संविधानसभा धोका हो
०१ फागुन २०६७
•
१२ मिनेट पाठ
संविधानसभा धोका हो
समय बदलिन बेर लाग्दैन। पाँच हजार वर्षदेखि चल्दै आएको निरंकुश राज्य व्यवस्था र ६० वर्ष लामो सैनिक शासनअन्तर्गत सधै राजनीतिक ठालूहरुको आज्ञा शिरोपर गर्दै आएका मिश्र (इजिप्ट)का जनता एकाएक जागेर जम्माजम्मी १८ दिनको संघर्षपछि निरंकुशतन्त्रको अन्त्येष्टि गरिदिएका छन्। मध्यपूर्वका देशहरुमा अमेरिकी सामरिक स्वार्थको आधार भूमिका रुपमा रहँदै आएको मिश्र्रका जनताले विद्रोह गरेपछि टालटुलमा लागेका वयोवृद्ध राष्ट्रपति होस्नी मुबारकसँगको मित्रता अमेरिकाका लागि लज्जास्पद साबित भयो। मिश्रको सामरिक विकासमा सबैभन्दा बढी लगानी गर्ने महाशक्ति राष्ट्र असहाय तमासेका रुपमा कायरोको सडकमा उभिन बाध्य भयो।
मिश्रको परिवर्तनलाई नेपाली सन्दर्भमा जोडेर हेर्दा स्तम्भकारको कानमा सहर–बजार र गाउँघरबाट चर्किँदै आएका समवेत स्वरहरु गुञ्जिएको आभास हुँदैछ। केही सातापछि कथित शक्ति केन्द्रहरुको भित्ता चर्कने गरी ँसंविधानसभा धोका होँ को नारा गुञ्जिन थाल्यो भने आश्चर्य हुने छैन। सात सालको परिवर्तनदेखि नै उन्नतिको आशामा मठाधीश राजनीतिज्ञहरुको आज्ञा शिरोपर गर्दै आएका जनता कुनै पनि बेला त्यस्तो आज्ञा वा आदेश उल्लंघन गर्न समर्थ र स्वतन्त्र छन्। आफैँलाई मान र शानको केन्द्रविन्दुमा राख्न अनेकौँ तिकडम गरेर जनताको भावनासँग मनपरी खेल्दै आएका राजनीतिज्ञहरुलाई बहिष्कार गर्ने समय नजिक आइसकेको छ। यसका लागि जनताले न त माओवादी जनविद्रोहको आह्वान पर्खनेछन्, न दुई दशकसम्म प्रजातन्त्र र विकासको चेपारो घस्दै आएका कांग्रेस–एमालेका नेताहरुको मुख ताक्नेछन्, न खण्डहरमा पुगेको राजतन्त्र गुहार्नेछन्।




देशको इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचनबाट चुनिएको संविधानसभा दलका नेताहरुको सत्तालिप्साको फोहोरी अखडा बनेको छ। त्यसैले पनि, संविधान निर्माणको मूल उद्देश्यबाट विचलित यो सभा जनताका लागि धोका साबित भइसकेको छ। जनताले नेताहरुको प्रधानमन्त्री बनेर रजगज गर्ने व्यक्तिगत आकांक्षा तुष्टिका लागि संविधानसभाकोे प्रस्ताव स्वीकार गरेका थिएनन्। देश बहुप्रतीक्षित नवनिर्माणको बाटोमा लाग्ला र शान्तिको वातावरणमा सहज ढंगले दुई छाक कमाउन सकिएला भन्ने आशासाथ परिवर्तनका लागि जनता सडकमा उर्लेका थिए। दुई निर्वाचन क्षेत्रबाट चुनाव जित्ने पुष्पकमल दाहाल, दुवै क्षेत्रबाट हार्ने माधवकुमार नेपाल तथा यी दुवैको मियो बनेका दिवंगत् गिरिजाप्रसाद कोइरालाको आह्वानले मात्र जनता सडकमा ओर्लिएका थिएनन्।

मिश्र र नेपालको राजनीतिक परिस्थितिमा खासै समानता नभए पनि दुवैको राजनीतिक विकासक्रममा केही सांकेतिक सामीप्य छन्। दुवै देश आधुनिकीकरणमा प्रवेश गरेको ६० वर्ष भयो। यस अवधिमा त्यहाँ तीन व्यक्ति अब्दुल गमाल नासेर, अनवर सादात र होस्नी मुबारकले स्थायित्वका नाममा पुरानो राज्य व्यवस्थाअनुकूल सैनिक शासन चलाए। संसारको सबैभन्दा विष्फोटक क्षेत्र, मध्यपूर्वको केन्द्रमा रहेकाले अमेरिका उनीहरुको संरक्षक बन्यो। यही अवधिमा नेपालमा स्थायित्व, विकास र प्रजातन्त्रका नाममा प्रारम्भमै निर्वाचित प्रधानमन्त्रीलाई थुनेर प्रजातान्त्रिक व्यवस्था शूलीमा चढाइयो। दर्जनौँ पटक प्रधानमन्त्री फेरिए। दर्जनौँ पटक आन्दोलन भए। दुई पटक प्रजातन्त्र स्थापना भयो। तैपनि, सामन्त र सेनाको बलमा टिकेको पुरानो राज्य व्यवस्था विस्थापित हुन सकेन। जसले प्रजातन्त्रको तपस्यामा तीन दशक बिताए, जसले मानिसको टाउको काटेर जनवादी शासनको सपना देखे र जसले आमूल परिवर्तनको नारा लगाउँदै टाउकोमा कात्रोको फेटा गुथेर जवानी जंगलमा बिताए– ती सबै अन्ततः आफ्नै खुसियालीमा रमाए। मिश्रमा स्थायित्वको नाममा पुरानो राज्य व्यवस्था टिकाउन लागेको अमेरिका उपेक्षाको सिकार भयो। यहाँ पुरानो राज्य व्यवस्थालाई आफूअनुकूल प्रजातन्त्रका रुपमा टिकाउन प्रयत्नरत शक्तिले सम्भावित उपेक्षाको अनुमान लगाउन सकेको छैन।

दलहरु बुँदागत सहमतिका सूत्रहरुमा अल्झँदाअल्झँदै कुन दिन बिहानै पूर्वदेखि पश्चिमसम्मका जनता संविधानसभा धोका हो भन्ने नारा लगाउँदै सडकमा उत्रिनेछन्, ठेगान छैन। जनतालाई भुसको थुप्रो सोच्दै आएका मूर्धन्य विश्लेषकहरु यसलाई कल्पनातीत भनेर रमाउन स्वतन्त्र छन्। परिस्थितिले संविधानसभा धोका हो भन्ने अवस्था सिर्जना गरिसकेको छ। जनता खाद्यान्नबाट, ओखतीमूलोबाट, पानी र उज्यालोबाट वञ्चित हुँदैछन्। निर्धनहरुको त कुरै भएन, हातमा पैसाको पोको लिएर बसेका धनीहरुसमेत आत्तिएका छन्। लगानीका लागि परिवेश छैन। एउटा मानिस प्रधानमन्त्री भएको दिन खुबै रौसिने सेयर बजार भोलिपल्ट राजनीतिक परिस्थितिले कोल्टे फेर्नेबित्तिकै खिसि्रक्क पर्छ। गाउँघरका टेलिफोन बुथमा उभिएका बुढा बाबुआमा बिदेसिएको सन्तानलाई कमाएको पैसा उतै बैंकमा राख्ने सल्लाह दिन थालेका छन्। नेताहरुको मुखारविन्दबाट शून्य परिणामका उपलब्धिहरुको बखान सुनेर मुर्मुरिन थालेका जनता सधैँ आज्ञापालन गरेर बस्न सक्दैनन्।

यथार्थमा पनि, अहिलेसम्म जनताका लागि संविधानसभा धोकाभन्दा बढी केही साबित हुन सकेको छैन। संविधानसभा आफ्नै घरको जगबाट उमि्रएको दाबी गर्ने कांग्रेस र संविधानसभालाई यथार्थमा स्थापित गर्न डेढ दशक सशस्त्र विद्रोह गरेको दाबी गर्ने माओवादी, दुवैले यसको आत्मा निमोठिसकेका छन्। प्रजातन्त्रको पहिलो आगमनपछि नेपाली समाजको बदलिँदो स्वरुपअनुरुप एक पटक पनि पुनर्व्याख्या नगरिएको कांग्रेसी प्रजातन्त्र र प्रजातन्त्र पुनर्स्थापनापछि एक पटक पनि पुनर्व्याख्या नगरिएको माओवादी जनवाद, दुवै कटमिरोबीच फुल्दैफल्दै आएको एमाले परिश्रमबिनाको निःशुल्क भोजन पाएर रमाएको छ। मधेसका मुद्दाहरुलाई स्वतन्त्र र सार्वभौम नेपालका मुद्दाहरुबाट अलग राखेर ँभूपरिवेष्ठितँ एक मधेस एक प्रदेशको कल्पनामा डुबेका मधेसका नेताहरु अहिले पनि च्याँखे बल्झाउने दाउमा छन्। विगत जेठ १४ गते नै धोका साबित भइसकेको संविधानसभालाई दलहरुले आफ्नै निहित सत्ता–स्वार्थका खातिर मात्र भेन्टिलेटरमा राखेका छन्। संविधानसभाले देशको थिति बसाल्ने संविधान बनाउँछ भन्ने जनताको विश्वास उहिल्यै तुहिइसकेको छ।

पारम्परिक विचारका आधारमा राजनीतिक दलहरुले जनताको प्रतिनिधित्व गर्छन् भन्ने धारणा विस्थापित भएको छैन। यो विस्थापित हुने विषय पनि होइन। यसको अर्थ स्थापित राजनीतिक दलका नेताहरु लोभी, लुच्चा र नालायकहरुको हतियार बने भने जनताले वैकल्पिक दल निर्माण गर्दैनन् भन्ने होइन। अहिलेसम्म नेताहरु सरकार र संविधान निर्माणमा बाह्य हस्तक्षेपको डंका पिट्दै हिँडेका छन्। त्यस्तो हस्तक्षेपको प्रतिकार गरेर राष्ट्रिय सम्मानका पक्षमा एक भएर उभिने मति कसैमा आएको छैन। व्यक्तिगत स्वार्थ पूरा गर्न बाह्य शक्तिका अगाडि टाउको झुकाउँदै आएका नेताहरु विधिको शासनको बन्धनमा बाँधिन रुचाउँदैनन्। सबै स्वनामधन्य नेताहरु जुँगा खौरेर जुँगाकै लडाइँमा अल्भि्कएका छन्। नेताहरुले जनताको अजेय शक्तिमाथि भरोसा नगरेकाले नै संविधानसभा धोका हो भन्ने मान्यता बलियो हुँदैछ। मिश्रको ताहरिर चोकमा भएको जनप्रदर्शनले होस्नी मुबारक र उनले थामेको पाँच हजार वर्ष पुरानो राज्य व्यवस्थाको अन्त्येष्टि गरेजस्तै नेपालको दरबारमार्गमा जनताको विशाल समूहले संविधानसभा धोका हो भनेर नारा लगाउन थाले भने अहिलेका कुनै पनि नेता जोगिने छैनन्। यिनीहरुले भरोसा गर्दै आएका सुरक्षा र भित्रीबाहिरी सबै शक्तिकेन्द्रहरु जनताका पक्षमा उभिनेछन्।

पहिलो जनआन्दोलनको सफलतापछि धेरैलाई युग पल्टेको अनुभूति भएको थियो। दोस्रो जनआन्दोलनको सफलतापछि त्यो अनुभूति झनै बाक्लो भएको थियो। तर, युग पल्टेको रहेनछ। एक युगमा एक चोटि आउने एक दिन आउन बाँकी नै रहेछ। जनताले यो संविधानसभा धोका साबित भएको घोषणा गरेर नयाँ संविधान निर्माण नगरेसम्म त्यो महत्वपूर्ण दिन आउनेछैन।

 
अर्को समाचार
'चुनाव बहिष्कार जनतालाई धोका'
१० साउन २०७०
•
७ मिनेट पाठ
'चुनाव बहिष्कार जनतालाई धोका'
काठमाडौं - मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले प्रतीकात्मक शैलीले मतपेटिका फुटाएर बिहीबार सुरु गरेको संविधानसभा चुनाव बहिष्कारलाई प्रमुख राजनीतिक दलका नेताले 'जनताप्रति धोका भएको' टिप्पणी गरेका छन्।एकीकृत नेकपा माओवादीका नेता अग्नि सापकोटाले संविधानसभा चुनाव बहिष्कार गर्ने कार्य जनताको भावनाविपरीत भएको बताए। 'संविधानसभा चुनाव बहिष्कार गर्ने र बिथोल्ने कार्य देश र जनताको आवश्यकताविपरीत कार्य हो,' सापकोटाले नागरिकसँग भने, 'यो जनताप्रतिको धोका र विश्वासघात हो।' जनताले गरेको संघर्षको परिणाम नै संविधानसभा भएको बताउँदै सापकोटाले भने, 'अब यो उपलब्धिलाई मास्न खोज्नु जनताको हितविपरीत जानु हो।' 
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनाव बहिष्कार कार्य जनविरोधी भएको टिप्पणी गरे। 'उहाँ (वैद्य माओवादी) हरूको चुनाव बहिष्कार र बिथोल्ने कार्य जनविरोधी छ,' निधिले भने, 'संविधान नबनाउने यस किसिमको कार्य खेदजनक पनि छ।' 
संविधानसभा चुनाव नगर्नु सार्वभौमसत्ता सम्पन्न जनताको अपमान र खिलाफ भएको बताउँदै निधिले भने, 'नेपालको मालिक नेपाली जनता हुन् भन्ने विश्वास गर्नेहरू चुनावबाट भाग्न सक्दैनन्।' नेकपा–माओवादीले जनताको एजेन्डामाथि विश्वास नगरेको निधिको भनाइ छ।
एमाले नेता शंकर पोखरेलले चाहिँ वैद्य माओवादीले चुनाव बहिष्कार गरेर जनताको एजेन्डालाई नै बहिष्कार गरेको बताए। 'आफ्नो एजेन्डामा भरोसा भएका दलहरू जनतामा जाने गर्छन्। नेकपा–माओवादीलाई पनि आफ्नो एजेन्डामा भरोसा भए जनतासमक्ष जानु नै बुद्धिमानी हुन्छ,' पोखरेलले भने, 'अहिलेको अवस्थामा चुनाव बहिष्कार अभियान सम्भवै छैन।' 
एनेकपा माओवादी नेता सापकोटाले जनताले चुनाव चाहिरहेका बेला नेकपा–माओवादीले बहिष्कार गर्नुको औचित्य नभएको बताए। 'जनताको अधिकार खोसेर फेरि जनताकै हितको कुरा गर्नु आफैंमा विरोधाभाषपूर्ण र झुक्याउने चालबाजी हो,' सापकोटाले भने। दोस्रो संविधानसभाको विकल्प खोज्ने कार्यले देशलाई अराजकता र संकटतर्फ लैजाने बताउँदै उनले भने, 'चुनाव बहिष्कार गर्ने कार्यले उहाँ (नेकपा–माओवादी) हरू आफैं जनताबाट बहिष्कृत हुनुहुन्छ।' 
राजनीतिक समिति लचिलो हुँदाहुँदै पनि नेकपा–माओवादीले वार्ता र चुनावी प्रक्रियाबाट भागेर देशलाई अराजकता र संकटतर्फ लैजान खोजेको पनि सापकोटाको भनाइ छ। यसले परिवर्तन र अग्रगमनका विरोधी शक्तिलाई फाइदा पुग्ने बताउँदै उनले भने, 'यसबाट पनि उहाँहरूले कसको हित गरिरहनुभएको छ, त्यो खुल्दै जानेछ।' सहकार्यको कुरा गरेर राजावादीहरूको सहयोगी बन्दै गएको पनि उनले बताए। 'चुनाव बहिष्कार गर्ने रणनीतिक चालबाजी गरिराख्नुभएको छ। यसले उहाँहरूलाई नै घाटा पुर्यादउँछ। र, यो उहाँहरूका लागि आत्मघाती कदम हुनेछ,' सापकोटाले भने।
अघिल्लो संविधानसभालाई जोगाउन नसक्नु गम्भीर गल्ती भएको बताउँदै उनले भने, 'तर, एकपटक दुर्घटना भयो भन्दैमा अर्काे दुर्घटना निम्त्याउन खोज्नु यसअघिका उपलब्धिलाई पनि सिध्याउन खोज्नु हो।' 
अघिल्लो संविधानसभाले गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय, समानुपातिक निर्वाचन प्रणाली, समावेशीकरणजस्ता विषयहरूलाई स्थापित गरेको बताउँदै नेकपा–माओवादीले ती उपलब्धिसमेत मास्ने प्रयत्न गरेको सापकोटाको भनाइ छ। 
एकपटक संविधानसभाले संविधान बनाउन नसकेकाले नेकपा–माओवादीले विकल्पस्वरूप संविधानसभाबाहिरबाट संविधान बनाउने अभिव्यक्ति दिएकोप्रति सापकोटाले भने, 'एउटा सन्तानको मृत्यु भयो भन्दैमा अर्काे नजन्माउने कुरा सृष्टिविरोधी कार्य हो।' साथै, संविधानसभाभन्दा बाहिरबाट संविधान बनाउने कार्य सर्वथा गलत भएको पनि उनले बताए। 
यता, एमाले नेता पोखरेलले पनि चुनाव बहिष्कार गर्ने र संविधानसभाभन्दा बाहिरबाट संविधान बनाउने नेकपा–माओवादीको सोच अतिवादी भएको टिप्पणी गरे। आफ्नो एजेन्डा जनतामा स्थापित गर्न चुनावमा जानुको सट्टा बहिष्कार गर्दा त्यस्तो शक्ति नै जनताबाट एक्लिने पनि उनले बताए। 'उनीहरूलाई चुनावमा आफ्नो पोजिसन राम्रो होला भन्ने विश्वास छैन। त्यसले बहिष्करणतिर जान उत्प्रेरित गरेको हुन सक्छ,' उनले भने, 'बहिष्कार भनिरहेको अवस्थामा कथंकदाचित चुनाव सर्यो भने आफ्नो राजनीतिक विजय हुन्छ भन्ने पनि सोचेका हुन सक्छन्।' 
झट्ट हेर्दा अहिले प्रमुख चारदलबीच चुनावका विषयमा एकरूपता नभए पनि नेकपा–माओवादीको बहिष्कारको उग्रताले प्रमुख शक्तिलाई एक ठाउँमा ल्याउने पनि उनले बताए। 'जति उनीहरू (नेकपा–माओवादी) उग्र हुँदै जान्छन्, त्यसले नै चारदललाई चुनावप्रति झन् बढी प्रतिबद्ध बनाउँदै लैजान्छ,' पोखरेलले भने। शान्ति–सुरक्षाको दृष्टिले केही चुनौती थपिए पनि यही कारण चुनाव नरोकिने पनि पोखरेलले प्रस्ट्याए। 'नेकपा–माओवादीको बहिष्करणले चुनाव हुने/नहुने कुरामा सरोकार राख्दैन,' पोखरेलले भने, 'प्रमुख चार राजनीतिक शक्ति प्रतिबद्ध हुने हो भने माओवादीले चुनाव रोक्न सक्दैन।'


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस