संवैधानिक समितिको मंगलबारको बैठकमा एनेकपा (माओवादी) का प्रतिनिधि देव गुरुङको जोड थियो, विवादास्पद विषय संविधानसभाको पूर्ण बैठकमा लगेर टुंगो लगाऊँ। माओवादीभित्र प्रतिपक्षीको हैसियत राख्ने गुरुङको यस्तो मनसाय लोकतान्त्रिक पद्धति, विधिको शासनविपरीत हो भन्न मिल्दैन। उनले लोकतान्त्रिक अभ्यासअनुसारै संविधानसभाको गणितका आधारमा विवादहरू टुंगो लगाउने अवधारणा अघि सारेका हुन्।
गुरुङको अभिव्यक्तिमाथि प्रश्न गर्न मिल्दैन। उनले व्यवस्थापिका संसद्बाटै छिनोफानो गरौँ भनेका हुन्। उनको नियतमा प्रश्न उठाउने आधार उनको भूमिकाले स्पष्ट गर्छ। संवैधानिक समितिअर्न्तगत विवाद समाधान समितिले मिलाएका विवादहरू बल्झाउने हैसियत राख्छन् गुरुङ।
दाहाल अध्यक्षताको विवाद समाधान उपसमितिमा प्रमुख दलका शीर्ष नेताहरू छन्। तिनीहरूले मिलाएका मुद्दाहरूसमेत बल्झाएको गुरुङको भूमिकाको आकलन गर्दै उनका भनाइहरूको विश्लेषण हुन आवश्यक छ। त्यसो त गुरुङको 'प्रोसेस'बाट अघि बढौँ भन्ने चाहना पहिलो पटक मुखरित भएको होइन। उनी पटकपटक यसै भन्दै आएका छन्। कोरा माओवादको चिन्तन पस्कँदै जनवादको वकालत गर्ने र जातीयताको हतियार प्रयोग गरेर लोकतन्त्रका मूल्य पद्धतिमाथि प्रहार गर्ने गुरुङको बोलवाला बढ्दो छ माओवादीमा । माओवादीमा गुरुङ एक प्रतिनिधि पात्र हुन्। उनीहरूको गुटको नेतृत्व मोहन वैद्यले गरिरहेका छन् जो अहिले पनि 'नयाँ जनयुद्ध' को आवश्यकता वकालत गरिरहेका छन्। यस अर्थमा गुरुङको सविधानका विवादास्पद मुद्दा संविधानसभामा लगौँ भन्ने भनाइमा संविधान नबनाउने खेल देखिन्छ। विवादास्पद मुद्दाहरू संविधानको पूर्ण बैठकमा लग्ने हो भने निश्चित छ, संविधान बन्दैन। संविधान निर्माण गर्दा, प्रत्येक धाराहरू संविधानसभाको दुई तिहाइबाट अनुमोदन हुनुपर्ने संवैधानिक प्रावधान छ। सरकार बनाउन र चलाउन आवश्यक सामान्य बहुमतको राजनीतिक अभ्यासको पुष्ठभूमिमा दुई तिहाइको जोडघटाउले मुलकलाई राजनीतिक भाँडभैलौको अवस्थामा लैजाने देखिन्छ। त्यसो त संवैधानिक समितिमा गुरुङमात्र होइन, समितिका सभापति नीलाम्बर आचार्यको आशय पनि त्यस्तै छ रे। आचार्यको सोच र चाहना गुरुङको जस्तै संविधान बन्न नदिने अर्न्तनिहित उद्देश्यजस्तो नहुन सक्छ। विवादका डंगुरहरू र विवादास्पक मुद्दामा दलहरूको फरक मान्यताका आचार्यले आजित भएर यस्तो अभिव्यक्ति दिएको अनुमान गर्न सकिन्छ। आचार्य साँच्चिकै थाकेका हुन् भने उनले आफ्नो विकल्प खोल्नुपर्छ। संवैधानिक समितिको सभापतिजस्तो गहन जिम्मेवारी आफैँमा चुनौतीपूर्ण हो। आफ्नो सजिलोका लागि विवादहरू संविधानसभामा पठाएर तमासा हेर्न आचार्यजस्ता पाका राजनीतिज्ञलाई सुहाउँदैन। संविधानसभामा लैजानुलाई लोकतन्त्रको शास्त्रीय परिभाषाअनुसार प्रश्न उठाउन मिल्दैन। तर, हाम्रो राजनीतिक अभ्यासको वास्तविक धरातल बिर्सेर गणितको आधारमा संविधान बनाइयो, अभ्यास गरियो भने त्यसले मुलुकमा विग्रह उत्पन्न गर्छ। आज फेरि संवैधानिक समितिको बैठक बस्ने कार्यक्रम छ। करिब छ दर्जन सदस्यहरू रहेको समितिमा गुरुङ र आचार्यको चाहनाकै आधारमा संविधानसभामा लग्ने निर्णय हुन सक्दैन। तर, लामो समयसम्म संवैधानिक समितिलाई निष्त्रि्कय राखिरहने हो भने भने संविधानसभाबाटै विवादास्पद मुद्दा टुंगो लगाउने दिन टाढा छैन।
अब के गर्ने त? उत्तर मुलुकका प्रमुख राजनीतिक दलका नेताहरूसँग मात्र छ। त्यसैले अब संविधान बनाउन तीन महिना पनि छैन भन्ने प्रश्नभन्दा पनि मूलतः तीन दलका नेताहरूले जिम्मेवारीबोध गर्ने बेला हो यो। दिनैपिच्छेका बैठक, पछिल्लो समय प्रमुख तीन नेताबीच कामको जिम्मेवारी भागबन्डा गरेको अवस्था र प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी लडाकु समायोजनबारे दिएका गुलिया आश्वासनहरूको कसीमा संविधान बन्ने आशा पलाएको छ । नेताहरू इमानदार हुन सके संविधान बन्न नेपाली कांग्रेस सभापति सुशील कोइरालाले भनेजस्तै एक साता पनि लाग्दैन। सुशील माओवादीलाई जिम्मेवार हुन आग्रह गर्दै आएका छन्। जबाफदेही र जिम्मेवारीका आधारमा नेताहरूमा कमबेसी मात्र हो, सबैमा कमीकमजोरी देखिन्छन्। सबैले कुनै न कुनै किसिमले संविधान निर्माणको गतिलाई अवरोध पुर्याएका छन्।
संविधान निर्माणमा अवरोध मुख्यतः तीन मुद्दा हुन्, शान्ति प्रक्रिया, शासकीय स्वरूप र संघीयता। माओवादीले पटकपटक ब्रिगेडियर जनरल पाउनुपर्ने, शासकीय स्वरूपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति आफ्नो दलको 'बटमलाइन' भन्दै आएको छ। कांग्रेस, नेकपा (एमाले) लगायत दलहरू माओवादीको बटमलाइनलाई अहिलेसम्म कमजोर बनाउने रणनीतिमा मात्र रमाइरहेका छन्। विरोध र प्रतिक्रियाको राजनीतिले मात्र निकास दिने होइन। घटनाहरूले माओवादी आफ्नो बटमलाइनबाट धेरै पछि नहट्ने, बरु उसको चाहनाअनुसार मुलुकको राजनीति अघि बढ्ने संकेत देखिँदैछ। लडाकु समायोजन विशेष समितिमा रहेका कांग्रेस र एमालेका सदस्यहरू प्रधानमन्त्रीसँग बैठक बोलाउन पत्रमार्फत सार्वजनिक याचना गर्दैछन्। उता प्रधानमन्त्री भट्टराई भने सेना प्रमुखको प्रेस्त्रि्कप्सनमा शान्ति प्रक्रियालाई गति दिन उन्मुख देखिन्छन्, उनी सेनालाई अघि सारेर आफ्नो अभीष्ट पूरा गर्ने उद्यम गर्दैछन्। विभागीय मन्त्री र विशेष समितिलाई लत्याएर प्रधामन्त्री आफैँले प्रधानसेनापति छत्रमान गुरुङबाट अवधारणा लिनु अचम्मको कुरा हो। 'नन पेपर' नाम दिइएको सैनिक प्रमुखको पछिल्लो राजनीतिबारे सेना मुख्यालमै प्रश्न उठेको भए पनि दलका नेताहरूले खासै विरोध गरेका छैनन्। सैनिक प्रमुखको 'नन पेपर' ले माओवादीका विरोधीको मागलाई पनि सम्बोधन गरेको र कांग्रेस र एमाले नेतृत्वले समेत जमेर विरोध नगरेको अहिलेको अवस्थाले शान्ति प्रक्रियाले गति लिनसक्ने संकेत देखिँदैछ।
शासकीय स्वरूपको मुद्दामा दलहरू आपसमा लेनदेन गर्नेबाहेक निर्णयमा पुग्ने अर्को विकल्प छैन। माओवादी प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको अडानबाट पछि हट्ने स्थिति छैन। कांग्रेसको संसदीय व्यवस्था, एमालेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मधेसवादीहरू विभाजित अवस्थामा रहनु नै माओवादीका लागि रणनीतिक फाइदा हो। प्रत्यक्ष निर्वाचित कार्यकारी हुनपर्छ भन्ने मनोविज्ञानले पनि माओवादीलाई नै सहयोग गरिहेको अहिलेको अवस्थालाई कांग्रेस, एमालेले आत्मसात गरेको देखिँदैन। अडानको राजनीति त्यागेर कांग्रेस, एमालेले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीलाई कसरी निरंकुश बन्न नदिने भन्ने प्रश्नमा केन्द्रित हुन उचित हुन्छ।
संघीयताबारे दलहरू मिलनविन्दुमा आउन अझै समस्या छन्। संघीयता अझ पेचिलो मुद्दा बन्दै गएको छ। राज्य पुनर्संरचना आयोगको प्रतिवेदन बेवारिस बनेको घटनाले धेरै कुरा बताउँछ। संविधानसभाको राज्य पुनर्संरचना समितिले मुलुकलाई जातीय आधारमा १४ प्रदेशमा बाँडेको थियो। आयोगले त्यही प्रतिवेदनलाई गणेश थापेर गैरभौगोलिक दलितसहित ११ प्रदेश सिफारिस गर्यो। अहिले आयोगको प्रतिवेदन के गर्ने भन्ने अन्योल छ। माओवादीको एउटा खेमा राज्य पुनर्संरचना समितिमा लग्नुपर्छ भन्दैछ। करिब एक महिनादेखि सभामुख सुवास नेम्वाङको जिम्मामा पुगेको प्रतिवेदनलाई कांग्रेस, एमाले संवैधानिक समितिमा पुर्याउन चाहन्छन्। समितिको प्रतिवेदनबाट सबै दलका राजनीतिक नेतृत्वको चित्त नबुझेको पृष्ठभूमिमै आयोग गठन भएको हो। अब शीर्ष नेताहरूसामु संघीयताबारे धेरै विकल्प छैनन्। दुइटा प्रतिवेदनको वर्णशंकर संघीयताको खाका कोर्ने वा संघीयताबारे जनमत लिने। यस्तो अवस्थामा संघीयतालाई थाँती राखेर बाँकी संविधान जारी गर्न सकिन्छ।