ब्रिक्सको बल
१९ चैत्र २०६८
•
१३ मिनेट पाठ
ब्रिक्सको बल
दक्षिण कोरियाको सिओलमा आयोजित विश्व आणविक सुरक्षा सम्मेलनमा पुगेका भारतीय प्रधानमन्त्री मनमोहन सिंहले चीनजस्तो विशाल र गतिशील देशलाई रोक्न नसकिने स्पष्ट शब्दमा बताइदिए। चीनसँग सुमधुर सम्बन्ध र आपसी सहयोग अभिवृद्धि गर्ने भारतीय उद्देश्य रहेको पनि उनले त्यहाँ खुलाए।




एसियामा प्रभाव विस्तारका क्रममा दुई बलिया देशबीच सम्बन्धमा गतिरोध आएपनि भारर र चीनका सामु आर्थिक स्वार्थका कारण सम्बन्ध सुधारेर बढ्नुको विकल्प छैन। आर्थिक र राजनीतिक स्वार्थले दुवैलाई प्रतिस्पर्धी बनाएपनि कुनै मिलन बिन्दु तय गरेर अन्य शक्तिलाई उछिन्ने मार्ग विस्तार नगरी सुखै छैन।
नयाँ दिल्लीमा गत साताको अन्त्यमा सम्पन्न ब्रिक्स सम्मेलनमा चीन र भारतबीच असहमतिका कतिपय विषय दबाएर सम्बन्ध सुधारको थप तत्परता देखिने वातावरण बन्यो। उदीयमान दुई राष्ट्रहरूको आर्थिक स्वार्थ मिलापको सबैभन्दा दरिलो बिन्दु बन्दै आएको छ। दुवै एक अर्काका ठुला व्यापार साझेदार हुन्। द्विपक्षीय छलफलबाट समस्या समाधान गर्ने पहल दुवै देशबाट भएपनि पछिल्लो समय ब्रिक्स झनै सहायकसिद्ध बन्दै गएको छ। आर्थिक समृद्धितर्फ लम्किरहेका र शक्तिराष्ट्र बन्ने महत्वाकांक्षा रहेका रुससहित ब्राजिल र दक्षिण अफ्रिकासमेत संलग्न रहेबाट राजनीतिक एवं आर्थिक सहमतिको साझा बिन्दु तय भएका छन्। ब्रिक्सले सम्बन्ध बलियो बनाउन थप आधार निर्माण गर्दैलगेको छ। विशेषगरी विश्व शक्तिराष्ट्र बन्ने महत्वाकांक्षामा रहेका चीन र भारत दुवै देशलाई परस्पर सम्बन्ध अभिवृद्धि गर्ने थलो बनेको छ। साझा थलोबाट सदस्य देशले आआफ्नो आर्थिक एवं राजनीतिक स्वार्थ पूरा गर्ने दिशामा बलियो दबाव सिर्जना गर्नसक्ने अवस्था उत्पन्न हुँदैगएको छ। संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठनलगायत विश्वका शक्तिशाली आर्थिक एवं राजनीतिक संघसंस्थामा आफ्नो बलियो उपस्थिति सुनिश्चित गर्न भरपर्दो पाइला चाल्ने अभियान थालिसकेका छन्।
ब्रिक्सको स्थापनालाई प्रारम्भमा कम महत्व दिइएको थियो। ब्रिक्स स्थापना र विस्तारमा चीनको निहित स्वार्थ रहेकाले समस्या आउने आकलन गर्ने धेरै थिए। चीन र भारतजस्ता परस्पर विरोध देखिने देशहरू रहेको संस्था प्रभावकारी हुन नसक्ने टिप्पणी गरिएको थियो। नयाँ दिल्ली सम्मेलनमा ब्रिक्स देशहरूले संयुक्त बैंक खोल्नेदेखि एक आपसका मुद्राबाट व्यापार गर्नेसम्मको महत्वाकांक्षी योजना ल्याएबाट नयाँ सम्भावनाका नक्सा कोरिएको छ। अमेरिकी डलरको प्रभाव कम गर्नमात्र नभएर विश्व अर्थतन्त्रलाई प्रत्यक्षअप्रत्यक्ष नियन्त्रणमा राखिरहेको विश्व व्यापार संगठन, विश्व बैंक, अन्तराष्ट्रिय मुद्रा कोषलगायत शक्तिशाली आर्थिक संस्थाहरूमा पहुँच र प्रभाव बढाउने महत्वाकांक्षी योजना ल्याउने यिनले संकेत दिइसकेका छन्। विश्व व्यापार संगठनको आगामी प्रमुख नियुक्तिमा साझा उम्मेदवार अगाडि सार्ने प्रारम्भिक सहमति पनि ब्रिक्सका नेताहरूले गरे। मुद्रा कोषजस्ता संस्थाहरूको पुनःसंरचना र परिवर्तनमा भूमिका खेल्ने योजना सार्वजनिक भएअनुसार ब्रिक्स देशहरूले विश्व अर्थतन्त्रमा दिइरहेको योगदानअनुसारको स्थान खोजिरहेको देखिन्छ। अमेरिका, जापान र युरोपेली देशहरूको अन्तराष्ट्रिय आर्थिक संघसंस्थामा रहेको दबदबालाई घटाउने अभिप्रायअनुरूप तुरुप फ्याँकिएबाट नयाँ सम्भावना देखिने संकेत मिलेको हो।
