केही दिनअघि नेपाली कांग्रेस र नेकपा (एमाले)का युवा नेता गगन थापा र योगेश भटराईसँग भेट हुँदा भटराईले भने : 'हेर्नोस्, यस देशका सबै प्रमुख दलका वरिष्ठ भनिएका पाँचपाँचजना नेतालाई बिदा नगरेसम्म राजनीति सुधि्रँदैन। गगन जी र हामी त्यसबारेमा छलफल गरिरहेका छौँ। नत्र कहीँ केही गर्नसक्ने स्थिति छैन ।' त्यत्तिकैमा थापाले थपे, 'हुन पनि हो, ठूला नेताको राजनीति देखेर यति दिक्क लागिसक्यो भने कुरै गरी साध्य छैन। दलभित्र कहीँ कतै प्रक्रियाले काम गरेको देखिँदैन, तिनले बाहिर जे बोल्छन् अनि जसरी दलभित्रको र अन्तरदलीय षडयन्त्रको मञ्चन गर्छन्, त्यो हेर्दा त मलाई मेरो जीवन, सफलको त कुरै छोडिदिउँ, विफलमात्र नभइदिए पनि हुन्थ्यो भने झैं लाग्न थालिसक्यो।'
प्रमुख दलहरूका पाँचपाँचजना वरिष्ठ नेतालाई राजनीतिबाट बिदा गरे पनि त्यसभन्दा तल्लो पुस्तमा त्यत्तिकै समस्या छ। आफूलाई फाइदा हुने हो भने तल्ला पुस्ताका अधिकांश नेतालाई पनि दलभित्र लोकतन्त्र, पारदर्शिता र पद्धति केही पनि चाहिँदैन। यद्यपि, उनीहरू बाहिरचाहिँ सधैं देशमा तिनै आदर्शको स्थापनाका लागि लडिरहेको बताउँछन्। आदर्शका संवाहक हुनुपर्ने विद्यार्थी नेता कलेज नै जाँदैनन् भन्नेे समाचार केही समयअघि प्रकाशित भएकै हो। यो त राजनीतिमा तलसम्म फैलिएको नैतिक भ्रष्टताको एउटा उदाहरणमात्र हो। यस्ता उदाहरण दर्जनौं भेटिन्छन्।
चर्चित युवा नेताका माथि उल्लेख गरिएजस्ता टिप्पणीले निश्चय पनि उत्साह जगाउँदैन। तर त्यसो भनेर उनीहरू राजनीतिबाट भाग्ने कुरा पनि आउँदैन। उनीहरूको उत्साहहीनतालाई कसरी सम्बोधन गर्ने त भनेर चाहिँ सबैले सोच्नु आवश्यक छ। त्यसको संभवतः दुईवटा विकल्प हुन सक्छन्।
पहिलो, अति दुर्गन्धित राजनीतिक वातावरणका कारण सर्वसाधारणहरू देशको प्रमुख राजनीतिक दलको नेतालाई कुनै व्यक्तिले सार्वजनिक स्थलमा चड्कन हान्दा पनि उसैलाई 'हिरो' बनाइरहेका छन्। तर वास्तविकता चाहिँ के हो भने यो स्तम्भकारले जस्तै अधिकांशले बाहिरै बसेर त्यो दुगन्धित राजनीतिक वातावरणको कटु आलोचना चाहिँ गरिरहेका छन् तर त्यस स्थितिलाई सुधार्ने अग्रसरता भने धेरै कमले मात्र लिन सकेका छन्। त्यसमा पनि जसले लिने प्रयास गरेका छन् ती विशाल राजनीतिक विष वृक्षको ओझेलमा कसरी परेका छन् भने उनीहरूको राजीतिक अस्तित्व नै अर्थहीन प्रायः छ। उनीहरू देश बनाउन होइन, दलभित्र आफ्नो राजनीतिक अस्तित्व र आदर्शको सम्बर्धन गर्ने प्रयासमै दशकौं बिताउन बाध्य हुन्छन् र त्यसै अस्ताउँछन्। त्यो परिस्थिति आउन नदिने हो भने, अब पढेलेखेका, जानबुझेका, देखेसुनेका अनि सबभन्दा महत्वपूर्ण त देश बनाउने दृढ चाहना, अटल स्वाभिमान र इमान्दारी भएका युवा समूहगत रूपमा राजनीतिमा प्रवेश नगरी हुँदैन। आआफ्नो आस्थाअनुसार जुन दलमा प्रवेश गरेपनि हुन्छ तर तिनले राजनीतिमा प्रवेश चाहिँ गर्नैपर्छ। त्यस्ता युवालाई इज्जतको डर हुन्छ। ती पद र पैसामा बिक्तैनन्। ती आफूलाई घाटा पर्ने भएपनि पद्धतिमा विश्वास गर्छन्। ती स्वाभिमानमा गर्व गर्छन् र स्वाभिमानहीनलाई गन्दैनन्। तिनलाई विदेशीसँग कसरी नाक ठाडो राखेर कुराकानी गर्ने भन्ने थाहा हुन्छ। ती छोराछोरी या आफन्तलाई पढ्न पठाउन राजदूतलाई खिस्स दाँत देखाउँदै बिन्तीभाउ गर्दैनन्, सिफारिस पत्र लेख्दैनन्। बढीभन्दा बढी संख्यामा त्यस्ता युवा राजनीतिमा प्रवेश गर्ने हो भने केही वर्षभित्रै राजनीतिबाट गन्हाउने अनुहारहरूलाई विस्थापित गर्न गाह्रो हुँदैन। गगन थापाले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएर यस तथ्यलाई पुष्टि पनि गरिसकेका छन्। यसको अर्थ वरिष्ठ जति सबै गह्नाउने छन् र नयाँ आउने कनिष्ट सबै सुगन्धित हुनेछन् भन्ने चाहिँ होइन। तर सक्षम र स्वाभिमानी युवाको अत्यधिक प्रवेशले आशाको जग भने बलियोसँग निर्माण गर्नेछ। दलभित्र त्यस्ता युवाको संख्या थोरै रहँदासम्म तिनले ठोस परिवर्तनकारी काम गर्नसक्ने संभावना न्यून रहन्छ।
अलिकति अव्यावहारिक र कठीन लाग्नसक्छ, तर नेपाली युवाले यहाँको राजनीति सुधार्ने अर्को विकल्प पनि छ। नेपालका प्रमुख राजनीतिक दलहरूमा सैद्धान्तिक मतभेद पहिलेपहिलेभन्दा धेरै न्यून भएर गइसकेको छ। कांग्रेस र एमालेबीच त वास्तवमा भन्ने हो भने नामको मात्र भिन्नता छ, अन्यथा अन्य भिन्नता गौण भइसकेका छन्। आधारभूतरूपमा दुवै लोकतान्त्रिक र समाजवादी पार्टी हुन्। बाँकि रह्यो एकीकृत नेकपा (माओवादी)। लोकतन्त्रका हकमा त्यो अझैपनि विभाजित छ र एउटा खेमा अझै पनि क्रान्ति गरेर एक दलीय साम्यवाद नै स्थापना गर्न सकिन्छ भन्नेमा विश्वास गर्दछ। तर त्यहीँभित्र अर्को खेमा पनि छ जो माओवादी साम्यवादका नाममा सशस्त्र युद्ध लडेर यहाँसम्म आइपुगेको भए पनि अब विश्वव्यापी लोकतन्त्रको एउटा रूपलाई अंगिकार नगर्ने हो भने यहाँभन्दा अगाडि बढ्न सकिँदैन भन्नेमा विश्वस्त छ। त्यस खेमाले साम्यवादको आर्थिक अवधारणालाई पनि नरम तुल्याएर कल्याणवादको तहमा झारिसक्यो जुन कांग्रेस र एमालेले बुझेको समाजवादभन्दा अलि बढी जनकल्याणकारी हुन्छ। उक्त खेमालाई सोध्यो भने, तिनको जबाफ 'साम्यवादको यात्रा त धेरै लामो हुन्छ, त्यसका लागि सदियौं पनि लाग्नसक्छ, समाजवादको बाटो नहिँडी साम्यवादसम्म पुग्नै सकिँदैन' भन्ने हुन्छ। त्यसैले सार्वजनिकरूपमा स्पष्ट शब्दमा स्वीकार नगरे पनि माओवादीभित्र लोकतन्त्र र समाजवादका अनुयायी प्रशस्तै जन्मिसकेका छन्।
यसरी दलहरूबीचको सैद्धान्तिक मतभेद साँगुरिँदै जाँदा पनि स्थिर राजनीति र देश विकासको कुनै संकेत नदेखिनुको प्रमुख कारण वर्तमान राजनीतिक दलका नेताको चौतर्फी अक्षमता र इमान्दारीको अभाव नै हो। संविधान बन्दैमा न त तिनको क्षमता अभिवृद्धि हुनेछ न तिनको चरित्रै बदलिनेवाला छ। हरेक दलभित्रको षडयन्त्रमूलक वातावरणले सक्षम र इमान्दार व्यक्ति माथि उठ्ने संभावना अत्यन्त न्यून छ। कि त ती षडयन्त्रकै अंश बन्नुपर्छ नभए नेतृत्वको तल्लो या मध्यम तहमै सीमित हुनुपर्छ। उदाहरणका लागि गगन थापा यस पटक सर्वाधिक मत ल्याएर केन्द्रीय समितिको सदस्य भए। अर्को पल्ट उनी सभापतिको उमेदवार बन्न सक्छन्। तर त्यति बेलासम्म उनले आफ्नो क्षमता र इमान्दारी कायम राखेपनि उनलाई आफ्नो सम्पूर्ण राजनीतिक जीवन नै फोहोरी खेलमा बिताएका उनी माथिका नेताले सभापति बन्न देलान्? अनि उनी सभापति भए नै भने पनि दलभित्रको षड्यन्त्रको परिवेशमा के उनी देश विकासका लागि पूर्वदृष्टि बोकेर त्यसका लागि काम गर्न सक्लान्? या, अहिले सबै दलका प्रमुख नेताझैँ दलभित्रको आन्तरिक समीकरण र विग्रहको व्यवस्थापन गर्दैमा बूढा होलान्? यस्तो स्थिति सबै दलमा छ।
यस्तो अवस्थामा अहिले धेरैले चर्चा गरेका विभिन्न दलका आशालाग्दा युवा नेताहरू पहिलो त दलको नेतृत्वमा पुग्ने संभावना नै कम छ। दोस्रो, नेतृत्वमा पुगिहाले भने पनि तिनले दलको आन्तरिक व्यवस्थापनको तहबाट माथि उठ्नसक्ने परिस्थिति छैन। त्यसत्र्र्कममा तिनीहरू मन्त्री, प्रधानमन्त्री बने पनि दलभित्रको र बाहिरको षडयन्त्र र विग्रह व्यवस्थापनमै बढी ध्यान दिनुपर्ने भएपछि देश विकासको काम कसरी गर्ने? आजका आशालाग्दा भनिएका युवा नेताले पनि राजनीतिमा जीवन बिताउने, दलभित्र र सरकारमा पद पनि हासिल गर्ने, तर देशको स्थिति चाहिँ परिवर्तन गर्न नसक्ने अवस्था देखिनु दुःखद परिस्थिति हो। चालीस वर्ष पनि नपुगेका गगन थापाले राजनीतिमा लागेर जीवन सफल हुन नसके पनि विफल नभइदिए हुन्थ्यो भनेर त्यसै भनेका होइनन्।
त्यसैले सबै दलका प्रतिबद्ध, क्षमतावान र इमानदार युवा नेतामा आफ्नो राजनीतिक जीवन साँच्चै सफल नै पार्ने र यो देशलाई आफ्नै जीवनकालमा सुन्दर र विकसित देख्ने इच्छा छ भने यसो गरे कसो होला? सामान्यरूपमा भन्नुपर्दा लोकतान्त्रिक कार्यसूची कांग्रेस र एमालेको अनि कल्याणवादी कार्य योजना माओवादीको मिलाएर सबै दलका असल युवा नेता एक ठाउँमा आउने र एउटा नयाँ दल स्थापना गर्ने। दलबाहिरका प्रतिभावान र प्रतिबद्ध युवालाई पनि सो दलमा सामेल गर्न प्रयास गर्ने। देश विकास र आर्थिक रूपान्तरणको स्पष्ट खाका तयार पार्ने र सुरूदेखि नै दललाई लोकतान्त्र, कानुनी प्रावधान र आर्थिक पारदर्शिताको आधारमा संचालन गर्ने। त्यसो गरेमा सबै पक्षका राम्रा व्यक्ति समेटिएको सो दलले देशभर सबै पक्षबाट व्यापक समर्थन पाउने आशा गर्न सकिन्छ र भविष्यमा हुने कुनै पनि निर्वाचनमा तिनको सानदार विजयलाई कसैले रोक्नसक्ने छैन। त्यसबाट वर्तमानका दलहरूले पनि आफूलाई सुधार्नै पर्ने बाध्यता सिर्जना हुनेछ। माथि उल्लेखित विकल्पहरूबारे सर्वसाधारण र दलमा आबद्ध युवा नेताहरूले विचार नगर्ने हो भने तिनले पनि बाँकी जीवनका हरेक दिन यो बैठकबाट त्यो बैठक, त्यो बैठकबाट अर्को बैठकमा दौडिँदै अनि अन्त्यमा सुन्दर र समृद्ध नेपाल चाहिँ नहेरीकनै देह त्याग गर्नुपर्ने प्रायः निश्चित देखिन्छ।