एक्काइसौँ शताब्दीको आरम्भमै अमेरिकास्थित विश्व व्यापार संगठनको 'जुम्ल्याहा भवन'माथि आतंककारी हमला भएपछि नयाँ शताब्दी रक्तरञ्जित हुने डर बढेको थियो। इराक र अफगानिस्तानमा बगेका रगतले त्यसैलाई पुष्टि गर्यो। हिंसा दुवै देशमा राजनीतिक परिवर्तनको माध्यम बन्यो। त्यसमाथि पनि बाह्य मुलुकको प्रत्यक्ष हस्तक्षेप देखियो। इराक र अफगानिस्तानको घटनाले परिवर्तन हिंसा र बाह्य सैन्य हस्तक्षेपबाट सम्भव हुने नजिर बन्यो। परिवर्तनका लागि उठाइएका शान्तिका आवाज दबिने खतरा बढ्यो। नेपालले पनि पहिलो दशकको पूर्वार्धमा हिंसा भोग्नु परेको थियो।
नयाँ सहस्राब्दीको प्रारम्भिक दशकमा परिवर्तनका नाममा धेरै हिंसात्मक गतिविधि भए। दोस्रो दशकले भने निकै आशा जगाएको छ। पहिलो दशकको अन्ततिर ट्युनिसियाबाट फैलिएको शान्तिपूर्ण आन्दोलनको लहरले अरब विश्वलाई प्रभावित पारिसकेको छ। दशकौंसम्म एकलौटी शासन गर्ने तानाशाहहरूको शासन गर्लामगुर्लुम ढलिसकेको छ। होस्नी मुबारक इजिप्टेली जनताको शान्तिपूर्ण आन्दोलनका सामु घुँडा टेक्न बाध्य भए। ट्युनियाका शासक जिन इल अबिदिन बेन अलीको शासन ढल्यो। सिरियाका जनता शान्तिपूर्ण आन्दोलनमा निरन्तर सक्रिय छन्।
अरब विश्वमा हलचल ल्याउने गरी भएका शान्तिपूर्ण अभियानले शान्तिका पक्षधरलाई पुनः जगाएको छ। अपवादका रूपमा लिबियामा परिवर्तनका लागि हिंसात्मक उपाय अपनाइएको छ। अरबका अन्य क्षेत्रमा जनताले शान्तिपूर्ण आन्दोलन गरेका छन्। शान्तिको शक्ति र सामर्थ्य हिंसाभन्दा धेरै गुणा बढी हुन्छ भन्ने सन्देश विश्व राजनीतिमा प्रवाह भएको छ। यसले एक्काईसौँ शताब्दी शान्तिको शताब्दी हुनसक्ने बलियो आधार तयार भएको छ।
शान्तिको शक्तिबाट परिवर्तन सम्भव हुनसक्छ भन्नेमा आशा र भरोसा बढ्नु सकारात्मक पक्ष हो। विश्वव्यापीकरणको प्रभावमा परेको संसारभर हिंसा र रक्तपातका धेरै जोखिम टर्ने सम्भावना बढेको छ। शान्तिका बलमा परिवर्तनको लहर चलिसकेको छ।
विश्वको पुरानो सभ्यतामध्येको मिश्र (इजिप्ट) मा भएको शान्तिपूर्ण परिवर्तनले सकारात्मक सन्देश दिइरहेको छ। चौधौँ शताब्दीमा आइपुग्दा सभ्यताको उचाइमा पुगेर बलियो छाप छाड्न सफल उत्तर अफ्रिकी देशहरू ट्युनिसिया र इजिप्टबाट शान्तिपूर्ण आन्दोलनको थालनी हुनु संयोगमात्र होइन। मिश्रले विश्वलाई सभ्यता र संस्कृति सिकाएको बेलायती मानवशास्त्रीहरूको तर्क छ। समाज विकासका क्षेत्रमा विशिष्ट योगदान पुर्याएको मिश्र र त्यस वरपरका क्षेत्रको विश्व राजनीतिमा बलियो पहिचान छ। चौधौँ शताब्दीमा इब्न ए खाल्दुनको पुस्तक 'मुकदमा' ले उत्तर अफ्रिकी क्षेत्रको विकसित सभ्यताको चित्रण गरेको छ। आधुनिक विश्वमा निकै केलाइने उनको त्यस पुस्तकले ट्युनिसिया, इजिप्ट र लिबियाजस्ता देशहरूको महत्वपूर्ण भूराजनीति र सभ्यता विकासको नयाँ उचाइ स्पष्ट पार्न खोजेको छ। बाँकी विश्वले उक्त क्षेत्रबाट धेरै सिक्ने अवसर पाएको थियो। वर्तमानमा सोही क्षेत्रबाट शान्तिपूर्ण आन्दोलनको उभार आउनुलाई आशाको त्यस्तो नवकिरण मान्न सकिन्छ जसले विश्वभर कुनै न कुनै रूपमा प्रभाव छाडिसकेको छ।
त्यस क्षेत्रमा अरब आन्दोलनको उभार फैलिइरहँदा विश्वभरका तानाशाह तनावमा परेका छन्। विगतमा दमन र त्रासमार्फत् स्वतन्त्रताका आवाज बन्द गर्न सफल भएकाहरू यसबाट आत्तिनु स्वाभाविक हो। तीन दशक लामो जरा गाडेकाले समेत घुँडा टेक्न बाध्य भएको अवस्थामा जुनसुकै तानाशाहलाई पनि शान्तिको अभियानले कुर्सीबाट झारेर न्यायको कठघरामा उभ्याउनसक्ने क्षमता देखाइसकेको छ। अस्पतालको शैयामा रहँदासमेत मुबारकले उन्मुक्ति पाएका छैनन्। भविष्यमा धेरै तानाशाह न्यायको कठघरामा उभिनुपर्ने निश्चित छ। अरब आन्दोलन र तानाशाहहरूको हविगतले विश्वव्यापीकरणको जन्जालले बाँधिएको विश्व राजनीति शान्तिको बलमा आमूल परिवर्तनको दिशामा जाँदैछ भन्ने विश्लेषण गर्नु अनुपयुक्त हुनेछैन।
विश्वमा अझै कतिपय मुलुकमा तानाशाहहरूको राज कायमै छ। कतिपय तानाशाह जनतालाई सिंगो विश्वबाट एक्ल्याएर निरंकुशता लादिरहेका छन्। केही देशभित्र मुीभरका व्यक्तिको समर्थन भए पनि शक्तिशाली देशको प्रत्यक्ष अप्रत्यक्ष साथ पाएर अधिनायकहरू टिक्न सफल छन्। उनीहरू दमनबाटै स्वतन्त्रतालाई बन्धक बनाइरहेका छन्। त्यस्ता शासकको भविष्यमाथि परिवर्तनका लागि उर्लँदो लहरले प्रश्न तेर्स्याइसकेको छ। सूचना र प्रविधिको द्रूत विकासले निकै नजिक्याइसकेको मानव समाजमा स्वतन्त्रतालाई बन्धक बनाइरहनसक्ने ताकत अब सायदै कसैमा रहिरहला। एकतन्त्रीय र जहानिया शैलीका शासनहरू तासको पत्ता जस्तै कुनै न कुनै बेला गर्ल्यामगुर्लुम ढल्ने निश्चित छ। त्यसका लागि शान्तिको बलियो अभियान विश्वभर फैलँदो छ।
तानाशाहलाई सत्ताच्युत गर्न भएका रक्तपातपूर्ण विद्रोह सफल भएपनि त्यसले धेरैजसो अर्को अधिनायक जन्माएको इतिहास साक्षी छ। रुसको रक्तपातपूर्ण बोल्सेभिक क्रान्तिले स्टालिनजस्ता तानाशाह जन्मायो। क्युबाको सस्त्र विद्रोहले फिडेल क्यास्ट्रोको निरंकुश सत्ता कायम गरायो। उनले क्युबामा एकछत्र चार दशक शासन गरेर आफ्ना भाइलाई उत्तराधिकारी अर्थात् राष्ट्रपति बनाएका छन्। इराकको रक्तपातपूर्ण सत्ता विद्रोहले सद्दाम हुसेनलाई जन्माएको थियो। अफगानिस्तानको हिंसात्मक सत्ता परिवर्तनले अन्ततः तालिवानहरूलाई सत्तामा पुर्याएको थियो। हिंसाकै बलमा पतन गराइएका सद्दाम हुसेन र तालिवानपछिको इराक र अफगानिस्तान अर्को हिंसाको चपेटामा परेको छ। हिंसात्मक शैलीले अर्को तानाशाह जन्माउने हुनाले विश्वमा हिंसा र प्रतिहिंसाको चक्र चली नै रह्यो।
लासहरूमाथि चढेर शासक बनेकालाई झार्न सोही शैली अपनाउनुपर्छ भन्ने मान्यता इतिहासको कालचक्रमा गलत सिद्ध भइसकेको छ। हिंसाको बाटो अपनाउनेहरू कि त असफल भएका छन् नभए सोही शैलीको अर्को हिंसात्मक शक्तिद्वारा परास्त भएका देखिएका छन्। हिंसाको बाटोकाट आएका तानाशाहले अर्को हिंसात्मक अध्याय आरम्भ गर्ने बाटो बनाएर गए। हिंसाको निरन्तर शृंखलाको अन्त्य शान्तिबाट मात्र सम्भव हुने रहेछ। हिंसालाई शान्तिले परास्त गर्नसके परिवर्तन दिगो हुने र देशले अर्को हिंसाको सामना गर्नु नपर्ने संसारभरको घटनाक्रमले देखाइसकेको छ। दशकौं लामो हिंसाको चपेटामा परेको दक्षिण अफ्रिकामा शान्तिपूर्ण माध्यमले द्वन्द्वको व्यवस्थापन भयो। प्रारम्भको केही वर्ष संक्रमणकालीन राजनीतिले तनाव चरम चुलीमा नपुगेको होइन। शान्तिको शक्तिले सबै किसिमका चुनौतीको सामना गरी दक्षिण अफ्रिकालाई परिवर्तनको उज्यालो युगमा पुर्याइछाड्यो।
दशक लामो हिंसाको चपेटामा परेर शान्तिपूर्ण माध्यमद्वारा राजतन्त्र अन्त्य गर्न सफल नेपालले एक्काईसौँ शताब्दीमा गणतन्त्र घोषित भइसकेको छ। दशक लामो हिंसाले गर्न नसकेको परिवर्तन शान्तिको मार्गबाटै सम्भव भयो। हुनत, हिंसा आवश्यक थियो भन्नेहरू दश वर्ष लामो हिंसात्मक गतिविधिलाई परिवर्तनको जगका रूपमा पनि अर्थ्याउन खोज्दैछन्। तर, हिंसालाई अहिंसामा बदलेर शान्तिपूर्ण अभियान थालेर नै देशले परिवर्तनको उत्तम मार्ग भेटेको हो। हिंसाको धङधङीमा रहेकाहरू अझै धम्कीका भाषा बोल्दैछन्। अहिंसाको मार्गलाई पूर्णतः आत्मसात् गर्न नसक्दाको परिणाम देशले भोगिरहेको छ।
शान्तिको दिशामा विश्वमा सकारात्मक संकेत देखिइरहेको छ। अरब जगत्मा उठेको शान्तिको लहरले जो बाँकी तानाशाहको पनि पतनको बाटो खोलेको छ भने अधिनायकत्वको अभिलाषा भएका नवतानाशाहलाई धक्का दिइसकेको छ। नेपाली जनताले शान्तिपूर्ण ऐतिहासिक जनआन्दोलनबाट निरंकुश बन्न खोज्नेहरूलाई पतनको बाटो देखाइसकेका छन्। दमन र हिंसाको बलमा तानाशाह बन्न खोज्नेहरू नदेखिएका होइनन् तर हिंसाको जगमा उठेका र टिकेकाहरू समाप्त हुँदैजाँदा शान्तिको दिशामा निकै अगाडि बढिसकेको मुलुकमा अर्को हिंसाको वातावरण बनाउने षड्यन्त्र परास्त हुने निश्चित छ। नयाँ तानाशाह जन्मने अवस्थाप्रति नयाँ पुस्ता सचेत छ। विश्वव्यापीकरणको सञ्जालभित्र गाँजिदै गएको नयाँ पिँढीले हिंसाको राजनीतिलाई मान्यता दिनेछैन। अरबमा भएको शान्तिपूर्ण आन्दोलनको लहरलाई नियालिरहेका जनताले शान्तिका लागि अर्को आन्दोलनमा आफूलाई तयार गर्नसक्ने सम्भावना छ। अरबमा ठूलो राजनीतिक विवादबाट आन्दोलनको लहर आएको होइन। आगोको एक झिल्को सारा बस्ती खरानी बनाउन सक्षम हुन्छ भनेजस्तै भएको थियो। जनतालाई जे गरेपनि हुन्छ भनेर ठान्नेहरूविरुद्ध जनतामा आक्रोश फैलँदो छ। ससानो घटनाले समेत तरंगित हुने नेपाली समाजमा कुनै पनि बेला असन्तुष्टिले आन्दोलनको रूप लिनसक्छ। अरब आन्दोलनको लहर र शान्तिपूर्ण अभियानको शक्तिलाई बुझेकाहरूले शान्तिका पक्षमा बेलैमा सुझबुझ निर्णय गर्नुको विकल्प छैन। अन्यथा, असन्तुष्टिबाट उत्पन्न जनआक्रोश आन्दोलनमा परिणत हुनसक्छ। आन्दोलन कुनै एक राजनीतिक पार्टीकै नेतृत्वमा मात्र हुने होइन रहेछ भन्ने उदाहरण त भारतको भ्रष्टाचारविरुद्धको आन्दोलन नै हो। स्वतःस्फूर्तरूपमा जनता सडकमा ओर्लिएका छन्। सूचना र संचारमा पहुँच बढाएका नेपालीले विश्व परिवेशबाट परिवर्तनका लागि शान्तिको शक्ति बुझिसकेका छन्। आन्दोलनको जग तयार हुनसक्ने संकेत सामाजिक सञ्जाल र संचारमाध्यममा व्यक्त असन्तुष्टि र आक्रोशले दिइरहेको छ। संविधान नबनाई अलमल गर्ने र समयावधि थपेरै चलखेलमै रमाउनेहरूलाई आन्दोलनको समिप पुगेको जनताको असन्तुष्टि थेग्न सजिलो हुनेछैन।

लेखक जवाहरलाल नेहरू विश्वविद्यालयका रिसर्च फेलो हुन्।