काठमाडौं–प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिको विरोधमा रहेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ले संविधानसभा भित्र र बाहिरबाट संघर्ष गर्ने निर्णय गरेको छ।तमलोपा केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले १६ बुँदे सहमतिलाई 'धोका' को संज्ञा दिँदै त्यस विरुद्ध संघर्ष गर्नुपर्ने निष्कर्ष निकालेका पार्टी सहमहामन्त्री जितेन्द्र सोनालले जानकारी दिए। बैठकले मस्यौदा समितिमा आफ्नो भनाइ राख्ने र संविधानसभाभित्र पनि आफ्नो भनाइ राख्ने निर्णय गर्दै १६ बुँदे सहमतिको विरोधमा पार्टीभित्र संवाद प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ। जसका लागि पार्टी सहअध्यक्ष हृदयेश त्रिपाठीलाई बारा, पर्सा, सहमहामन्त्री जितेन्द्र सोनललाई सिराहा, सप्तरी महामन्त्री शवेन्द्र नाथ शुक्ललाई रुपन्देही र कपिलबस्तु उपाध्यक्ष बृषेशचन्द्र लाललाई धनुषा,महोत्तरी र केन्द्रीय सदस्य जोगीलाल यादवलाई रौतहटको जिम्मेवारी तोकिएको छ।
उनीहरुले १६ बुँदे सहमति विरोधमा पार्टीको धारणा बारे कार्यकर्तामा जानकारी गराउने छन्। जेठ २५ मा प्रमुख चार राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिको तमलोपाले विरोध गर्दै आएको छ। तमलोपाले नामाकंन र सिमाकंन विनाको संघीयता आफूलाई स्विकार्य नहुने भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिँदै आएको छ।