एनेकपा (माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको गठबन्धनपछि बाबुराम भट्टराईको नेतृत्वमा बनेको वर्तमान सरकारप्रति माओवादी र मधेसका जनताभन्दा अराजनीतिक युवा समूह बढी उत्साहित देखिएको छ। भट्टराईबाट मुलुकको कठोर राजनीतिक यथार्थभन्दा बढी अपेक्षा राखिएका प्रतिक्रिया व्यक्त भएका छन्। यी अपेक्षामध्ये केहीमात्र पूरा भए भने पनि मुलुकमा केही आशाको संचार हुनेछ।
यतिबेला नेपाली जनताका चाहना शान्ति संझौता टुंगोमा पुर्याएर माओवादी पनि मुलुकका अन्य राजनीतिक दलहरूजस्तै नागरिक पार्टी बनोस् र लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण होस् भन्ने हो। यी चाहना पुरा गर्नु सरकारको पहिलो प्राथमिकता रहेको प्रतिबद्धता प्रधानमन्त्री निर्वाचित हुनसाथ भट्टराईले व्यक्त गर्नु भएको छ। यसमा उहाँ सफल हुनुहोस्। सबै नेपालीका साथै नेपालमा शान्ति र स्थिरता चाहने मित्रहरूको पनि शुभ कामना छ। यति हुँदाहुँदै पनि यस्तै प्रतिबद्धता प्रधानमन्त्रीका हैसियतमा झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहालले पनि व्यक्त गरेका थिए र ती पुरा भएनन् भन्ने जनताले बिर्सेका छैनन्। गणतन्त्रपछिका साढे तीन वर्षको अवधिमा न त संविधानका मूलभूत विषयमा दलहरू सहमत हुनसके न माओवादी सेनाका लडाकुको व्यवस्थापनै हुनसक्यो। यसमा माओवादीको द्वैध चरित्र, हतियार र हिंसाप्रतिको मोह र अन्य दललाई उपयोग गर्दै छोड्ने तथा अरूलाई हेप्ने प्रवृत्ति नै मुख्य कारक रहेको छ। मुलुकको राजनीतिक यथार्थ के हो भने एकले अर्कोलाई निषेध गरेर विद्यमान समस्याको समाधान निस्कन सक्दैन। माओवादीको हेपाहा प्रवृत्तिले गर्दा माओवादी, नेपाली कांग्रेस तथा नेकपा (एमाले)बीच सहमति र सहकार्य भन्दा अविश्वास र असमझदारी झन् बढेको छ।
भट्टराईको नेतृत्वमा सरकार बन्नुभन्दा पहिले माओवादीले ४५ दिनभित्र लडाकुहरूको समायोजन र व्यवस्थापन गरिसक्ने पार्टीगत निर्णय गरेको छ। यसबाट अब पनि पछि हट्यो भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले)मात्र होइन माओवादीले सत्तारोहण गर्दा टेकेको मधेसी मोर्चाको पनि विश्वास गुमाउनेछ। यीे ४५ दिन सरकार र माओवादी नेतृत्वले तरबारको धारमा हिँड्नुपर्ने छ। यस अवधिमा बायाँतर्फ बढी झुक्यो भने उसले टेकेको वैशाखीले उसलाई थाम्नेछैन र दायाँतर्फ झुक्यो भने पार्टीभित्रकै जड सूत्रवादीको प्रहार सहनु पर्नेछ।
घटनाक्रमले शुभसंकेत देखाएका छैनन्। लडाकुका हतियार भण्डारको साँचो प्रधानमन्त्री अध्यक्ष रहेको विशेष समितिमा बुझाउने अध्यक्ष दाहाल र प्रधानमन्त्री भट्टराईको निर्णयलाई वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको समूहले खुला चुनौती दिएको छ। अध्यक्षको निर्णयविरुद्ध वक्तव्यवाजी, राँके जुलुस र ठाउँ ठाउँमा कुटाकुटसम्म भएको छ। वैद्य समूहले सरकारमा नजाने निर्णय गरेर सरकारको आयु छोट्याइदिएको छ। विवादको छिनोफानो गर्न आगामी असोज १ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ। संविधान निर्माण र शान्ति प्रक्रिया टुंगो लगाउन समय दिनुपर्नेमा केन्द्रीय समितिलाई आफ्नो पक्षमा पार्न अध्यक्ष र प्रधानमन्त्री जिल्ला भ्रमणमा जान थालेका छन्। पार्टी फुटाउने वा त्यहीँभित्र बसेर संघर्ष गर्ने भन्ने हदसम्म वैद्य समूह पुगेको छ। अहिलेसम्मको विश्व कम्युनिस्ट इतिहासमा यस्तो अवस्थामा पुगेपछि पार्टी नफुटेको देखिएको छैन। समायोजन गरिसक्ने भनिएको ४५ दिनको समयावधिमध्ये करिब दुई साता त सरकार बनाउनमै बितेको छ।
माओवादी लडाकुको समायोजन र व्यवस्थापन नै शान्ति संझौताको सबभन्दा जटिल र संवेदनशील विषय हो। यसलाई शान्ति सम्झौताका अन्य पक्ष कांग्रेस, एमालेसँगको विश्वासमा समाधान गर्नुको सट्टा सत्तामा जाने र अरूलाई धम्क्याउने साधनका रूपमा माओवादीले प्रयोग गर्नु नै जटिलता थप्ने र उसप्रति अविश्वास बढाउने मुख्य कारण हो। पार्टी अध्यक्ष दाहालले प्रधानमन्त्री भएपछि छ महिनामा शान्ति प्रक्रिया टुंग्याउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका थिए। तर, ती ६ महिनामा लडाकु व्यवस्थापन गर्नुभन्दा उहाँ राष्ट्रिय सेनाको मानमर्दनमा लाग्नुभयो। तीन महिनापछि स्वतः अवकाश पाउने प्रधान सेनापतिलाई अचानक हटाएर आफ्ना मान्छेलाई प्रधान सेनापति बनाएर सत्ता कब्जा गर्ने रणनीतिको परिणाममा दाहाल स्वयं सत्ताबाहिर पुग्नुपर्यो। माओवादी लडाकुको समायोजन र पुनःस्थापनामा सहमति भएको छैन र अहिलेसम्म उच्च नेतृत्व तहमा गंभीर छलफल भएकै छैन। सेना समायोजनमा गिरिजा बाबुले 'हतियारबिनाको सेना हुँदैन तिमीहरूले तीन हजार हतियार बुझाएका छौ, सेना पनि तीन हजार नै समायोजन तथा व्यवस्थापन हुने हो' भन्दा दाहालले 'होइन गिरिजा बाबु! चार हजार समायोजन गरिदिनुहोस्' भनेको सुन्ने कृष्णप्रसाद सिटौला र शेखर कोइराला जीवितै छन्। गिरिजा बाबुको निधनपछि कांग्रेस चार हजारसम्ममा सहमत भएको छ भने माओवादी ८ - १० हजारमा अडेको छ। संख्याभन्दा महत्वपूर्ण माओवादी छुट्टै वा मिश्रितरूपमा नियमित सेना (कम्ब्याट फोर्स) का रूपमा राख्न चाहन्छ। तर, कांग्रेस र एमालेलाई मात्र होइन राष्ट्रिय सेना र अन्तर्राष्ट्रिय शक्तिलाई पनि यो मान्य छैन। माओवादीले ८-१० हजारमा किन जोड दिइ रहेछ भने नेपाली सेनामा ८-१० हजारको एउटा बिग्रेड हुन्छ र सेनाको निर्देशनालयअन्तर्गत नै भए पनि एउटा बिग्रेडमा बिग्रेडियर जनरल, त्यस मुनि कर्णेल, मेजर र अन्य पद हुन्छन्। तिनमा आफ्ना लडाकु राख्ने र माओवादीको छुट्टै पहिचानको सेना राख्ने रणनीति छ। यो चाहना पुरा हुने हो भने नेपाली सेनाको व्यावसायिक दक्षतामा नै असर पुग्नेछ। मार्क्सवादी दर्शनबाट प्रशिक्षित लडाकु नेपालको राष्ट्रिय सेना हुनसक्दैन। माओवादी पूर्व लडाकुलाई नियमित सेना होइन, आरक्षण, वन, ठुला योजनाको सुरक्षा र प्राकृतिक प्रकोपमा प्रयोग गर्ने गरी समायोजन गरिनुपर्छ भन्ने कांग्रेस र एमालेको मान्यता छ। पुनःस्थापनामा सहभागी हुने लडाकुका लागि ७ लाख देखि १० लाख रुपियाँसम्म दिने माओवादीले प्रस्ताव गरेको छ। यसमा पनि अन्य दल सहमत छैनन्। सेना समायोजनमा रहेका यस्ता गंभीर मतभेद समाधान गर्न दलहरूबीच गहन छलफल आवश्यक हुन्छ।
सेना समायोजन र व्यवस्थापनको अन्तिम निर्णय लिने निकाय प्रधानमन्त्रीको अध्यक्षतामा बनेको विशेष समिति हो। त्यसमा माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबाट दुई दुई जना प्रतिनिधि छन् र समितिको निर्णय सर्वसम्मतिबाट हुनुपर्ने नियम छ। कांग्रेस र एमाले सहमत नभई सर्वसम्मति हुनसक्दैन। प्रधानमन्त्रीले भनेजस्तै ४५ दिनभित्रै समायोजन र व्यवस्थापन गर्ने हो भने दुवै पक्षबीच के के सहमति हुनसक्छ भन्नेमा छलफल हुनुपर्यो। सेना समायोजनमा पद मिलान पनि त्यतिकै संवेदनशील विषय छ। नेपाल सेनाको अधिकृत तहमा प्रवेश गर्न कम्तीमा प्रवीणता प्रमाणपत्र वा १२ कक्षा उत्तीर्ण भई प्रतिस्पर्धा गर्नुपर्छ। खुला प्रतियोगितामा सफल भएपछिमात्र सहायक सेनानी (सेकेन्ड लेक्टिनेन्ट) हुन पाइन्छ। माओवादीका सहायक कमान्डरमध्ये अधिकांशले एसएलसी पनि पास गरेका छैनन्। तिनलाई ९५ हजार नेपाली सेनाले कसरी अधिकृत मानेर बस्नसक्ला र?
सेना समायोजन र व्यवस्थापनको आन्तरिक अवस्था यस्तो छ भने संविधान लेखनमा रहेका गंभीर मतभेदमा सहमति गर्ने त प्रयाससम्म पनि भएको छैन। राष्ट्रिय झन्डा, राष्ट्रिय गान, धर्म, भाषा संस्कृति र केही मौलिक अधिकारजस्ता अपेक्षाकृत कम विवादास्पद काम सिध्याएर ८० प्रतिशत काम सकियो भनी जतिसुकै डम्फु बजाए पनि शासकीय स्वरूप, निर्वाचन प्रणाली, राज्यको पुनःसंरचना जस्ता संविधानका आधारभूत विषयमा सहमति हुन सकेको छैन। यसमा माओवादी र कांग्रेस आआफ्ना धारणामा अडिग रहँदा पहिले थपिएको तीन महिनामा एक दिन पनि संविधानसभाको बैठक बस्न सकेन। शासकीय स्वरूप, निर्वाचन प्रणाली र राज्यको पुनः संरचनामै मुलुकको लोकतन्त्र र राष्ट्रको अखण्डता, सार्वभौम सत्ताजस्ता अत्यन्त संवेदनशील विषय निर्भर हुनेछ। यसमा पर्याप्त छलफलबिना हतार गरेर निर्णय लिइयो भने पछि हामीले मात्र होइन हाम्रा सन्ततिले समेत पछुताउनु पर्नेछ। माओवादी चीनकोजस्तो नाममात्रको बहुदलीय व्यवस्था चाहन्छ जसमा कम्युनिस्ट पार्टीको नीति निर्देशनमा अरू पार्टी पनि चल्नुपर्ने हुन्छ। त्यसैले ऊ बहुलवाद मान्ने पक्षमा छैन। माओवादीलाई बहुलवाद मान्य छैन भने कांग्रेसलाई पनि बहुलवादबिनाको संविधान स्वीकार्य छैन। कांग्रेसले बहुलवादबिनाको बहुदल स्वीकार गर्यो भने सानेपामा चारतारे झन्डा राखेर बस्ने नैतिक र कानुनी अधिकार पनि रहनेछैन। माओवादीबाहेक अरू दलले बहुलवाद अस्वीकार गरेका छैनन्। त्यसकारण संविधान बन्छ भने बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक संविधान बन्छ। माओवादी त्यसमा सहमत हुँदैन भने संविधान नै बन्दैन। बहुदलीय लोकतान्त्रिक व्यवस्था लागि कांग्रेसले राणासँग लड्यो, ३० वर्षे निरंकुश पंचायतसँग लड्यो। तानाशाहीविरुद्ध लड्दा कांग्रेसका हजारौं सपुतको बलिदान भएको छ। तिनको रगतलाई उपेक्षा गरेर कांग्रेसले लोकतन्त्रका विरुद्ध कसैसँग पनि सम्झौता गर्न सत्तै्कन। कांग्रेसको यो अडान कसैको भावनालाई आधात पुर्याउनका लागि भने होइन। हिजोका पूर्वी युरोपेली कम्युनिस्ट राष्ट्रमा स्थापित बहुदलीय प्रजातन्त्र र मध्यपूर्व र उत्तर अफ्रिकी देशहरूमा प्रजातन्त्रका निम्ति भइरहेका आन्दोलनले कांग्रेसको अडान सही साबित भएको छ। बहुलवाद र लोकतन्त्र विश्वव्यापी बन्दैगएको छ। विश्वका करिब दुई सय राष्ट्रमध्ये कम्युनिस्ट शासन व्यवस्था पाँच छ वटामा मात्र छ। एक्काईसौं शताब्दीमा अर्को कम्युनिस्ट राष्ट्र थप्ने पक्षमा कांग्रेस र नेपाली जनता हुन सत्तै्कनन्।
सेना समायोजन र संविधान निर्माणको काम यसरी अधुरो रहेको छ भने अन्य दललाई प्रयोग गर्ने र छोड्ने उपयोगितावादी माओवादी नीतिले उसप्रति अरूले विश्वास गर्न सत्तै्कनन्। गणतन्त्र स्थापना नहुँदासम्म माओवादीका नजरमा गिरिजाप्रसाद कोइरालाला अग्रगामी, प्रगतिशील र साहसी नेता थिए भने गणतन्त्र घोषणा भएपछि उनै गिरिजाबाबु प्रतिक्रियावादी भए। राष्ट्रपतिको चुनावमा माओवादीले गिरिजाप्रसाद होइन रामराजा प्रसादलाई उठाउने निर्णय गर्यो। त्यसपछि नै बाह्र बुँदे सहमतिको भावनाल कमजोर हुँदै गएको र माओवादी र कांग्रेसबीचको सहमति एवं सहकार्य टुटेको हो। माओवादीले गणतन्त्र स्थापनापछि कांग्रेसलाई मुख्य शत्रु घोषित गरेको छ। एमालेलाई उसको मर्मस्थलमा प्रहार गरेर उठ्न नसक्ने अवस्थामा पुर्याएको छ भने अब कांग्रेसलाई कमजोर पार्ने रणनीतिमा कहिले नेताहरूलाई फकाउने र कहिले तर्साउने नीति अख्तियार गरिरहेछ।
नागरिक समाजका केही अगुवालगायत र कतिपय वुद्धिजीवी भट्टराईलाई माओवादीभित्रका उदार नेता मान्छन्। तर प्रधानमन्त्री भएपछिको उनको पहिलो कदमले उनि कति उदारवादी हुन् भन्ने देखाएको छ। लोकतन्त्रपछिका सबै प्रधानमन्त्रीले सम्मान गर्ने गरेका सहीदहरूको भट्टराईले अपमान गरे। प्रधानमन्त्री भएपछि शहीदहरूको प्रतिमाको सट्टा उनी कालगतिले निधन भएका पुष्पलाल श्रेष्ठको मूर्तिमा माल्यार्पण गर्न गए। पुष्पलाललाई प्रजातन्त्रवादीले पनि सम्मान गर्छन्। उहाँको निधनपछि दिल्लीबाट अस्तु ल्याएर विष्णुमतीमा विसर्जन गर्न खोज्दा पंचायतका गुन्डाले आक्रमण गरी अस्तु खोस्न खोज्दा किसुनजीको नेतृत्वमा कांग्रेसले सुरक्षा नदिएको भए अस्तु विधिवत् विसर्जन हुनसक्ने थिएन। अरूले बिर्से पनि यो घटना सहानाले बिर्सनु भएको छैन होला। त्यसकारण पुष्पलालको सालिकमा माल्यार्पण गरेकोमा प्रजातन्त्रवादीलाई आपत्ति हुँदैन। सुरेश वाग्लेदेखि १० वर्षमा मारिएका हजारौं माओवादीको तस्बिरमा माल्यार्पण गर्ने अधिकार पनि उहाँलाई छ। तर प्रश्न के हो भने कालगतिले निधन भएका पुष्पलालको सालिकमा माल्यार्पण गर्दा कालगतिबाट नै निधन भएका अर्का कम्युनिस्ट नेता मनमोहन अधिकारीको तस्बिरमा चाहिँ किन माल्यार्पण गर्नु भएन? त्यहाँ राजा त्रिभुवनको शालिक भएकै कारण माल्यार्पण गर्न सहीद गेट नजानु भएको हो भने पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवस मान्न तयार हुने प्रधानमन्त्रीले निरंकुशतन्त्र समाप्त गर्ने नेपाली जनताको संघर्षमा आफ्नो ज्यान र श्रीपेचको बाजी लगाएका त्रिभुवनप्रति असम्मान किन? लैनचौरस्थित सहिद स्मारकमा त राजाको सालिग थिएन। त्यहीँ गएको भए पनि हुन्थ्यो। राजाभन्दा प्रजातन्त्रप्रति उहाँको असहमति हो कि? प्रधानमन्त्रीले सहीदहरूको अपमान गर्ने अक्षम्य कार्यका लागि नेपाली जनतासँग माफी माग्नुपर्छ।
शान्ति प्रक्रिया ४५ दिनभित्र टुंग्याएर आगामी तीन महिनाभित्र लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउने कार्य भट्टराईका लागि 'हर्कुलियन टाक्स' त हुँदै हो अर्को महत्वपूर्ण प्रश्न २०५२ सालमा उहाँले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनु भएको ४० सूत्रीय मागका संबन्धमा प्रधानमन्त्री भट्टराईको अहिले के धारणा छ? ती ४० बुँदे मागमध्ये प्रमुख भारतसँग सन् १९५० मा भएको 'असमान' सन्धिको खारेजी पनि पर्छ। ती ४० सूत्रीय माग तत्काल पूरा हुनसक्दैनन् भन्ने तत्कालीन प्रधानमन्त्री देउवाको जबाफपछि उहाँहरूले प्रजातान्त्रिक शासन प्रणालीविरुद्ध बन्दुक उठाउनु भयो। करिब १७ हजार नेपाली नागरिक मारिए। तीमध्ये अधिकांश उहाँकै कार्यकर्ता थिए। तिनको रगतप्रति उहाँको के भनाइ छ? प्रधानमन्त्री भएपछि दिल्ली भ्रमण गर्दा दाहालको सन् १९५० को सन्धिको खारेजी जनतासामु दिने नारामात्र हो यसबाट नेपाललाई फाइदा नै भएको छ भन्नेजस्तै धारणा वर्तमान प्रधानमन्त्रीको पनि हो कि? यी प्रश्नको जवाफ नदिने हो भने अन्य दलले कसरी उहाँको सरकारसंग सहकार्य गर्ने र जनताले सम्पूर्ण नेपालीको प्रधानमन्त्री भनेर स्वीकार गर्ने? सत्र हजारको रगत र अर्बौंको भौतिक क्षतिप्रति प्रधानमन्त्रीको के भनाइ छ? नेपाली जनता सुन्न आतुर छन्। 'विस्तारवादी' भारतले नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्नथाल्यो भनी माओवादीले माथिल्लो कर्णाली र अरुणजस्ता जल विद्युत आयोजना निर्माण रोकेका टन्। त्यसमा पनि नेपाली जनता प्रधानमन्त्रीको जवाफ सुन्न चाहन्छन्। के भट्टराईले जनताका यी विज्ञासा शान्त पार्नु पर्दैन?