इलाममा साहित्य
२२ कार्तिक २०६७
•
७ मिनेट पाठ
इलाममा साहित्य
सियोल निवासी पार्क चाए पाङ र उनकी पत्नी ली कुम ह्योन दक्षिण कोरियामा नेपालीका बाआमा भनेर चिनिन्छन्। छाबिएचिब (सहयोग घर) नामक संस्था खोलेर दुःखी र अशक्तलाई यस दम्पतीले ठूलो सहयोग गरेको छ। कोरिया पुगेर अलपत्र परेका, बिरामी, अंगभंग भएका थुप्रै नेपालीलाई पाङ र ह्योनले नेपाल बौद्ध संघमार्फत उद्धार गरेका छन्।
नेपाली कला साहित्य डट कम प्रतिष्ठानले गत साता इलाम साहित्य उत्सवमा यस दम्पतीलाई सम्मान गर्‍यो। कविता कागजमा मात्र लेखिने होइन, मानिसका निःस्वार्थ भावमा पनि अंकित हुन्छ। पाङ र ह्योनको निःस्वार्थ सेवालाई प्रतिष्ठान अध्यक्ष मोमिला जोशीले 'उत्कृष्ट कविता' भनिन्। ली दम्पतीले नै गत साउनमा सियोलमा सम्पन्न प्रतिष्ठानको सिर्जना उत्सवमा सघाएका थिए। उनीहरूकै सक्रियतामा अहिले कोरियाली भाषामा नेपाली साहित्य अनुवाद भइरहेको छ।

दसैँपछिको दोस्रो साता चियाबारीको सुन्दर सहर साहित्यमय थियो। नेपाली कला साहित्य डट कम प्रतिष्ठानको पाँचौँ सिर्जना यात्रामा सहभागी काठमाडौं, चितवन, पाँचथर, मिरिक, गान्तोकका स्रष्टालाई स्वागत गर्न चोक-चोकमा ठूल्ठूला तुल टाँगिएका थिए। स्रष्टा मञ्च नेपाल र नौलो साहित्यिक बिहान प्रतिष्ठान (पाँचथर) ले प्रतिष्ठानलाई सघाएका थिए। कतिसम्म भने यात्रामा सहभागी सुकर्म सांगीतिक टोलीको संगीत सुन्न सहरको कुनै सार्वजनिक कार्यक्रमबाटै आह्वान गरिएको थियो। फलस्वरूप, साहित्य उत्सवको पहिलो दिन शास्त्रीय संगीत सुन्न आएको भीड थाम्न इलाम जिविस हललाई हम्मे पर्‍यो। खुट्टा टेक्ने ठाउँ नभएपछि झ्यालढोकामा झुम्मिएको भीड संयमित राख्न सुकर्म प्रमुख डा. ध्रुवेशचन्द्र रेग्मी र प्रतिष्ठानकी अध्यक्ष जोशीले आधा घन्टासम्म आह्वान गरिरहनुपर्‍यो। संगीतको शक्ति अनुपम हुँदोरहेछ। झण्डै अराजक लाग्ने भीड रेग्मीको सितार, मनोज गौतमको तबला र उमेश पण्डितको बासुरी वादनले एक्कासि मन्त्रमुग्ध भयो।

इलामे साहित्यको कुरा गर्नेबित्तिकै धरणीधर कोइराला, तारानाथ शर्मा, विष्णु नवीन आदिको नाम आउँछ। विष्णु निष्ठुरी, उदय निरौला, युवराज नयाँघरे, विमल वैद्य, महेश बस्नेत, देवेन्द्र सक्तेन, केदार शर्मा, साङ्वा एवाईदेखि नयाँमा बसन्तकुमार बस्नेत, दिवाकर भण्डारी, ज्योतिविन्दु राई आदिको नाम आउँदोरहेछ। यीमध्ये थोरैमात्र उत्सवमा सहभागी थिए। लेकाली समूहका गणेश रसिक फिक्कलमा एफएम चलाएर बसेका रहेछन्। स्थानीय साहित्यिक, सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनलाई भ्याइनभ्याइ छ। उत्सवको दोस्रो दिन प्रमुख अतिथि कुर्सीबाट त्राण पाउँदा उनलाई भोलिपल्ट स्रष्टालाई फिक्कल एफएममा स्वागत गर्न हतारो थियो। मोफसल भनेर इलामे साहित्यलाई कम नठान्न उनले आग्रह गरे। नभन्दै प्रतियोगितामा पुरस्कृत सुनुमिङ्सो नेम्वाङ, कल्पना कल्पु, गिरिराज बास्कोटा, गीता रसाइलीका कविताले रसिकको भनाइ पुष्टि गरे। अघिल्लो दिन 'समकालीन कवितामा राष्ट्रिय ध्येय' शीर्षकमा लक्ष्मणप्रसाद गौतमले प्रस्तुत गरेको कार्यपत्रमा नृसिंह खत्री, डा. देवीदत्त दुलाल र अमर गिरीले रचनात्मक टिप्पणी गरे। भोलिपल्ट सोही भावमा केन्द्रित भएर पाँचथरका प्रेम ओझा, गान्तोककी सुधा एम राई, मिरिकका सिद्धार्थ राई, चितवनका भूपिन व्याकुल, काठमाडौँका राजेश्वर कार्की, तुलसीहरि कोइराला, अनन्त वाग्ले, मणि लोहनी, उषा शेरचन, छविरमण सिलवाल, राधेश्याम लेकालीले कविता सुनाए। पाँचथरका सगुन सुसाराले आदिवासी विद्रोह घन्काउने कविता सुनाए। त्यसमा प्रयुक्त एउटा शब्द अश्लील मानेर उनको खुबै निन्दा गरियो। कवितामा शब्दहरू स्थान र समयसापेक्ष हुन्छन्। भूपिन र म सुसाराको पक्षमा उभियौँ।

रंगवादी कविता आन्दोलन बोकेर हिँडेका धर्मेन्द्रविक्रम नेम्वाङ राजनीतिक संगठनका कामले गत वर्षदेखि इलाममा छन्। प्रकाश थाम्सुहाङ पनि त्यहीँ छन्। थाम्सुहाङको अध्यक्षतामा स्रष्टा मञ्च नेपाल गठन भएपछि साहित्यिक गतिविधिले त्यहाँ पुनर्जीवन पाएको छ। इलाम साहित्य महोत्सवको सफलतामा तिनका अथक परिश्रमको भूमिका थियो।

कार्यक्रममा लीले इलामलाई 'देउता बस्ने ठाउँ' भनेकी थिइन्। त्यसको संकेत इलामको बिछट्ट सुन्दरता थियो। सूर्योदय र सूर्यास्त हेर्न सकिने सन्दकपुर, पूर्वाञ्चलका १६ जिल्ला हेर्न सकिने छिन्टापु, अन्तुडाँडा, गजुरमुखी, कन्याम चिया बगान, माङ्मालुङ, पाथीभरा, माईपोखरी इलामका प्राकृतिक तथा धार्मिक केन्द्र हुन्। अदुवा, अम्लिसो, अलैँची, अकबरे खुर्सानी, ओलन, अर्किडमा त यो प्रसिद्ध छँदैछ। त्यसमाथि गत असोज १५ देखि इलाम नगरपालिकाले इलाम प्लास्टिकमुक्त सहर घोषणा गरेको छ। पोलिथिन झोला प्रयोग गर्नेलाई दुई सय र बेच्नेलाई पाँच सय रुपियाँ जरिवानाको घोषणापछि वातावरण र स्वास्थ्यमाथि मिसाइल हानिरहेको प्लाष्टिक आतंक अब त्यहाँ छैन। राता र हरिया कपडाका झोला बोकेका गृहिणी सहरभरि देखिन्छन्। लीले इलामलाई त्यसै 'देउता बस्ने ठाउँ' भनेकी हुन् र!
अर्को समाचार
इलाममा ‘इलामे जेठो’ को अध्यक्षतामा बुढ्यौली साहित्य समाज गठन
२५ जेष्ठ २०८२
•
१ मिनेट पाठ
इलाममा ‘इलामे जेठो’ को अध्यक्षतामा बुढ्यौली साहित्य समाज गठन
इलाममा शिव अधिकारी ‘इलामे जेठो’ को अध्यक्षतामा बुढ्यौली साहित्य समाजको गठन भएको छ।

जेठ २४ गते साहित्यकार प्रकाश थाम्सुहाडको अध्यक्षता र नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश अध्यक्ष बाबुराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले ९ सदस्यीय बुढ्यौली साहित्य समाज इलाम शाखा गठन गरेको छ।

यस समितिमा अध्यक्ष शिव अधिकारी ‘इलामे जेठो’, उपाध्यक्ष रविमान लम्जेल, सचिव पवित्रा घिमिरे, कोषाध्यक्ष जमुना लामिछाने, सदस्यहरूमा प्रकाश थाम्सुहाङ, धर्म भण्डारी, तुलाराम पुरी, छिकिन तामाङ र चन्द्रवीर खत्री रहेका छन्।

यस भेलामा इलामका अग्रज साहित्यकारहरू जयनारायण भट्टराई, देवी गौतम, विमल वैद्य, टिका घिमिरे, नगरप्रमुख केदार थापा, तोयानाथ भट्टराई, इतिहासविद् युद्धप्रसाद वैद्य आदि  महानुभाव तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि बाबुराम पोखरेलले बुढ्यौली साहित्यको परिचय दिंदै यसको उद्देश्य र महत्त्वबारे चर्चा गरे।

कार्यक्रममा नव गठित समितिका अध्यक्ष शिव अधिकारीले सबैको साथसहयोगमा बुढ्यौली साहित्यको मर्मअनुसार कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस