आपराधिक गतिविधिमा नाम जोडिएकाहरू सत्ता र शक्तिधारीका पछाडि झुम्मिनु नेपाली राजनीतिको स्वाभाविक चरित्र भइसकेको छ। नयाँ अपराधी समूह खडा गर्नेहरू राजनीतिक संरक्षणमा सशक्त बन्दै गएका छन्। लोकतन्त्र स्थापनापछि राज्यको पुर्नसंरचना सुस्त रहेपनि अपराधी सञ्जालको संरचना तीव्र भएको छ।
अपराध गरेपछि मात्र हैन गर्नकै लागि राजनीतिज्ञको साथ र संरक्षण खोज्ने परिपाटी विकसित भएको छ। अपराधी र राजनीतिकर्मीको सम्बन्ध र फाइदा दोहोरो छ। अपराधीको साथ लिएर आफूलाई सामर्थ्यवान बनाउने प्रतिष्पर्धा दल र राजनीतिकर्मीमा छ। अपराधी सपार्छु भन्दै हिंड्ने नेता धेरै आए तर तिनको भूमिका सपार्नभन्दा अपराधको गुणात्मक विकासमा सहयोगी बन्यो।
अपराधीलाई सुधार्नेभन्दा बिगार्ने शैलीको पद्धति र प्रणाली प्रचलनमा रहेको हाम्रोजस्तो समाजमा कुनै ठूलो अपराधी सप्रिएको उल्लेख्य उदाहरण भेटिएको छैन तर टापटिपे अपराधबाट हुर्किएर 'डन' बनेका उदाहरण प्रशस्तै छन्। पञ्चायतकालमा त्यस्ता डनले सर्वसाधारणलाई सताउने गर्थे। सत्ता र शक्ति भएका राजनीतिकर्मीको आडमा तिनीले अपराधको बेग्लै साम्राज्य बनाएको इतिहास साक्षी छ। जघन्य अपराधमा संलग्न त्यस्ता डनहरू आज पर्यन्त समाजमा हैकम देखाएरै बाँचेका छन्। न त तिनले आफूलाई सुधारे न त समाजलाई सुधार्न पहल गरे। बरु नयाँ डन जन्माउने श्रेय पाए। संरक्षण गर्ने नेताको ऊर्जा बनिरहे। चेलीहरूको बलात्कारपछि हत्यासम्म भयो तर घटनाका अभियुक्तले सजिलै उन्मुक्ति पाए। पञ्चायतको अन्धकारमा समेत देखिनेगरी भएका अपराधका अभियुक्तले अघोषित माफी पाइसकेका छन्। लोकतन्त्रको उज्यालोमा अपराध गर्नेले उन्मुक्ति पाउने क्रमले गति लिएको छ। दल र नेताहरू अपराधीमाथि चलेका मुद्दा फिर्ता गरेर उन्मुक्ति दिने होडमा लागेका छन्। अब त यस्तो उन्मुक्ति सत्ता समीकरणको एउटा आधार पो बन्न थालेको छ।
लोकतन्त्र स्थापनापछि राजनीतिक शक्ति सन्तुलनमा निकै परिवर्तन आएको छ। माओवादी शक्तिशाली बन्दै गयो। ग्रामीण भेगमा प्रभाव जमाइआएका माओवादी सहरी राजनीतिमा प्रवेश गर्दा अपराध साम्राज्यमा खैलाबैला मच्चियो। डनहरू माओवादी कार्यकर्ताको हुलद्वारा उनीहरूकै शब्दमा 'जनकारबाही' मा पर्नथाले। अपराधीको आतंक कम भएको भान पर्नथाल्यो। सस्तो लोकप्रियताका लागि राजनीतिक स्वार्थमा गरिएका गतिविधि समाजका लागि स्वतः प्रत्युत्पादक हुने नै भयो। अपराध साम्राज्यमा कहलिएकाले राजनीतिको बाक्लो मुकुन्डो भिरे। केही त आफैँ माओवादी कार्यकर्तामा रूपान्तरितै भए।