विश्वको झन्डै आधा अर्थात् तीन अर्ब जनसंख्या रहेको ब्रिक्स देशहरूको आर्थिक प्रगतिको गति निकै तीव्र छ। विश्वको आर्थिक वृद्धिमा ५० प्रतिशत योगदान ब्रिक्स देशहरूले दिइरहेका छन्। पछिल्लो तथ्यांकअनुसार विश्व अर्थतन्त्रको करिब २० प्रतिशत हिस्सा ब्रिक्स देशहरूमा छ। चार महादेशको प्रतिनिधित्व रहेको पाँच देशको संगठनमध्ये सबै आआफ्नो महादेशमा शक्तिशालीमध्येकै हुन्। जापानलाई पछि पार्दै चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा उक्लिइसकेको छ। सन् २०११ को अन्त्यमा दक्षिण अमेरिकी देश ब्राजिल बेलायतलाई उछिनेर छैंठौ स्थानमा पुगेको छ। रुस र भारत दश ठुला अर्थतन्त्रभित्र पर्छन्। अफ्रिका महादेशको शक्तिराष्ट्र दक्षिण अफ्रिकाको आर्थिक वृद्धिले गति बढाउँदै लगेको छ। आर्थिक प्रक्षेपणहरूले यसै दशकमा या अर्को दशकको प्रारम्भमा चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ने देखाइरहेका छन्। उत्पादन र निर्यातमा केन्द्रित चीनले विश्वभर लगानी वृद्धि गर्दैलगेको छ। सेवा र दक्ष जनशक्तिमा आधारित अर्थतन्त्र रहेको भारत अबको ४० वर्षमा विश्वकै ठूलो अर्थतन्त्र बन्ने लक्ष्यका साथ आर्थिक वृद्धिमा निरन्तर सक्रिय छ। रुस, ब्राजिल र दक्षिण अफ्रिका कच्चा पदार्थको निर्यातबाट आर्थिक समृद्धि हासिल गरिरहेछन्। साधन र स्रोतको प्रयोग र परिचालनमा परिपक्व बन्दै गएका यी पाँच देशले अमेरिका र युरोपेलीहरूको विश्व अर्थतन्त्रमा रहेको प्रभुत्व समाप्त गर्न मोर्चाबन्दीजस्तै गरेको घटनाक्रमले देखाउँदैलगेको छ। ब्रिक्स बैंक विश्व बैंकलाई निस्त्रि्कय बनाउने उद्देश्यले खोल्न नलागेको भनिए पनि त्यहाँ विकसित देशहरूको प्रभाव घटाएर शक्ति सन्तुलन मिलाउन दबाब दिने योजना देखिन्छ। उनीहरूले त्यस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा बलियो उपस्थिति खोजिसकेका छन्। युरोप आर्थिक मन्दीसँग जुधिरहँदा समेत आर्थिक समृद्धिलाई सम्हालिरहेका विकासशील देशहरूलाई दबाब बढाउन सहज पनि भएको छ। विश्व अर्थतन्त्रमा मन्दी आउँदासमेत ब्रिक्स देशहरूको आर्थिक वृद्धि उच्च रहेकै छ। विश्व अर्थतन्त्रमा दिँदैआएको र बढाउँदै लगेको योगदानका कारण यस सम्बन्धी विषयमा गरिने निर्णयको प्रभावकारी हक आफूहरूमा समेत हुनुपर्छ भन्ने मान्यता उनीहरूमा देखिन्छ। यद्यपि, उनीहरूले चाहेजस्तो हक स्थापित गर्न नसकेको टिप्पणी पनि हुँदै भने आएको छ। विश्व अर्थतन्त्रको प्रमुख निर्णयकर्ता अमेरिकी र युरोपेली मुलुकहरू रहेसम्म ब्रिक्स देशहरूले समस्या भोगिरहनुपर्नेछ। व्यापार र लगानीका क्षेत्रमा पश्चिमाहरूको अनुकूल निर्णयकै बाध्यकारी साक्षी बन्नुपरेको छ। ठुला आर्थिक सम्मेलनहरूमा बेलाबखत असन्तुष्टि जनाएपनि आर्थिक सबालमा आपसी एकताको अभावले विकासशील देशहरूले महंगो मूल्य चुकाउनु परेको हो। उनीहरूको आवाज त्यत्तिकै दबिएर जाने गरेको छ। पछिल्लो समयमा ब्रिक्स देशहरूको तत्परताले विकसित देशहरूलाई त झस्काएको छ नै विकासशील देशहरूबीच अर्थतन्त्रमा परिवर्तन र पुनःसंरचनाका केही सबालमा मतैक्य हुँदैगएको छ। सन् १९४५ मा स्थापनायता पहिलोपटक विश्व व्यापार संगठन प्रमुखमा गैरअमेरिकीहरू प्रतिस्पर्धी बन्ने वातावरण बन्नु शुभसंकेत हो। विश्व अर्थतन्त्रमा अमेरिकी प्रभुत्व घटाउने र नयाँ आकार दिने पाइलाका रूपमा यसलाई लिन सकिन्छ।
ब्रिक्स सम्मेलनमा आपसी व्यापार वृद्धि र विश्व अर्थतन्त्रमा प्रभाव कायम गर्न बलियो एकताको खाका कोरेका पाँच देशले पश्चिम एसियामा बढ्दो तनावबारे साझा धारणा तयार गरे। युद्धको कालो बादल मडारिइरहेको त्यस क्षेत्रमा संवादबाट समस्याको हल खोजिनुपर्नेमा उनीहरूले जोड दिए। अमेरिका र युरोपका केही शक्तिशाली देशहरू शक्ति प्रयोगतर्फ लागिरहेको अवस्थामा ब्रिक्स देशहरूको पछिल्लो धारणाले सम्भावित युद्धको खतरालाई कम गर्न सक्छ। सिरियामा बाह्य देशको सैन्य आक्रमणको विपक्षमा रुस स्पष्ट देखिँदैआएको छ। इरानमाथि हुनसक्ने आक्रमणलाई रोक्न चीन र रुस लागेकै छन्। सबैभन्दा बढी तेल इरानबाटै आयात गर्दै आएको भारतका लागि पश्चिम एसियाको गतिरोध आफैँमा समस्या हो। ब्राजिल र दक्षिण अफ्रिका पनि सम्भावित बाह्य हस्तक्षेपको पक्षमा छैनन्। आर्थिक र राजनीतिक स्वार्थले मोर्चाबन्दी समानको अवस्थामा पुर्‍याएका देशहरूका लागि अबको चुनौती सामना गर्न आपसी समझदारीको विकल्प छैन। संयुक्त राष्ट्रसंघमा स्थायी सदस्य बन्न निरन्तर सक्रिय ब्रिक्सका तीन देशहरू भारत, ब्राजिल र दक्षिण अफ्रिकाका लागि चीन र रुसको साथ अनिवार्यजस्तै छ। राष्ट्रसंघमा भिटो प्रयोग गर्न पाउने यीनै दुई देश हुन्। यिनको समर्थनबिना स्थायी सदस्य बन्न सकिँदैन। जोडतोडका साथ उठिरहेको स्थायी सदस्य संख्या वृद्धिको सबाललाई सार्थक बनाउन अन्य प्रतिद्वन्द्वीलाई पछि पार्न उदीयमान विकासशील देशहरूबीचको बलियो समझदारी र समन्वय अनिवार्य छ। मनमोहन सिंहको चीनलाई रोक्न नसकिने बरु मिलेर जानुपर्ने भनाइको तात्पर्य यही देखिन्छ। दरिलो सहमति बनाउँदै लगे ब्रिक्सको शक्ति वृद्धि र विकासबाट विकासशील देशहरूले आर्थिक र राजनीतिक लाभ हासिल गर्न सक्छन्।
अर्को समाचार
ब्रिक्सभित्रको मतभेद: अमेरिकालाई नचिढ्याई पश्चिमा प्रभाव घटाउने दाउ
२८ भदौ २०८३
•
४ मिनेट पाठ
ब्रिक्सभित्रको मतभेद: अमेरिकालाई नचिढ्याई पश्चिमा प्रभाव घटाउने दाउ
विश्वका प्रमुख उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्सको नयाँ दिल्ली शिखर सम्मेलन भूराजनीतिक शक्ति सन्तुलन, आपसी कटुता र नयाँ विश्व व्यवस्थाको बहसबीच सम्पन्न भएको छ।




विश्वका शक्तिशाली नेताहरूलाई स्वागत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स राष्ट्रहरू अब विश्व नियमहरूको पालनाकर्ता मात्र नभई नियम निर्माता बन्नुपर्ने उद्घोष गरे।

सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, अबुधाबीका क्राउन प्रिन्स शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यान र दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा सहभागी थिए।

आपसमा लामो सीमा विवाद र सैन्य मुठभेडको इतिहास बोकेका यी देशहरू स्वभाविक मित्र भने होइनन्। सन् २०२० मा भारत र चीनबीच सीमामा घातक सैन्य झडप भएको थियो।

त्यस्तै, मध्यपूर्व युद्धमा इरान र संयुक्त अरब इमिरेट्स (यूएई) परस्पर विरोधी मोर्चामा छन्, जहाँ तेहरानले प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनहरूले यसै ब्रिक्स साझेदारलाई समेत प्रभावित पारेका छन्। यस्ता कटु प्रतिद्वन्द्वीहरूलाई एउटै मञ्चमा आमनेसामने जुटाउनुलाई कूटनीतिक वृत्तमा भारतको ठूलो सफलताका रूपमा हेरिएको छ।

यद्यपि, नयाँ विश्व व्यवस्थाको स्वरूप कस्तो हुने र ठोस परिणाम कसरी हासिल गर्ने भन्ने विषयमा सदस्य राष्ट्रहरूबीचको मतभेद भने सम्मेलनभर प्रस्टै देखियो।

चीन, रुस र इरानका लागि ब्रिक्स अमेरिका र पश्चिमी युरोपको भूराजनीतिक प्रभाव घटाउने मुख्य औजार बनेको छ। तर, भारत भने ब्रिक्सलाई पश्चिमा विरोधी गठबन्धनका रूपमा चित्रित गर्न तयार छैन। प्रधानमन्त्री मोदीले शिखर सम्मेलनमै यो समूह कसैको विरुद्धमा नरहेको प्रस्ट पारेका छन्।

अमेरिकासहितका शक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्न चाहने नयाँ दिल्लीका लागि यो भिन्नता निकै महत्त्वपूर्ण छ। भारतीय पूर्वराजदूत एवम् अनुभवी कूटनीतिज्ञ अनिल त्रिगुणायत भन्छन्, ‘समूहभित्रका केही देश यसलाई पश्चिमा विरोधी बनाउन चाहन्छन्, तर ब्रिक्स त्यो होइन। भारतले युद्धको यस युगमा ‘रणनीतिक स्वायत्तता’ र आपसी सहकार्य विस्तारलाई मुख्य जोड दिएको छ।’

यस वर्ष मन्त्रीस्तरीय दुईवटा बैठकहरू साझा वक्तव्य जारी गर्न असफल भए पनि शिखर सम्मेलनको पहिलो दिन नै नयाँ दिल्ली घोषणापत्र पारित हुन सफल भयो। तर, यस घोषणापत्रमा के लेखियो भन्दा पनि के लेखिएन भन्ने पक्ष बढी चर्चामा छ।

मध्यपूर्वको युद्धबारे घोषणापत्रले अधिकतम संयम अपनाउन आह्वान गर्दै नागरिक पूर्वाधार तथा शान्तिपूर्ण आणविक केन्द्रहरूमा भएका आक्रमणको निन्दा गरेको छ, तर कुनै पनि देशको नाम तोकिएको छैन।

त्यस्तै, संयुक्त राष्ट्रसंघको प्रस्ताव अनुकूल दुई-राज्य समाधानको समर्थन गर्दै प्यालेस्टिनीहरूको जबर्जस्ती विस्थापनको विरोध गरिएको छ। घोषणापत्रमा रुस-युक्रेन युद्धबारे कुनै उल्लेख गरिएको छैन।

व्यापारका सवालमा घोषणापत्रले ‘अविवेकपूर्ण ढंगले बढाइएका भन्सार महसुल’ (ट्यारिफ) र एकपक्षीय प्रतिबन्धप्रति चिन्ता व्यक्त गरेको छ। तर, यसमा पनि अमेरिकाको नाम उल्लेख नगरी वासिङ्टनलाई चिढ्याउनबाट जोगिने रणनीति अपनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि ब्रिक्सको सीमापार डिजिटल मुद्रा कारोबार योजनालाई अमेरिका विरोधी भन्दै चेतावनी दिएका थिए। त्यसैले ब्रिक्सका धेरै सदस्यहरू ट्रम्पको थप आक्रोश निम्त्याउन चाहँदैनथे।

इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण दोन्थीका अनुसार कुनै पनि देशको नाम नतोकी मध्यपूर्व संकटको निन्दा गरिनुमा भारतको कूटनीतिक छाप देखिन्छ। ‘ट्यारिफबारे कडा भाषा प्रयोग हुनु मेरा लागि सुखद आश्चर्य थियो, सायद भारतले आफ्नो असन्तुष्टि व्यक्त गर्ने यो उपयुक्त अवसर ठानेको हुन सक्छ,’ दोन्थीले भने।

सम्मेलनले केही महिनाअघिसम्म असम्भव प्रायः मानिएका उच्चस्तरीय द्विपक्षीय संवादहरूको ढोका खोलिदिएको छ। मध्यपूर्वमा युद्ध सुरु भएयता इरानी राष्ट्रपति पेजेस्कियान र अबुधाबीका क्राउन प्रिन्सबीच पहिलोपटक प्रत्यक्ष वार्ता भएको छ।

अमेरिका र इजरायलको सैन्य आक्रमण, नाकाबन्दी र वासिङ्टनको अपरेसन इकोनोमिक आउटकास्टको दबाब झेलिरहेको तेहरानका लागि यो सम्मेलन आफू विश्वमा एक्लो नरहेको देखाउने अवसर बन्यो। राष्ट्रपति पेजेस्कियानले भारत, मलेसिया र इथियोपियाजस्ता ब्रिक्स सदस्यहरूसँग आर्थिक सम्बन्ध थप बलियो बनाउन जोड दिए।

अर्कातर्फ, चिनियाँ राष्ट्रपति सी चिनफिङ सात वर्षपछि पहिलोपटक भारत भ्रमणमा आए। सन् २०२० को गलवान झडपपछि दुई देशबीच अविश्वास र ठूलो व्यापार असन्तुलन कायम छ।

मोदी र सीबीच विगतको जस्तो आत्मीय अङ्गालो नदेखिए पनि शिष्टाचारपूर्ण हात मिलाइएको थियो। राष्ट्रपति सीले शनिबारको रात्रिभोज बहिष्कार गरी २४ घण्टाभित्रै दिल्ली छोडे तापनि दुई देशबीच व्यापार अवरोध हटाउने, यातायात सम्पर्क विस्तार गर्ने र व्यावसायिक सम्बन्ध सुधार्ने सहमति भएको छ।

नयाँ दिल्ली शिखर सम्मेलनले पश्चिमा नियन्त्रणभन्दा बाहिर रहेर कटु प्रतिस्पर्धीहरूलाई पनि संवादको साझा थलो दिन ब्रिक्स सक्षम रहेको देखाएको छ।

यद्यपि, वर्तमान विश्व व्यवस्थाको विकल्प के हुने र त्यहाँसम्म कसरी पुग्ने भन्ने प्रश्नमा सदस्य राष्ट्रहरूबीचको गहिरो विरोधाभास अझै कायमै छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस