जहाँ अन्याय, त्यहा" विद्रोह। कम्निस्ट आदर्शमा चौपट्टै लोकप्रिय कथन हो यो। उल्टा स्वार्थ पलपल जुधिरहने वर्गमा चिरा परेको मानव समाजको चल्तीको नियम यही हो। न्याय, समता र सुखको खोजी गर्ने सामूहिक चेष्टाको नाम हो विद्रोह। विद्रोहमा बलिदान हुन्छ। र, विद्रोहले बलिदानको वीरगाथाको जगमाथि विम्बको सिर्जना गर्छ। र, त्यस्तो विम्ब बन्छ मुक्ति अभियन्ताका लागि आशा र उमंग, जोस र आ"टको अक्षय मुहान। सुखानी यस्तै विम्ब हो। भूगोलको स्थुल टुक्रा भएर हो सुखानी तर पा"च सपुतको वीर गतिले त्यसमा सानदार विम्बको रचना गरिदियो। सुखानीको विम्ब सहिदका अजम्मरी सपनाले बुनिएको ज्योतिर्मय चित्र हो। सहिद आफ्नो भागमा केही पनि नराखी समाजको मुक्ति र सुखका लागि सर्वस्व अर्पण गर्ने दुर्लभ मानव हो। विवेक र सौर्य एवं उत्सर्ग र समर्पणको अनुकरणीय उदाहरण बनेर सुन्दर विम्बमा बुनिने सहिद उदात्त संस्कृतिको भू्रण पनि त हो।
शासनमा शाही सामन्ती राजतन्त्रको मनपरी थियो। समाजमा गरिबी, भेदभाव, वञ्चना, भोक, रोग र अत्याचारको बिगबिगी थियो। राजशाहीको निसासिँदो सुरुङभित्र सिंगै समाज निरीह बन्दी बनेको थियो। मनका भावना पोख्ने छूट थिएन। मन मिल्नेहरू हक खोज्न संगठित हुने वातावरण थिएन। आफुखुसी घुमफिर गर्ने अनुमति थिएन। खुनी शासक र दमनकारी शासनविरुद्ध चुइ"क्क बोल्यो कि ज्यानै पोलिन बेर लाग्दैनथ्यो। दुशासनहरूको कुशासनको खोर भत्काउन झापाका वागी स्वभावका केही युवाले कम्मर कसे। कम्मर कस्नेमा कोही मझौला मुखियाका छोरा त कोही गरिब धर्तीपुत्रका छोरा थिए। मुखियाका छोरा वीरत्वको अमर कीर्ति रच्ने रुमानी इच्छाबाट प्रेरित हु"दा हुन्। धर्तीपुत्रका छोरा मुक्तिको सुन्दर सपनाको ध्वजा बोकेर उभिएका थिए। आ"गनकै छेउमा सीमापार नक्सली किसान विद्रोहको आगो दन्किरहेकोे थियो। हिमालपारि चीनमा सांस्कृतिक क्रान्तिको गर्जन उठेको थियो। र, सानो भियतनाम आफू उभिने माटो हडप्ने र आफ्नो स्वाधीनताको बाटो छेक्ने अमेरिकी दादालाई तिरिखिरी खेलाउ"दै जुधिरहेको थियो। यी थिए, झापाली युवाका बाहिरी प्रेरणाका तीनवटा मुहान। र, माओ, होचिमिन्ह र चारु थिए तिनका इष्ट देवतुल्य अग्रदूत।
आलाका"चा युवामा आवेग धेरै थियो र अनुभव थोरै। जोस धेरै थियो र होस थोरै। र नै तिनले 'वर्ग शत्रु खत्तम अभियान'को नारा रोजे। त्यो नाराको अभिप्राय थियो, जिम्दार, सामन्त र शोषकहरूको ज्यानै जखम गर्नु। उसो त त्यसको अभिप्राय थोरै पीडकमा त्रास र धेरै पीडितमा आशा जगाउनु पनि हु"दो हो तर त्यो नारामा उग्रता थियो, र थियो हिंसामाथि अतिशय जोड। पारिको नक्सली विद्रोहबाट आ"खा चिम्लेर सापटी लिएको नारा थियो 'वर्ग शत्रु खत्तम अभियान'। जीवनको घना अन्धकारमा युवाले त्यो नारा लाउ"दै खुकुरी उजाए र त्यो खुकुरीको प्रहारले तिनले सामन्त ठानेका केही मानिस ढले। अन्धकाररूपी अचल तलाउमा तरंग उठे। मुर्दा शान्तिबाट आनन्दित निरंकुश सत्ता झस्क्यो। पारिको विद्रोहको आगो वारि सल्केला कि भनेर पाषाण हृदयी शासक थरहरी भए। र, कोपिलैमा विद्रोहको गलो निमोठ्ने दाउले पा"च निःशस्त्र वागी युवालाई सुखानीको एकलासे वनमा गोली ठोकेर मारे। निःशस्त्र युवाको त्यो निर्मम बध सशस्त्र सत्ताको पराक्रमको होइन, घोर कायरताको दसी थियो। शिरदेखि पैतालासम्म हतियारले सज्जित हुनेले निःशस्त्र मानवको ज्यान लिनु केको पराक्रम?
सामाजिक यथार्थका गतिमान् तरंगबाट विमुख जड शासकहरू दृष्टिशून्य त हुन्छन् नै, आफ्ना दुष्कर्मका नतिजाको पूर्वानुमान गर्न पनि असमर्थ हुन्छन्। निहित स्वार्थको फुलो परेका तिनका आ"खामा निकट भविष्यको दृश्य पनि स्पष्ट देखि"दैन। विद्रोही चेतनाको भ्रूणहत्या गर्न तिनले सुखानीमा युवाको हत्या गरेका थिए। त्यो हत्यामा आफ्नै हातले रोपिएको आफ्नो शासनतन्त्रको विनाशको बीज तिनले के देख्थे? सुखानीको सामूहिक हत्या रक्तबीजको मुहान बन्यो। र, त्यही बीजबाट बिस्तारैबिस्तारै हज्जारौं बागीको जायजन्म भयो। इतिहासको अर्को कालखण्डमा ती सब वागीका सपना एकमुष्ट भए। अनि तिनको विवेक र आवेग एवं उत्सर्ग र बलिदानको अदम्य शक्तिसामु राजतन्त्र कृष्णभिरको पहिरोझै" बगेर बिलायो। त्यो विलुप्त भएको दृश्य देख्ने आ"खा यिनै हुन्। क्या भव्य थियो रिमाल बाजेको एक जुगमा एकचोटि आउने एक दिनको दृश्य!
कुरा फेरि सुखानीकै। सुखानी अर्थात् कम्निस्टहरूको आस्थाको पवित्र तीर्थस्थल। सुखानीको बलिदानी विम्बमा छिन्ताङ र पिस्करका बलिदानी उनिए। र, रत्न वान्तवा र हरि पुरीहरूका आत्मत्यागका ससाना गाथाले यी विम्बमा थप पाइन हाले र चमक थपे। यी विम्बमाथि विद्रोही कवि र गीतकारले कविता र गीत रचे। आख्यानकारले आख्यान लेखे। तातो रगत भएका युवा विद्यार्थी आन्दोलनमा लाम लागे। निरंकुश हैकमको अदृश्य डोरीले बा"धिएका शिक्षक शासकका आ"खा छल्दै लामबद्ध भए। मसिना कर्मचारी र बेपारीले आनासुकी दान दिएर आन्दोलनको दियोमा तेल थपे। अटल भावले कारागारको कठोर कहर काटेर कार्यकर्ताले आन्दोलनको अनुहारमा आस्था र निष्ठाको जलप लगाए। यसरी सामाजिक मानचित्रभरि लाल संगठनको जालो बुनियो र एउटा कम्निस्ट पार्टी तरुण भयो। त्यो विचार र आवेगमा नया" थियो भने आकारमा विशाल थियो।
तर, समयचक्रमा फेरो मार्दै जा"दा त्यो 'नया"' विचार र आवेगमा पुरानो हुन थाल्यो। आकारमा खुम्चिन पुग्यो। नेताहरू भूमिगत भेष उतारेर सतहमा निस्के। तिनले चुसाहा बजारतन्त्रका सेठसित मितेरी साइनो गा"से। संसदीय राजनीतिको धमिलो पोखरीमा डुबुल्की मार्दै ती सरकारमा उक्लिए। तीमाथि उक्लि"दा पार्टीभित्रका तिनका सहयात्री धर्तीपुत्र तल धुलामा छुटे। मुखिया खलकका 'लाल' नेताले माथि सत्ताको मह चाखे। यसरी लाल आवरणमुनि तीभित्र भूमिगत मुखिया संस्कार मौका पाएर सतहमा सर्लक्कै उत्रियो। र, तिनको छद्म लाल चिनारी छिटोछिटो फिका हुन थाल्यो। यस्तोमा राजनीतिक र नैतिक क्षयीकरणको सरुवा रोग त तिनमा सल्किने नै भयो। ज्यामी र किसानबाट टाढिएर ती शोषक र सामन्तका निकट हुन थाले। हेर्दाहेर्दै तिनले विलासी वाहन जोडे र महल ठड्याए। हिजोसम्म ती आफ्नो चिनारी उजिल्याउन आफ्नो गरिबी र दीनताको गाथा गाउ"थे अब वैभव र विलासको उपासना गर्ने भए। आर्जनको देखिने स्रोत केही थिएन, अनायासै ती दौलतको चाङमाथि उभिन पुगे। र, दुनिया"लाई लाग्यो, यिनले रातारात चोरे, यिनले छिटोछिटो लुटे। लोक बोलीमा त्यो चोरी र लुट वास्तवमा भोकानांगा जनताको रगतपसिनाको रस थियो। त्यो रस तिनले चुसे। तिनको वर्ग फेरियो। अथवा तिनको लुकेको चिनारी बाहिर देखियो। तिनको सामाजिक सम्बन्ध फेरियो। र, तिनको जीवनशैली भड्किलो, खर्चिलो र तामसी बन्यो। हिजो संघर्षका कठिन दिनमा खाईनखाई, सुतीनसुती गा"स, बास र कपास दिने गरिबलाई तिनले भुसुक्कै बिर्से। र, आफू खुकुरीको धारमा हि"डेर तिनलाई सुरक्षा दिनेलाई सम्झनाको पन्तुरोबाट मिल्काइदिए। ती अर्कै भए। तिनले भन्ने गरेको भाषामा ती उल्टोतिर 'डी क्लास' भए। र, नभन्दै ती अर्कैका आफ्ना भए।
सुखानी मार्काका बलिदानी विम्ब पहिले त्यस महलका लाल नेताका प्रेरणा र ऊर्जाका मुहान थिए। ती तिनका संकटका साथी थिए। ती तिनका निराश क्षणका आशा थिए। तिनको दुःखमा ती सहारा थिए। तिनको विफलतामा ती हौसलाकारी पथप्रदर्शक थिए। यस पथका माउ पथिकहरू आफूलाई ती विम्बका एकलौटी उत्तराधिकारी ठान्थे। सा"च्ची नै तिनको चिनारीका निसानी थिए ती विम्ब। ती तिनमा गर्व गर्थे। ती बेलाबखत बधस्थलमा जान्थे र सहिदहरूको सम्झनामा श्रद्धानत हु"दै पलभर मौन धारण गर्थे। मुक्का उठाएर तिनको सम्झनालाई संग्रामी सलामी अर्पण गर्थे। यो भयो पहिलेको नया" कम्निस्ट पार्टीको कुरो। वैचारिक र नैतिक क्षयीकरणको वेदीमा त्यसको कायाकल्प भयो, र त्यो हुन पुग्यो पुरानो कम्निस्ट पार्टी अर्थात् पुकपा। विचारमा पुकपा, आवेगमा पुकपा, सामाजिक सम्बन्धमा पुकपा, र जीवनशैलीमा पुकपा। तैपनि पार्टीको नाउ" कम्निस्टै थियो। लाल झन्डा छ"दै थियो। लाल सलाम भनिदै थियो। मार्क्स-लेनिनका नाउ" लिखतका निर्जीव अक्षरमा अंकितै थिए। चुनावमा भोट माग्नलाई यी सब बिकाउ माल थिए। तर, यस्तैमा कतैको रहस्यमय दुलोबाट निस्केर गाउ"-देहात हल्लाउ"दै नया" भनिने कम्निस्ट पार्टी अर्थात् नकपा सहर पस्यो। र, नकपाका मुखेन्जी पुकपालाई आपत् पर्यो। गतिमान् नकपाले सुखानीको बलिदानी विम्बमाथि हक दाबी गर्यो। गतिशून्य पुकपा अवाक् भयो। त्यसले भयातुर मुद्रामा ट्वा" परेर नकपालाई हेर्यो, हेरिरह्यो। नकपा दलबलसहित हुरीको गतिमा सुखानीको विम्बलाई लाल सलाम गर्न अघि सर्यो। पुकपा संज्ञाशून्य भई झनै जिल पर्यो। होडबाजीमा अघि सरु", आफूमा त्यतातिरको आस्था र निष्ठा, आवेग र अनुराग एक पित्को पनि बा"की छैन। बरु त्यसमा अरुचि छ, अनास्था छ, भय छ। ज्यान भद्दा छ। बोसो लागेको दिमाग सुस्त छ। भुइ" टेकेर हि"ड्ने बानी छुटेको धेरै भयो। कैलाशपति बाबा! अब गर्ने के हो?
कटु सत्य कठोर हुन्छ। तर, सत्य जे हो त्यो त भनिनै पर्छ। पुकपाका माउहरूका लागि सुखानी जे थियो त्योे रहेन। अब त्यो प्रेरणाको होइन, त्रासको मुहान बनेको छ। सहिदका गाथालाई भर्याङ बनाएर ती माथि उक्लिए। र, तिनले सहिदका सपनालाई अलपत्र पारेर अधुरै छाडिदिए। लाग्छ, सहिदका असन्तुष्ट आत्मा तिनलाई सजाय दिने रुष्ट मु्रदामा छन्। र नै ती तिनलाई तर्साउन सपनामा आउन थालेका हुन्। सुखानी राजधानीदेखि निकै टाढा थियो। त्यो लामो दूरी छिचोलेर सहिदका आत्मा यदाकदामात्र सपनामा आउ"थे। सहयात्री धर्तीपुत्र दिगेन्द्र राजवंशीले मुखिया महलको आ"गनमै आत्महत्या गरे। पुकपाका माउहरू सम्पत्तिको पौलमा डुबेका थिए। ती विलासको चाङमाथि उभिएका थिए। ती सन्तुष्ट थिए, ती प्रसन्न थिए, ती पुलकित थिए। तर, खान नपाएर, छोरालाई सानो जागिरको भीख माग्दा अपमानित भएर, हारेर, थाकेर र लखतरान भएर दिगेन्द्रले घा"टीमा सुकार्ने लगाए। त्यो आत्महत्या आदर्शको हत्या थियो। त्यो सपनाको हत्या थियो। त्यो पुकपाका मुखियाको कृति थियो। त्यसमा तिनको वास्तविक विम्ब झल्किएको थियो। सुखानीमा मारिनेहरूले दिगेन्द्रहरूको मुक्ति र सुखका लागि एकबारको जुनी आहुती दिएका थिए। सुखानीका क्षुव्ध प्रेतात्मामा दिगेन्द्र राजवंशीको आत्मा थपियो। र, बाबुको आत्महत्याको पीडा र पछुतोले जल्दै सेरिएर मरेका दिगेन्द्रका भोका छोराको प्रेतात्मा तिनका पछिपछि लाग्यो। सुन्छु, यी उपेक्षित बाबु-छोराका प्रेतात्मा रातोदिन पुकपाका मुखियाहरुको मुख्यालय वरिपरि भौ"तारिइरहेका छन्। आक्रामक भावमा आ"खा चिम्लेर ऐयाआत्थो गर्दै, सराप्दै र आहत सुस्केरामा सन्तापको प्रतिशोधकारी आगो ओकल्दै। सके उता नकपाका माउहरू धीर गम्भीर मुद्रामा धर्तीपुत्रको यो दारुण दशा नियालिरहेका होलान्। कुन्नि, यो दशाका स्रष्टारूपी मुखियाको विपतको दृश्यमा ती आफ्नो सम्भावित भविष्यको कष्टकर कथा पो पढिरहेका छन् कि!
पुकपाका माउहरू दुःखमा छन्। ती एकाघरका जण्ड प्रेतात्माको अत्यासलाग्दो आखेटमा परेका छन्। सुखानीको विम्ब अमर छ। र, त्यो अमरत्वमा यिनको दुःख अमर छ।