भारत र पाकिस्तान सम्बन्ध सुधार्न उत्सुक देखिएका छन् तर यी दई देशबीचको गहिरो विवाद पुर्न सहज छैन। कास्मिर समस्या जटिल छ। आतंकवादको मामिला उत्तिकै उल्भि्कएको छ र एकले अर्कामाथि शंका गर्ने अवस्था कायमै छ। तैपनि, दक्षिण एसियाका यी दुई शक्तिशाली मुलुक सम्बन्ध सुधारको वाध्यात्मक स्थितिमा पुग्नुको कारण र परिणाम खोतल्नु उपयुक्त हुनेछ। परम्परागतरूपमा राजनीतिक समस्यालाई प्राथमिकता दिइने भारत-पाक सम्बन्धमा अहिले अर्थतन्त्रले महŒव पाउन थालेको छ। विगतमा बिरलै हुने उच्चस्तरीय राजनीतिक भेटघाट बाक्लिँदै गएपछि पाकिस्तानी व्यापारमन्त्री दिल्ली आएर कतिपय वस्तुको आयातनिर्यातमा लगाइएका बन्देज हटाउने सहमति गरे। बागा नाका व्यापारीका लागि खोलिएपछि भारतले थप सामग्री निर्यात गर्ने ढोका खुल्यो। निर्यातमा लगाइएका बन्देज खुकुलो हुँदा दुवै देशलाई आर्थिक लाभ हुन्छ। आरोप प्रत्यारोपमा समय खेर फाल्दा धेरै गुमिसकेको दुवै पक्षले मनन गरेको देखिन्छ।
व्यापारलाई केही खुकुलो बनाउँदैमा द्विपक्षीय व्यापारमा तेब्बर वृद्धि भएको छ। तथ्यांकअनुसार सन् २००१ देखि २०१० मा भारतको पाकिस्तानतर्फको निर्यातमा १४ गुणा वृद्धि भएको छ भने आयातमा मात्र चार गुणा वृद्धि भयो। व्यापारिक दृष्टिले भारतलाई बढी लाभ छ। विगतमा दुई हजारभन्दा कम प्रकारका सामानको आयात गर्न पाइनेमा अब चार हजार थपिएका छन्। निर्यातका हकमा ९० प्रतिशत नयाँ प्रकारका सामान थपिएका छन्। व्यापारमा लगाइएको बन्देज खुकुलो गर्ने निर्णयसँगै आगामी दुई वर्षभित्र आठ अर्ब डलर बराबरको व्यापार गर्ने लक्ष्य प्रक्षेपण गरिएको छ। राजनीतिक गतिरोधले व्यापारमा प्रतिबन्ध लागेको थियो। हजारौं उत्पादनमा प्रतिबन्ध हटेपछि व्यापारीहरूले सन्तोष मानेका छन्। पाकिस्तानका सबैभन्दा धनी मियाद मोहम्मद मन्साले शान्तिका लागि व्यापार सहयोगी हुनसक्ने तर्क गरे। व्यापारमा रहेको अवरोध हटाउँदा दुवै देशलाई लाभ हुने भएपनि राजनीतिक सम्बन्धमा रहेको कटुताले अवरोध गरेको थियो। हुनत, अझै हजारौँ सामानमा प्रतिबन्ध कायमै छ। भारतमा सस्तोमा पाइने सफ्टवेयर पाइने पाकिस्तानले दस गुणा बढी मूल्यमा आयात गरिरहेछ। घाटा दुवै देशलाई भएको छ भने तेस्रो मुलुक लाभान्वित भएको छ।
मनमुटावले निकै क्षति व्यहोरिसकेको आत्मसात् गरेरै होला भारत र पाकिस्तान दुवै लचिलो हुँदै गएका छन्। पाकिस्तानी अधिकारीहरूको दिल्ली आउने क्रम बाक्लिएको छ। अजमेरको दरगामा प्रार्थना गर्न आउँदा दिल्लीमा विशेष राजनीतिक भेटघाट गरेका राष्ट्रपति आसिफ अली जर्दारी फर्केलगत्तै व्यापारमन्त्री मोहम्मद अमिन फइम आइपुगे। उनी ३५ वर्षपछि भारत भ्रमण गर्ने व्यापारमन्त्री हुन्। यसले पाकिस्तानको भारतसँगको व्यापार सम्बन्ध सुधार्ने चाहना प्रकट हुन्छ। यस अवस्थासम्म आइपुग्न दुवै देशले निकै मिहेनत गरेका छन्। सन् २००८ को मुम्बई हमलाबाट चिसिएको सम्बन्धमा सुधार आउन चार वर्ष लाग्यो। हमलासम्बन्धी विवाद अझै सुल्भि्कइसकेको छैन। राजनीतिक समस्या थाती राखेरै भएपनि भारत-चीनजस्तै व्यापार सम्बन्ध बनाउनुपर्छ भन्ने आवाज दिल्ली र इस्लामावादका उदारवादीमाझ उठ्न थालेको छ। उद्योगीव्यवसायी सम्बन्ध सुधार्न दबाब सिर्जना गरिरहेछन्। आपसमा व्यापार गर्न नपाउँदाको उकुसमुकुस दुवै देशका व्यापारीमा देखिन्छ।
भारत-पाक राजनीतिक सम्बन्ध सुधार नहुँदा समग्र दक्षिण एसियाले ठुलो मूल्य चुकाइरहेको छ। दक्षिण एसियाली राष्ट्रहरूको संगठन (सार्क) प्रभावशाली बन्न सकेको छैन। स्वतन्त्र व्यापारमा सम्झौता कार्यान्वयनमा अप्ठेरो यथावत छ। यस क्षेत्रमा स्वतन्त्र व्यापारको वातावरण बनाउने दिशामा भएका पहलमा भारत-पाक सम्बन्धकै कारण सधैँ समस्या उत्पन्न हुनेगरेको छ । भारत-पाक अवरोधले सार्क देशहरूबीच स्वतन्त्र व्यापारमा तगारो लाग्दा तस्करी बढेको छ। तस्करी सञ्जाल सबै देशको सीमामा बलियोसँग फिजिएको छ। कडा सुरक्षा व्यवस्था रहेको भारत-पाक सीमामा समेत तस्करी हुन्छ। सन् २००५ को विश्व बैंकको तथ्यांकअनुसार भारत-पाक सीमा भएर ६.६ करोड डलर बराबरको गैरकानुनी व्यापार भयो। त्यसको ९४.५६ प्रतिशत भारतबाट पाकिस्तानतर्फ भयो। करोडौं डलरको तस्करीले दुवै देशको राजस्वमा गुमेको छ भने अपराधलाई प्रोत्साहन मिलिरहेछ।
नयाँ राजमार्ग र रेल्वेका सञ्जालले दक्षिण एसियालाई जोड्ने महत्वाकांक्षी योजना पनि यिनै दुई देशको चिसो सम्बन्धका कारण अलपत्र छन्। व्यापारका लागि एक अर्काको भूमि प्रयोग गर्नुपर्दाका समस्या उत्तिकै जटिल छन्। नेपाल, भुटान र अफगानिस्तानजस्ता भू परिवेष्ठित मुलुक यसबाट सबैभन्दा मर्कामा परेका छन्। नेपाललाई पाकिस्तानसँग व्यापार गर्न कठिन छ। पाकिस्तानी सामान पनि नेपाली बजारमा सहजै आइपुग्दैनन्। भारतले अफगानिस्तानसँग सहजै व्यापार गर्न सकिरहेको छैन। पाकिस्तानभएर सामान निर्यात गर्नुपर्दाका तगारा धेरै छन्। यस क्षेत्रमा ऊर्जा समस्या गहिरिँदो छ। पाकिस्तान ऊर्जा संकट समाधानका लागि भारतबाट विद्युत खरिद गर्न चाहन्छ तर राजनीतिक गतिरोध बाधक बनेको छ। भारतले सजिलै बेचिहाल्दैन। उसको आफ्नै राजनीतिक स्वार्थ छ। उता, पाकिस्तानले अन्धकारमै बस्ने तर भारतसँग हारगुहार नगर्ने शैली अपनाइरहेको थियो। उसमा परिवर्तन देखापर्दैछ र विद्युत् आयातको पहल भइरहेछ। दक्षिण एसियामा देशका व्यापारीले अर्को देशमा सक्ने जति पनि लगानी गरेका छैनन्। सरकारहरूबीचको राजनीतिक समस्यालेसुरक्षाको अनुभूती नहुँदा लगानी आकर्षित नभएको हो। क्षेत्रीय शान्तिमा भएको प्रगतिले आर्थिक विकास आशा जगाएको छ तर व्यापारमार्फत् सुधारिँदै लगिएको सम्बन्धलाई प्रगाढ बनाउन धेरै गर्न बाँकी छ। आर्थिक सम्बन्धका माध्यमले एक अर्कालाई जोड्ने संरचना निर्माण अनिवार्य छ। व्यापारबाट द्विपक्षीय सम्बन्ध सुदृढ गराउन सकिने दुवै देशका व्यापारीको तर्कमा दम छ। क्षेत्रीय राजनीतिमै सुधार ल्याउने यस कदमले सार्क मुलुकबीच व्यापार र लगानीका तगारा हटाउने आधार बन्नसक्छ।