आन्तरिक राजनीतिलाई सुदृढ बनाएर बाह्य प्रभाव कम गर्नु एउटा पक्ष हो तर जनस्तरसम्ममा सम्बन्ध रहेको र नेपाली राजनीतिमा चासो राख्ने भारतलाई चुनौती नै दिएर बढ्नु भने अन्धराष्ट्रवाद हो।
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीमा निर्वाचित हुँदै गरेकै बेला भारतीय राजदूत राकेश सुद नयाँ दिल्लीस्थित नेपाली दूतावासको 'ककटेल' पार्टीमा थिए। राष्ट्रपति रामवरण यादवको स्वागतार्थ आयोजना गरिएको पार्टीमा निम्तालुहरूसँग भलाकुसारी गरेर उनी लामै समय बसे। दिल्लीमै भएकाले खनाललाई भेटेरै बधाई दिन जान छिमेकी चीनका राजदूतभन्दा ढिलो भए। संयोग नै होला, खनाल नयाँ दिल्लीको चाहनाअनुरूप प्रधानमन्त्री निर्वाचित भएका पनि होइनन्। भारतीय संस्थापन पक्ष निकट मानिएका भारतीय अखबारको समाचार र सम्पादकीयबाहेक नेपाल विज्ञ मानिनेहरूको अनौपचारिक भनाइले यसैलाई पुष्टि गर्छ।
भारतीय अखबारहरूले खनाल प्रधानमन्त्री चुनिनुलाई भारतको संस्थापन पक्षलाई 'गतिलो झापड' भनेका छन्। उनीहरूले बाह्र बुँदे समझदारी हुँदै अगाडि बढेको शान्ति प्रक्रिया भारतीय आकांक्षाभन्दा भिन्न मोडमा घुमेको विश्लेषण गरेका छन्। संविधान सभा निर्वाचनपछि उत्पन्न परिस्थितिले राजनीति मार्ग आफूले अनुमान गरेभन्दा भिन्न ढंगले घुम्दा भारतीय पक्ष निकै सतर्क भइसकेको थियो। खनालको प्रधानमन्त्री चयनले उसलाई झस्काएको छ। माओवादीलाई सरकारको नेतृत्वमा जानबाट रोकेको परिणाम खनाल प्रधानमन्त्री बन्न सफल भएको विश्लेषण गरिएको छ। प्रतिपक्षनिकट अखबारहरूले संस्थापन पक्षको अदूरदर्शी नीतिका कारण नेपाल मामलामा भारतीय पक्ष असफल बन्दै गएको सम्मको टिप्पणी गरेका छन्।
आफूले निकै भरोसा गरेका मधेसवादी दलहरूभित्रको विभाजन र उनीहरू आफ्नो आशाभन्दा भिन्न ढंगले सक्रिय हुनुले भारतीय पक्षलाई झस्काएको छ। सत्ताका लागि फुट्ने परम्परागत संस्कार बोकेका मधेसवादी दलहरूभित्र भारतीय बढी प्रभाव छ भन्ने बुझाइमै गल्ती हुनसक्छ। नेपाली राजनीतिक दलहरूमा बढ्दो अन्तर्राष्ट्रिय प्रभावको यथार्थबाट मधेसवादी दल पनि मुक्त हुनसकेका छैनन्। भारतको प्रभावमात्र नभएर अन्य शक्तिहरूको प्रभाव पनि उनीहरूभित्र बढ्दो छ। सत्ताको जोड घटाऊमा फुट्दा उनीहरूमा भारतभन्दा देशभित्र र बाहिरका खेलाडीको प्रभाव देख्न सकिन्छ। मधेसवादी दलको यीनै चरित्रका कारण भारतले उनीहरूलाई धेरै भरोसा गरिरहेको देखिँदैन।
खनाल प्रधानमन्त्री हुनुमा भारतको प्रत्यक्ष सहयोग देखिँदैन। हुनत, पुष्पकमल दाहाललाई रोक्ने क्रममा उनी प्रधानमन्त्री बन्न सफल भएकाले अप्रत्यक्ष सहयोग मिलेकै हो। भारतीय पक्षसँग राम्रो सम्बन्ध रहेका उनकै दलका प्रभावशाली नेता केपी शर्मा ओली खनालको समर्थनमा उभिएकै हुन्। ओली समर्थनमा नउभिएको भए खनाललाई प्रधानमन्त्रीको उम्मेदवार बन्नै हम्मे पर्थ्यो। तथापि खनालको चयनमा ओलीको समर्थनभन्दा दाहालको भारतलाई चुनौती बढी मिसिएको देखिन्छ।
खनालको प्रधानमन्त्री चयनको विषयभन्दा यसका कारण माओवादीको भारतसँगको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने विषय प्राथमिक बनेको छ। खनाललाई अगाडि बढाएर आफूलाई दाहालले कडा चुनौती दिएको बुझाइ भारतीय पक्षमा देखिन्छ। दाहालको शक्तिलाई बुझेर कि त भारतले उनीसँग चिसिएको सम्बन्ध सुधार्न पहल गर्छ कि त झनै कडा नीति लिन्छ। यसले देशभित्रको आगामी राजनीतिमा निकै प्रभाव पार्नसक्छ। अहिले हेर्दा दोस्रो सम्भावना प्रबल देखिन्छ। यसो हुँदा शान्ति प्रक्रिया धरापमा पर्नसक्छ। सम्बन्ध सुधार भएमा शान्ति प्रक्रिया सफल बनाउन ऊर्जा मिल्नसक्छ। अहिलेसम्म जे जस्ता घटनाक्रम विकसित भए पनि शान्ति प्रक्रियाको अदृश्य हिस्सालाई चिढ्याएर जानेभन्दा पनि सहयोग र सद्भाव लिने कूटनीतिक सीप प्रदर्शन गरेर अगाडि बढ्नु स्वयं दाहाल र देशका लागि हितकर रहन्छ। यसका लागि उनले भारतसँगको सम्बन्धलाई सकारात्मक दिशातर्फ लाने भूमिका खेल्न सक्नुपर्छ।
चिसिएको सम्बन्ध सुधार्न बाबुराम भट्टराईको एक महिनाअघि भएको भारत भ्रमण निकै उपयोगी साबित भएको थियो। उनले आफ्नो दल भारतविरोधी नभएको र भारतसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्न चाहेको भारतीय नेताहरूसँगको भेटमा बारम्बार दोहोर्याएका थिए। तर भ्रमणले भट्टराईलाई नै फाइदा पुगेको विश्लेषणका साथ दाहाल बिच्किए। एउटै कार्यक्रममा आएका दाहाल निकट स्थायी कमिटी सदस्य वर्षमान पुनले भारतीय विज्ञ र केही उच्च अधिकारीहरूसँग भेटी माओवादीप्रतिको धारणा बुझेर गएका थिए। भारत दाहाललाई कुनैपनि हालतमा सरकारको नेतृत्वमा पुगेको देख्न चाहँदैन भन्ने भित्री बुझाइका साथ फर्किएका पुन नै खनाललाई प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा बलियो रूपमा उभिएका थिए। दाहाललाई प्रधानमन्त्री बनाएर भारतको चाहनालाई पूरै असफल बनाउन नसके पनि सकेजति असफल बनाउने शैलीमा खनाललाई सहयोग गर्न पुन लागेका थिए। माओवादी बैठकमा खनाललाई मत दिने निर्णय गराउन उनको भूमिका महत्वपूर्ण रह्यो।
दाहाललाई सत्तामा जानबाट रोक्ने क्रममा खनाललाई फाइदा पुगेको छ। सेनापति प्रकरणसँगै प्रधानमन्त्रीबाट राजीनामा दिएका दाहालको भारतीय पक्षसँग सम्बन्ध चिसिएको थियो। उनले विभिन्न रणनीति प्रयोग गरी सम्बन्ध सुधार्ने प्रयास नगरेका पनि होइनन्। सार्वजनिक सभाबाटै भारतसँग वार्ताको प्रस्तावसम्म गरे। तर, भारतीय पक्षले भने सकारात्मक हुने कुनै लक्षण देखाएन। आफूमाथि भारत नकारात्मक भएको भेऊ पाएका दाहालले संविधान सभामा आफ्ना ४० प्रतिशत सभासद हुँदाहुँदै प्रधानमन्त्री बन्न नसक्नुको दोष भारतमाथि नै लगाए। 'विदेशी प्रभु' उपनाम दिएर उनले प्रधानमन्त्रीमा पछिल्लोपटक उम्मेदवारी दिनुअघि पनि भारतले आफूलाई रोकेको पीडा पोखे। अन्तिम समयसम्म पनि प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर पहल गरेका दाहाल विजयकुमार गच्छदारको प्रधानमन्त्रीमा उम्मेदवारीपछि पछि हटे। भारतीय पक्षसँग राम्रो सम्बन्ध बनाएका गच्छेदारको उम्मदेवारीलाई भारतकै रणनीतिका रूपमा बुझेर दाहालले खनाललाई समर्थन गरिदिए।
दाहालले भारतलाई आफूमाथि अवरोध तेर्साएको जबाफमा उनले दुई वटा सन्देश दिन खोजेको देखिन्छ। देशभित्र आफू सबैभन्दा शक्तिशाली खेलाडी भएको र माओवादीभित्र आफू अझै निर्विकल्प शक्ति रहेको। खनाललाई प्रधानमन्त्री बनाउने निर्णायक भूमिका खेल्नु र पार्टीको बाबुराम भट्टराई पक्षको दबाबलाई सामना गर्न मोहन वैद्य किरण पक्षलाई समेत आफ्नो पक्षमा ल्याएर प्रधानमन्त्री निर्वाचनको अनिर्णायक शृंखला अन्त्य गर्नसक्नुले उनको सन्देशलाई बल पुगेको छ। हुन, भविष्य दाहालको वशमा रहने नरहने अहिल्यै किटेर भन्न सकिने अवस्था छैन।
माओवादीभित्रै दाहालविरोधीहरू प्रभावशाली हुँदै गएका छन्। पार्टीको आन्तरिक निर्णयमा 'नोट अफ डिसेन्ट'को शृंखलामात्र शुरू भएको छैन, विवाद पनि छताछुल्ल भइरहेको छ। सरकार निर्माणका क्रममा नोट अफ डिसेन्ट लेख्नेको संख्या माओवादीभित्रको कुल सभासद् संख्याको २० प्रतिशत हुनआउँछ। नयाँ सरकारमा पदन नपाउनेको असन्तुष्टि भविष्यमा नोट अफ डिसेन्ट लेख्ने समूहसँगै जोडिएर आउनसक्छ। त्यसलाई थेग्न दाहाललाई हम्मे पर्नसक्छ। अर्कोतर्फ उनले भारतलाई थप चिढ्याएको विश्लेषण भइरहेको छ। नेपाली राजनीतिमा प्रभावशाली भूमिका खेल्नसक्ने भारतसँग उनको सम्बन्ध कसरी अगाडि बढ्छ त्यसले पनि देशको राजनीतिमा प्रत्यक्ष असर पर्ने देखिन्छ।
संविधान निर्माणको थप एक वर्षे अवधि सकिन चार महिनाभन्दा कम समय छ। थपिएको अवधिको आठ महिनायता अधिकांश समय नेताहरू सत्तामा को पुग्ने भन्नेमै बरालिन पुगे। सत्तासमीकरण, नेताहरूबीचको सम्बन्ध, अन्तर्राष्ट्रिय शक्तिहरूको रणनीतिमा तीव्र परिवर्तन भए। शान्ति प्रक्रियामा सहयोगी भूमिका निभाउन निम्त्याइएको अनमिनको बिदाइले रिक्तता ल्याएको छ। त्यसमा आफ्नो स्थान स्थापित गर्न अन्तराष्ट्रिय शक्तिहरू सक्रिय हुँदै आएका थिए। पछिल्लो समय त्यसमा वृद्धि भएको छ। बाह्र बुँदे समझदारी गराउन आफूले भूमिका खेलेको इतिहास कोट्याउँदै भारत शान्ति प्रक्रियामा आफ्नो स्थान खोजिरहेको छ। उदीयमान विश्व शक्ति चीन छिमेकी मुलुकमा आफ्नो भूमिका बढाउन लागिरहेकै छ। नेपालमा आफ्नो प्रभाव गुम्न नदिने पश्चिमाहरूको आफ्नै शैली छ। शान्ति प्रक्रिया निर्णायक घडीतर्फ बढ्न लाग्दा अन्तराष्ट्रिय शक्तिहरूको तानातानलाई नयाँ सरकार निर्माणसँग जोडेर हेर्दा अनुपयुक्त हुँदैन। विश्वव्यापीकरणसँगै देशहरूबीचको बढ्दो अन्तरसम्बन्धले एउटा देशमा हुने राजनीतिक घटनाक्रमको असर कुनै न कुनै रूपमा अर्को देशमा पर्नु स्वाभाविक हो। त्यसमाथि दुई उदीयमान शक्ति राष्ट्रका बीचमा रहेको भूपरिवेष्ठित देश नेपालमा चासो रहने क्रम विगतमा पनि थियो र वर्तमानमा पनि छ र भविष्यमा पनि रहनेछ। आन्तरिक राजनीतिलाई सुदृढ बनाएर बाह्य प्रभाव कम गर्ने अर्को पाटो हो। त्यससँगै कुन अन्तर्राष्ट्रिय शक्तिको चासोलाई कुन हदमा स्वीकार गर्ने भन्ने पनि अर्को प्रधान विषय हो।
छिमेकी हुन् या अन्य देश, उनीहरूसँगको सम्बन्धको दायरा आर्थिक, सामाजिक र राजनीतिक अन्तरसम्बन्धको निकटतार्का आधारमा तय गरिनुपर्छ। भारतसँग देश राज्यस्तरको मात्र नभई जनस्तरको सम्बन्ध छ। जनस्तरसम्ममा प्रत्यक्ष सम्बन्ध रहेको र नेपाली राजनीतिमा चासो राख्ने भारतलाई चुनौती दिएर बढ्न खोज्नु अन्धराष्ट्रवाद हो। ऊसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नुमै समग्र मुलुकको हित हुन्छ। कुनै व्यक्तिको अहंका कारण शान्ति प्रक्रिया धरापमा पर्नुहुँदैन। वर्तमानको आवश्यकता शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउनु हो। देशले गतिलो नतिजा खोजेको छ। त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग र सद्भाव अपरिहार्य छ। भारतलाई चिढ्याउनुभन्दा ऊसँगको सम्बन्धमा कूटनीतिक सीप प्रदर्शन गरेर देशलाई शान्ति र दीगो विकासको मार्गमा बढाउनुनै हितकर ठहर्छ। न्युटनको सिद्धान्तअनुसार क्रियाको उत्तिकै प्रतिक्रिया हुनसक्छ। अर्काको गालामा थप्पड हान्दा आफ्नो हात पनि दुख्छ। अर्को देशलाई चुनौती दिने क्रममा आफ्नो देशलाई उत्तिकै चुनौती बढ्नसक्छ। यसतर्फ जिम्मेवार नेताहरू सजग हुनैपर्छ।
लेख जवाहरलाल नेहरू विश्वविद्यालयका रिसर्च फेलो हुन्