विकल्प खोजौं
०२ माघ २०७६
•
१६ मिनेट पाठ
विकल्प खोजौं
लालबहादुर शास्त्री भारतका दोस्रो र चर्चित प्रधानमन्त्री थिए।उनी सन् १९६४–१९६६ सम्म भारतका प्रधानमन्त्री रहे। उनलाई काशी विद्यापीठबाट ‘शास्त्री’ उपाधि मिलेका कारण उनको नामसँग शास्त्री जोडिए तापनि उनी श्रीवास्तव अर्थात् नाई जातिका थिए। शास्त्रीजी उत्तर प्रदेशको प्रहरी तथा यातायात मन्त्री हुँदा पहिलोपटक महिलालाई संवाहक (कन्डक्टर) नियुक्ति गरे। भिड नियन्त्रणमा राख्नलाठीको सट्टा पानीको फोहोरा प्रयोग उनैले प्रारम्भ गराएका हुन्, जुन हामीकहाँसमेत प्रयोग गर्ने गरिन्छ।




भारतको लोकसभा निर्वाचन,२०१९ मा भारतीय जनता पार्टी (भाजपा) ले कूल ५४३ सिटमध्ये एक्लै ३०३ सिट जित्यो भने भाजपा नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडिए) ले ३५० सिट हात पा-यो। सन् १९५१ मा डा. श्यामाप्रसाद मुखर्जीद्वारा भाजपा स्थापना गरिएको थियो। जम्मु र कश्मीरको प्रभावी एकीकरणको माग राखेर गरिएको आन्दोलन क्रममा पक्राउ परेका मुखर्जीको कारागारमै सन् १९५३ मा मृत्यु हुन पुग्यो। सन् १९७७ मा पार्टीले प्रथमपटक बहुमत हासिल गरेपछि भाजपाका मोरारजी देसाई भारतको प्रधानमन्त्री बने।छोटो समयमै मोरारजी पदबाट राजीनामा दिन बाध्य भएपछि पार्टी विघटन हुन पुग्यो।त्यसपछि सन् १९८० मा अटल बिहारी वाजपेयीको नेतृत्वमा पुनः भारतीय जनता पार्टीको उदय भयो।

लगत्तै सन् १९८४ मा भएको लोकसभा निर्वाचनमा भाजपा केवल २ सिट मात्रै जित्न सफल भएको थियो। आज दोस्रो कार्यकालको मोदी सरकार नागरिकता विधेयक, जम्मु,कश्मीर र लद्दाखको विशेष राज्यको संवैधानिक व्यवस्था धारा ३७० खारेजी गर्ने,मुस्लिम समुदायविरोधी कानुन र विवादित हिन्दू राष्ट्र,भारत निर्माण अभियानमा लागेका छन्। नरेन्द्र मोदी–अमित शाहको फाँसीवादी,अतिवादी हिन्दू धार्मिक र साम्प्रदायिक राजनीति भारतमा मात्रै नभई विश्वभरै आलोचित बन्न पुगेको छ।तर यी मुद्दा उनीहरूले आज जस्केलाबाट ल्याएका भने होइनन्।हिन्दू राष्ट्र भारत  भाजपा र आरएसएसको स्थापनादेखिका मुद्दा हुन्।त्यस्तै संविधानको धारा ३७० को खारेजी, नागरिकता विधेयकलगायतविवादित मुद्दा भाजपाको चुनावी घोषणापत्रमैभएका कार्यक्रम हुन्। त्यसैले जनताले यस्ता सवाल र मुद्दामा चुनावअघि नै ध्यान दिनैपर्ने गम्भीर विषय हुन्।

हामी रोजगारीका लागि बिदेसिन बाध्य युवा रातो बाकसमा फर्केको दृश्य दैनिक देख्न बाध्य छौं। हाम्रो बाध्यता त्यतिमा मात्रै सीमित छैन, विजातीय प्रेम, विवाह वा जातकैकारण हुने हत्या, हिंसा पनि हेर्न अभिशप्त छौं। यसलाई रोक्न आवश्यक छैन ?

सुवासचन्द्र बोसद्वारा दिइएको ‘जय हिन्द’नारा भारतको राष्ट्रिय नारा बन्न पुग्यो। तर डा.भीमराव अम्बेडकरद्वारा निर्मित संविधानमा जानाजान हिन्दुस्तान र दलित शब्द राखिएन। हिन्दूवा आर्य भारतमै आप्रवासी धर्म र समुदाय हो भने अर्कातर्फ आर्य अथवा ब्राह्मणधर्मका कुनै पनि धार्मिक ग्रन्थ जस्तै : वेद, पुराण, श्रीमद् भागवत् गीता, रामायण, महाभारतलगायत कहीं–कतै हिन्दू शब्द छैन। यो फारसी भाषाको सिन्धु शब्दबाट अपभ्रंश भई धेरै (वैदिक कालभन्दा)पछि हिन्दू शब्द बन्न पुगेको बुझिन्छ।नियमित निर्वाचन,७ दशकभन्दा पुरानो लोकतन्त्र, १ अर्बभन्दा धेरै जनसंख्या,दल खोल्ने हक आदि मुलभूत कारणले भारतलाई विश्वको ठूलो लोकतान्त्रिक मुलुक भन्ने गरिन्छ। तर मोदी शासनको दोस्रो कार्यकालमा आइपुग्दा यो पुरानो र विश्वकै ठूलो लोकतान्त्रिक मुलुकको विरासत खतरामा पर्ने हो कि भन्ने आशंका उत्पन्न भएको छ।भारत मात्रै होइन, नेपालको कथित कम्युनिस्ट र राष्ट्रवादी ओली सरकार,संयुक्त राज्य अमेरिका,रसिया,बेलायत,अस्ट्रेलिया आदि देशमा कथित राष्ट्रवादी,नश्लवादी शासकको उदयसँगै ‘अबको नेतृत्व कसको र कस्तो’ बहस विश्वभरि नै घनीभूत बनाउनुपर्ने बाध्यता आइपरेको छ।

संघीयतावादी नेतृत्व

संघीयताको आधुनिक अवधारणा संयुक्त राज्य अमेरिकामा सन् १७७६–१७८९ बीच भएको मानिन्छ।संघीय शासन प्रणाली अपनाउने अमेरिकापछिका दोस्रो मुलुक स्विटजरल्यान्ड हो।हालसम्म विश्वका २८ मुलुकमा संघीय शासन प्रणाली छ। विश्वको कूल जनसंख्याको ४० प्रतिशत मानिस यी (संघीयता भएका) मुलुकमा बसोबास गर्छन्।स्मरण रहोस्, युरोपेली संघ (युरोपियन युनियन–इयु) मा महासंघीय विशेषता पाइन्छ।

संघीय राज्य निर्माणका लागि कम्तीमा दुइटा सिद्धान्त पालना भएको हुनुपर्छ।पहिलो–स्वतन्त्रताको सिद्धान्त नै हो। यस सिद्धान्तअनुसार संघभित्रका राज्यहरू स्वतन्त्र हुनुपर्छ।संघीय (केन्द्रीय) सरकार प्रदेश सरकारको र प्रदेश सरकार संघीय (केन्द्रीय) सरकारको अधीनस्थ हुनु हुँदैन। आआफ्ना क्षेत्रमा दुवै सर्वाेच्च हुन्छन्।दोस्रो–शक्ति विभाजनको सिद्धान्त हो। जसमा राज्यका दुई मुख्य शक्तिमध्ये प्रदेश सरकारलाई अभिव्यक्ति अधिकार र संघीय सरकारलाई अभिशिष्ट अधिकार दिइन्छ। विडम्बनैभन्नुपर्छ– यी सिद्धान्तको पूर्ण पालना भने कहीं पनि भएको पाइँदैन।संघीय सिद्धान्तका विज्ञ के.सी ह्वेयरको धारणाबमोजिम संघीयता हुन तीनवटा सर्त पूरा गरेको हुनुपर्छ। एक–साझा सुरक्षा, व्यापार व्यवधान वा सार्वजनिक सेवाको लागत घटाउनेजस्ता उद्देश्यका लागि कुनै समुदायले साझा सरकार बनाउन तयार हुनुपर्छ। दुई– स्थानीय संस्कृति वा भाषा संरक्षण गर्न वा आर्थिक उद्देश्य हासिल गर्न त्यो समुदाय क्षेत्रीय सरकार बनाउन तयार हुनुपर्छ। तेस्रो–संघीयता सफलतापूर्वक सञ्चालन गर्न त्यो समुदायको क्षमता हुनुपर्छ।

विश्वको इतिहास हेर्दा संघीय राज्य दुई किसिमले बनेका छन् : १) दुई वा यसभन्दा बढी सार्वभौम राज्य मिलेर/जुटेर एउटा सिंगो संघीय राज्य बन्न पुग्यो। उदाहरणका लागि अमेरिका–१७८७, स्विट्जरल्यान्ड– १८४८, अस्ट्रेलिया– १९००,जर्मनी–१९१९ आदि राज्य जुटेर बनेका संघीय मुलुक हुन्। २) एउटा सिंगो राष्ट्र वा एकात्मक राज्य टुक्रिएर संघीय राज्य बन्छ।एकात्मक राज्य टुक्रिएर विभिन्न प्रान्त वा प्रदेश बन्छन् र केन्द्र प्रदेशबीच अधिकारबाँडफाँट हुन्छ।जस्तैः क्यानाडा– १८६७, ब्राजिल– १८९१,नाइजेरिया–१९६० इत्यादि टुक्रिनबाट जोगाउन संघीयता अपनाएका मुलुक हुन्।केही देश भने उपनिवेशबाट स्वतन्त्र भएपछि संघीयता अंगाल्न पुगे। जस्तै : भारत–१९५०, पाकिस्तान, मलेसिया, अर्जेनटिना आदि। नेपालजस्तै दक्षिण अफ्रिका, इराक, सुडान, बोस्निया र कंगो द्वन्द्वपश्चात् संघीयतामा गएका मुलुक हुन्। ज्ञातव्य छ,संघीयताका लागि लोकतान्त्रिक शासन प्रणाली अनिवार्य सर्त हो। गैरलोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा संघीयता फस्टाउँदैन।

संघीय शासन प्रणलीका विभिन्न प्रकार छन्, जस्तैः एक–द्वैध संघवाद हो। यो दोहोरो शासन व्यवस्था भएको शासन प्रणाली हो। यसको अर्थ– जसरी केन्द्रमा विधायिका,न्यायपालिका र कार्यपालिका रहन्छन्, त्यसैगरी प्रदेशमा पनि राज्यका ३ अंग रहन्छन्। दुवैका लिखित संविधान हुन्छन् र दुईबीच अधिकार/साधन बाँडफाँट संविधानमै हुन्छ। सामान्यतया संघीय शासन प्रणाली भनेर यसैलाई चिनिन्छ। दुई–प्रतिस्पर्धात्मक संघीयता हो।यस प्रकारको संघीयतामा प्रदेशले समान खालका अधिकार प्रयोग गर्छन्; केन्द्र र प्रदेशबीच कम नियन्त्रण हुन्छ। यसमा दुई तहबीच प्रतिस्पर्धाको चरित्र रहन्छ। तीन–नियन्त्रित संघीयता हो।यो कमजोर संघीयता हो र यसमा केन्द्र प्रदेशभन्दा शक्तिशाली हुन्छ। भारतको संघीयता यही खालको हो।

चौथो–आदेशात्मक संघीयता हो।यस प्रकारको संघीयतामा केन्द्र कमजोर र प्रदेश शक्तिशाली रहन्छ। पाँचौ–सहकारितात्मक संघीयता हो।यो सहकारिताका आधारमा चल्ने संघीयता हो।छैटौं–असमान संघ हो। यो विभिन्न प्रदेशबीच बराबर अधिकार नहुने संघीयता हो।क्षेत्रफल, भौगोलिक अवस्थिति, जनसंख्या, भाषा, धर्म, जात, जाति आदिका आधारमा अधिकार पनि फरक–फरक दिइएको हुन्छ। अब प्रश्न उठ्छ– हाम्रो मुलुकमा लागू गरिएको संघीयता कस्तो प्रकारको हो ? नियन्त्रित संघीयता भन्न मिल्ने, तर त्यही पनि पूर्ण रूपमा लागू गर्न नखोजिएको संघीयता हाम्रो मुलुकमा देखापरेको छ। जेसुकै कारणले किन नहोस्,हामीले संघीयतालाई स्वीकार गरेका छौं,त्यसैका लागि सयौंको बलिदानी भएको छ।संविधानमा लेखिएर मात्रै संघीयता नफस्टाउने बरु संघीयतावादी शक्ति बलियो बन्नैपर्ने बाध्यताको महसुस जनतामा हुँदै जानु सकारात्मक छ।

संविधानवादी र समावेशी नेतृत्व

नेपाल कम्युनिस्ट पार्टी माक्र्सवाद र मनुवादको ‘फ्युजन’बाट बनेको छ। यो सत्यको पहिलो आधार थाहा पाउन उसको राजनीतिक,सैद्धान्तिक दृष्टिकोण र कार्यदिशा हेरे पुग्छ। पूर्ण लोकतन्त्र वा समाजवादी लोकतन्त्र वा लोकतान्त्रिक समाजवादलाई सरकारी नेकपाले सैद्धान्तिक रूपमा अझै स्वीकारेको छैन।उसको अन्तिम लक्ष्य (पूरा नहुने नै भए पनि)माक्र्सीय समाजवाद वा साम्यवादसम्म पुग्ने नै रहेको देखिन्छ। तर व्यवहारमा नेकपा विगतदेखि नै बाहुनको एकछत्र,एकल नेतृत्वमा छ।पार्टी, उसको नेतृत्वको संसद्, सरकार, नीति र व्यवहार बोलीमा समाजवाद भन्दिने, तर व्यवहारमा बाहुनवाद लाद्ने नै रह्यो।यहींनेर प्रश्न उठ्छ– आर्य,खसको नेतृत्व जारी रहे पनि सबै बाहुन,क्षत्री शासक हुन् ?सबै बाहुन,क्षत्री सुखी,सम्पन्न,शासक,समस्यारहित भए/छन् त ? यस्तो त हुन सकेको छैन ! त्यसैले अबको नेतृत्व कस्तो हुने भन्नेबारे उनीहरूको समेत चासो रहनैपर्ने देखिन्छ।

समाजवादप्रायः सबै दलको साझा राजनीतिक लक्ष्य बन्न पुगेको छ।तर कस्तो समाजवाद ?प्रश्न जीवितै छ।समाजवादमा कथित उपल्लो जातकी केटीसँग प्रेम गरेकै कारण मारिएका काभ्रेका अजित मिजारको लास बौरिन्छ ?ज्ञातव्य रहोस्, उनको लास अझै काठमाडाैंस्थित त्रिवि शिक्षण अस्पतालको बाकसभित्र न्यायकोप्रतीक्षामा छ। हामी खाडी वा अन्य मुलुकमा रोजगारीका लागि बिदेसिनबाध्य युवा रातो बाकसमा फर्केको दृश्य दैनिक देख्न बाध्य छौं।हाम्रो बाध्यता त्यतिमा मात्रै सीमित छैन,विजातीय प्रेम,विवाह वा जातकै कारण हुने हत्या, हिंसा पनि हेर्न हामी अभिशप्त छौं।यसलाई रोक्न आवश्यक छैन ?

हाम्रा पुर्खाका कैयौं पुस्ता गरिबी,अभाव र विभेद पिएरै बिते। उनीहरूलाई लाग्थ्यो कि त्यो सबै आफ्नै भाग्य, पूर्वजन्मको फल वा भगवान्को श्रापका कारण त्यस्तो जीवन जिउनुप-यो।आज जात, धर्म, लिंग, समुदाय, भाषा र क्षेत्रकै कारण मानिसलाई मर्नतथा विभेद सहन बाध्य पारिँदै छ। यी सबै उनीहरूको भाग्यकै कारण भएका हुन् त ?होइन भनेराजनीतिक नेतृत्वको विकल्प खोजौं र रोजौं।
अर्को समाचार
'गल्ती गर्नेको विकल्प खोजौं'
१४ असार २०७२
•
५ मिनेट पाठ
'गल्ती गर्नेको विकल्प खोजौं'
काठमाडौं- प्रधानन्यायाधीशमा अनुमोदित सर्वोच्चका न्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायिक पद्धतिको विकल्प खोज्न नहुने बताएका छन्। 'गल्ती व्यक्तिले गर्ने हो, जसले गर्छ त्यसको विकल्प खोजौं,' सोमबार संसदीय सुनुवाइ क्रममा सोधिएका प्रश्नको जवाफ दिँदै श्रेष्ठले भने, 'तर, त्यसका नाममा पद्धतिमाथि प्रहार भए जनता र सम्पूर्ण संयन्त्रमाथि दुरगामी असर पर्ने निश्चित छ।'जनताको स्वाभिमानी संस्थाका रूपमा न्यायालयलाई देख्न चाहने भए आवश्यक पुराना कानुन तत्काल समयसापेक्ष बनाउनुपर्नेमा श्रेष्ठले जोड दिए।




दलहरूबीचको १६ बुँदे सहमतिका विषयमा अदालतबाट भएको आदेश अहिले पनि विचाराधीन अवस्थामा रहेकाले टिप्पणी गर्न नहुने उनको भनाइ थियो। 'अदालतबाट पहिलो चरणको आदेश मात्र भएको छ,' श्रेष्ठले भने, 'यसका अन्य प्रक्रिया बाँकी नै छन्, त्यसले आफ्नै प्रक्रियाअनुसार त्यसको किनारा गर्छ।'

तर, किनारा नभएका मुद्दालाई लिएर आकाशै खसेजसरी आलोचना गर्न आवश्यक नहुने उनले औंल्याए। 'अदालतमा समस्या छ तर त्यो व्यक्तिगत मात्र भएकाले संस्थासँग त्यसलाई जोड्न हुन्न,' श्रेष्ठले भने। फैसला कार्यान्वयनमा सरकारको सहयोग नपाएको उनको गुनासो थियो।

न्यायाधीश नियुक्तिमा समस्या रहेको स्विकार्दै श्रेष्ठले हाल कायम न्याय परिषदको संरचनाले समस्या भएको बताए। न्यायाधीशभन्दा बाहिरी व्यक्तिहरू धेरै हँुदा हाल समस्या देखिएको उनको भनाइ थियो।

अदालतमा हुने अनियमितता रोक्न अलग्गै संयन्त्र निर्माण हुने र त्यसले रणनीतिक योजनामार्फत काम गर्ने श्रेष्ठले बताए। कठोर निर्णय गर्न नसक्ने व्यक्ति न्यायाधीश नहुने भएकाले हरेक समयमा मनोरम सम्बन्ध सबैसँग हुने आशा गर्न नसकिने उनले बताए। उनले आफूविरुद्ध परेका मुद्दा सार्वजनिक रूपमा प्रकाशन भएको र त्यसविरुद्ध पुनरावलोकन गर्न सकिने जनाउँदै टिप्पणी गर्न अस्वीकार गरे।

सभासद १६ बुँदेमा केन्द्रीत
संसदीय सुनुवाइका क्रममा प्रश्न सोध्ने अधिकांश सभासदले हालै सर्वोच्च अदालतको एकल इजलासले जारी गरेको अन्तरिम आदेशमा केन्द्रित भएका थिए। चार राजनीतिक शक्तिहरूका बीचमा भएको सहमतिमा न्यायाधीश गिरीशचन्द्र लालको एकल इजलासले अन्तरिम जारी गर्नु राजनीतिक अधिकारमाथिको हस्तक्षेप भएको टिप्पणी गरेका थिए। सभासदहरूले त्यसमा भावी प्रधानन्यायाधीशको धारणा आउनुपर्ने माग गरे।

एमाओवादी नेता अग्नि सापकोटाले राजनीतिक प्रश्नहरूमा अदालतबाट हस्तक्षेप अन्त्य हुनुपर्ने बताउँदै श्रेष्ठको धारणा मागेका थिए। अदालतमा रहेको भ्रष्टाचार अन्त्य गर्ने योजना र उपायबारे पनि उनले सोधेका थिए। एमालेका प्रमुख सचेतक अग्नि खरेलले न्यायालय र कार्यापालिकाबीच रहेको तिक्तता हटाउने योजनाबारे जिज्ञासा राखेका थिए। परिवार दलका सभासद एकनाथ ढकालले एकल इजलासले संविधानसभालाई दिएको आदेशका सम्बन्धमा धारणा माग गरेका थिए।

एमालेका भानुभक्त ढकालले अन्तिम समयमा न्यायाधीशहरूको सरुवा तथा मुद्दा छिन्ने कार्यमा हुने गरेको दौडधूप आफ्नो पालामा कस्तो हुन्छ भनी जिज्ञासा राखेका थिए। अदालती प्रक्रिया जटिल र झन्झटिलो रहेको जनताको गुनासो कम गर्ने योजनाका विषयमा पनि उनले जिज्ञासा राखेका थिए। सुनुवाइ करिब दुई घन्टा चलेको थियो।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस