कोरोना लडाइँमा स्थानीय सरकार
१० जेष्ठ २०७७
•
९ मिनेट पाठ
कोरोना लडाइँमा स्थानीय सरकार
विश्वलाई नै अस्तव्यस्त बनाइरहेको कोभिड–१९ले नेपालमा पनि आफ्नो भयानक रूप देखाउन थालिसकेको छ। २०७६ को फागुनदेखि नेपालमा पुष्टि हुन सुरु भएको यो भाइरसका कारण२०७७जेठ दोस्रो हप्तासम्म ३ जनाले ज्यान गुमाउनका साथै ५५० भन्दा बढीमा पुष्टि भइसकेको छ। विगत ३ महिनाको संक्रमण दर हेर्दा यो भाइरसको विस्तार अंकगणितीय दरबाट ज्यामितीय दरमा प्रवेश गरेको छ।तेस्रो व्यक्ति संक्रमणसँगै समुदायमा महामारीका चरणमा समेत प्रवेश गरिसकेको धेरैले अनुमान गरेका छन्। कोरोनाकै कारण २ महिनादेखि सबै नेपाली बन्दाबन्दीको नियममा बाँधिएका छौँ। कोरोना भाइरसको विस्तार र प्रभाव कम गर्न नेपाल सरकारले विभिन्न सुरक्षात्मक उपाय अपनाउनुका साथै आफ्ना सम्पूर्ण संरचना महामारी रोकथामका लागि परिचालन गरिरहेको छ। तथापि नेपालमा यस भाइरसको विस्तार तीव्ररूपमा भइरहेको छ।  

यतिखेर कोरोना भाइरसको विस्तार र प्रभाव कम गर्न तथा अब हुनसक्ने भयानक आर्थिक, सामाजिक र मानवीय क्षति कम गर्न कुनै एक सरकारको मात्र नभई तीनै तहका सरकार, सचेत वर्गर आमनागरिकको भूमिका अत्यन्त जिम्मेवारपूर्ण हुनुपर्नेछ। अहिले सबै तहका सरकारले यो संक्रमणको प्रभाव र विस्तार कम गर्न आआफ्नो क्षेत्रबाट सक्दो मेहनत गरिरहे तापनि संक्रमण तीव्र गतिमा बढिरहेको छ। महामारी रोकथामका लागिसंघीय र प्रदेश सरकारका आफ्नै महत्वपूर्ण भूमिका भए तापनि नागरिककको प्रत्यक्ष पहुँचमा रहेका स्थानीय सरकारहरूले यतिबेला त्यो भन्दा धेरै व्यवस्थित र रणनीतिकरूपले कारोनाविरुद्धको यो लडाइँमा जुट्न जरुरी छ।  

महामारी रोकथामका लागि संघीय र प्रदेश सरकारका आफ्नै महत्वपूर्ण भूमिका भए तापनि नागरिककको प्रत्यक्ष पहुँचमा रहेका स्थानीय सरकारहरूले यतिबेला त्यो भन्दा धेरै व्यवस्थित र रणनीतिकरूपले कारोनाविरुद्धको यो लडाइँमा जुट्न जरुरी छ।
स्थानीय सरकारहरूले कोरोनाविरुद्धअहिले गरिरहेका पहल सराहनीय भए तापनि यसका लागि गरिनुपर्ने रणनीतिक योजनासहितको व्यवस्थित तयारी अपवादका स्थानीय तहबाहेक सबैमा देखिएको छैन। अहिले स्थानीय तहहरूले गरेका काम भनेको बन्दाबन्दीले घरभन्दा बाहिर फसिरहेका नागरिकको उद्धार, खाद्य संकट झेलिरहेकालाई राहत वितरण र संक्रमणविरुद्धको सूचना सन्देश आदान–प्रदानमा सीमित छ। तीव्ररूपले बढिरहेको कोरोनाको संक्रमण र यसले पार्ने आर्थिक, सामाजिक र मानवीय क्षति कम गर्न यति कामले अबपुग्ने देखिँदैन। संक्रमणको असरले पार्ने क्षति कम गर्दै नागरिकको शोक र भोकलाईकम गर्दै उनीहरूको दिनचर्यालाई सरल बनाउन कैयाैँ गुणा धेरै मेहनत र तयारी गर्नुपर्नेछ। यस आलेखमा कोरोनाको संक्रमणलाई कम गर्न स्थानीय तहले के गर्नुपर्छ भन्नेबारे केहीआधारभूत काम उल्लेख गरिएको छ। जो संक्रमणको अवस्थाअनुरूप फरक पर्न सक्छन्। यी काम कतिपय स्थानीय सरकारले अवलम्बन गरेका पनि हुन सक्छन्।  

बन्दाबन्दीको कठोर पालना  

खोप वा उपचारको कुनै विधि पत्ता नलागुञ्जेल कोरोनाविरुद्धको प्रभावकारी उपाय बन्दाबन्दी नै हो। यो विश्व स्वास्थ्य संगठनले समेतसुझाएको एक मात्र विकल्प हो। यो तब प्रभावकारी हुन्छ जब सबैले यसको कडाइका साथ पालना गर्छन्। नियम परिपालनामा व्यावहारिक कठिनाइ के छ भने बन्दाबन्दीका बाबजुद हामी सबैलाई खान परिरहेको छ। दैनिक ज्यालादारीले यसका लागि केही न केही गर्नैपर्ने बाध्यता रहेकै छ। आकस्मिकरूपले हुने रोग र दुर्घटनाको उपचार गर्नुपरिरहेकै छ। मृत्युजन्य संस्कारहरू गर्न परिरहेकै छ। अहिले धेरै स्थानीय जनप्रतिनिधिले बन्दाबन्दीले घर बाहिर थुनिएकालाई गाउँ फर्काउनुपर्ने बाध्यता छ। बाहिर रहेका कतिपय नागरिक जनप्रतिनिधिको सहजीकरणमा त कतिपय लुकिछिपी आफैँ गाउँ फर्किसकेका छन्। यी कामले बन्दाबन्दीमा मानिसको आवतजावत बढाइरहेको छ। सबैतिर बन्दाबन्दीको पूर्ण पालना भए/नभएको सुनिश्चित छैन। जसले कोरोनाको जोखिम बढाइरहेको छ।  

यदि संक्रमणको दर कम गर्ने हो भने हामी सबैले जिम्मेवार भई बन्दाबन्दीको कडाइपूर्वक पालना गर्न जरुरी छ। यसका लागि स्थानीय तहहरू संवेदनशील हुन जरुरी छ। जसका लागि उनीहरूले आवश्यक सूचना सन्देश प्रसार गर्ने, स्थानीय तहमा सुरक्षा संयन्त्रलाई प्रभावकारी तुल्याउने र बन्दाबन्दी उल्लंघन भएमा कारबाही प्रक्रिया अघि बढाउनुपर्छ। एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवतजावत रोक्ने, रातको समयमा हुने अवाञ्छित गतिविधि,जस्तो– जुवाँ/तास, मदिरा, लागुपदार्थ सेवन र ओसारपसार, चोरीनिकाशी र आवतजावत निस्तेज गर्ने, दैनिक खाद्यान्न आपूर्ति र बिरामी ओसारपसारका क्रममा हुने अरू व्यक्तिको आवतजावत, सुरक्षाकर्मीमार्फत हुने असम्बन्धित व्यक्तिको आवतजावत,सरकारी कर्मचारी र जनप्रतिनिधिकै सहयोग र सिफारिसमा हुने अनावश्यक आवतजावत र भिडभाडलाई कडाइ गरिनुपर्छ। 

आवश्यकता नै भए त्यस्ता आवतजावतपश्चात व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम अनिवार्य गरिनुपर्छ। अन्य जिल्ला वा विदेशमा अलपत्र परेकालाई घर फर्काउँदा जाँच प्रमाणित गर्नुका साथै अनिवार्य क्वारेन्टाइनमा राखिनुपर्छ। अब त्यस्ता व्यक्तिलाई सेल्फ क्वारेन्टाइनका नाममा उनीहरूकै घरमा छाड्न कदापि हुँदैन। यसले संक्रमण जोखिमलाई बढावा दिन्छ। हरेक स्थानीय तहमा संभावित संक्रमितका लागि क्वारेन्टाइन हुनुपर्छ।  

स्थानीय अभिलेख व्यवस्थापन

कोरोनाकोे निदान तत्कालै हुने वा नहुनेबारे कुनै टुङ्गो छैन। यसको अर्थ कोरोनाको लडाइँ लामो हुनेवाला छ। साथै यसको असर र प्रभाव बहुआयामिक छ। यसले संक्रमणकर्ताको शरीर र मनस्थितिमा गहिरो क्षति गर्नुका साथै परिवार र समुदायको शारीरिक र मानसिक स्वास्थ्यमा समेत असर गर्छ। यसका अलावा लामो समयको बन्दाबन्दीले परिवारले दैनिक जीविकोपार्जनका विकल्प, पेसा, व्यवसाय, व्यापार र रोजगारी गुमाउनु पर्दैछ। शिक्षाको अवसरर स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ। परिस्थिति नियन्त्रणतर्फ नगएमा जुनसुकै बेला नेपालका अन्य स्थान वा विदेशमा भएर बन्दाबन्दीका कारण परिवारबाट टाढा भएकालाई उनीहरूका घरमा फर्काउनुपर्नेछ। जो फर्किएका छन् उनीहरूलाई तोकिएको सुरक्षात्मक उपाय अवलम्बन गराउनुपर्नेछ। यतिमात्र नभई पेसा, व्यवसाय, व्यापार र रोगजारी गुमेर जीविकोपार्जनमा संकट आइपरेकाहरूका लागि राहतका साथै उनीहरूको रोजगारी सुनिश्चित गर्ने योजना तयार गर्नुपर्नेछ।  

स्थानीय तहमा देखिने संक्रमण र यसको विस्तार रोक्न वा भोलि हुने संभावित भवितव्यको उचित व्यवस्थापन गर्न स्थानीय तहका संरचना, मानवीय जनशक्ति र स्रोत÷साधनहरूको व्यवस्थित परिचालन गर्नुपर्नेछ। यसका लागि पहिलो काम लगत व्यवस्थापन हो। महामारीका बेला गरिने उद्धार, राहत, सुरक्षा, पुनस्र्थापना र पुनर्लाभका लागि क्षेत्रगत र एकीकृत अभिलेखले महामारीविरुद्ध चालिने रणनीतिक काममा महत्वपूर्ण योगदान गर्छ। तसर्थ हरेक स्थानीय तहले अब अभिलेख व्यवस्थापन कार्यलाई अति महत्वका साथ लागु गर्नुपर्छ। अब कोरोनाका संक्रमित र उनीहरूको सम्पर्क नंक्साङ्कन र प्रभावित समुदाय सिल गरेर मात्र यसबाट हुने बहुआयामिक क्षतिको पुर्ताल हुँदैन। यसका लागिसंक्रमितको उपचारका साथै समुदायमा सचेतना विस्तार, मनोवैज्ञानिक परामर्श, कानुनी उपचार गर्नुका साथै आर्थिक सामाजिक क्षति कम गर्न र दैनिक जीवन सहज बनाउन स्थानीय स्तरमा उपलब्ध उत्पादन र रोजगारीको स्रोत÷साधन तथा जनशक्ति क्षमताको लेखाजोखासमेत गर्नुपर्छ।

अब हरेक वडासँग नागरिकको पारिवारिक विवरण, पेशागत अवस्था, उमेरगत विवरण, स्वास्थ्य र रोगको अवस्था, अपाङ्गता विवरण, अध्ययनरत बालबालिका र निजले पढ्ने विद्यालयको विवरण र दैनिक ज्यालादारी काम गर्ने श्रमिकहरूको विवरण संकलन गरिनुपर्छ। यसलेश्रमिकहरूलाई तत्कालीन राहत व्यवस्थापन र अल्पकालीन रोजगारीको विकल्प बनाउन मद्दत गर्छ। साथै विद्यालय शिक्षाबाट वञ्चित बालबालिकालाई पढाइमा जोड्ने विकल्प तयारीमा समेत योगदान गर्छ। यसका साथै परिवारको जीविकोपार्जनको स्रोत र त्यसको उपलब्धता, घर बाहिर रहेका सदस्यको ठेगानासहितको विवरण, कोरोनाविरुद्ध परिचालन हुनेसरकारी र गैरसरकारी संरचनाहरू र त्यसको सक्षमता, महामारीको बखत परिचालन गर्न सकिने स्वयंसेवी विवरण आउने गरी लगत दुरुस्त हुन जरुरी छ। यसले महामारीका बेला आवश्यक स्रोत र जनशक्ति परिचालनमा मद्दत पुग्छ।  

यसका अलावा स्थानीय तहभित्रै रहेका र बाहिरबाट घर फिर्ता हुने नागरिकको खाद्यसंकट र जीविकोपार्जनको समस्या सुल्झाउन सो स्थानीय तहमा रहेका संभावना, जस्तै– निर्माणका काम, कृषिको संभावना, खेतीयोग्य बाँझो जमिन, रोजगारीका विकल्प, स्थानीय श्रम र स्रोतमा आधारित साना तथा मझौलाउद्योगहरूको विवरणराखिनुपर्छ। यतिमात्र होइन, महामारीपश्चात हुने मानवीय क्षतिको उचित व्यस्थापन गर्न नागरिकको सांस्कृतिक परम्पराअनुरूपको तर सुरक्षित दाहसंस्कार प्रबन्धको समेत लेखाजोखा हुनुपर्छ। यी सबैले महामारीमै र सोपछि नागरिकको भौतिक र मानसिक जीवनलाई सहज बनाउनुका साथै कोरोनाको क्षति पुर्ताल गर्ने व्यवस्थित योजना बनाउन आधार प्रदान गर्छन्।  

प्रतिकार्य योजना

कोरोना भाइरसले हरेकलाई निसन्देह गम्भीर चुनौती दिएको त छ साथै देशभित्रै अझ भनौँ आफ्नै ठाउँमा रहेर परिवार र देशको समृद्धिमा जुट्ने अवसर पनि दिएको छ। यो चुनौतीलाई अवसरमा बदल्न हरेक स्थानीय तहले तथ्यमा आधारित भएर प्रतिकार्य योजना तयार गर्नुपर्छ। तत्कालीनरूपमा बन्दाबन्दीको परिपालना,उद्धार र राहत, संक्रमणको प्रभाव र विस्तार रोक्ने उपाय, सचेतना र मनोसामाजिक परामर्शसम्बन्धी योजना बनाउन उपयुक्त हुन्छ। यसले संक्रमणको दर कम गर्न मद्दत गर्छ। मध्यकालीनरूपमा नागरिकको जीविकोपार्जन सुनिश्चितताका लागि स्थानीय संभावित योजना र नागरिकलाई तत्कालै रोजगारी सिर्जना गर्ने योजनाहरू बनाउन उपयुक्त हुन्छ। यसले बन्दाबन्दीले शिथिल र जर्जर बनेको नागरिकको दैनिकीलाई केही सहज बनाउँछ। दीर्घकालीनरूपले हरेक स्थानीय तहले स्थानीय स्रोत÷साधन र जनशक्तिको पूर्ण परिचालन हुने गरी उत्पादन वृद्धिमार्फत आत्मनिर्भरतालाई बढावा दिनेखालका योजनामा जोड दिनुपर्छ। यसका लागि स्थानीय तहहरूले आवश्यकताअनुरूप अन्तरपालिका स्तरीयका साथै प्रदेश र संघीय सरकारसँग समन्वय र सहकार्य गर्न जरुरी छ।  

निष्कर्ष  

कोरोना महामारी नेपालका लागि भूकम्प २०७२ को भूकम्पपछिकै ठूलो मानवीय संकट हुने गरी अघि बढ्दैछ। विश्वको अनुभवले पनि त्यही देखाएकाले अब कसैले कुनै पनि बहानामा प्रतिकार्यको काम गर्न ढिला गर्न हुँदैन। संघीय सरकारले समेत स्थानीय तहलाई बढी जिम्मेवार बनाउने गरी प्रतिकार्यसम्बन्धी व्यवस्थाहरूलाई अझ बलियो गर्नुपर्छ। स्थानीय तहले पनि अझ सक्रिय भएर कोरोनाविरुद्धको यो लडाइँको व्यवस्थित योजना बनाउन विलम्ब नगरौँ। आवश्यकताअनुसार स्थानीय तहमा रहेका सबै वर्गको सहयोग लिउँ। सबै सचेत वर्गले कम्तीमा आफ्नो समुदाय र वडामा यससम्बन्धी छलफल गर्दै स्थानीय तहसँग हातेमालो गरौँ। म मात्र बाँचु भन्ने भावनाले कोही बाँच्न सक्दैनौँ। देशलाई एउटा डुङ्गा मान्दा यसमा कोरोनारूपी प्वाल परिसकेको छ। बेलैमा यसलाई टाल्न पहल गरौँ अन्यथा अमेरिका, चीन, इटली, स्पेनजस्ता विकसित देशहरूको आँसु झर्ने तस्बिर रसंवेदनाले छताछुल्ल दारुण दृश्यहरू हाम्रै घर र समुदायमा देखिनेछन्। सजगपूर्वक सबैले पहलकदमी लिएमा पक्कै भविष्यमा हुन सक्ने क्षतिमा कमी आउनेछ। त्यसैले तत्कालै यो कामको नेतृत्व स्थानीय तहले लिनुपर्छ।  
अर्को समाचार
ऋण उठाउने अधिकार पाएर पनि उपभोग गर्न नसक्ने प्रदेश र स्थानीय सरकार
१४ असार २०८१
•
९ मिनेट पाठ
ऋण उठाउने अधिकार पाएर पनि उपभोग गर्न नसक्ने प्रदेश र स्थानीय सरकार
पछिल्ला केही वर्ष यता सरकारको सार्वजनिक ऋण अत्यधिक बढेपछि यसको आलोचना हुनुका साथै यसलाई मुलुकको आर्थिक संकटको सम्भावित कारकका रूपमासमेत हेर्न थालिएको छ। अर्कोतर्फ प्रदेश र स्थानीय सरकारले ऋण उठाउने अधिकार पाएर पनि त्यसको उपभोग गर्न सकिरहेका छैनन्। संघ सरकारको स्वीकृतिबिनै आफ्नो बजेटको स्रोतको रूपमा आन्तरिक ऋण देखाउने तर उठाउन नसक्ने अवस्थाबाट प्रदेश र स्थानीय तह गुज्रिरहेका छन्।

