माओवादीको रूपान्तरण
०७ चैत्र २०६८
•
११ मिनेट पाठ
माओवादीको रूपान्तरण
प्रख्यात अमेरिकी दार्शनिक तथा प्रकृतिवादी चिन्तक डेभिड हेनरी थोरोले झन्डै दुईसय वर्ष अगाडि दुनिया समक्ष प्रस्तुत गरेका विचारहरू कालजयी र मननीय छन्। उनको सविनय अवज्ञाको नीति भारतीय स्वतन्त्रता संग्रामका निम्ति मार्गदर्शक र अचुक अस्त्र बन्यो। गान्धीको अहिंसावादी दर्शनमा धेरथोर थोराको प्रभाव देखिन्छ। नेपालको वर्तमा राजनीति र थोरोका कालजयी विचारहरूका बीचमा समेत कतै न कतै तादात्म्य देखिन्छ।
नेपालमा २००७ र २०६३ को जनक्रान्ति पश्चात् संक्रमणकाल अस्वाभाविकरूपमा लम्मिएको छ। संक्रमणकालका बारेमा पनि थोरोका विचार मननीय छ। उनले परम्परागत सामाजिक, आर्थिक व्यवस्थाको नवीकरण एवं पुराना संस्थाहरूको नवीन अन्वेषण, जनताका इच्छा आकंाक्षाको सम्बोधन र रुढीवादी मान्यतामा परिवर्तनप्रतिको उदासीनताले समाजमा संक्रमणकाल लम्मिने वा कायम रहने विश्लेषण गरेका छन्। आज नेपाली समाजले यही नियती भोगिरहेको छ। विसं २००७ सालको जनक्रान्तिपछिको अस्थिरता वा लामो संक्रमणकालको कारक पुरानो व्यवस्थाका हिमायती र परिवर्तनलाई रोक्न चाहने प्रवृत्ति थियो। त्यसको नेतृत्व तत्कालीन राजाले गरेका थिए। अन्ततः राजाकै नेतृत्वमा युगीन परिवर्तनमाथि प्रतिगामी प्रहार गरी क्रान्तिका उपलब्धि समाप्त गरियो। मुलुक अन्त्यहीन द्वन्द्वमा धकेलियो। अहिले फेरि २०६३ को ऐतिहासिक परिवर्तनलाई निस्तेज पार्ने षड्यन्त्र चलिरहेको छ। नेपाली जनताको साझा प्रयत्नबाट स्थापित राजनीतिक व्यवस्थालाई संस्थागत हुन नदिने प्रयत्न जारी छ। राजा त कुना पसिसकेका छन् तर उनको अधिनायकवादी विचारसँग तादात्म्य राख्ने कम्युनिस्ट शक्ति एनेकपा (माओवादी) अहिले त्यस्ता सबै प्रपञ्चको नेतृत्व गर्दैछ। उसले लिएको राजनीतिक मान्यताको कार्यान्वयन अहिले कुनै हालतमा पनि संभव नभएको यथार्थप्रति आँखा चिम्लिएर संक्रमणकाल लम्याउने माओवादी प्रपञ्चमा पुरानै प्रतिगामी षड्यन्त्रको लक्षण देखिएका छन्। संक्रमणजन्य अस्थिरता आफ्ना लागि उर्वर हुनसक्छ भन्ने माओवादीको विश्लेषण र निष्कर्ष यसको कारण हो। बाबुराम भट्टराई र मोहन बैद्य गुट स्पष्टतः चामल र बियँाजस्तै गरी छुट्टिएर पनि प्राविधिकरूपमा एकै ठाउँमा बसिरहनुको कारण सायद, यही राजनीतिक अस्थिरतालाई उपयोग गर्ने रणनीति हो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल स्वयंमा भने आफुलाई जसरी पनि सत्ताको केन्द्रमा राखिरहने लालचाबाहेक अब 'कम्युनिस्ट मोह' खासै बाँकी छैन भन्दा फरक नपर्ला। संसारका नवउदारवादी पुँजीवादी शासकका पाइने सबै प्रकारका चरित्र र विशेषताले भरिपूर्ण र परिपूर्ण माओवादी अध्यक्ष दाहाल संसदीय व्यवस्थामै भएपनि शासनको केन्द्रमा रहिरहन चाहन्छन्। कताकता शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणको राष्ट्रिय अभिभाराको बोध भएको हो कि भन्नेजस्ता व्यवहारसमेत उनी बेलाबखत देखाउँछन्। यद्यपि, यो पनि उनको तत्कालिक कार्यनीति हुनसक्छ। सतहमा संविधानमा लेखिने लोकतान्त्रिक पद्धति र अन्तर्यमा अभ्यास गरिने एकदलीय निरंकुशता माओवादीको मुख्य लक्ष्य रहेको सचेत नेपालीले बुझिसकेका छन्। यसका निम्ति अहिले जारी शान्ति प्रक्रियालाई आफ्नो अनुकूलतामा टुङ्ग्याउने र आन्तरिक योजनाअनुसार सत्ता कब्जाको दिशामा अगाडि बढ्ने माओवादी सोच बु‰न उति गाह्रो पनि छैन। यो बाटो संभव नभए वर्तमान अस्थिरताको धरातल उपयोग गरी 'ढाडमा टेकेर टाउकोमा हान्ने' पुरानै रणनीति त जिउँदै छ। नेपाली समाजले कहिलेसम्म वर्तमान राजनीतिक संक्रमण भोगिरहनु पर्ने हो भन्ने अनुमान गर्नै गाह्रो भइसक्यो। चिनियाँहरू कसैलाई श्राप दिनुपर्‍यो भने 'सधै संक्रमणकालमा बँाचिरहनु परोस्' भन्छन रे। उनीहरूले श्राप नदिएपनि हामी भने संक्रमणकालमा बाँच्न अभिशप्त छौँ।
विसं २०६३ को राजनीति परिवर्तन माओवादी बलबुतामा भएको थिएन। अझ त्यस परिवर्तनमा त उसको प्रत्यक्ष र घोषित नेतृत्व पनि थिएन। बाह्र बुँदे समझदारीले उसका नीम्ति समेत शान्तिपूर्ण जनआन्दोलनमा लाग्ने बाटो भने खुलेको थियो। माओवादी स्वयंले आफ्नो तागत र चाहनामा त्यो परिवर्तन भएको ठानेको देखिँदैन। अझ २०६३ बैशाख १२ गते अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराईले संयुक्त क्रान्तिकारी जनपरिषद्को अध्यक्षको हैसियतले 'संसद् पुनःस्थापना धोका हो, आन्दोलन जारी छ' भनेर दिएको वक्तव्यले त माओवादी पार्टीलाई त्यो परिवर्तनको स्वामित्व लिने नैतिक अधिकारबाट पनि वञ्चित गरेको छ। किन्तु, संविधानसभाको निर्वाचनबाट उसले ग्रहण गरेको आकार र तत्पश्चात नेपाली राजनीतिमा थालेको राइँदाइँ भने बहरले तोरी बारी माडेभन्दा पनि बढी नै देखिएको छ। उसले गर्दै नगरेको आशा र कल्पनामात्र गरेको सत्ता अकस्मात प्राप्त भएपछि प्रदर्शन गरेको उर्बौलोपनवाट नेपाली राजनीति नराम्रोसँग बिथोलिएको छ। लाग्छ, नेपाली राजनीतिले सही बाटो समात्न कि त माओवादी सुधि्रनुपर्छ नभए सकिनै पर्छ। दोस्रोभन्दा पहिलो विकल्पै राम्रो हो माओवादी र अरू सबैका लागि पनि। किनभने सुधि्रएको संस्था र मान्छे पहिलेबाटै राम्रोभन्दा राम्रो पनि हुनसक्छ। यद्यपि, माओवादीको वर्तमान चरित्र हेर्दा सुधि्रने संभावना खासै देखिदैन।
हामीले आजसम्म अभ्यास गरेको लोकतान्त्रिक प्रणाली पनि दोषरहित र सर्वगुणसम्पन्न राजनीतिक व्यवस्था होइन। तथापि, यस प्रणालीसँग तुलना हुनसक्ने अर्को शासन पद्धति अभ्यासमा देखिएको छैन। लोकतन्त्रले दमन, नियन्त्रण र हिंसालाई वर्जित गरेको हुन्छ। वास्तवमा यो प्रणालीले शासक जन्माउँदैन। तर माओवादी भने शासक जन्माउने पार्टी हो। यसैले उसको लोकतान्त्रिक दर्शनसँगै गम्भीर विमति रहेको हुनुपर्छ। माओवादी लोकतान्त्रिकरूपमा रूपान्तरित हुन चाहँदैन। यो कटु वास्तविकतालाई लोकतान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने राजनीतिक दलहरुले कति आत्मसात् गरेका छन्, त्यो हेर्न बाँकी नै छ। थोरो कै शब्द उद्धृत गर्ने हो भने 'त्यस्तो सरकार सर्वोत्तम सरकार हो, जसले कमभन्दा कम शासन गर्छ। सर्वोत्कृष्ट सरकारले त शासन नै गर्दैन, समन्वयमात्र गर्छ।' यही लोकतान्त्रिक मान्यताको आत्मा हो। माओवादीलाई कदाचित यो मान्यता स्वीकार्य छैन। बाँसको चोयाले बाँध्न सिकेको माओवादीले सनपाटको डोरी प्रयोग गर्ला भनेर आशा गर्न त सकिएला विश्वास गर्न निक्कै गाह्रो छ। तसर्थ, संविधानसभामा रहेका अन्य दलका नेताले 'जिउँदो सर्पको माला' जुनसुकै बेला प्राणघातक हुनसक्छ भन्ने यथार्थ आत्मसात् गर्नसक्नु पर्छ। अरूको उपस्थिति र अस्तित्वलाई स्वीकार गर्नै नसक्ने विचार/दर्शन अँगालेको माओवादीलाई लोकतन्त्रको पाठ पढाउनु 'भालुलाई पुराण सुनाउनु' जस्तै निरर्थक काम हो। विडम्बना, अहिले यही काम नगरी सुख छैन। पूर्वीयुरोपमा कम्युनिज्म ढलेपछि त्यहाँका कम्युनिस्ट पार्टीहरूले आफूलाई रूपान्तरण गरेजस्तै सबैको साझा र अविरल प्रयत्नले यहाँपनि माओवादीलाई बदल्न सकिने आशा मारिहाल्नु भने हुँदैन। नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका राजनीतिक दलहरूको सामूहिक दबाबबाट १२ बुँदे र विस्तृत् शान्ति सम्झौतालगायतका सबै आपसी समझदारी र सम्झौताको इमानदार पालना र कार्यान्वयन गर्न माओवादीलाई बाध्य नपारुन्जेल मुलुकले सहज निकास भेट्टाउन सत्तै्कन। हामीसँग सायद, तत्कालका लागि अरू उपाय र विकल्प छैन।
 

 
अर्को समाचार
माओवादीको विशेष रूपान्तरण अभियान भोलिदेखि, २५ लाख मतदातासँग भेट्ने
१५ भदौ २०८०
•
२ मिनेट पाठ
माओवादीको विशेष रूपान्तरण अभियान भोलिदेखि, २५ लाख मतदातासँग भेट्ने
नेकपा(माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान शनिवार(भोलि)देखि शुरु गर्ने भएको छ।  

माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुरूपको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ शुरु गर्ने भएको हो। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिवार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिए।

त्यसैगरी शनिवार नै दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखी अभियानको प्रारम्भ गर्ने बताए। अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रीय कमिटी सदस्यहरूलाई कार्यक्षेत्र तोकिसकेको छ। अभियानको शुभारम्भ गर्न पार्टीका पदाधिकारीहरू खटिइसकेका उनले बताए।  जस अनुसार अध्यक्ष पुष्पकमल दाहालले चन्द्रागिरि नगरपालिका वडा नं. २ काठमाडौं घट्टेडाँडाँ पार्कको कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि ललितपुरमा जानेछन्। 

उपाध्यक्षहरूमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, अग्निप्रसाद सापकोटा लिसंखुपाखर ३ सिन्धुपाल्चोक र पम्फा भुसालले ललितपुर महानगरपालिका २२ ललितपुरको जिम्मेवारी लिनुभएको प्रवक्ता सापकोटाले जानकारी दिए। 

महासचिव देवप्रसाद गुरुङले सुन्दर बजार नगरपालिका ८ भोटे ओडार लमजुङको जिम्मेवारी लिएका छन भने उपमहासचिवहरू गिरिराजमणि पोखरेलले गोकर्णेश्वर नगरपालिका ४ काठमाडौं, वर्षमान पुन काठमाडौँ महानगरपालिका १६ गंगबु काठमाडौँ, हरिबोल गजुरेलले कमलामाई नगरपालिका सिन्धुली, जर्नादन शर्माले चन्द्रागिरि नगरपालिका वडा नं. २ काठमाडौं, शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ जाजरकोट र मात्रिकाप्रसाद यादवले वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतको जिम्मेवारी लिएका छन। 

त्यसैगरी सचिवहरूमा दिनानाथ शर्मालाई वागलुङ नगरपालिका १२ वागलुङ, चक्रपाणि खनाललाई विराटनगर नगरपालिका १८ मोरङ, देवेन्द्र पौडेललाई पोखरा महानगरपालिका २० कास्की, लिलामणि पोखरेललाई बर्दिबास नगरपालिका महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका १० बानेश्वर काठमाडौं, हितमान शाक्यलाई सिस्ने गाउँपालिका ६ रुकुमपूर्ण, हितराज पाण्डेलाई पालुङटार नगरपालिका ६ गोरखा, डिलाराम आचार्यलाई धनगढी उपमहानगरपालिका १६ कैलाली, सुरेन्द्रकुमार कार्कीलाई बुद्ध शान्ति गाउँपालिका ४ झापाको जिम्मेवारी तोकिएको छ भने कोषाध्यक्ष श्रीराम ढकाललाई चन्द्रागिरि नगरपालिका २ काठमाडौँको जिम्मेवारी दिइएको छ।

माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ। अभियानको क्रममा त्यस्तै नवीकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पुर्‍याउने लक्ष्य राखिएको जनाइएको छ। अभियानको क्रममा कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरूको बारेमा जानकारी गराउने बताइएको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस