आफू चढ्ने जापानी कारको ढोका पनि सुतको डोरीले बाँधेर चढ्ने व्यवस्थापनलाई पाँच वटा नयाँ जहाज दिए पनि १० वर्षपछि डोरीले बाँध्ने अवस्थामै पुर्याउँछ।
केही समय यता नेपाल वायुसेवा निगमको नयाँ जहाज खरिदबारे थुप्रै समाचार आउन थालेका छन्। पत्रकारले बुझेर वा नबुझी समाचारमा 'नयाँ जहाजको अभावमा धराशायी वायुसेवा निगम' भन्ने वाक्य छुटाउँदैनन्। अस्तिको मन्त्रिपरिषद्ले निगमलाई नयाँ जहाज खरिदका लागि उच्चस्तरिय संयन्त्र गठन गर्ने निर्णय गरेछ। र, प्रधानमन्त्रीले लामोभन्दा छोटो दूरीको जहाज किन्न सुझाव पनि दिएका रहेछन। यस प्रसंगमा दुई प्रश्न उत्पन्न भएका छन्। ति प्रश्न हुन् - नयाँ जहाज कसले चलाउने? र कसरी चलाउने?
कसले चलाउने?
हाल निगमसँग रहेका दुई ठूला जहाज उडाउन जम्मा ३४ पाइलट छन्। तीमध्ये १४ जना सबै गन्तव्यमा, आठ जना केही गन्तव्यमा 'कमान्डर' भएका छन् र बाँकी को-पाइलट छन्। एउटा जहाजका लागि ६ देखि ८ जोडी पाइलट चाहिन्छन्। नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइकावाको नियमअनुसार को-पाइलटबाट क्याप्टेन हुन १५ सय घन्टा उडेकै हुनुपर्छ। एउटा को-पाइलट महिनामा ३०/४० घन्टा उड्छ। क्याप्टेन हुन उसलाई घटीमा ४ वर्ष लाग्छ। र, सेक्टर क्लियरेन्सको लागि थप दुईदेखि तीन वर्ष लाग्छ। जति हतार गरे पनि एक जना क्याप्टेन तयार गर्न कम्तीमा छ वर्ष लाग्छ। एक जना को-पाइलटलाई क्याप्टेन बनाउन ४० लाखभन्दा बढी त प्रशिक्षण खर्चै लाग्छ।
नेपालमा पाइलटको उमेरको हद ५८ वर्ष छ। अहिले पाइलट अभावका कारण निगमले उमेरको हद बढाएर ६० वर्ष पुर्याएको छ। जसले ३४ मध्ये तीन जनालाई थामेको छ। केही वर्षमा थप पाँच को-पाइलट नै ५८ नाघ्दैछन्।
निगमका बोइङ पाइलटहरू आन्तरिक उडानमा २०औं वर्ष ट्विनअटर उडाएर आएका हुन्। आन्तरिकतर्फ सञ्चालनमा रहेका तीन चार वटा टिवनअटर उडाउन आठमध्ये दुई जना क्याप्टेनमात्र सम्पूर्ण सेक्टर क्लियर भएका छन्। वर्षादेखि आन्तरिक क्याप्टेन अभावमा बोइङमा उड्नेले पनि टि्वनअटर उडाउँदै आएका छन्। केही महिनाअघि निगमले २० जना नयाँ पाइलटका लागि आवेदन माघेकोमा दुई वटा मात्रै आवेदन फर्म गएको थियो। तिनमा पनि आवेदन चाहिँ कसैले बुझाएन। निगमको जनशक्तिको यस्तो अवस्था छ भने, थप नयाँ जहाज उडाउन जनशक्तिको के व्यवस्था गरिएको छ?
कसरी चलाउने?
आजको दिनमा निगमसँग रहेका नौ जहाजमध्ये एउटा ठूलो र चार साना गरी पाँच जहाज ग्राउन्डेड छन्। अस्ति आइतबार बिग्रिएको ठूलो 'नाइनएन-एसिबी'को देब्रे इन्जिनको मोड्युल-सेभेन चर्केर काठमाडौंमा थन्केको छ। इन्जिनियरिङले मर्मतको लागि बोइङलगायतसँग पत्राचार गरेको छ। बन्न समय लाग्छ।
जहाजमा जस्तोसुकै सानातिना खराबी आए पनि अध्यक्ष सुगतरत्न कंसाकार नयाँ जहाज किन्नुपर्नेमा जोड दिन्छन्। निगमसँग रहेको बोइङ-७५७ का दुई वटा जगेडा इन्जिन छन्। नयाँ इन्जिन एउटाको मूल्य ५५ करोड पर्छ। तिनलाई दुरुस्त अवस्थामा किन राखिन्न? दुरुस्त भएको भए आज 'एसिबी' जहाज 'ह्याङ्गर'मा थन्किने थिएन। ती कहाँ र कुन अवस्थामा छन्? इन्जिन पुरानो भए, नयाँ इन्जिन किन्ने कुरा किन हुँदैन र सँधै नयाँ जहाज किन्नैमा जोड किन दिइन्छ?
कंसाकार आएदेखि नयाँ जहाज ल्याउन लागि परेका छन्। सम्भवतः यिनी जहाज ल्याउनमात्रै निगममा आएका हुन्। निगमको आन्तरिक र बजार व्यवस्थापनमा यिनको ध्यान छैन। महाप्रबन्धकसँग यिनको खिचातानीले निगम तलसम्मै दुई भागमा चिरा परेको छ। अर्को पक्ष कंसाकारलाई जहाज ल्याउन दिने पक्षमा छैन।
संचालक समितिको निर्णयबेगर, कर्मचारी सञ्चयकोषसँग ऋणको सम्झौता नहुँदै, सरकार ग्यारेन्टी नबस्ने भन्दाभन्दै एयरबस कम्पनीलाई साढे पाँच करोड रूपैयाँ 'कमिटमेन्ट' रकम पठाए। त्यो पनि जहाज खरिद नभए फिर्ता नहुने सर्तमा। लेखासमितिको सोधपुछमा भनेः 'सरकारलाई फसाइसकेको छु। जहाज नल्याई सुखै छैन।'
नयाँ जहाज ल्याए पनि अहिलेका बोइङ अझै पाँच वर्ष चलाउने भनेर कंसाकार भन्ने गर्छन्। र, तिनलाई मिल्काउने पनि कुरा गर्छन्। यसपटक पनि जहाजको यान्त्रिक मामिलामा सम्बन्धित अधिकारीलाई बोल्न नदिई आफैँले सञ्चार माध्यमलाई भनेः 'जहाज पत्रु गर्नुको विकल्प छैन।' अर्थात् जहाज नमिल्काई हुँदै हुँदैन। मर्मतसम्भार त यिनको शब्दकोषमै देखिन्न। अवश्य पनि पुरानो जहाजले नयाँले भन्दा बढी मर्मत सम्भार खोज्छ। त्यसैले नै हरेक कम्पनीमा मर्मत सम्भार विभागको व्यवस्था हुन्छ। जहाज नै मिल्काउने चलन हुने हो भने संसारमै पुराना जहाज नहुनुपर्ने हो। निगमसँग दक्ष इन्जिनियर छैनन् र?
गत महिनामात्रै यही जहाजको ल्यान्डिङ गियर निगमकै इन्जिनियरले काठमाडौंमै फेरेका हुन्। अहिलेको मोड्युल चर्केको पनि यिनैले नियमित जाँचमा पत्ता लाएका हुन्। आजसम्म उड्दै गरेका ३५/४० वर्ष पुराना टि्वनअटर यिनैले मर्मत सम्भार गर्दै आएका छन्। समयमै मर्मत सम्भारका लागि व्यवस्थापन चुस्त र सहज बनाउने चलन हुन्छ अन्त। त्यो छ निगममा?
स्मरण रहोस्, सन् १९९२ मा पनि उड्दै गरेका निगमको दुई बोइङ-७२७ 'पत्रु' भनेरै बेचियो जुन अहिले पनि अफ्रिकामा उड्दैछन्।
देशमा हामीले मोबाइल फोन बोक्न थालेको १२ वर्ष भयो। र, आजसम्म हामी यो ढुङ्ग्रोमा राम्ररी कुरा गर्न सक्दैनौ आवाज बुझिँदैन। यो सुगतरत्न कंसाकारजीकै व्यवस्थापन हो - १२ वर्षसम्म नसप्रने।
कंसाकार 'जहाज-खरिद-लबिङ'का लागि पनि माहिर देखिन्छन्। पर्यटन व्यवसायी मार्फत 'जहाज किन्न नदिए नेपाल पर्यटन वषर्र्, २०११ असफल हुने' पनि भन्न भ्याएका छन्। हालै पनि प्रधानमन्त्रीलाई जहाज किन्न व्यवसायीमार्फत दवाव दिइएको छ। जहाज पर्यटन वर्षका लागिमात्रै किन्ने हो र? हैन भने व्यवसायीलाई थाहा भएकै कुरा हो- निगमले सालाखाला १० प्रतिशत पनि पर्यटक बोक्दैन, यात्रु सँधै नेपाली नै हुन्छन्।
बजार व्यवस्थापनको कुरा गर्ने हो भने टिकटका लागि भनसुन गर्न नपरेका सायदै कुनै नेपाली यात्रु होलान्। भनसुन गरेर टिकट किनिन्छ, जहाजभित्र जुनसुकै सिटमा बस्न सकिन्छ। अर्थात् खाली हुन्छ। यही अवस्थामा भएको जापान, सिंगापुर र युरोप उडान हटाउनु पर्यो। अनि यही व्यवस्थापन भन्छ - नयाँ जहाज भए जापान र युरोप 'डाइरेक्ट' उडान गरिन्छ। खाली जहाज उडाएर होला र? कसरी यात्रु भर्ने? अहिले काठमाडौंमा दैनिक उडान भर्ने ३० भन्दा बढी अन्तर्राष्ट्रिय जहाज कम्पनीको गुणस्तरिय सेवासँग प्रतिस्पर्धा गर्ने योजना कस्तो छ?
एयरपोर्टमा रहेका पाँच पुसब्याक ट्रक (जहाज धकेल्ने गाडी) त दुरुस्त हालतमा नहुनाले उडान ढिलो हुने गर्छन्। किनभने बिचरा निगमले पेट पाल्न अन्य थुप्रै विदेशी जहाजको पनि ग्राउन्ड ह्यान्डलिङको काम लिएको छ।
व्यवस्थापन चुस्त हुन्थ्यो भने ऊ बेलाको एक्लो बजारमा १७ जहाजको मालिक निगमलाई सरकारले नयाँ जहाज ल्याइदिनु पर्ने होइन। ऊ आफैँले बन्दोबस्त गर्न सक्नुपर्थ्यो। र, अब नयाँ पाए गरेर देखाउँछु भन्नेले भएकै दुई ठूला र सातवटा साना जहाजलगायत अर्बौंको अचल सम्पत्ति र प्रशस्त लाभप्रद गन्तव्यको उपयोग गर्दै थोरै भए पनि गरेर देखाइदिए हुन्थ्यो पहिले!
आज आफैँ चढ्ने जापानी कारको ढोका पनि सुतको डोरीले बाँधेर काम चलाउने व्यवस्थापनलाई पाँच वटा नयाँ जहाज दिए पनि १० वर्षपछि डोरीले बाँध्ने अवस्थामै पुर्याउँछ।

सन् २०११ मा हामी के यस्तो गर्दैछौं र १० लाख पर्यटक आउने? भ्रमण वर्ष १९९८ सफल मान्ने कि नमान्ने? नेपाल आएका कति पर्यटक दोहर्याएर आउने गरेका छन्? केही दिनअघि मात्रै पर्यटन नगरी पोखराका व्यवसायीले पर्यटकलाई एक्लै नहिंड्न सुझाव र अनुरोध गर्नुपरेको छ। कति महिला पर्यटकले गुन्डा हैन आफ्नै गाइडबाटै भएको यौन दुर्व्यवहार र ठगीको उजुरी गर्छन्। कति गन्तव्यमा सरकारबाहेक अरू धेरैलाई थुपै्र पटक शुल्क बुझाउनुपर्छ? सडकमा सुट्केस गुडाउँदै, टायरको मुस्लो खाँदै कति घन्टा लगाएर विमानस्थल पुग्नुपर्छ? पर्यटक संख्या गुणस्तरीय सेवाले बढ्ने हो, सरकारी घोषणा वा नाच गानले होइन।