नेपालमा जेठ १४ भित्रै नयाँ संविधान जारी हुनेमा भारतीयहरु आशावादी देखिन्छन्। भारतीय पक्षले शान्ति प्रक्रियामा बढेको जटिलता र पैदा भएको अस्थिर राजनीतिले तेस्रो पक्षहरुको बढ्दो भूमिकाले क्षेत्रीय राजनीतिमा गुम्न सक्ने पकडलाई दृष्टिगत गरी शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्दाको सम्भावित स्थायित्वमै लाभ देखेको होला। उसले भूमिकाहरु तदनुरुप देखाइरहेको छ। ।
तीनतर्फ सीमा जोडिएको नेपालको स्थायित्वमै भारतको हित छ भन्ने निष्कर्षमा पुगेरै होला, लोकतान्त्रिक प्रणालीको विकल्पलाई भारतले पछिल्लो समय साथ दिएको देखिँदैन। म्यादभित्रै संविधान निर्माणका लागि दबाब दिँदै लगेको छ। कदाचित् संविधान जारी नभइहाले दलहरुसामु ताजा जनादेशका लागि मार्ग खोल्नुको विकल्प नरहेको बुझाइ भारतीय पक्षमा देखिन्छ। दुई विकल्पबाहेक तेस्रो विकल्पको सम्भावना नरहेको देख्ने उनीहरुको आशयलाई दृष्टिगत गर्ने हो भने भारत नयाँ संविधान जारी होस् भन्ने पक्षमा बलियो गरी उभिएको बुझ्न सकिन्छ।
दिल्लीमा भएको बाह्रबुँदे सझदारीको विन्दुबाट विभिन्न मोड पार गर्दै शान्ति प्रक्रिया वर्तमान अवस्थासम्म आइपुग्दा नेपालका प्रमुख राजनीतिक दलजत्तिकै भारतले पटकपटक आलोचनाको सामना गर्दै आएको छ। समझदारीमा आफ्नो भूमिका रहेको सन्देश प्रवाह गर्न चाहने पक्षले आलोचना खेप्नु स्वाभाविक हो। अर्कोतर्फ जिम्मेवार दलका नेताहरुले नै संविधान निर्माण र शान्ति प्रक्रियामा समस्या आउँदा भारतीय भूमिकाको खुलेर आलोचना गरेको इतिहास साक्षी छ। नेपालका राजनीतिज्ञहरुले ताकेको भन्दा भिन्न परिस्थिति बन्दा उनीहरुबाट पहिलो गाली खाने अन्तर्राष्ट्रिय समुदायमध्ये भारतीय पक्ष नै हुनेगरेको छ। यो क्रम अझै बढिरहेको छ। दलका जिम्मेवार नेताहरुकै अभिव्यक्तिलाई आधार मान्दा शान्ति प्रक्रिया टुंगोमा पुगे पनि, नपुगे पनि दिल्लीले तालीभन्दा गाली नै खानुपर्छ। परम्परागत शैलीमा धेरैको गाली खानैपर्ने हुन्छ। भविष्यको सम्भावित परिस्थिति सामना गर्न तयार भएरै भारत अग्रगमनतिरको राजनीतिलाई ऊर्जा दिने गरी अगाडि बढेको छ। लोकतान्त्रिक प्रणालीलाई बटमलाइन मानेर नेपाल नीति बनाइएको जिकिर गर्ने विज्ञहरुको भनाइलाई आधार मान्ने हो भने शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउने दिशामा सहयोगी बनिरहेको छ।
संविधान निर्माणको समय ढल्किदै जाँदा दुई थरी समूहबाट भारतविरोधी अभिव्यक्ति चर्को रुपमा सुनिन थालेको छ। एक थरीले नयाँ संविधान जारी हुने सम्भावना बढेपछि नकारात्मक टिप्पणी गर्न थालेका छन्। विद्रोहलाई मूल लवज बनाउने उग्रवामपन्थीहरु भारतको नामै किटेर दिल्लीमा संविधानको ड्राफ्ट तयार भइसकेको भन्छन्। राजसंस्था पुर्नस्थापनाका पक्षधरहरु भारततर्फ इंगित गर्दै रिमोट कन्ट्रोलबाट संविधान जारी हुन लागेको अभिव्यक्ति दिइरहेछन्। संविधान जारी नहुँदाको परिस्थितिमा लाभ हासिल गर्न सकिने ठान्नेहरुको विचार भिन्न भए पनि नियत उस्तै देखिन्छ। नयाँ संविधान अस्वीकार गर्ने शैलीमा रणनीति तयार गरिसकेका छन्। भारतको विरोध गर्दा 'राष्ट्रवादी' भइने पुरातनवादी सोच अनुशरण गरेर राजनीतिक गतिविधि सञ्चालन गरेमा आश्चर्य नमाने हुन्छ। संविधान जारी होस् भन्ने पक्षमा भारत देखिएकैले संविधान बन्न नसकोस् र राजनीतिक शून्यताको फाइदा लिन सकिने ठान्नेहरु उसको चर्को विरोधमा उत्रिएका हुन्।
नेपालको राजनीतिक अस्थिरताबाट तेस्रो पक्षले खेल्ने ठाउँ बढाउँदै लगेको ठानेका भारतीयहरु प्रभाव गुम्ला वा घट्ला भन्नेमा सतर्क देखिन्छन्। अन्य अन्तर्राष्ट्रिय शक्तिहरुले उच्च राजनीतिक टोलीलाई काठमाडौँ पठाएको पठाएै छन्। शान्ति प्रक्रियामा सर्वत्र चासो छ। प्रक्रिया निर्णायक मोडतर्फ पुग्दै गर्दा जस वा अपजसको दुवै भारी बोक्नुपर्ने बाध्यता भारतलाई छ। लोकतान्त्रिक आन्दोलनको रोडम्याप तयार गर्दा अघोषित पक्षका रुपमा भारत पनि थियो भन्ने जगजाहेर छ। शान्ति प्रक्रिया असफल भए नेपाली माटोमा भारतविरोधी भावना झनै जाग्ने निश्चित छ। त्यसै त सामान्य विषयमा समेत भारतलाई दोष दिएर उन्मुक्ति पाउन खोज्ने राजनीति देशभित्र हाबी छ। त्यति बेला उग्र राष्ट्रवादी र उग्र दक्षिणपन्थी समूहहरु हाबी हुन्छन्, जो भारतविरोधी राष्ट्रवादको जगमा उभ्याएर शक्ति आर्जन गर्न अभ्यासरत छन्। यस्तो अवस्था आउन दिनेतर्फको मार्ग थुन्नैलाई भए पनि भारतलाई नेपालको शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्नेतर्फ सकारात्मक भूमिका खेल्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको हुनुपर्छ।
संविधानसभाको म्याद थप्न नमिल्ने सर्वोच्च अदालतको फैसलाले भारतीय पक्षलाई झस्काएको छ। दलहरु आन्तरिक कलहमा अल्भि्करहेको र संविधान निर्माणको मूलभूत विषयहरुमा सहमति नबनिसकेकाले समय गुज्रेला भन्ने चिन्ता उनीहरुमा देखिन्छ। अदालती निर्णयलाई नाघेर बढ्ने अवस्थासमेत नरहेकाले समयमै काम सक्न प्रधानमन्त्री बाबुराम भट्टराईमाथि चौतर्फी दबाब छ। कांग्रेस सभापति सुशील कोइरालाले अल्टिमेटम दिएर दबाब बढाइसकेका छन्। हतारमा रहेका प्रधानमन्त्रीले बखेडा झिकेको भन्दै स्वकीय सचिवमार्फत एमालेको आलोचना गरिसकेका छन्। 'गर वा मर' को अवस्थामा पुगेका भट्टराईकोे राजनीतिक भविष्य दाउमा छ। पार्टीभित्रको विपक्षीलाई नाघेर बढ्ने या उनीहरुसामु घुँडा टेकेर संविधान निर्माण गर्न सकिनँ भनेर आत्मसमर्पण गर्नेबाहेक बाटो छैन। पहिलो बाटो रोज्न कठोर निर्णयसँगै पार्टीभन्दा देश ठूलो भनेर बढ्नुपर्छ। दोस्रो बाटोले उनलाई पार्टीका लागि राजनीतिक बलिदानी दिने सिद्धान्तवादी नेतामा सीमित बनाइदिन्छ। तर, दलभित्र कमजोर सांगठनिक प्रभाव भए पनि अन्तर्राष्ट्रिय समर्थनले बनेको उचाइ ह्वात्तै घटाइदिन्छ। विशेषगरी भारतबाट प्राप्त हुँदै आएको समर्थन फेरि प्राप्त नहोला! उनको नेतृत्वको सरकारका पालामा संविधान निर्माण र शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुग्न सम्भव हुने आशासाथ देशभित्र र बाह्य शक्तिबाट समर्थन प्राप्त भएको हो। त्यही आशा पूरा गर्न नसक्दाको परिणाम उनको राजनीतिक भविष्यकै लागि अहितकर हुनसक्छ। अवसर पाउँदासमेत खुट्टा कमाइरहेका उनले दृढ भएर काम गर्ने आशा देशभित्र र बाहिर अद्यापि छ। देशभित्र र बाहिरबाट मिलिरहेको समर्थन र चालिएका षड्यन्त्रबीच उनी कठोर परीक्षाको घडीमा छन्।
भट्टराई सरकारले शान्ति प्रक्रियामा महत्वपूर्ण उपलब्धि हासिल गरेको ठम्याइ भारतीय पक्षको छ। विशेषगरी सेना समायोजनको संख्यामा सहमति ल्याउने काम यही सरकारको पालामा भएको हो। समायोजनलाई निर्णायक विन्दुमा पुर्याउनेतर्फ अड्चनहरु पैदा भए पनि सम्झौतामा नपुगी सुखै छैन। ढिलो वा चाँडो गर्नैपर्ने र भइछाड्ने काममा समय व्यतीत भइरहँदा संविधान निर्माणमा असर परिरहेको छ। सम्झौताका लागि आफ्नो दललाई अडानबाट पछि हट्न लगाउने वा अन्य दलहरुलाई लचक हुन मनाउने अवस्था बनाउनुपर्ने दबाब छ। सत्तामा रहेको र आफ्ना लडाकुलाई व्यवस्थापन गर्नुपर्ने बाध्यताका कारण माओवादी अडानबाट पछि हट्नुपर्ने हुनसक्छ। अन्य राजनीतिक सम्झौतामा लेनदेनबाट हिसाब मिलान हुनसक्ला।
राजनीतिक सहमति बन्नै लाग्दा बिग्रिहाल्ने परिस्थितिको मार प्रमुख दलहरुभित्रका नयाँ संविधान निर्माणका पक्षधरहरुले खेपिरहेका छन्। उनीहरुको आन्तरिक राजनीतिमा बढेको कलहको परिणाम समस्याहरु सतहमै देखिएका छन्। दल विशेषभित्र रहेको व्यक्तिगत टकरावको मूल्य सिंगो शान्ति प्रक्रियाले चुकाउनुपरिरहेको छ। दलहरुको आन्तरिक संघर्ष व्यवस्थापनमा देखापरेको कमजोरीबारे राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले चासो बढाउन थालेका छन्। भारतीय पक्षले दलहरुको आन्तरिक विवादका कारण शान्ति प्रक्रिया जोखिममा पर्न नहुने सन्देश प्रवाह गरेको छ। दलहरुभित्र अनावश्यक बखेडा बढ्दै जाँदा समस्या समाधानको बाटो निस्कनेभन्दा त्यसैमा रुमलिने अवस्था बन्छ। बखेडालाई नाघेर बढ्न नेतृत्वकै क्षमतामा निर्भर रहन्छ। त्यस्तो क्षमता विकसित गर्न भारतीय अधिकारीहरुले आग्रह गर्न थालेका छन्। विभिन्न तहबाट झकझक्याउने काम ह्वात्तै बढेको छ।
शान्ति प्रक्रियाको निर्णायक विन्दु नजिकिँदै गर्दा बाबुरामलाई दबाब बढ्दै गएको छ। सफल वा असफल जे भए पनि उनले अर्को प्रधानमन्त्रीलाई सत्ता छाड्नुपर्ने निश्चितप्रायः छ। सफल भए संयुक्त राष्ट्रिय सरकार बनाउने भित्री सहमति बनिसकेको छ। त्यसमा कांग्रेसले नेतृत्व लिने बलियो सम्भावना छ। असफल भए उनले राजीनामा दिनैपर्ने अवस्था बन्छ। तर, भट्टराईबाट सफलताका सम्भावनाहरु मौलाएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय दबाबले हदैसम्म काम गरेको छ। अन्तर्राष्ट्रिय समुदायमध्ये भारतले देशभित्रका राजनीतिक खेलाडीहरुमाथि दबाब बढाउँदै लगेको आभास हुँदैछ। शान्ति र संघीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्ने संविधानका लागि सकारात्मक परिणाम ल्याउने उद्देश्यले दबाब सिर्जना गरिएको हो भने यसलाई हस्तेक्षेप मान्नु पर्दैन।