राष्ट्रिय बहाना
०४ कार्तिक २०६७
•
७ मिनेट पाठ
राष्ट्रिय बहाना
भारतको नयाँ दिल्लीमा हालै सम्पन्न राष्ट्रमण्डल खेल आयोजक समितिको म्याद सरकारले केही समयका लागि थप गरेको छ। राष्ट्रमण्डल कुनै बेला बेलायती साम्राज्यअन्तर्गत रहेका राष्ट्रको संगठन हो। राष्ट्रमण्डलका ७१ देशले भाग लिएका उक्त प्रतियोगिता सहभागिताका आधारमा ओलम्पिकपछिको ठूलो मानिन्छ। त्यही प्रतियोगिता समापन भएपछि पनि त्यहाँको सरकारले आयोजक समितिलाई कायम राख्नु सामान्यतः अनौठो लाग्नसक्छ। तर यसको कारण भने त्यस बृहत् आयोजनामा भएको कथित भ्रष्टाचार बताइएको छ। राष्ट्रमण्डल खेलमा हजारौँ करोड भारतीय रुपैया खर्च भएको थियो। र त्यसमा ठूलो भ्रष्टाचार भएको चर्चा उठेपछि सरकारले त्यसको छानविन गरिरहेको छ।




प्रारम्भमा समय सीमाभित्र खेलको तयारी नभएका कारण आयोजना असफल हुने शंका देखिए पनि अक्टोबर ३ मा भएको भव्य उद्घाटनसँगै प्रतियोगिता सफल मानिएको थियो। प्रतियोगिताको भव्य समापन समारोहबाट सहभागी अनेक राष्ट्रका प्रतिनिधिहरू निकै प्रभावित भएका थिए। यसबाट अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिष्ठा बढेको बताइएको थियो।
यसअघि १९८२ मा नयाँ दिल्लीमै आयोजना भएको नवौँ एसियाली खेलकुद प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न भएको थियो। त्यही प्रतियोगिताबाटै भारतमा रंगीन टेलिभिजन सुरु भएको थियो। भारतमा कम्प्युटरको चर्चा जनताबीच हुन थालेको थियो र ओलम्पिकको आयोजना गर्नसक्ने आत्मविश्वास झिनो भए पनि पलाएको थियो। हुनत, त्यति बेलासम्म एसियाड र ओलम्पिकजस्ता बृहत् आयोजना राष्ट्रिय प्रतिष्ठाको विषय भए पनि आर्थिकरूपमा घाटाको काम हुने गर्थे। तर ८२ एसियाडको आयोजनाबाट भारतले आत्मविश्वास प्राप्त गरेको थियो। त्यतिबेला भ्रष्टाचारको प्रसंग भने चर्कोसँग उठेको थिएन।
अहिले पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा भारतको प्रतिष्ठा पनि बढाएकै छ र आत्मविश्वास पनि वृद्धि भएको छ। तर दुवै आयोजनाबीच फरक हेर्ने हो भने बृहत् आयोजनाको सफलतामा रमाइरहेको भारतमा अहिले त्यसमा सम्भावित भ्रष्टाचारको छानबिन पनि थालिएको छ र त्यही छानबिन पूरा गर्नका लागि आयोजक समितिको अवधिलाई प्रतियोगिता सकिएपछि पनि लम्याइएको छ। यसै क्रममा प्रतियोगितालाई राष्ट्रिय प्रतिष्ठाको विषय बनाएर त्यसभित्र भएका अनियमिततालाई ढाक्ने प्रयास गर्न खोजिएको आरोप लागेको छ।

भारत, नेपालजस्ता अविकसित अथवा विकासोन्मुख देशमा हुने यस्ता ठूला आयोजनाको कहिल्यै वास्तविक छानबिन गरिएको छैन। नेपालले पनि अहिलेसम्म दुई वटा दक्षिण एसियाली खेलकुद आयोजना गरिसकेको छ। ती दुवैमा भएका खर्चको जाँचबुझ कहिल्यै गरिएन। किनभने दुवै पटक नेपाल खेलको सफल आयोजना र सफलतामा रमाएको थियो (वा रमाउन लगाइएको थियो)।

राष्ट्रिय प्रतिष्ठाका लागि भएको (गरिएको) खर्चमा प्रश्न उठाउन हँुदैन भन्ने मान्यता नेपालमा धेरै पहिलेदेखि स्थापित गराइएको छ। विशेषगरी पञ्चायत कालमा राजधानीबाहिर तत्कालीन राजाको 'सवारी' हुँदा स्थानीय व्यापारीदेखि कर्मचारी र पञ्च कार्यकर्ता पोसिनेे गर्थे। प्रत्येक पाँच वर्षमा हुने क्षेत्रीय भ्रमण वास्तवमा भ्रष्टाचारको असीमित तालमा पौडी खेल्नेअवसर मानिने गर्थ्यो। किनभने राजाको सबारीका लागि गरिने खर्चलाई राष्ट्रिय प्रतिष्ठाको विषय बनाइन्थ्यो। त्यसमा भएका खर्चबारेमा प्रश्न उठाउनु भनेको राज संस्थाको विरोध गरेको मानिन्थ्यो। त्यसलाई आफू जोगिने राष्ट्रिय बहाना बनाइन्थ्यो। व्यापारी, कर्मचारी र पञ्चले राम्रै भजाउने गर्थे। त्यसैले भ्रष्टाचार कहिल्यै उजागर हुन पाएन।

