जनताको आशा
२७ भदौ २०६८
•
१२ मिनेट पाठ
जनताको आशा
प्रधानमन्त्री बाबुराम भट्टराई पदको शपथग्रहणका लागि राष्ट्रपति कार्यालय जाने तर्खरमा थिए। मुस्ताङ गाडी तयार थियो। मुख्यसचिव माधवप्रसाद घिमिरेले सुझाव दिए, प्रधानमन्त्रीज्यू, शपथग्रहणजस्तो औपचारिक समारोहमा यो गाडी मिल्दैन कि! भट्टराईले सोधे, 'कानुनमा यस्तै गाडी चढ्नुपर्ने भन्ने केही छ र?' मुख्य सचिवले 'छैन' भन्ने जबाफ दिएपछि भट्टराई मुस्ताङ चढेरै शपथग्रहणमा पुगे।




त्यहाँ प्रधानमन्त्री भट्टराईप्रति भन्दा उनले रोजेको 'नेपाल फिटिङ' मुस्ताङ गाडीप्रति मान्छे आकर्षित भए। राष्ट्रपति कार्यालय र साँझ संसद् पुगेका बेला पनि उनको गाडी हेर्ने र त्यससँग बसेर फोटो खिच्नेको ताँती थियो। नेपालको पहाडी भेगमा चल्ने मुस्ताङ चढेर प्रधानमन्त्रीको यात्रा थालेका भट्टराई सरकारले गति बढाउन थालेको छ। प्रधानमन्त्री चुनिएर संसद्बाट बाहिर निस्कने बेला अत्यन्त भीडभाडबीच पनि पत्रकारसमक्ष आफ्नो सरकारको गन्तव्य प्रस्ट पारेका थिए- शान्ति, संविधान र जनतालाई राहत। अहिले प्रधानमन्त्री भट्टराईले ठूलो आवाज आउने डिजेल इञ्जिनको त्यही 'मुस्ताङ' चढेर शान्ति र संविधानको यात्रा थालेका छन्।
वर्षभरि प्रधानमन्त्री चुनाव हेर्दाहेर्दा विरक्त भएर राजनीति भनेपछि घृणा गर्ने नयाँ पुस्तामा पनि कहिल्यै नआएको उत्साह छ। 'फोहोरी खेल' भनेर राजनीतिबाट टाढै बस्न चाहने निजी कलेजमा पढ्ने युवापुस्ता विद्वान् प्रधानमन्त्री भएको देखेर राजनीतिप्रति सकारात्मक हुन थालेका छन्। देशमा परिवर्तन भएको महसुस यस पुस्ताले गरेको छ। सहरका साना पसलेदेखि ठूला व्यापारीसम्म, गाउँका झुपडीसम्म अभूतपूर्व आशाको सञ्चार भएको छ, अब त केही होला। क्यान्टोन्मेन्टमा हतियार राखिएका कन्टेनरको साँचो हस्तान्तरणबाट उनले काम थाले। संविधान निर्माणका काम सक्न उपसमिति सहमतितिर बढेको छ। जनतालाई तत्कालीन राहत कार्यक्रम घोषणा भएको छ।
मधेसी मोर्चासहित २० दलको समर्थनमा भट्टराई प्रधानमन्त्री भएका छन्। प्रधानमन्त्री चुनिदा ३ सय ४० मत पाएका उनलाई संसद्भित्रको समर्थन यसअघिका तीन सरकारको भन्दा कमजोर हो। तर, भट्टराईप्रति जनताको समर्थन भने अत्यधिक छ। समर्थन यस्तो छ, मानौँ उनी एनेकपा (माओवादी) का नेता नभई स्वतन्त्र हुन्। अप्ठेरो मोडमा अड्किएको देश हाँक्ने सामर्थ्य उनीसँग मात्र छ। उनीप्रति आममान्छेको बढ्दो आशा निष्कर्षमा यस्तो देखिन्छ, ०६२/६३ को जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न उनी अन्तिम विकल्प हुन्।

भट्टराई सरकारको विपक्षमा नेपाली कांग्रेस-नेकपा (एमाले) छन्, संसद्का दोस्रा र तेस्रा शक्ति। प्रधानमन्त्री चुनावमा दुवैले कांग्रेस नेता रामचन्द्र पौडेललाई भोट दिएका थिए। अहिले एमाले-कांग्रेस छिद्रको खोजीमा छन्। संविधानसभा चुनावमा माओवादीले करिबकरिब प्रतिस्थापित गरेको अर्को वामपन्थी दल एमालेका नेताहरू 'मुस्ताङ' गाडीको खिल्ली उडाउँदैछन्। सत्तामा छँदा सरकारी ढुकुटीबाट करोड-करोड खर्च गरेर जापानी 'पजेरो' किन्ने अनि मन्त्री छाडेपछि आफैँ लानेहरू मुस्ताङको भूतसँग निद्रामा पनि झस्कन थालेका छन्। करबाहेक ८५ लाख रुपियाँमा किनेको जापानी गाडी लगेका एमाले नेता भीमबहादुर रावलले दाबी गरे, 'म पिछडिएको क्षेत्रको भएकाले त्यो गाडी लान पाउनुपर्छ।' रावललाई हेक्का हुनुपर्ने हो, उनले नाम बेच्ने गरेको सुदूरपश्चिमका जनता एक रुपियाँको 'एम्जिट' किनेर खान नसक्दा बर्सेनी झाडाखपालाले मर्छन्। जनताले किन्ने गाडीमा २ सय ३६ प्रतिशत कर तिर्नुपर्छ। अब भन्नुस्, रावलले चढ्ने गाडीको मूल्य करोड हो कि होइन? 'एम्जिट' किनेर खान नसक्ने जनताको नाम बेचेर सरकारी गाडीमाथि दाबी गर्नु कति ठीक होला?
एमाले सचिव शंकर पोखरेलले पनि महँगो गाडी चढ्न पाउनुपर्ने वकालत गरे। 'चर्चाका लागि त प्रधानमन्त्रीले टाँगा चढे हुन्छ।' प्रधानमन्त्री भट्टराईलाई चुनौती दिने हो भने मुस्ताङलाई गाली होइन, आफूले जबर्जस्ती लगेका गाडी फिर्ता गर्न सक्नुपर्छ। नत्र 'टाँगा' चढ्न सुझाव दिनेलाई करदाताले 'ठेला गाडा' चढाए भने उनीहरू चढ्न तयार छन्? अहिले राजधानीमा अछामबासीले रावलका कारण गाली खानुपरेजस्तै एमालेका सबै समर्थकले गाडीसँग जोडेर गाली खानुपर्ने दिन नआउला भन्न सकिन्न। एमालेको गाडीमोह नयाँ होइन।१३ वर्षअघि एमालेले 'पजेरो' छाड्न निर्देशन दिँदा देवी ओझाले गाडीको साटो पार्टी त्यागेका थिए। एमालेबाट मन्त्री भएका ८४ मध्ये सबै रावलजस्तै छन् भन्ने सचिव पोखरेलको अभिव्यक्तिले संकेत गरेको छ। यो जीर्ण भइसकेको एमालेको स्वास्थ्यका लागि गलत सूचक हो ।
लोकतन्त्र त्यो बेला संस्थागत र सबल हुन्छ, जब जनप्रतिनिधिका अनुहार जनतासँग दुरुस्त मिल्छन्। लोकतन्त्रमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अरू नेता जनताभन्दा ठूला हुँदैनन्। नेपालमा फरक छ। हजारौँ जनतालाई जाममा फसाएर पनि उनीहरू हिँड्न सडक खुला पारिन्छ। जनताको सर्वोच्चता भन्ने संविधानमा लेखिएको छ, तर नेताले आफूलाई जनताका मालिक सम्झन छाडेका छैनन्। त्यसैले पनि होला, पदमा पुगेपछि जनताका दुःख बिर्सेका।
नेता जापानी गाडीमा सवार छन्। जनतासँग भने दुई छाक खान नपाएर पैदल हिँड्ने ताकत छैन। कम्तीमा मासिक १५ हजार रुपियाँ तलब खाने सरकारी शिक्षकले पढाएका विद्यालयका सबै विद्यार्थी फेल हुने गरेका छन् तर १५ सय खाने निजी विद्यालयका शिक्षकले पढाएका सबै विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण हुने गरेका छन्। पति वियोगले शोकाकुल महिला जग्गाको नामसारी गर्न मालपोत कार्यालय पुग्दा आफ्नै सम्पत्तिको नामसारी गर्न घुस मागिन्छ। पाइलापाइलामा समस्या छन्। मुस्ताङ चढेर प्रधानमन्त्रीको यात्रा सुरु गरेका प्रधानमन्त्री भट्टराईले यसतर्फ ध्यान दिनु जरुरी छ।
दुई सातासम्म सरकारले पूर्णता पाएका छैन। यो राम्रो संकेत होइन। मितव्ययितासम्बन्धी कार्यक्रम ल्याउने तयारीमा रहेका प्रधानमन्त्रीले भागबण्डाका लागि मन्त्रालय विभाजन गरी मन्त्री बढाउन सुहाउँदैन। अधिकांश संवैधानिक अंगहरू वर्षौँदेखि पदाधिकारीविहीन छन्। यसलाई पूर्णता दिएर राज्य सञ्चालनका सबै अंगहरू क्रियाशील बनाउने बेला उपयुक्त समय यस सरकारका लागि अहिले हो। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको घोषणा गर्ने प्रधानमन्त्रीले पदाधिकारीविहीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेरिरहन सुहाउँदैन। भ्रष्टाचारीविरुद्ध मुद्दा लगाउनसक्ने एकमात्र अंग अख्तियारमा यसअघिका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको बिरासत धान्न सक्ने व्यक्तिहरू खोजी गरी आयोगलाई तत्काल पूर्णता दिनुपर्छ। महालेखा परीक्षकबिना भ्रष्टाचारविरुद्ध 'शून्य सहनशीलता' कल्पना गर्ने हो भने यो शब्द उनकै सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले सुनाउने चुट्किलामात्र साबित हुन्छ।
प्रधानमन्त्रीको काम आफू सरल देखिनेमात्र होइन, देशको कार्यकारी प्रमुखको नाताले प्रणाली बसाल्ने जिम्मेवारी पनि हो। आफू सरल र सदाचारी भएपछि अवश्य अर्कोमाथि प्रश्न उठाउने नैतिक अधिकार हुन्छ। त्यसैले नयाँ शब्द उच्चारण गरेर भाषण गर्दै हिँड्नुको तुक छैन। विगतका प्रधानमन्त्रीजस्तो आइसक्रिम पार्लरको उद्घाटन, जम्बो टोलीसहित विदेश भ्रमणजस्ता कुरालाई भट्टराई सरकारले प्राथमिकता नदिने अपेक्षा गरौँ। तर, योमात्र पर्याप्त हुँदैन। आफूले मुस्ताङ चढ्नेमात्र होइन, पूर्वमन्त्रीहरुले लगेका सवारीसाधन फिर्ता गराउन सक्नुपर्छ।
पार्टीको कामलाई प्राथमिकता दिएर जिल्ला जानुको सट्टा शान्ति र संविधानका काम अघि बढ्न नदिन प्रयत्नशील कांग्रेस-एमालेलाई साथ लिएर अघि बढ्नुमै प्रधानमन्त्रीको सफलता निर्भर छ। समाधानका विकल्प प्रस्तुत गर्दै शान्ति र संविधानको प्रक्रियामा सकारात्मक भूमिका खेल्नुको साटो बाधा मात्र हाल्न प्रतिक्रियात्मक भूमिकामा देखिएका कांग्रेस-एमालेका प्रयत्न उनीहरूकै प्रत्युत्पादक हुनसक्छ।
अर्को समाचार
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
०३ चैत्र २०८२
•
१ मिनेट पाठ
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन्।




पार्टीले आज ललितपुरमा आयोजना गरेको नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपसभापति अर्यालले देश र जनताको पक्षमा काम गर्न आवश्यक रहेको बताए।

“नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ। लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको हो, यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेही बनाएको छ,” उनले भने।

सोही पार्टीका अर्का उपसभापति स्वर्णिम वाग्लेले ४८ प्रतिशत मतका साथ प्राप्त गरेको झन्डै दुई तिहाइ बहुमतको विश्वास जोगाई जनताको भरोसा कायम राख्नुपर्नेमा जोड दिए।

“वाचापत्रको मुख्य नारा थिति बसाल्ने छ, यसलाई काम गरेरै देखाउनुपर्ने छ, जनताले गर्न सक्नेगरी जिम्मेवारी दिएका छन्, हामीले इमानदारीपूर्वक काम गरेर देखाउनुपर्छ”, उनले भने।

विसं २०१५ सालपछिको यो ठूलो जनादेशलाई शिरोधार्य गर्दै विधायकको भूमिका निर्वाह गर्नुपर्ने भएकाले जनताका गुनासा र मुद्दा उठाउन, आफ्नै सरकारले गरेका पनि गलत कार्यको प्रतिरोध गर्न उपसभापति वाग्लेले आग्रह गरे।

संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका लगायतका विषयबारे अभिमुखीकरण गराउन सो कार्यक्रम आयोजना गरिएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस