अदालतहरुमध्ये सर्वोच्च अदालत न्यायपालिकारुपी विशाल मन्दिरको अलंकाररुपी गजुर हो। यो गजुर हाम्रो हिमवत्खण्डमा पनि छ।
नग्न र कुरुप यथार्थ भन्छ - यो सुनको होइन पित्तलको गजुर हो। त्यसैले न्यायको अन्तिम ठेकेदारी लिएर बसेको हाम्रो सर्वोच्च अदालत प्रायः न्याय गर्दैन। यसले जे गर्छ त्यो भन्न मिल्दैन। भने मानहानिको मुद्दा लाग्छ। हाम्रो सर्वोच्च अदालत गतिमा सुस्त छ। चेतमा संवेदनहीन छ। दायित्वमा च्यूत छ। पारदर्शितामा मोसोतुल्य छ। तर यो जस्तो छ त्यो भन्न पाइँदैन। भने मानहानिको मुद्दा लाग्छ। मुद्दा लागे हुर्मत झेल्न विवश हुनुपर्छ।
मानका कुरा गर्दा मलाई मेरा बाको सम्झना आउँछ। मानबारे बा बूढाको मान्यता कडा थियो। पहिले म मानको यो कथा कहन्छु। म सानो छँदा खाने अन्न र सागसब्जी हाम्रो खेतबारीमै फल्थ्यो। ठूलै अनिकालको याममा बाहेक आपुनै माटाको अन्नले वर्षभरि पेटभरि खान पुग्थ्यो। नुन र मट्टितेल जिरामरिच चिनी र चियापत्तिको भने साह्रै दुःख थियो। लुगाफाटाको दुःखका त कुरै नगरे भयो। यी सबै चीज सात डाँडापारिको पुँजीवादी बजारबाट छन्छनी पैसो गनेर ल्याउनुपर्ने। पैसो भए ल्याउने न हो ! जो भएका आपुना जिनिस किनिदिने कोही नभएपछि नाथे किसानी गाउँमा पैसो कहाँबाट आओस्
पराजय सम्राट माधव नेपालको सरकारले राष्ट्रपतिको कदमको जयगान गरिसक्यो कटवाललाई विजयमाला पहिराइसक्यो आठ जर्नेललाई कुर्सी टक्रयाइसक्यो। यसरी माओवादीसँगको संवाद र सहकार्यका सबै छिद्रहरु टालेर मुलुकलाई युद्धतिर धकेल्ने भयावह रिहर्सल भइसक्यो। तैपनि सर्वोच्च अदालत चुपचाप छ। आनन्दमग्न छ। मृतवत् छ। बा अनेक गरेर दसैँमा मलाई एक जोर नयाँ लुगा हालिदिन्थे। नयाँ लुगा दसैँ-तिहार आउँदा जन्ती र हाटबजार जाँदा वा बाका सम्धीले पाउकष्ट गर्दा लाउन पाइन्थ्यो। अरु बेला सातपत्र टालेका लुगा लाउनुपथ्र्यो। बाका आँखा छलेर कहिलेकाहीँ म नयाँ लुगा लाएर चिटिक्क पर्थेँ। तर बूढाका चीलका जस्ता तीखा आँखा के छलिन्थे र अनुशासनमार्गी बाका हातबाट म झ्याप्पै पक्राउ पर्थेँ। अनि मलाई ठिंगे लगाएर कोर्टमार्शलको जंगी शैलीमा बुढा केरकार गर्थे र एक डोज अर्ती पिलाउँथे। बूढा भन्थे यता सुन् पुड्के ! आफूले लुगाको इज्जत राख्न जानेमात्र लुगाले अपुनो इज्जत राख्छ कुरो बुझिस् म कन्सिरी कन्याउँदै लुरे स्वरमा बुझेँ बाऊ भन्थेँ। लुगा फुकाल् मलाई थर्काउँदै बूढा आदेश दिन्थे। म खुरुक्क लुगा फुकाउँथे। स्याबास् ! मायालु हातले धाप मार्दै बा बूढा मलाई माफी-मिनाहा गरिदिन्थे।
जीवनमा मान भनेको ठूलो कुरा हो। मानको आपुनै मर्यादा हुन्छ। आफूले आफ्नो मानको मर्यादा राखे न अरुले मानमर्दन गर्दा मान हानिका कुरा गर्न सुहाउँछ। तर हाम्रो सर्वोच्च अदालत अजीव छ। आफू आफ्नो मानको मर्यादा राख्न जान्दैन। अरुबाट आफ्नो अमर्यादित अस्तित्वको मानै-मान चाहन्छ।
सर्वोच्च अदालतको कार्य-गति कार्य-शैली र नियतको ऐनामा यसको यथार्थ चरित्र छर्लङ्गै देख्न सकिन्छ। ऐना हेरौँ। एकसठ्ठी सालमा गिरिजाप्रसाद कोइरालाका नाउँमा कुनै कानुन्चीले सर्वोच्च अदालतमा मानहानिको मुद्दा हालेको रहेछ। मुद्दाको फैसला भयो अहिले छैसठ्ठी सालमा। यो विशाल कालखण्डमा हाम्रा विद्वान् न्यायमूर्तिहरुले के के पराक्रम गरे हुनन् तिनले के के गरे सहजै अनुमान गर्न सकिन्छ। मान हानि मुद्दाको मामिलामा दूधको दूध पानीको पानी छुट्याउन तिनले शीर्षासन गरे हुनन्। तिनले चिन्तनशील मुद्रामा कठोर प्राणयाम पनि गरे हुनन्। तिनले न्यायविधानको सूक्ष्म-दर्शक यन्त्रले दसौँ हजार पटक मुद्दाको प्रकृति निरीक्षण पनि गरे हुनन्। तिनले बारका गुरुजीहरुसँग तासको खालमा बसेर सुरा पान गर्दै मुद्दामाथि हजारौँ पटक गरमागरम बहस पनि गरे हुनन्। तिनले सपनामा विद्वत्गणको एमिकस क्युरी राखेर मुद्दाका केस्रा-केस्रा केलाए हुनन्। आखिरमा ६ वर्षपछि बल्ल तिनलाई दिव्य ज्ञान प्राप्त भयो - महान् गिरिजाबाबु निर्दोष छन् !
एकसठ्ठी सालमा शासनको बागडोर महाराज ज्ञानेन्द्रका हातमा थियो। सिहदरबारबाट रत्नपार्कमा मिल्किएका गिरिजाबाबु ज्ञानेन्द्रपथको विरोधमा कन्दै भए पनि आन्दोलित थिए। हाम्रा न्यायमूर्तिहरुलाई सकस पर् यो होला। गिरिजाबाबुले मान हानि गरेका होइनन् भनुँ सङ्गीनधारी ज्ञानेन्द्र गुरुजीको खप्की खाइने। मान हानि गरेका हुन् भनुँ निकट भविष्यमै गिरिजाबाबु सत्तासीन भए आफ्नो कन्तबिजोक हुने। बस् स्वतन्त्र निडर निष्पक्ष र तीव्र-शीघ्र सर्वोच्च अदालतले अन्यमनस्क मुद्रामा काखी कन्याउँदै ६ वर्ष बितायो। र अहिले अपूर्व फैसलाको रुपमा यसले आफ्नो अकर्मण्यताको दूलोबाट एउटा मरेको मूसो निकाल्यो। पुच्छर समातेर मृत मूसो हल्लाउँदै यो हामी नागरिकहरुलाई भनिरहेछ - हेर ! यो हो हाम्रो न्याय क्षेत्रको शीघ्र स्वच्छ र पवित्र दूधको दूध पानीको पानी !
सर्वोच्च अदालतको पहिचानबोध गराउने यस्ता अनुपम दॄष्टान्तहरु कति छन् कति ! अहिले सर्वोच्च अदालत तर्तरी पसिना काड्दै महारथि रुक्माङ्गद कटवालको जन्म मितिको ढुसी परेको मुद्दा केलाउँदै होला। मुद्दा परेको तीन-तीन वर्ष भयो सर्वोच्चलाई यिनको जन्म मितिको अत्तोपत्तो छैन। महाराजले हुकुमप्रमाङ्गीको डण्ठा ठोकेर कटवालबाबुको उमेर घटाइदिएको कथा सर्वत्र परिचित छ। तर हाम्रा न्यायमूर्तिहरु मौन छन्। ती निस्तेज छन्। ती चैतन्यशून्य छन्। ती बेस्मारी कन्छन् तर फैसला गर्न आँट गर्दैनन्। डर लाग्छ। कार्यकारी राजनेताजस्ता जङ्गी महारथीले के गर्ने हुन् के थाहा बरा रथी कुलबहादुर खड्काले रुँदै अवकास लिए। जन्म मितिको मुद्दामा कटवाल हार्दा कुलबहादुरजीको पेशागत खुट्किलाको जित हुन्थ्यो। एकबारको जुनीमा ती जङ्गी महारथी बन्न पाउँथे। त्यो तिनको झेलको खेल होइन रोलक्रमको फल हुन्थ्यो। तर ती ठगिए। न्याय दिने निकाय लाजमर्नु कुम्भकर्णे निन्द्रामा घुरिरहँदा ती घोर अन्यायमा परे।
राष्ट्रपति रामवरण यादवको विवादास्पद कदमको मुद्दा सर्वोच्च अदालतको अँध्यारो खोपोमा बिरालीले बिष्टा लकाएझैँ लुकाइएकॊ छ। आठ जर्नेलको मुद्दा उसैको काइते ढड्डामा कैद छ। कसको आदेश वा कसको साइत जुराइमा कुन साल वा कुन दसकमा फैसला गरिने हो हाम्रा न्यायमूर्तिहरुलाई नै थाहा छैन। आफू नारिएको दलको लाचार कार्यकर्ता भएर अदुरदर्शी मुद्रामा अनुदार कोर्रा हल्लाउँदै सभाध्यक्ष सुभास नेम्वाङले राष्ट्रपतिका नाउँको सङ्कल्प प्रस्ताव संसदमा छिर्न निषेध गरिसके। पराजय सम्राट माधव नेपालको सरकारले राष्ट्रपतिको कदमको जयगान गरिसक्यो कटवाललाई विजयमाला पहिराइसक्यो आठ जर्नेललाई कुर्सी टक्रयाइसक्यो। यसरी माओवादीसँगको संवाद र सहकार्यका सबै छिद्रहरु टालेर मुलुकलाई युद्धतिर धकेल्ने भयावह रिहस्रल भइसक्यो। तैपनि सर्वोच्च अदालत चुपचाप छ। आनन्दमग्न छ। मृतवत् छ। कार्यपालिकाले न्यायपालिकाको टाउको टेक्यो भनेर सदाझैँ कुनै कानुन्चीले पनि आफ्नो ज्ञानसम्पन्न मुख खोलेको छैन। मानौँ हाम्रा सबै कानुन्चीहरुले इहलोक छाडिसके। मानौँ यी सबै अर्को भीषण युद्धको रमिता हेर्न व्यग्र प्रतीक्षामा छन्।
लाग्छ हाम्रो सर्वोच्च अदालत नेपाली धरतीमा होइन सुदूर आकासमा भीरको चिन्डोझैँ शून्यमा कतै तुन्द्रुङ्ग झुन्डिएको छ। नेपाली समाजको न्याय वा अन्याय सुलह वा कलह शान्ति वा युद्ध समृद्धि वा दुर्भिक्षसँग यसलाई कुनै पर्वाह छैन। मानौँ कसैप्रति यसले उत्तरदायी हुनु छैन। मानौँ यो विधिभन्दा माथि छ नीतिभन्दा बाहिर छ। मानौँ यो सामाजिक-नैतिक मर्यादा र अनुशासनको पालना गर्न अप्रतिबद्ध छ। मानौँ यो सर्वथा दण्डमुक्त छ। मानौँ यो यसका भक्तहरुको भगवान हो जसबारे मजस्ता अकिन्चन प्राणीहरुले प्रश्न गर्नु पाप हो मानहानिको मुद्दालाई निम्त्याउनु हो।
जे संवेदनहीन उपयोगविहीन र दायित्वहीन छ त्यसको अस्तित्वको आवश्यकता नै किन छ नेपाली समाजमा विभेद र अन्याय अराजकता र अमर्यादा कलह र द्वन्द्वको प्रचुरता त यसै छँदैछ। यिनै क्लेशकारक तत्वहरुको जोगाउ गर्नका निम्ति कसलाई किन चाहियो लोक लबजमा भातको भकारी भनिन लायकको यो सर्वोच्च अदालत
नग्न र कुरुप यथार्थ भन्छ - यो सुनको होइन पित्तलको गजुर हो। त्यसैले न्यायको अन्तिम ठेकेदारी लिएर बसेको हाम्रो सर्वोच्च अदालत प्रायः न्याय गर्दैन। यसले जे गर्छ त्यो भन्न मिल्दैन। भने मानहानिको मुद्दा लाग्छ। हाम्रो सर्वोच्च अदालत गतिमा सुस्त छ। चेतमा संवेदनहीन छ। दायित्वमा च्यूत छ। पारदर्शितामा मोसोतुल्य छ। तर यो जस्तो छ त्यो भन्न पाइँदैन। भने मानहानिको मुद्दा लाग्छ। मुद्दा लागे हुर्मत झेल्न विवश हुनुपर्छ।मानका कुरा गर्दा मलाई मेरा बाको सम्झना आउँछ। मानबारे बा बूढाको मान्यता कडा थियो। पहिले म मानको यो कथा कहन्छु। म सानो छँदा खाने अन्न र सागसब्जी हाम्रो खेतबारीमै फल्थ्यो। ठूलै अनिकालको याममा बाहेक आपुनै माटाको अन्नले वर्षभरि पेटभरि खान पुग्थ्यो। नुन र मट्टितेल जिरामरिच चिनी र चियापत्तिको भने साह्रै दुःख थियो। लुगाफाटाको दुःखका त कुरै नगरे भयो। यी सबै चीज सात डाँडापारिको पुँजीवादी बजारबाट छन्छनी पैसो गनेर ल्याउनुपर्ने। पैसो भए ल्याउने न हो ! जो भएका आपुना जिनिस किनिदिने कोही नभएपछि नाथे किसानी गाउँमा पैसो कहाँबाट आओस्