मुलुकमा सङ्घीयता कार्यान्वयनमा आएसँगै प्रदेश र स्थानीय सरकारले आर्थिक अधिकारसमेत पाएका छन्। आफ्नो क्षेत्राधिकारभित्र बसेर आर्थिक अधिकारसम्बन्धी कानुन बनाउने, नीति तथा योजना तयार पार्ने, वार्षिक बजेट तर्जुमा गर्ने तथा कार्यक्रम कार्यान्वयन गर्ने र त्यसको लेखांकन एवम् लेखापरीक्षणसम्मका अधिकार प्रदेश र स्थानीय सरकारलाई छ। उनीहरूले आफ्नो वार्षिक बजेट अनुमान गर्दा अनुमानित आयभन्दा व्यय बढी हुने गरी घाटा बजेटसमेत ल्याउन सक्छन्।

 नेपालको संविधान, २०७२ ले प्रदेश र स्थानीय तहलाई पनि आन्तरिक ऋण उठाउन सक्ने अधिकार दिएको छ भने बाह्य ऋण संघ सरकारले मात्रै उठाउन पाउँछ। संविधानको धारा २५१ को व्यवस्थाबमोजिम तीनै तहका सरकारले लिनसक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने जिम्मेवारी तथा दायित्व राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो।
केही प्रदेश र स्थानीय सरकारले आफ्नो घाटा बजेट पूर्ति गर्न अर्थात् वार्षिक बजेटको स्रोतमा आन्तरिक ऋणलाई देखाउँदै आए पनि उनीहरूले हालसम्म आन्तरिक ऋण संकलन र परिचालन भने गरेको देखिँदैन। गण्डकी प्रदेशले आन्तरिक ऋण उठाउने भन्न थालेको ६ वर्ष भयो। प्रदेशको आर्थिक वर्ष २०७६/७७ यताका सबै बजेटको स्रोतमा आन्तरिक ऋणलाई राखिएको छ। बागमती र सुदूरपश्चिमबाहेक अरू सबै प्रदेशका सरकारले कुनै न कुनै वर्षको बजेट स्रोतमा आन्तरिक ऋण देखाएका छन्। नेपालको संविधान, २०७२ ले प्रदेश र स्थानीय तहलाई पनि आन्तरिक ऋण उठाउन सक्ने अधिकार दिएको छ भने बाह्य ऋण संघ सरकारले मात्रै उठाउन पाउँछ। संविधानको धारा २५१ को व्यवस्थाबमोजिम तीनै तहका सरकारले लिनसक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने जिम्मेवारी तथा दायित्व राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो।

आयोगले आर्थिक वर्ष २०७५/७६ देखि प्रदेश र स्थानीय सरकारलाई उनीहरूले उठाउन सक्ने ऋणको सीमा सिफारिस गर्दै आएको छ। वित्त आयोगको सिफारिस हेर्दा आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारलाई अनुमानित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत र प्रदेश तथा स्थानीय तहलाई उनीहरूको आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त रकमको १० प्रतिशतसम्म आन्तरिक ऋण उठाउन सक्ने सुझाव दिएको देखिन्छ।

आयोगको यो सिफारिसबाट प्रदेश र स्थानीय सरकारले आन्तरिक ऋण परिचालनको संरचनागत तथा प्रक्रियागत प्रबन्ध हालसम्म पूरा नगरेको प्रस्ट हुन्छ। प्रदेश सरकारले आफ्नो बजेट स्रोतका रूपमा आन्तरिक ऋण उठाउने भनेर लेख्दा त्यसका लागि केन्द्र सरकारको अनुमति नलिने गरेको पनि आयोगको सिफारिस प्रतिवेदनबाट देखिन्छ।
प्रदेश र स्थानीय सरकारले उठाउन सक्ने ऋणको सीमा आर्थिक वर्ष २०७७/७८ पछि बढाएर १२ प्रतिशत पुर्‍याइएको थियो। आगामी आर्थिक वर्षका लागि पनि वित्त आयोगले यही सिफारिस गरेको छ। अर्थात् प्रदेश र स्थानीय सरकारले आफ्नो राजस्व र राजस्व बाँडफाँटबाट प्राप्त रकमको १२ प्रतिशतसम्म आन्तरिक ऋण उठाउन पाउँछन्। ‘प्रदेश र स्थानीय सरकारले आन्तरिक ऋण परिचालनको संरचनागत र प्रक्रियागत प्रबन्ध पूरा भएको अवस्थामा आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटको रकम र प्रदेश सरकारले आफ्नो आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमको योगफलको १२ प्रतिशतमा नबढ्ने गरी राष्ट्रिय र प्रादेशिक नीति तथा योजनामा आधारित भई लागत लाभ विश्लेषणबाट आन्तरिक प्रतिफल दर (इन्टर्नल रेट अफ रिटर्न–आइआरआर) वा खुद वर्तमान मूल्य (नेट प्रेजेन्ट भ्यालु–एनपिभी) उपयुक्त देखिएका आयोजना र परियोजना कार्यान्वयनका लागि सरकारको स्वीकृतिमा आन्तरिक ऋण उठाउन सक्नेछन्’, वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संघ, प्रदेश र स्थानीय सरकारले लिनसक्ने आन्तरिक ऋणको सीमा सम्बन्धमा तीनै तहका सरकारलाई गरेको सिफारिसमा भनिएको छ।

आयोगको यो सिफारिसबाट प्रदेश र स्थानीय सरकारले आन्तरिक ऋण परिचालनको संरचनागत तथा प्रक्रियागत प्रबन्ध हालसम्म पूरा नगरेको प्रस्ट हुन्छ। प्रदेश सरकारले आफ्नो बजेट स्रोतका रूपमा आन्तरिक ऋण उठाउने भनेर लेख्दा त्यसका लागि केन्द्र सरकारको अनुमति नलिने गरेको पनि आयोगको सिफारिस प्रतिवेदनबाट देखिन्छ।

प्रदेश र स्थानीय तहले आन्तरिक ऋणलाई बजेटको स्रोतका रूपमा देखाउनु अघि अर्थमन्त्रालयको स्वीकृति लिनुपर्नेमा त्यस्तो स्वीकृति लिने गरेका छैनन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १४ मा तीनै तहका सरकारले वित्त आयोगले सिफारिस गरेको सीमाभित्र रही आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था गरेको छ। 
‘आन्तरिक ऋण परिचालनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तथा संरचना विकास भइसकेको अवस्थामा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १४ मा उल्लेख भएबमोजिम नेपाल सरकारको स्वीकृति प्राप्त भएपछि मात्र प्रदेश र स्थानीय सरकारले आन्तरिक ऋणलाई बजेटको स्रोतका रूपमा उल्लेख गर्नुपर्छ’, प्रतिवेदनको सुझाव खण्डमा भनिएको छ।

प्रदेश र स्थानीय तहले आन्तरिक ऋणलाई बजेटको स्रोतका रूपमा देखाउनु अघि अर्थमन्त्रालयको स्वीकृति लिनुपर्नेमा त्यस्तो स्वीकृति लिने गरेका छैनन्। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १४ मा तीनै तहका सरकारले वित्त आयोगले सिफारिस गरेको सीमाभित्र रही आन्तरिक ऋण उठाउन सक्ने व्यवस्था गरेको छ। उक्त ऐनको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहले आन्तरिक ऋण लिनुअघि नेपाल सरकारको सहमति लिनुपर्ने उल्लेख छ। आन्तरिक ऋण लिन केन्द्रीय सरकारको सहमति माग गर्दा आन्तरिक ऋण लिन खोजिएको योजना, योजनाबाट प्राप्त हुन सक्ने प्रतिफल र उपलब्धि, ऋण भुक्तानी योजना, ऋण दिने संस्थाको विवरणसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पेस गर्नुपर्ने हुन्छ। यसरी पेस भएको प्रस्ताव कार्यान्वयनयोग्य देखिएमा मात्रै सरकारले सम्बन्धित प्रदेश वा स्थानीय तहलाई आन्तरिक ऋण लिन सहमति दिन सक्नेछ। यद्यपि प्रदेशहरूले आफू खुसी आन्तरिक ऋणलाई बजेट स्रोत देखाउँछन् र उक्त ऋण परिचालनसमेत गर्न सक्दैनन्।

‘आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट खर्चको आवश्यकता पूरा नहुने भएकाले न्यून वित्त पाँच अर्ब रूपैयाँ अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले गरेको व्यवस्था बमोजिम संघीय सरकारसँग ऋण लिई पूर्ति गरिनेछ। यसको लागि अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा १५ बमोजिमको प्रक्रिया अनुशरण गरिनेछ’, कोसी प्रदेशको उक्त आर्थिक वर्षको बजेटको बुँदा नम्बर १८९ मा भनिएको छ। कोसीले बजेट वक्तव्यमा प्रस्तुत गरे पनि यो ऋण उठाएन।
यी समग्र अवस्था हेर्दा प्रदेश र स्थानीय सरकारको बजेट स्रोतमा ऋण छ तर हालसम्म उठेको छैन। केही स्थानीय तहले नगर विकास कोषबाट रकम लिएर परिचालन गरेका भए पनि बण्डलगायतका विभिन्न औजार उपकरण प्रयोग गरेर ऋण उठाउन सकेका छैनन्। कोसी प्रदेशको आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा घाटा बजेट पूर्ति गर्न ऋण उठाइने उल्लेख थियो। ‘आन्तरिक राजस्व र राजस्व बाँडफाँटबाट खर्चको आवश्यकता पूरा नहुने भएकाले न्यून वित्त पाँच अर्ब रूपैयाँ अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले गरेको व्यवस्था बमोजिम संघीय सरकारसँग ऋण लिई पूर्ति गरिनेछ। यसको लागि अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा १५ बमोजिमको प्रक्रिया अनुशरण गरिनेछ’, कोसी प्रदेशको उक्त आर्थिक वर्षको बजेटको बुँदा नम्बर १८९ मा भनिएको छ। कोसीले बजेट वक्तव्यमा प्रस्तुत गरे पनि यो ऋण उठाएन।

मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत पूर्ति गर्न दुई अर्ब रूपैयाँ बराबर आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि पनि मधेश प्रदेश सरकारले दुई अर्ब रूपैयाँ बराबर आन्तरिक ऋण उठाउने लक्ष्य बजेटमार्फत् राखेको थियो। उक्त ऋण उठाउन नसकिएको जानकारी मधेश प्रदेश अर्थ मन्त्रालयका सचिव सुवासचन्द्र शिवाकोटीले दिए।

 प्रदेशको आर्थिक मामिला सचिव पुरुषोत्तम शर्माले प्रदेशलाई ऋण उठाउन स्पष्ट कानुनी र संरचनागत आधार बनिनसकेको बताए। ‘प्रदेशले ऋण उठाउने सन्दर्भमा संघीय कानुन बनेका छन् तर त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली र कार्यविधि बन्न सकेका छैनन्’, उनले भने ।
‘प्रदेश र स्थानीय तहको आन्तरिक ऋणसम्बन्धी प्रक्रियागत कानुन बन्न सकेका छैनन्। जसकारण कुनै पनि प्रदेशमा आन्तरिक ऋण लिने तरिका मिलेको छैन’, उनले भने, ‘विनियोजित वार्षिक बजेट नै खर्च नभइरहेको अवस्थामा प्रदेशले आन्तरिक ऋण उठाउने भनेर राख्नु अनावश्यक र अर्थहीन छ।’

गण्डकी प्रदेशले बजेट स्रोतका रूपमा आन्तरिक ऋण देखाउन थालेको ६ वर्ष भयो। कुनै पनि वर्ष उसले ऋण उठाउन सकेको छैन। प्रदेशको आर्थिक मामिला सचिव पुरुषोत्तम शर्माले प्रदेशलाई ऋण उठाउन स्पष्ट कानुनी र संरचनागत आधार बनिनसकेको बताए। ‘प्रदेशले ऋण उठाउने सन्दर्भमा संघीय कानुन बनेका छन् तर त्यसको कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली र कार्यविधि बन्न सकेका छैनन्’, उनले भने ।

घाटा बजेट पूर्तिका लागि बजेट स्रोतका रूपमा आन्तरिक ऋणलाई स्रोतका रूपमा देखाइने भन्दै शर्माले अहिलेसम्म उठाउन आन्तरिक ऋण उठाउन नसकिएको बताए।’ खर्च नभएर वा आवश्यक नपरेर ऋण नउठाएको भन्ने होइन। यस वर्ष कार्यविधि बनेको खण्डमा आन्तरिक ऋण उठाउन सकिएला भन्ने अपेक्षा राखेर स्रोतका रूपमा यसलाई निरन्तरता दिएका छौं’, उनले भने।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा एक अर्ब ७० करोड रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य प्रदेश सरकारले राखेको थियो। आगामी आर्थिक वर्ष २०८१/८२ मा पनि एक अर्ब ७० करोड रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य प्रदेशले राखेको छ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा अपुग हुने स्रोत व्यहोर्नका लागि ९८ करोड ८३ लाख ९२ हजार रूपैयाँ बराबर आन्तरिक ऋणबाट व्यहोरिने र थप एक अर्ब रूपैयाँ बराबर संघीय सरकारसँग ऋण लिने उल्लेख छ। आर्थिक वर्ष २०७७/७८, २०७८/७९, २०७९/८० को बजेटमा पनि गण्डकीले समान दुई अर्ब रूपैयाँ ऋण लिने उल्लेख गरेको छ। उक्त प्रदेशको अघिल्ला तीन आर्थिक वर्षको बजेटमा आन्तरिक ऋणबाट एक अर्ब र संघीय सरकारसँग एक अर्ब रूपैयाँ ऋण उठाउने उल्लेख छ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा एक अर्ब ७० करोड रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य प्रदेश सरकारले राखेको थियो। आगामी आर्थिक वर्ष २०८१/८२ मा पनि एक अर्ब ७० करोड रूपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य प्रदेशले राखेको छ।

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब २५ करोड रूपैयाँ बराबर आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। त्यस्तै, गत आवमा लुम्बिनीले एक अर्ब रूपैयाँ ऋण उठाउने लक्ष्य राखेको थियो। यी दुवै आर्थिक वर्षमा लुम्बिनीले ऋण उठाउन सकेन। कर्णाली प्रदेशले आर्थिक वर्ष २०७५/७६ को बजेटमा एक अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको थियो। आव २०७६/७७ मा ७५ करोड रूपैयाँ ऋण उठाउने विषय बजेटमा राखेको देखिन्छ। त्यसयताका बजेटमा कर्णालीले आन्तरिक ऋणलाई स्रोतका रूपमा देखाएको छैन।

छिमेकी मुलुक भारतको अभ्यास हेर्ने हो भने त्यहाँको वित्तीय उत्तरदायित्व तथा बजेट व्यवस्थापन ऐन, २००३ को दफा ४ मा कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशतको सीमाभित्र कुल सार्वजनिक ऋणलाई सीमित गर्ने र यसमध्येको ४० प्रतिशत संघ सरकार र बाँकी २० प्रतिशत राज्य सरकार र ग्राम तथा नगर पञ्चायतलाई उठाउन दिने उल्लेख छ।
बागमती र सुदूरपश्चिम सरकारले भने आन्तरिक ऋणलाई बजेट स्रोतका रूपमा देखाएका छैनन्। सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ ले पनि संघीय सरकारको सहमतिमा प्रदेश सरकार वा स्थानीय तहले वित्त आयोगले सिफारिस गरेको सीमाभित्र रही आवश्यक परिमाणमा एकैपटक वा पटक–पटक गरी कुनै एक वा बढी प्रकारको ऋणपत्र निष्कासन गरी प्रचलित कानुनको अधीनमा रही आन्तरिक ऋण उठाउन सक्नेछ भनी व्यवस्था गरेको छ।

छिमेकी मुलुक भारतको अभ्यास हेर्ने हो भने त्यहाँको वित्तीय उत्तरदायित्व तथा बजेट व्यवस्थापन ऐन, २००३ को दफा ४ मा कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशतको सीमाभित्र कुल सार्वजनिक ऋणलाई सीमित गर्ने र यसमध्येको ४० प्रतिशत संघ सरकार र बाँकी २० प्रतिशत राज्य सरकार र ग्राम तथा नगर पञ्चायतलाई उठाउन दिने उल्लेख छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस