अब ८ नाकाबाट सिंहदरबार घेर्छौँ: कमल थापा-
काठमाडौँ, फागुन १० (नागरिक)- अन्तरिम संविधानले निर्क्यौल गरिसकेका विषयहरु संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने मागका साथ कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गरेको उपत्यका बन्दले काठमाडौँको जनजीवन प्रभावित भएको छ।
निजी मोटरसाइकलहरु चलेको देखिए पनि सार्वजनिक सवारी साधन पूरै ठप्प रहेका छन्। सडकमा हिँडेरै बटुवाहरु गन्तव्यतर्फ लागिरहेका छन्। मुख्य स्थानका बजार र पसलहरु, शिक्षण संस्था, कलकारखाना बन्द छन्।
बन्दका क्रममा पाँचसयभन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आरोप राप्रपा नेपालले लगाएको छ। बिहानै गिरफ्तार हुनेमा शाही शासनमा सञ्चारमन्त्री रहेका टंक ढकाल पनि परेका छन्। ‘घरमा सुतिरहेकै मानिसलाई समेत उठाएर लगेका छन्,' राप्रपा नेपालका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले नागरिकन्युजसँग भने, ‘हामीले जायज माग लिएर आन्दोलन गर्दा सरकार कडारुपमा उत्रिएको छ।'
गुरुङका अनुसार कलंकीमा सुतिरहेका स्याङ्जाका जयनारायण श्रेष्ठ लगायतका कार्यकर्तालाई बिहानै प्रहरीले गिरफ्तार गरेको हो। पाटनबाट राप्रपा नेपालो युवा मोर्चाका सह संयोजकसहित एक टोलीलाई प्रहरीले गिरफ्तार गरेको उनले बताए।
नेपाल बन्द सफल पार्न राप्रपा नेपालले उपत्यकाका तीनवटै जिल्ला तथा उपत्यका बाहिरबाट पनि कार्यकर्ता राजधानीमा उतारेको छ। ‘संगठनात्मक हिसाबले हामी कमजोर भएपनि हाम्रो माग जनताको पक्षमा रहेकाले बन्द सफल गराउन सबैतिरबाट सहयोग भइरहेको छ,' उनले भने।
बन्दलाई ध्यानमा राख्दै काठमाडौँका चोकचोकमा जनपद र सशस्त्र प्रहरी खटाइएको छ। आन्दोलनकारीले बल्खुमा एउटा सवारी साधनमा तोडफोड गरेका छन्।
लोकतन्त्रको आन्दोलनमा तत्कालीन राजा ज्ञानेन्द्रका मुख्य सहयोगीको भूमिका निर्वाह गरेका तत्कालीन गृहमन्त्री कमल थापाको दल राप्रपा नेपालले पहिलो पटक बन्दको आह्वान गरेको हो। दलले भोलि सिंहदरबार घेराउको कार्यक्रम राखेको छ।
अब ८ नाकाबाट सिंहदरबार घेर्छौँ: कमल थापा
उपत्यका बन्दका लागि राप्रपा नेपालले बिभिन्न जिल्लाबाट शनिबार र आइतबार कार्यकर्ता राजधानी भित्र्याएको छ। संविधानसभामा प्रतिनिधित्व गर्नेमध्ये राप्रपा नेपाल र बामपन्थी दल राष्ट्रिय जनमोर्चा संघीयताको विरोधमा आन्दोलन गर्दै आएका छन्।
को हुन् कमल थापा ?
जनआन्दोलन २०६२/६३ चलिरहँदा जनघृणाको पात्र बनेका कमल थापा ज्ञानेन्द्र शाह मन्त्रिपरिषदको शक्तिशाली गृहमन्त्री हुन्। सडक आन्दोलनबाट ११ बैसाख २०६३ मा ज्ञानेन्द्र अध्यक्षताको मन्त्रिपरिषद बिगठनपछि थापालाई रायमाझी आयोगले पद, पैसा र सत्ताको दुरुपयोग गरी जनआन्दोलन दमन गरेको ठहर गरेको थियो। सो अभियोगमा थापालाई माघ १५, २०६३ मा प्रहरीले गिरफ्तार गर्यो। त्यसको केही समयपछि उनी हिरासतमुक्त भए।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको सत्तामा सहभागी हुने-नहुने विवादले राप्रपाबाट अलग भएको कमल थापा सहितको तप्का जनआन्दोलनको सफलतापछि राजनीतिक हिसाबले भिजेको मुसोजस्तो देखिएको थियो। संविधानसभाको निर्वाचनअघि थापाले आफ्नो अध्यक्षतामा गठन गरेको राप्रपा नेपालले उठाएका मागहरु संवैधानिक राजतन्त्र, संघीयता र धर्मनिरपेक्ष राज्य बारे जनतम संग्रह गरिनुपर्ने भन्ने धारणा मूलधारका दलहरुभन्दा फरक थिए। तर उनी तिनै माग लिएर काठमाडौं ५ र मकवानपुर ३ बाट चुनावमा होमिए। यो बीचमा उनले माओवादी कार्यकर्ताको हातबाट कालोमोसो र आक्रमणको सामना गर्नुपर्यो। कुशल राजनीतिक खेलाडीको रुपमा चिनिएका थापालाई चुनावमा जनताले पत्याएनन् तर उनको दल समानुपातिक कोटामा ४ सिट पाउन सफल भयो। र, संविधानसभा प्रवेश गर्यो।
कुनै बेला दलहरुविरुद्ध कडा रुपमा खनिने कमल थापा पछिल्लो समयमा घरि माओवादीप्रति लचिलो त घरि कांग्रेसलाई मनपर्ने भाषण गर्दै आफ्ना गतिविधि बढाउँदै छन्। ठूला दललाई नचिड्याइ थापा नेपालका सबै राजनीतिक शक्तिले छाडिसकेको राजसंस्थाको वकालत गरिरहेका छन्। सोमबारको बन्दको एउटा मुख्य एजेन्डा पनि त्यही हो।
काठमाडौँ, फागुन १० (नागरिक)- अन्तरिम संविधानले निर्क्यौल गरिसकेका विषयहरु संवैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संघीयताबारे जनमत संग्रह गर्नुपर्ने मागका साथ कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले गरेको उपत्यका बन्दले काठमाडौँको जनजीवन प्रभावित भएको छ।
निजी मोटरसाइकलहरु चलेको देखिए पनि सार्वजनिक सवारी साधन पूरै ठप्प रहेका छन्। सडकमा हिँडेरै बटुवाहरु गन्तव्यतर्फ लागिरहेका छन्। मुख्य स्थानका बजार र पसलहरु, शिक्षण संस्था, कलकारखाना बन्द छन्।
बन्दका क्रममा पाँचसयभन्दा बढी नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको आरोप राप्रपा नेपालले लगाएको छ। बिहानै गिरफ्तार हुनेमा शाही शासनमा सञ्चारमन्त्री रहेका टंक ढकाल पनि परेका छन्। ‘घरमा सुतिरहेकै मानिसलाई समेत उठाएर लगेका छन्,' राप्रपा नेपालका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले नागरिकन्युजसँग भने, ‘हामीले जायज माग लिएर आन्दोलन गर्दा सरकार कडारुपमा उत्रिएको छ।'
गुरुङका अनुसार कलंकीमा सुतिरहेका स्याङ्जाका जयनारायण श्रेष्ठ लगायतका कार्यकर्तालाई बिहानै प्रहरीले गिरफ्तार गरेको हो। पाटनबाट राप्रपा नेपालो युवा मोर्चाका सह संयोजकसहित एक टोलीलाई प्रहरीले गिरफ्तार गरेको उनले बताए।
नेपाल बन्द सफल पार्न राप्रपा नेपालले उपत्यकाका तीनवटै जिल्ला तथा उपत्यका बाहिरबाट पनि कार्यकर्ता राजधानीमा उतारेको छ। ‘संगठनात्मक हिसाबले हामी कमजोर भएपनि हाम्रो माग जनताको पक्षमा रहेकाले बन्द सफल गराउन सबैतिरबाट सहयोग भइरहेको छ,' उनले भने।
बन्दलाई ध्यानमा राख्दै काठमाडौँका चोकचोकमा जनपद र सशस्त्र प्रहरी खटाइएको छ। आन्दोलनकारीले बल्खुमा एउटा सवारी साधनमा तोडफोड गरेका छन्।
लोकतन्त्रको आन्दोलनमा तत्कालीन राजा ज्ञानेन्द्रका मुख्य सहयोगीको भूमिका निर्वाह गरेका तत्कालीन गृहमन्त्री कमल थापाको दल राप्रपा नेपालले पहिलो पटक बन्दको आह्वान गरेको हो। दलले भोलि सिंहदरबार घेराउको कार्यक्रम राखेको छ।
अब ८ नाकाबाट सिंहदरबार घेर्छौँ: कमल थापा
उपत्यका बन्दका लागि राप्रपा नेपालले बिभिन्न जिल्लाबाट शनिबार र आइतबार कार्यकर्ता राजधानी भित्र्याएको छ। संविधानसभामा प्रतिनिधित्व गर्नेमध्ये राप्रपा नेपाल र बामपन्थी दल राष्ट्रिय जनमोर्चा संघीयताको विरोधमा आन्दोलन गर्दै आएका छन्।
को हुन् कमल थापा ?
जनआन्दोलन २०६२/६३ चलिरहँदा जनघृणाको पात्र बनेका कमल थापा ज्ञानेन्द्र शाह मन्त्रिपरिषदको शक्तिशाली गृहमन्त्री हुन्। सडक आन्दोलनबाट ११ बैसाख २०६३ मा ज्ञानेन्द्र अध्यक्षताको मन्त्रिपरिषद बिगठनपछि थापालाई रायमाझी आयोगले पद, पैसा र सत्ताको दुरुपयोग गरी जनआन्दोलन दमन गरेको ठहर गरेको थियो। सो अभियोगमा थापालाई माघ १५, २०६३ मा प्रहरीले गिरफ्तार गर्यो। त्यसको केही समयपछि उनी हिरासतमुक्त भए।तत्कालीन राजा ज्ञानेन्द्र शाहको सत्तामा सहभागी हुने-नहुने विवादले राप्रपाबाट अलग भएको कमल थापा सहितको तप्का जनआन्दोलनको सफलतापछि राजनीतिक हिसाबले भिजेको मुसोजस्तो देखिएको थियो। संविधानसभाको निर्वाचनअघि थापाले आफ्नो अध्यक्षतामा गठन गरेको राप्रपा नेपालले उठाएका मागहरु संवैधानिक राजतन्त्र, संघीयता र धर्मनिरपेक्ष राज्य बारे जनतम संग्रह गरिनुपर्ने भन्ने धारणा मूलधारका दलहरुभन्दा फरक थिए। तर उनी तिनै माग लिएर काठमाडौं ५ र मकवानपुर ३ बाट चुनावमा होमिए। यो बीचमा उनले माओवादी कार्यकर्ताको हातबाट कालोमोसो र आक्रमणको सामना गर्नुपर्यो। कुशल राजनीतिक खेलाडीको रुपमा चिनिएका थापालाई चुनावमा जनताले पत्याएनन् तर उनको दल समानुपातिक कोटामा ४ सिट पाउन सफल भयो। र, संविधानसभा प्रवेश गर्यो।