विवादमा अनमिन
०७ कार्तिक २०६७
•
८ मिनेट पाठ
विवादमा अनमिन
नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को चार वर्षे कार्यकाल अन्ततः विवादमा पर्‍यो। राजाले शासन लिएपछि संयुक्त राष्ट्रसंघीय मानवअधिकारको उच्चायुक्तको कार्यालयले विशेष कार्यादेशमार्फत आफ्नो कार्यारम्भ गर्ने अनुमति पाएको थियो। त्यसपछि नेपालमा राष्ट्रसंघीय निकायको क्रियाशीलता बढ्न थालेको हो। यसको लगत्तै नेपालमा २०६२/६३ को जनआन्दोलन भयो। अनि, राजनीतिक दलहरूको सहमतिबाट अनमिनलाई माओवादी लडाकुको अनुगमन तथा पर्यवेक्षण र संविधान सभा निर्वाचनमा सहयोग गर्न अनमिनलाई नेपालमा आमन्त्रण गरिएको हो। सुरक्षा परिषदको प्रस्ताव नं. १७४० अनुसार सन् २००७ जनवरी २३ देखि आएको अनमिन १५ जनवरी २०११ सम्म करिब चार वर्ष नेपालमा रहनेछ। अनमिनको कार्यादेश भनेको विस्तृत शान्ति सम्झौतापश्चात शान्ति प्रक्रियाको अनुगमन तथा पर्यवेक्षण गरी माओवादी लडाकुको समायोजन, पुनर्स्थापना र व्यवस्थापनमा सहयोग पुर्‍याउनु हो। तर, अनमिनको कार्य विवादरहित हुन सकेन। अनमिनले आफ्नो कार्यादेशअनुरूप कार्य नगरेको गुनासो एनेकपा (माओवादी) बाहेकका राजनीतिक दलले गर्दै आएका छन्।
अनमिनको चार वर्षे कार्यकालमा नेपालमा दुई जना प्रतिनिधि नियुक्त भए। संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) कै नेपालस्थित प्रतिनिधि इयान मार्टिन अनमिनको पहिलो प्रमुख नियुक्त भएका थिए। यिनको कार्यकालमा पनि केही घटनामा अनमिन विवाद परेको थियो। मार्टिनपछि नियुक्त करेन ल्यानग्रेनको कार्यकाल पनि विवादरहित हुन सकेन। ल्यानग्रेनको कार्यकालमा सुरक्षा परिषदमा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही र एकपक्षीय भएको भन्दै अरू राजनीतिक दल विशेषगरी नेपाली कांग्रेसले अनमिनको स्पष्ट शब्दमा आलोचना गर्‍यो। फलस्वरूप राष्ट्रसङ्घका राजनीतिक मामिलसम्बन्धी उपमहासचिव बी. लिन पास्को नेपाल आएर राजनीतिक दल र सरकार प्रमुखलाई भेटी अनमिनले तोकिएको समयमा शान्ति प्रक्रियालाई टेवा पुग्ने गरी आफ्नो कार्य सम्पन्न गर्ने आश्वस्त पार्नु पर्‍यो। तर पास्कोले पनि नेपाल भ्रमणका क्रममा अनमिनको कार्यशैली राम्रो भएको बरु राजनीतिक दलहरू नै शान्ति प्रक्रिया र संविधान निर्माणमा सक्रिय नभएको दोष लगाए। अनमिनकै क्रियाकलापले नेपालका राजनीतिक दलको ऊप्रति समान धारणा नबनेको हो। माओवादीले अब्बल दर्जामा राखेर मूल्याङ्कन गरेको अनमिनलाई अरू राजनीतिक दलले निष्पक्ष नभएको आरोप लगाएका छन्।

विभिन्न शिविरमा रहेका १९ हजार ५ सय ४१ माओवादी लडाकुमध्ये निधन भएका र शिविर छाडेकाको संख्या ६१ जनामात्र रहेको अनमिनद्वारा शान्ति तथा तथा पुनर्निमाण मन्त्रालयलाई असोज २४ गते दिएको प्रतिवेदनमा उल्लेख छ। जम्मा १९ हजार ६ सय २ मध्ये १९ हजार ५ सय ४१ मात्र शिविरमा छन्। रक्षामन्त्री विद्यादेवी भण्डारीले अनमिनको प्रतिवेदनमा उल्लेख गरिएको संख्यालाई मिथ्यांक भनिन्।
अनमिनले आफ्नो कार्यकालमा सबै नराम्रै गरेको छ भन्नु न्यायोचित हुँदैन। हो, यी तलका केही घटनामा भने अनमिनका बढी आलोचना भएको छ।
- काठमाडांै कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खामलगायतले शिविरमै कुटपिट गरी हत्या गरेको प्रतिवेदन सार्वजनिक भयो। अनमिनको प्रत्यक्ष पर्यवेक्षणमा रहेको उक्त शिविरबाट लडाकुहरू बाहिर आएर हत्या गरेको प्रतिवेदनले उसको साखमा प्रश्न उठेको थियो।
- संविधान सभा निर्वाचनमा अनमिनले आफ्नो कार्यादेशअनुसार माओवादी लडाकुको अनुगमन नगरेको र एक पक्षीय भएको आरोप राष्ट्रिय निर्वाचन पर्यवेक्षण समति (नियोक) र नेमाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
- सिन्धुलीको दुधौली शिविरबाट माओवादीका लडाकु बाहिर आएर स्थानीयलाई कुटपिट गरेको घटनामा पनि अनमिनले आवश्यक र उपयुक्त पर्यवेक्षण नगरेको र हेलचेक्य्राइँ गरेको भन्ने आरोप लगाइएको छ।
यी केही घटना उदाहरणमात्र हुन्। समग्र शान्ति प्रक्रिया, संविधान र माओवादी लडाकुका सम्बन्धमा माओवादीबाहेक अन्य राजनीतिक दलले अनमिन निष्पक्ष नभएको आरोप पटक पटक लगाउँदै आएका छन्। कार्यादेशको सीमा वा संयन्त्रको कमजोरी कारण जे भए पनि अनमिन आफ्नो कार्यावधिमा कुनै न कुनै विवादमा परिरह्यो। शान्ति प्रक्रिया मूलतः राजनीतिक एजेन्डा भएपनि अनमिनले शान्ति प्रक्रिया र नयाँ संविधानको सम्बन्धमा चालेका प्रयत्न सकारात्मक होलान् तर, यही सहयोग गर्‍यो भनेर औंल्याउने उदाहरण भने भेटिएको छैन।
अनमिनका प्रमुखहरूको कार्यशैलीलाई यसमा विशेष जिम्मेवार ठहर्‍याइएको छ। नेपालका राजनीतिककर्मीसँग सहकार्य गर्दै आफ्नो लक्ष्यलाई सार्थक बनाउनुपर्ने दायित्व र कार्यादेशलाई अपव्याख्या गरिएको गुनासो उसको रहेको छ। राजनीतिकर्मीले पनि अनमिन आफ्नो मातहतमा रहने भन्ने व्याख्या गर्नु कूटनीतिक मर्यादाविपरीत हुन्छ। यति भएर पनि राष्ट्रसंघीय निकायले आफूलाई तोकिएको कार्यादेशअनुसार विवादरहित भएर सन्तुलनको सिद्धान्त आत्मसात आफ्नो कार्य सम्पादन गरी नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन अझै सहयोग गर्नु आवश्यक छ।
अर्को समाचार
लडाकु पुनः प्रमाणीकरण
२१ जेष्ठ २०६६
•
१२ मिनेट पाठ
लडाकु पुनः प्रमाणीकरण
अत्यन्त सुस्त गतिमा अघि बढेको शान्ति प्रक्रियामा नेपालका लागि संयुक्त राष्ट्र संघीय नियोग -अनमिन) संलग्न रहँदै आएको छ । मूलतः संविधानसभा निर्वाचन र शान्ति प्रक्रियामा सघाउ पुर्‍याउने दुईवटा कार्यादेश पाएको अनमिन प्रारम्भदेखि नै पटक पटक विवादमा परेको छ । संविधानसभा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न अनमिनले पुर्‍याएको सहयोग त निर्वाचन परिणामको विश्लेषणपछि स्पष्ट भएकै छ । सात मुख्य शिविर र २१ सहायक शिविरमा रहेका माओवादी सेनाका लडाकुको प्रमाणीकरण र अनुगमनको यथार्थ केही दिन पहिले सार्वजनिक भएको भिडियो टेपबाट खुलस्त भएको छ । वास्तविकताभन्दा बढी संख्यामा लडाकु प्रमाणित भएको तथ्य सार्वजनिक भएपछि प्रमाणीकरणमा मुख्य भूमिका रहेको अनमिन विवाद र शङ्काको घेरामा पर्नु अस्वाभाविक होइन ।

भिडियो टेपबाट वास्तविक लडाकु ७-८ हजार मात्र रहेकोमा नेतृत्वको बुद्धिमत्ताका कारण अस्थायी शिविरमा ३५ हजार पुर्‍याई अनमिनद्वारा झण्डै २० हजार प्रमाणित गराउन सफल भएको खुलासापछि लडाकुको रेखदेख, समायोजन र पुनःस्थापना प्रक्रिया सङ्कटमा पर्ने लक्षण देखिएको हो । माओवादी लडाकुका तत्कालीन सर्वोच्च कमाण्डर स्वयम्ले लडाकुको संख्या ४ गुणा बढाएको देखे सुनेपछि नपत्याउने कुरा पनि भएन । लडाकुको संख्या अनमिनले प्रमाणीकरण गरेको भन्दा माओवादी सेनाका सर्वोच्च कमाण्डरले भनेको सही हुन्छ । अनमिनको विश्वसनीयता यो भिडियो सार्वजनिक भएपछि समाप्त भएको छ । लडाकुको संख्या चार गुणा बढाउन माओवादीले पाएको सफलतामा अनमिनको सहयोग रहनु चिन्ताको विषय हो ।

अनमिनलाई विगतमा माओवादीप्रति उदार रहेको आरोप लागेको थियो । भिडियो टेप सार्वजनिक भएपछि आफ्नो स्थिति स्पष्ट पार्न आयोजित पत्रकार सम्मेलनमा संख्याबारे जनमुक्ति सेनाको सैन्य संरचना नबुझी टिप्पणी गरिएको भनेर प्रतिरक्षा गर्न खोजे पनि जनमुक्ति सेनामा केन्द्रीय, क्षेत्रीय र मिलिसिया गरी तीन तह कहिल्यै नरहेको तथ्य माओवादी पोलिटब्यूरो सदस्य रहिसकेका मणि थापाले स्पष्ट पारेका छन् । माओवादीले चुनवाङ बैठकपछि आफ्नो सात डिभिजन सेना रहेको यथार्थ उतिबेलैसार्वर्जनिक गरेका हुन् । अहिले दिएको स्पष्टीकरण ढाँटेको कुरा काटे मिल्दैन भने जस्तै भएको छ । २००७ जनवरी २३ मा स्थापित अनमिनले संविधानसभा निर्वाचन तथा युद्ध विरामको अनुगमन र माओवादी सेनाका लडाकु प्रमाणीकरण कार्य सम्पन्न गरेको छ । संविधानसभा निर्वाचन र युद्ध विरामको अनुगमनमा अनमिनको निरीहता नेपाली जनताले देखिसकेका छन् । विभिन्न सात मुख्य र एक्काइस अस्थायी शिविरमा रहेका लडाकुको पहिलो र दुई चरणमा प्रमाणीकरण भएको थियो । दोस्रो प्रमाणीकरणमा परेका झण्डै २० हजार लडाकु योग्य मानिएका छन् । त्रुटिपूर्ण प्रमाणीकरण प्रक्रिया अवलम्बन गरेर विगतमा लडाकु नै नरहेकालाई पनि प्रमाणित गरी अनमिनले माओवादीलाई ठूलो गुन लगाएको देखिन्छ । ठूलो धन राशि र पर्याप्त समय खर्चेर अनमिनद्वारा सम्पादित कार्यमाथि ठूलै प्रश्नचिन्ह लागेको छ ।
माओवादी सेनाको लडाकु हुन २०६३ जेठ ११ अघि भर्ना भएको र २०४५ जेठ १२ गते पहिले जन्मेको हुनुपर्ने दुईवटा सर्तमात्र रहेको र माओवादी लडाकुले हतियार बोकेकै हुनुपर्ने सर्त प्रमाणीकरणका लागि नरहेको अनमिनले स्पष्ट गरेको छ । २०४५ जेठ १२ पछि जन्मेका भनी प्रमाणीकरणमा परेका झण्डै तीन हजार बालबालिका र तोकिएको मितिपछि भर्ना भएकाले अयोग्य ठहर गरिएका १ हजार ३५ जना अझैपनि शिविरमै छन् । यसलेे माओवादीले तोकिएको मितिपछि पनि लडाकुका रूपमा थुप्रै बालबालिका भर्ना गरेको स्पष्ट हुन्छ । लडाकुहरू शिविरमा राख्ने कुरा चलेपछि माओवादीले महिनाको सय अमेरिकी डलर बराबर पारिश्रमिक पाइने लोभ देखाई नयाँ लडाकु भर्ती गरेका र कतिपय बालबालिकाको उमेर मिलाउन थालेको तथ्य त्यतिखेरै सञ्चार माध्यममा आएका हुन् । स्वयं माओवादी नेता सीपी गजुरेलले नयाँ दिल्लीको एउटा कार्यक्रममा नयाँ लडाकु भर्ती गरेर शिविरमा राखिएको तथ्य पनि खुलासा गरेका थिए । प्रमाणीकरणका क्रममा अनमिनले यस्ता तथ्यलाई वास्तै नगरेको देखिन्छ । वास्तविकभन्दा ५ गुणा बढी लडाकु प्रमाणीकरण भएको तथ्यले अनमिनले जुनसुकै तर्क गरे पनि उसको कमजोर कार्य प्रणाली उदाङ्गो भएको छ ।
अनमिनलाई सोझै माओवादीको पक्षपोषण हुने गरी प्रमाणीकरण कार्य सम्पादन गर्न के कुराले प्रेरित गरेको होला ? विचारणीय छ । ७ हजारको संख्यामा रहेका लडाकुलाई २० हजार पुर्‍याएर शान्ति प्रक्रियामा अनमिनले कति महत्वपूर्ण भूमिका खेलेको रहेछ त्यो पनि अब स्पष्ट भएको छ । राष्ट्र संघजस्तो संस्थाको प्रतिनिधि विद्रोही पक्षसँग निकट रही उनीहरुको प्रत्यक्ष प्रभावमा कार्य गर्नु जिम्मेवारीसूचक होइन । अनमिनको यस्तो कार्यले विश्व बैंकले पनि शान्ति प्रक्रियामा आएका लडाकुको नभएर माओवादी पार्टीका कार्यकर्ताको भरण पोषण गर्दै आएकोे प्रमाणित भयो । यसबाट विश्व बैंकसमेत निकै अपठ्यारोमा परेको हुनुपर्छ । अनमिनले आफूलाई सुम्पिएको कार्य विश्वसनीय रूपमा सम्पन्न गर्न विफल भएको छ । माओवादी सेनाका लडाकु रहेका शिविरको अनुगमनमा पनि अनमिन प्रभावहीन देखिएको छ । शिविरमा बस्न अयोग्य प्रमाणित र बाल सैन्यलाई बाहिर निकाल्न पनि अनमिनले आवश्यक दवाव दिन सकेको देखिँदैन ।

अनमिनले लडाकु प्रमाणीकरणका लागि माओवादी सेनाको परिचयपत्र र अन्तरवार्तालाई मुख्य आधार बनाएको देखिन्छ । लडाकु प्रमाणित हुन माओवादी सेनाको परिचय पत्र प्रस्तुत गर्नुपर्ने सर्त राखिएको पाइन्छ । त्यस्तो परिचय पत्र रातारात तयार गरी वितरण हुनसक्ने र अन्तरवार्ताबाट मात्र वास्तविकता एकिन हुन नसक्नेतर्फ अनमिनले ध्यान दिएको पाइँदैन । अवलम्बन गरिएको प्रमाणीकरण कार्यविधि वास्तविकता पत्ता लगाउन सहायक हुन सकेन । कार्यविधि र प्रश्न जे.एम.सी.सी. बाट पारित भएको भनेर प्रमाणीकरणको मूल प्राविधिक पक्ष हेर्ने दायित्व भएको अनमिन दोष मुक्त हुनसक्ने अवस्था छैन । त्यसैले अब अनमिन लडाकुको पुनः प्रमाणीकरण प्रक्रियामा जानुपर्छ । अनमिनको भूमिकाबाट राष्ट्र संघकै प्रतिष्ठामा दाग लाग्न सक्ने भएकाले पुनः प्रमाणीकरणको विकल्प छैन । पुनः प्रमाणीकरणबिना माओवादी लडाकुको पुनःस्थापना र समायोजन हुन नसक्ने भएकाले शान्ति प्रक्रिया टुङ्गोमा पुग्न पनि सक्दैन । राज्यले नक्कली लडाकु अर्थात् माओवादी पार्टीका कार्यकर्ताको पुनःस्थापना वा समायोजन गर्ने कुरा हुँदैन । त्यसैले शिविरभित्र रहेका लडाकुको पुनः प्रमाणीकरण जरुरी छ ।

माओवादी लडाकुको शिविर व्यवस्थापनका लागि प्रतिबद्धता जनाएको विश्व बैंकले तत्काल त्यस कार्यलाई अगाडि नबढाउने तथ्य सार्वजनिक गरेको छ । लडाकुको वास्तविक संख्या सम्बन्धमा विवाद चर्केकाले विश्व बैंकलाई आफ्नो प्रतिबद्धताबाट पछि हट्नुपर्ने परिस्थिति पैदा भएको हो । दर्ता गरिएका लडाकुलाई प्रमाणित गर्न अनमिनले अवलम्बन गरेका आधार अत्यन्त फितला भएकाले नै नक्कली लडाकु खुट्याउन अनमिन चुकेको हो । लडाकु प्रमाणीकरण प्राविधिक कार्य हो र त्यस्तो कार्य गर्न विशेष क्षमता र दक्षता आवश्यक पर्छ । प्रमाणीकरण प्रक्रिया र निर्णय लिने क्रममा अनमिन नेतृत्वको महत्वपूर्ण भूमिका रहेको हो । प्रमाणीकरण प्रक्रिया त्रुटिपूर्ण रहेको कटु सत्यलाई अनमिनले स्वीकार्नु पर्छ । प्रमाणीकरण कै क्रममा पनि यो सवाल उठेको हो । किन्तु अनमिनले गहिरिएर वास्तविकता पत्ता लगाउनेतर्फ ध्यान नपुर्‍याएकाले नै ऊ विवादमा तानिनुका साथै समस्या जटिल भएको हो । अनमिनले अयोग्य ठहर्‍याएका र पछि भर्ना गरिएका व्यक्तिलाई अस्थायी शिविरबाट बाहिर निकाली पुनः प्रमाणीकरण कार्यको अविलम्ब थालनी शान्ति प्रक्रियालाई विश्वसनीयरूपमा अघि बढाउने पूर्वाधार हो ।
(लेखक पूर्व गृहसचिव हुन्)
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस