राष्ट्रिय संघीय शान्ति मिसन (अनमिन)को भूमिका विवादमा परेको छ। माओवादीबाहेकका प्रमुख पार्टीका जिम्मेवार नेताहरू अनमिनको औचित्यमाथि प्रश्न उठाउँदै छन्। उनीहरू दुई महिनापछि अनमिनको म्याद नथप्ने धम्की दिँदैछन्।
माओवादी सशस्त्र बिद्रोह त्यागेर खुला राजनीतिमा आएपछि चार वर्षअघि शान्तिप्रक्रियाको साक्षी बस्न अनमिन नेपाल आएको हो। माओवादी शिविरबाट लडाकु हतियारसहित बाहिर निस्किएका, शिविरहरू अपहरित मानिसको केन्द्र बनाइएको स्थिति वा माओवादी लडाकुसम्बन्धी मुद्दामा ‘त्यसो गर्न हुँदैनथ्यो' भन्दै औपचारिक वक्तव्यमा सीमित हुने अनमिनसँग विवाद अहिले अलि फरक खालको छ। साक्षीको हैसियतले अनमिनले माओवादी लडाकु समायोजन र पुनःस्थापन गर्न १४ महिना लाग्ने अनौपचारिक प्रस्तावका कारण ऊ आलोचनाको सिकार बन्न पुगेको छ।
नेपाली राजनीति माओवादी लडाकु व्यवस्थापनको मुद्दामा अल्झेको छ। यस्तो बेला अनमिनको प्रेसक्रिप्सन विवादमा पर्नु स्वाभाविक हो। उसको प्रस्तावले माओवादीबाहेकका नेतालाई तताएको छ। अनमिनको ६० हप्ते कार्ययोजना माओवादीसँगको मिलोमतोमा आएको कांग्रेस कार्यवाहक सभापति सुशीलल कोइरालाको आरोप छ। प्रधानमन्त्री माधवकुमार नेपालले अनमिनले क्षेत्राधिकार बाहिर गएर काम गरेको भन्दै औपचारिक पत्र बुझाएका छन्। उनको पत्रको जवाफ संयुक्त राष्ट्रसंघले दिइसकेको छ। न्यूयोर्कबाट राष्ट्रसंघका महासचिव बान की मुनका सहप्रवक्ता फरहान हकले तोकिएको कार्यादेशअनुसार अनमिनले प्रस्ताव दिएको दाबी गरेका छन्।
प्रधानमन्त्री र नेताहरूले लहैलहैमा वक्तव्यबाजी गरेका त होइनन्?
प्रस्ताव सन्दर्भ सामग्रीका रूपमा प्रधानमन्त्रीको अध्यक्षताको विशेष समितिलाई डेढ महिनाअघि बुझाएको अनमिनको दाबी छ। उसको दाबी साँचो हो भने सन्दर्भ सामग्रीलाई अहिलेको सरकारविहीन अवस्थामा कसले कुन प्रयोजनका निम्ति प्रापोगाण्डाको अस्त्र बनायो? त्यसको खोजबिन हुनुपर्यो। आफ्नै अध्यक्षताको समितिलाई बुझाइएको प्रतिवेदन सरकारको जानकारीमा नभएको भन्नु र समाचारमा आएको अनौपचारिक दस्तावेजको विरोधमा सरकारले औपचारिक पत्राचार गर्नु कहाँसम्मको केटाकेटीपन हो! कुटनीतिक मामलालाई राजनीतिक मसला बनाउन मिल्दैन।
अनमिन प्रस्तावको मात्र होइन, उसको भूमिका र औचित्यबारे बारम्बार विवाद उठाउने गरिन्छ। गत कात्तिकमा महासचिव मुनले सुरक्षा समितिमा पेस गरेको नेपाल प्रतिवेदनले पनि हल्लिखल्ली मचाएको थियो। मुनले नेपालको शान्ति प्रक्रिया चुनौतीपूर्ण बनेको औल्याउँदै ‘समयमै नयाँ संविधान जारी गर्न र माओवादी सेनाको सफल समायोजन र पुनःस्थापना गर्न राष्ट्रिय सहमतिको सरकार वाञ्छनीय देखिन्छ' भनेका थिए। त्यस बेला मुनको भनाइलाई माओवादीले आफ्नो पक्षपोषण भएको ठान्यो। सत्तारुढ गठबन्धनले आन्तरिक राजनीतिमा हस्तक्षेपको आरोप लगायो।
मुनका पोहोरको कुरा पुराना भइसकेको छ। यसै पालि मुनले राष्ट्रिय सहमतिको सरकारका निम्ति आग्रह नगरेका होइनन्। राष्ट्रिय सहमतिको सरकार बनाउने अवसरबाट नेताहरू चुकिसकेका छन्। सहमतिको राजनीति पन्छाएर गणितको खेलमा अल्भि्कएका दलहरूको केन्द्रमा सेना समायोजन र पुनःस्थापना हुनुपर्थ्यो । प्रमुख दलका जिम्मेवार नेताहरूले अरुलाई औँला ठड्याउनुअघि आत्मसमीक्षा गरे समाधान निकाल्न सहज हुने थियो।
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने रचनाकार भारत र हाम्रो अर्को छिमेकी चीन नेपालमा तेस्रो शक्तिको महत्वपूर्ण उपस्थिति चाहँदैनन्। उनीहरूको चाहनाकै कारण अनमिन सीमित भूमिकामा खुम्चिएर नेपाल आएको शीर्ष नेताहरूले बिर्सन मिल्दैन। दिल्लीमा भएको १२ बुँदै समझदारीमा उल्लेखित तेस्रो पक्षलाई साक्षी राख्ने माओवादी चाहनामा अनमिन यहाँ आएको हो। सहमति, सम्झौता कार्यान्वयन नगर्दा नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढ्दो छ। शान्ति सम्झौतामा संविधान सभा निर्वाचनअघि नै माओवादी लडाकु समायोजन र पुनःस्थापना भइसक्नुपर्ने उल्लेख छ।
निर्वाचन भएको २७ महिना बितिसक्दा पनि लडाकु समायोजन जस्तातस्तै रहनुमा दोषी को? अनमिन कि नेताहरु? उत्तर सहज छ, नेताहरू। माओवादी खुला र प्रतिस्पर्धी राजनीतिमा आएको हो भने लोकतन्त्रमा सेना चाहिँदैन भन्ने आधारभूत कुरा उसले स्विकार्नुपर्यो। कांग्रेस, एमालेका शीर्ष नेताहरूले पनि माओवादी लडाकुलाई सेनामा समायोजन गर्नु हुँदैन भन्ने जर्नेलरूको बहकाउमा लाग्न भएन। लोकतन्त्रमा बन्दुकलाई प्रोत्साहित गर्दा परिणाम सुखद हुँदैन। सेना सरकारको अस्त्र हो, लोकतन्त्रको पहरेदार होइन।
अनमिनको काम, आवश्यकता र औचित्यबारे प्रमुख दल र नेताहरू परस्परविरोधी बन्नु हुँदैन। अनमिनको भूमिकाबारे विवाद गर्ने कि उसलाई चाँडै सहज वातावरणमा बिदा गर्ने भन्ने नेताहरूको हातमा छ। वर्तमान अवस्थाले लामो समय निरन्तरता पाए नेपाल असफल राष्ट्रमा दरिने पक्का छ। त्यस बेला राष्ट्रसंघलाई बोलाउनु पर्देन, ऊ आफैँ आउन सक्छ। विद्रोही सेनाको व्यवस्थापन नहुन्जेल राष्ट्रसंघले छाड्दैन भन्ने नेताहरूले कहिले बुझ्लान्?