनले ठानेका छन्। माओवादी जङ्लबाट मूलधारको राजनीतिमा विर्सजन हुन आएका त पक्कै हैनन्।
माओवादी न जातीय राज्य चाहन्थे न प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै। माओवादी अध्यक्ष पुष्पकमल दाहाल नयाँ संविधान जारी भएपछि सुरक्षित राजनीतिक अवतरणको खोजीमा छन्। हिंसात्मक आन्दोलनको नेतृत्व गर्दाका मुद्दा अब बल्झँदैनन् भन्ने भरपर्दो आधारमात्र खोजेका थिए माओवादीले भने मधेसवादीले सत्ता सहभागिता। तर कांग्रेस र एमाले ती विषय सम्बोधन गर्न तयार भएनन्। लोकतान्त्रिक व्यवस्थामा जनादेश र बहुमतको सम्मान गर्नुपर्छ भन्ने कांग्रेस र एमालेको अडान तर्कसंगत छ तर अल्मपतलाई पनि साथै लिएर हिँड्दा यात्रा निरापद हुने सत्य पनि तिनले भुल्नु हुँदैन। संविधान निर्माणभन्दा संविधान सभाले बनाएको संविधान दिगो हुनु ठूलो हो।
केन्द्रीय सदस्य, नेपाल विद्यार्थी संघ