माओवादीले डनहरूलाई सुधार्न अभियान थालेको तर्क हिसिला यमीले सार्वजनिक रूपमै गरेकी थिइन्। चुनावी दाउपेचअन्तर्गत डनहरूलाई हातमा लिएर माओवादीले ठूलै उपलब्धि हात पनि पार्यो। माओवादीको डन तह लगाउने रणनीतिले कति जनालाई सुधार्यो भन्ने उत्तर सयाद कसैसँग पनि छैन। बरु डनसँगको संगतबाट 'जनयुद्ध' को सिद्धान्त रटेकाहरू अपराधी गतिविधिमा सक्रिय भए। रक्तचन्दनदेखि यार्सागुम्बा तस्करीको सञ्जालमा संलग्नहरूको सूची उग्रपन्थी कम्युनिस्टको परिचय बनाएका मातृका यादवसँग पक्कै होला।
उपप्रधानमन्त्री र गृहमन्त्री विजयकुमार गच्छदारले अपराधमा संलग्नलाई सुधार्ने दाबी गरेका छन्। सिधा भाषामा बोल्न खप्पिस गच्छेदारले पार्टीभित्र डनलाई भिœयाएर महत्वपूर्ण पदसमेत दिएका छन्। वाल्मीकि कुनैबेला रत्नाकर डाकु रहेको उदाहरण दिएका उनले नाम कहलिएका डनलाई राजनीतिको कुन शिक्षा दिँदैछन् भन्ने त भविष्यमा परिणामबाटै उत्तर मिल्नेछ। अपराधबाटै जग बनाएका र अपराधकै लागि छत्रछायाँ खोज्दै राजनीतिक दलमा पसेकाहरू बदलिने सम्भावना भने बिरलै हुन्छ। अपराधीलाई सुधार्न सकिनेमा निकै आशावादी रहेकै हो भने गृहमन्त्रीले अपराध गर्नेलाई उन्मुक्ति दिनेभन्दा दण्डसजाय पाइरहेकालाई सुधार्ने पहल थाल्न सक्नुपर्थ्यो। जेलमा धेरै सुधारको खाँचो छ। जेल सुधारसम्बन्धी प्रतिवेदन तयार भएको छ। त्यसलाई कार्यान्वयन गर्नेसम्मको पहल भए धेरै उपलब्धि हुनसक्छ। डनलाई संरक्षण दिएकोमा राजनीतिक साख गिर्नेगरी आलोचना बढ्न थालेपछि चतुर्याइँपूर्वक वाल्मीकि र रत्नाकर डाकुको मिथकलाई व्याख्या गरेर भयलाग्दो भविष्यलाई रोक्न सकिँदैन।
नेपाली राजनीतिमा अपराधीको प्रवेश र पहुँच बढ्दै गएको छ। उनीहरू सुध्रने उद्देश्यले राजनीतिमा लागेका होइनन् भन्ने घटनाक्रमले पुष्टि गर्छ। राजनीतिक आवरण बोकेपछि अपराधमा मुछिएकाहरू लाखबाट करोडौंमा खेल्न थालेका छन्। पुरानालाई विस्थापित गरी अपराध जगत्मा ठाउँ जमाउन सफल भएका छन्। डनहरूले नेतालाई मार्न र मर्न नडराउने युवाको समूहदेखि पैसाको समेत जोहो गरिदिने भूमिका पुरा गरिरहेका छन्। धन र बलसँग जोडिएको यस सम्बन्धले राजनीतिलाई नयाँ आकार दिइसकेको छ। ठूला अपराधीसँग सोझो सम्बन्ध नभएकाहरू राजनीतिमा जम्ने सम्भावना बिरलै हुन्छ। अब संरचना नै राजनीतिज्ञलाई अपराधी नभई नहुने प्रकारको बनिसकेको छ। तिनले उपयोगितावादको सिद्धान्तअनुसार निश्चित दायरासम्म राखेर अपराधीलाई प्रयोग गरिरहनेछन्। यसैले राजनीतिकर्मीले आफ्नै स्वार्थका लागि पनि अपराधीलाई सुधार्ने सभ्ावना देखिँदैन। बरु, आफ्नो पक्षमा हुने गरी अपराध गर्न उक्साइरहनेछन्।
दण्डले मात्र अपराधीलाई सुधार्न सकिने मान्यता आधुनिक विश्वमा अस्वीकृत भइसकेको छ। यस्तै अपराध गर्नेले दण्डबाट उन्मुक्ति पाउन थाले पनि समाजमा विशृंखलता बढ्ने निश्चित छ। अपराधलाई राजनीतिमा जोडेर दण्डहीनतालाई प्रश्रय दिइँदो भयावह स्थिति उत्पन्न हुन पुग्छ। अपराधीहरू उन्मुक्तिका लागि कुनै न कुनै नेताकहाँ आश्रयको खोजीमा पुग्छन्। वर्तमान नेपाली समाजको वास्तविकता यही हो। यस्तै अपराधी गिरोक बनाइसकेकाहरू कुनै न कुनै दल वा नेता विशेषको नजिक पुगिसकेका हुन्छन्। आवश्यक पर्दा पैसा र पाखुराको सजिलै व्यवस्था हुने सोचले नेताहरूबीच अपराधीलाई हातमा लिने प्रतिष्पर्धा बढिरहेको छ। बिस्तारै यो तीतो यथार्थ नेपाली समाजमा राजनीतिक बाध्यता पनि बन्दै गएको छे।
शान्ति प्रक्रियापछि सहरी जनजीवनमा गतिविधि ह्वात्तै बढ्दा अपराधको पनि उत्तिकै मलजल भयो। अध्ययन र अनुसन्धानले सहरी इलाकामा बढी अपराध हुने देखाएकै छ। साना अपराध बढ्दा ठूला अपराध हुनसक्ने जोखिम पनि बढ्छ। प्रहरी भने साना अपराधीलाई सार्वजनिकरूपमा प्रदर्शन गरेर प्रचारवाजीमै रमाउन बाध्य छ। ठूला डनलाई समात्ने तागत प्रहरीमा छैन। पछिल्लो समयमा तस्करीसँग सम्बन्धित अपराधले निकै गहिराइ र व्यापकता पाइसकेको छ। बालुवा, ढुंगाको अवैध तस्करीदेखि वन्यजस्तुका सामाग्री ओसारपसार, रक्तचन्दनको तस्करीलगायतमा ठूलो राजनीतिक चलखेल भएको छ। सुनिने गरी केही डनहरूको नाम जोडिएपनि पर्दा पछाडि राजनीतिक शक्तिको साथ रहेको सहजै बुझ्न सकिन्छ। आर्थिक चलखेलका लागि आपराधिक क्रियाकलापको भर पर्नुपरेपछि नेताका लागि डनहरू अनिवार्य भएका छन्। फलस्वरूप, डनहरूलाई आफूनिकट ल्याउने प्रतिष्पर्धा राजनीतिक नेता र दलहरूबीच पछिल्लो समयमा देखिएको छ। वाइसीएलमा डनहरूको आकर्षण बढेपछि रणनीतिमा परिवर्तन गरी युवा संघले आकर्षक प्याकेज ल्याएर डन तान्न थाल्यो। नेपाली कांग्रेसभित्र पनि डन आकर्षित गर्ने रणनीतिमा जोड दिनेहरू अग्रसर भइसकेका थिए। पार्टीभित्रै विवादमा परेपछि कांग्रेस औपचारिक रूपमा उक्त रणनीतिमा अघि सरेन।
डनको साथ पाउनेसँग पैसा र पाखुरा दुवै हुने निश्चित छ। पैसा र पाखुरामा भर पर्नुपर्ने राजनीतिक प्रणाली विकसित हुँदै जानु डरलाग्दो भविष्य संकेत हो। डनहरूलाई अघोषितरूपमा राजनीतिक संरचनामा बाँध्ने रणनीतिले आफ्नो हितमा हुने अवस्थामा अपराधीलाई गौरवान्वित गर्ने परिपाटीको विकास भइसकेको छ। नागरिक सर्वोच्चताको जति रट लगाएपनि त्यो गँजेडी गफमा परिणत हुँदै जाने अवस्था देखिएको छ। बरु, बिस्तारै राजनीतिक पार्टीहरूमा डनको सर्वोच्चता बढ्दो छ। पैसाको जोहो उनैले गर्नसक्छन्। भौतिक आक्रमणका लागि तयार हुनसक्ने हिंसक समूह तिनैले तयार गर्नसक्छन् र आवश्यक पर्दा विपक्षीका कार्यकर्तासँग शारीरिक प्रतिष्पर्धामा पनि तिनै उत्रनसक्छन्। विरोधमा उत्रने सर्वसाधारण नागरिकमात्र हैन आफ्नै कार्यकर्ता र समर्थकलाई समेत बलपूर्वक काबुमा राख्न डनकै बल चाहिन्छ। सामान्य कार्यकर्तामा त्यो क्षमता हुँदैन। उनीहरुका लागि रैतीको व्यवहार सामना गर्नुपर्ने वाध्यता छ।
डन सर्वोच्चतालाई बढावा दिनैका लागि दण्डहीनतालाई निरन्तरता दिइँदै आइएको हो। हत्या, हतियार तथा खरखजाना, अपहरणलगायतमा मुछिएकासम्मले सजिलै उन्मुक्ति पाएका छन्। नयाँ सरकारले उन्मुक्ति दिने गृहकार्य थालिसकेको छ। मुद्दा फिर्ता लिनु सरकारको अधिकारभित्र पर्छ। यसको उद्देश्य भने पार्टीगत विशेषगरी व्यक्तिगत राजनीतिक स्वार्थले प्रेरित छ। राजनीतिक संरचनाको हिस्सा बनिसकेका कुख्यात अपराधीलाई न्यायको कठघरामा उभ्याउँदा ठूलै हानि व्यहोर्नुपर्ने लेखाजोखा गरिएको हुनुपर्छ। व्यक्तिगत र पार्टीगत राजनीतिक स्वार्थको जोडघटाऊ गरेरै सत्तामा आउनेबित्तिकै आफूइतरकालाई छुटकाराको पहल थालिने गरिएको देखिन्छ। प्रतिष्पर्धाकै रूप धारण गरेको अपराधीलाई उन्मुक्ति दिने अभियानले राजनीतिक संस्कृतिकै आवरण धारण गरिसकेको छ। सत्ताबाहिर रहेकाले समेत कुनै न कुनै सम्झौता गरेर आफूनिकटको अभियुक्तलाई उन्मुक्ति दिलाउने या आपराधिक क्रियाकलापमा संलग्न भएकालाई मैदान खुल्लाको वातावरण बनाउन पहल गरेको पाइन्छ। संस्कृतिकै रूपमा विकास हुँदैगएको अपराधीलाई प्रश्रय दिने र प्रोत्साहित गर्ने गतिविधिले अपराधीलाई सुधार्ने कल्पनासमेत गर्न सकिन्न। नेपाली राजनीतिमा मौलाएको अपराधीकरणले वाल्मीकिहरू रत्नाकर डाकु बन्लान्, रत्नाकरहरू वाल्मीकि बन्नेछैनन्।
लेखक जवाहरलाल नेहरू विश्वविद्यालयका रिसर्च फेलो हुन्।