पञ्चायत व्यवस्थाको समाप्तिपछि पनि त्यो राष्ट्रिय बहाना फरकरूपमा रहेको छ। गत वर्ष काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत माओवादी लडाकु र नेपाली सेनाबीच स्पर्धामा सहभागितासम्बन्धी विवादले सेना प्रतियोगिताबाटै हट्ने स्थिति आएको थियो। त्यसमा राष्ट्रिय खेलकुद परिषदको कमजोरी खुलारूपमा देखिएको थियो। तर आफ्नो दोषबाट उम्कन राखेपले 'शान्ति प्रक्रिया' जोगाउनु परेको बहाना बनाएर विवाद सामसुम पारेको थियो।

खेल क्षेत्र त यसको उदाहरणमात्र हो। खेलकुदबाहेक नेपालले अन्तर्राष्ट्रिय स्तरका अरू आयोजना पनि गरेको छ। त्यस्ता आयोजनालाई पनि राष्ट्रिय प्रतिष्ठासँग जोडेर पारदर्शी गर्न रोकिन्छ।

आफ्नो बदमासी र कमजोरी लुकाउन र त्यसको जिम्मेवारीबाट उम्कन राष्ट्रिय प्रतिष्ठाको बहाना बनाउने प्रवृत्ति रोक्न सकेमात्र यस्ता बृहत् आयोजना वास्तविक अर्थमा सफल हुनेछन्।
अर्को समाचार
चुनाव सार्ने बहानामा सरकार : ओली
१४ जेष्ठ २०७४
•
८ मिनेट पाठ
चुनाव सार्ने बहानामा सरकार : ओली
पोखरा- एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) को मागलाई बहाना बनाएर दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्ने योजना सरकारले बनाइरहेको आरोप लगाएका छन्। त्यस्तै मुस्लिम समुदायको रमजानलाई बहाना बनाएर पनि निर्वाचन सार्ने योजना सरकारले बनाएको उनले बताए।




जेठ ३१ गते तोकिएको दोस्रो चरणको निर्वाचन अझैं पछाडि धकेल्ने वा नगराउने  भन्ने ध्याउन्नमा सरकार रहेको उनको भनाइ छ ओलीले निर्वाचन सार्ने कुरा आफ्नो दललाई मान्य नहुने बताए।

। 'अब निर्वाचन कसरी नगर्ने भन्नेमा सरकारको ध्यान गएको छ,' पोखरा–लेखनाथ महानगरपालिकामा विजयी एमालेले शनिबार यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले भने, 'निर्वाचन सार्न एउटा विषय रमजानलाई बनाउने, अर्काे राजपाको यसो,यसो भयो भनेमात्र सहमतिमा आउँछु भन्ने बहानालाई पनि कारण बनाउन सक्छ।'  जेठ ३१ को निर्वाचन कुनै पनि बहानामा सार्न नपाइने उनले बताए। 'राजपालाई भन्न चाहन्छु, सधैं यस्तो र उस्तो भनिरहनु हुँदैन। यस्तो र उस्तो भनेर निहुँ खोज्नु हुन्न,' ओलीले भने, 'नयाँनयाँ कुरा निकालेर संघर्षबाट आएको लोकन्त्रलाई जोखिममा पार्न पाइँदैन।'

अहिलेकै अभ्यासबीचबाट सहमति गरेर वार्ताद्वारा अगाडि बढ्न सकिने पनि उनले बताए। 'राजपाका मागमा जेठ ३१ को चुनावपछि छलफल गर्न सकिन्छ,' ओलीले भने, 'संविधान संशोधनका कुरा गर्न पनि सकिन्छ। तर निर्वाचनलाई सर्त बनाउने उपयुक्त हुँदैन। लोकतन्त्रलाई संस्थागत गर्ने हो भने चुनावमा बाधा ल्याउने होइन, सहभागी भएर प्रक्रियाबाट समस्या समाधान गर्नुपर्छ।'

हरेक कुरामा राजपाको विरोधलाई देखाएर काम गरिएको भन्दै ओलीले असन्तुष्टि जनाए। 'राजपाले विरोधका कुरा आफैं गरेको छ वा सरकारसँगको साँठगाँठमा भएको हो भनेर समेत मैले सोधें,' उनले भने, 'तर प्रधानमन्त्रीले राजपाले आफैंले विरोध गरेको भनेका छन्।' उनले चुनाव मिति तोकेपछि स्थानीय तह बढाउनु गलत भएको बताए। 'तह बढाउँदा मधेसी मोर्चा चुनावमा आउँछ भनेपछि सुरुमा हामीले मान्यौं। मधेसी मोर्चा पनि निर्वाचनमा आउँछ भनेर २ चरणमा गर्न पनि थालियो, ओलीले भने, 'तर, अहिले राजपालाई अघि सारेर निर्वाचन नगर्ने प्रयास भइरहेको छ। कहाँसम्म भाग्ने हो, थाहा छैन।'

सरकारले नचाहिने कुरामा अल्मल्याएर समस्या खडा गर्न चाहेको ओलीको आरोप थियो। सहमतिका साथ देश चलाउनुपर्ने र बाँकी ४ सय ६१ तहमा निर्वाचन गराउनुपर्ने समयमा प्रधानमन्त्रीले सरकारको झोला फ्याँकेको उनले बताए। 'सरकार छाड्नैपर्ने भए २० दिनपछि छाड्नुभन्दा पनि मानेनन्। सरकारको नेतत्व लिन हतार गर्नेले केही दिन पर्खेको भए हुन्थ्यो,' ओलीले भने, 'यस्तो बेलामा सहमतिको वातावरण बनाउनुपर्छ भन्ने आग्रह गर्दा सरकारले मानेन।'

राजपाको मागलाई कानुन संशोधन गरेर सम्बोधन गर्न सकिने ओलीको भनाइ छ। तर नयाँनयाँ बहाना बनाएर निर्वाचन बिथोल्न नपाइने उनले बताए। 'हामीले निर्वाचनमा सहभागी गराउनका लागि हस्ताक्षर गरेर दिने समय रहेन। १५ दिन समय छैन,' उनले भने, 'तर उनीहरूलाई ठाउँ दिलाउने काम गर्छाैं, छुट्यो भन्नुपर्दैन।'

ओलीले अब कुनै पनि हालतमा स्थानीय तह संख्या बढाउन नमिल्ने बताए। 'एमालेले जित्ने ठाउँ कहाँ–कहाँ छ र त्यसलाई कसरी हार्ने गराउने सकिन्छ भनेर तह काटेका छन,' उनले भने, 'हामीले विरोध गर्दा सरकारले पाखुरा सुर्कायो, बल देखायो। हामीले भनेपछि जे पनि हुन्छ भन्यो, तर अदालतले हावा खुस्काइदियो।'

ओलीले एमालेलाई मधेस विरोधी भनेर गलत प्रचार गरिएको पनि बताए। 'एमाले सबैको साझा पार्टी भएकाले सबैका लागि काम गर्छ। जनताको पार्टी हो। त्यसैले विरोधी हुँदैन,' उनले भने।

निकासका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने ओलीले बताए। राष्ट्रिय सहमतिको सरकार बनाए पनि त्यसमा एमालेले नेतृत्वको दाबी नगर्ने उनले बताए। 'एमालेलाई प्रधानमन्त्री चाहिएको हो भनेर कसैले भन्छ भने त्यो भ्रम हुनेछ। एमाले कात्तिक–मंसिरसम्म पर्खेर बकाइदा बहुमत ल्याएर राजमार्गै राजमार्गबाट सरकार बनाउने बाटो हिँड्न चाहेको हो,' उनले भने, 'राजमार्ग हिँड्न छाडेर खाल्डाखुल्टी र गोरेटो हिँडन चाहन्न। केही महिना हो, पर्खिन्छौं।' समय आएपछि आफैं मूलढोकाबाट सरकारमा जाने हो, तर अहिले जस्केलाबाट जान नचाहेको ओलीले बताए।

एमालेले अब समृद्धितर्फ मुलुकलाई धकेल्ने उनले बताए। मूलमूल सहरमा एमालेले जितेको भन्दै उनले पोखरा–काठमाडौं अब छुकछुके नभई सुलुलु कुद्ने रेल ल्याउने बताए।

उनले एमालेको विजय लहर रोक्न सरकारले अनेक हत्कन्डा अपनाएको आरोप पनि लगाए। 'सरकारमा बसेका पार्टी सबै मिलेर आउँदा पनि एमालेको कम्मरसम मात्र आए,' उनले भने, 'बलियाबलिया छौं भन्नेहरू नै कम्मरसम्म मात्र आए। नमिलेका भए त सर्वनासै हुने रहेछन्।'

सभामा पोखरा–लेखनाथ महानगरका नवनिर्वाचित मेयर मानबहादुर जिसीले स्वाभिमान झुक्नेगरी कहिल्यै काम नगर्ने बताए। 'बिगार्ने काम कहिल्यैं गर्नेछैनौं,' हजारौं मतदातामाझ जिसीले भने, 'सबैको सहयोगमा पोखरा सहर बनाउनेछौं।' उनले अबका ३ वर्षभित्र महानगरभित्रका सबै कच्ची बाटो कालोपत्रे गर्ने बताए। नवनिर्वाचित उपमेयर मञ्जु गुरुङले सबैसँग मिलेर पोखरालाई समृद्ध सहर बनाउने बताइन्।

विजयोत्सव मनाउन एमालेका हजारौं कार्यकर्ता अमरसिंहचोकको चौरमा भेला भएका थिए। विभिन्न गाउँबाट सवारी साधन रिजर्भ गरेर एमालेका कार्यकर्ता विजयसभामा सहभागी हुन आएका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस