राजतन्त्रीय वंशवाद र परविारवादको रोग सबै रंगको नेपाली राजनीतिमा सल्किएको छ । राजतन्त्रमा पटमूर्ख होस् कि सन्काहा, राजाको जेठो छोरो स्वतः राजा बन्छ र निजकी पत्नी स्वतः रानी बन्छे । अनिर्वाचित राजतन्त्रको अन्ध-अनुकरण गर्दै केवल नेता पतिकी पत्नी भएर, नेता पिताकी पुत्री भएर वा नेता पतिको राजनीतिक अपुताली खान पाएर नेतृ बनेकाहरू अहिले अमर्यादित चुरीफुरीसाथ राजनीतिमा वाक्कलाग्दो अभिनय गररिहेका छन् । वंशवाद वा परविारवादको वृक्षमा पलाउने नेता वा नेतृहरू फेदबिनाका परजिवी ऐजेरु हुन् । टुप्पामा पलाएका यस्ता ऐजेरुहरू टपर्टुइँयाँ हुन्छन् । यी टपर्टुइँयाहरू जहाँजहाँ टेक्न पुग्छन्, त्यहाँ ती नैतिक प्रदूषण छर्दै जान्छन् । तर शैलजा आचार्य मामा बीपी र जीपीरूपी वृक्षमा पलाएकी ऐजेरु नेतृ किमार्थ होइनन् । ती आफ्नै आदर्श र निष्ठा, आफ्नै संकल्प र साहस अनि आफ्नै संघर्ष र समर्पणको गाथाको मौलिक जगबाट सानका साथ उठेकी नेतृ हुन् ।
दैहिक अस्तित्वमा शैलजा अब रहिनन् । अब शैलजाको जीवनको झझल्को तिनका आफ्नै कर्महरूले हाम्रा मनमा निर्माण गरेका स्मृति-बिम्बहरूमा छ । शैलजाको नामसँगै हाम्रा आँखाअगाडि एउटा प्रखर बिम्ब नाच्न थाल्छ । हाम्रा आँखामा उज्यालो र आसा भरिदिने यो बिम्ब शैलजाले सत्र सालको फौजी काण्डसँग हाक्काहाक्की आँखा जुधाउँदा बनेथ्यो ।
फागुन ७ गते राजधानीको टुँडिखेलमा फौजी बर्दी र कालो चस्मा लगाएका दम्भी तानाशाह महेन्द्र संगीनको घेराभित्र राजसी आसनमा गजधम्म बसेका छन् । किशोर वयकी शैलजाको सानो पाखुरो सहस्र संगीनको एकरत्ती पर्वाह नगरी कालो झन्डा बोकेर फुत्त माथि उठ्छ । झन्डाको कालो रङ गएर महेन्द्रका अनुहारमा पोतिन्छ ।
त्यो क्षण, शैलजाले अविस्मरणीय इतिहास रचेको त्यो क्षण, उनको उचाइ धरहरामाथि उठ्छ, र तानाशाह महेन्द्र लिलिपुट मानवको आकारमा तल धुलामा लुट्पुटिन पुग्छन् । त्यो संगीनमाथि विवेकको गौरवमय विजयको भव्य क्षण हो । प्रजातन्त्र र स्वतन्त्रताप्रतिको अदम्य निष्ठा नै शैलजाको त्यो साहस, त्यो शक्ति र त्यो गौरवको मुहान हो ।
जीवनको सहजकालमा बोल्ने मुख, लेख्ने हात र उठ्ने पाखुराहरू जति पनि हुन्छन् । तर संकट र जोखिमको समयमा बिरालाको घाँटीमा घन्टी कसले बाँध्ने भनी सबैजसो जीवात्माहरू मूक मुद्रामा अरूका मुख ताक्छन् । शैलजाले साहसको देउरालीमा उभिएर नागरकि अधिकारहरू चोरीखाने बिरालाका घाँटीमा घन्टी बाँधिन् । बिरालो झस्किँदा घन्टी बज्यो र ढाडे तानाशाह महेन्द्रको मुटु थर्कियो । इतिहासको यात्रामा ज्यानको बाजी थापेर आतंकमय सन्नाटा भंग गर्ने, अत्यासलाग्दो अन्धकारमा उज्यालोका फिलुंगाहरू छर्ने र मानवजातिलाई जीवनको उकालीतिर लम्किन प्रेरति गर्ने पात्रहरू विरलाकोटी हुन्छन् । शैलजा एक हुन् ।
शैलजाको त्यो साहसको जगमा सामूहिक स्मृतिबाट पैदा भएको शक्तिपुञ्ज थियो । पृष्ठभूमिमा त्यो सामूहिक स्मृति सिर्जना गरििदने पात्रहरू हसिनादेवी, मंगलादेवी, मेलवादेवी, मोतीदेवी, गोमादेवी, साधना र साहना प्रधान आदि थिए । दमनकारी तानाशाहविरुद्ध अपूर्व साहसका साथ उठेको शैलजाको सानो पाखुरोमा यी नारीहरूको संघर्ष र सिर्जनाको शक्ति स्नेहका साथ सञ्चार भएको थियो ।
राजनीतिमा शैलजालाई हुर्काउने र संस्कारति गर्ने मातृसंस्था नेपाली कांग्रेसमा ऊबेला युवा जोस र आवेगको जीवन्त स्पन्दन थियो । संस्कृत पाठशालाबाट 'जयतु संस्कृतम्'को गगनभेदी नारा उराल्ने अगुवाहरू कांग्रेसी युवा नै थिए । कांग्रेसी ब्राह्मणहरू टुप्पी ठुन्क्याएर र जनै छिनाएर रुढ परम्परामा क्रमभंग गर्ने मनसुवाले हलो जोत्न पनि तम्सिन्थे । युवा कांग्रेसीहरू बालविवाह र बहुविवाह प्रथा मास्न तरकमरक पनि गर्थे ।
अमानवीय वर्णाश्रम प्रथाले अछूत भनी पशुभन्दा तल गिराएका पीडित मानवहरूसँग बसेर सहभोजन गर्न पनि कांग्रेसी ब्राह्मणहरू जुर्मुराउँथे । रजौटा र विर्ता उन्मूलन गर्न पनि कांग्रेसीहरूले हात बढाएकै हुन् । युवा कांग्रेसका समाज र संस्कृतिमा सुधार ल्याउने पदचापका यी अनेकओली आवाजहरूले शैलजामा ऊर्जा र आँट भरििदएको थियो । र नै त आफूसमेत केवल पाँचजनाको सानो झुन्ड बनाएर महेन्द्रीय फौजी शासनको कालरात्रिमा तिनले तहल्का मच्चाइदिइन् । शैलजाका लागि दुई चीज अति पि्रय थिए । राजनीतिक आदर्श र राजनीतिक नैतिकता । कृषि मन्त्री छँदा तिनले आफ्नो मन्त्रालयमा भ्रष्टाचार व्याप्त छ भनी प्वाक्क बोलिन् । कांग्रेसीजन देश र दुनियाँको भाग्य र भविष्य अराजक बजारलाई सुम्पिदिएर जसरी हुन्छ धनसञ्चय र ऐसआरामको बाटोमा मग्न थिए ।
ती औंसीपुर्नेमा यसो 'प्रजातान्त्रिक समाजवाद'को सम्झना गर्थे । अनि फेर िउही सञ्चय र मोजमस्तीपथमा लिप्त भइहाल्थे । कांग्रेसीजनलाई भ्रष्ट सत्ता-संरचनामा सुधार गर्नु थिएन । त्यसैले शैलजाको त्यो वचन तिनलाई हुनुसम्म अपाच्य भयो । थुकेको थुक खान इन्कार गर्दै शैलजाले आफ्नो मन्त्री पदै त्यागिन् । लोभ र भोगको वर्चस्व कायम हुँदै गएको स्वार्थी राजनीतिमा तिनले आदर्श रोजिन् र तिनले आफ्नो वरपिरकिा निहित स्वार्थपूजकहरूमाथि नैतिकताका कोर्रा बर्साइन् । आदर्शबाट विमुख भएको कांग्रेसमा आदर्शप्रेमी शैलजा उपेक्षित र एक्ली भइन् । तिनले उपेक्षा र एक्लोपना रोजिन् । र, स्वार्थीहरूको भीडमा विलय हुन अस्वीकार गरिन् ।
समयक्रममा खूनी राजतन्त्रविरोधी उथलपुथलकारी आन्दोलनको प्रवाहले लपेटेर सनातनी कांग्रेसीहरूलाई लतार्दै आफ्नो प्रवाहमा बगायो । तिनले अताल्लिँदै प्रजातन्त्र-राजतन्त्रको दुईखम्बे सिद्धान्तको रट लगाए । तर जनआवेगको उत्ताल प्रवाहसामु त्यो रटना टिक्न सकेन । त्यसपछि तिनले डुब्न लागेको मानिसले परालको त्यान्द्रो समातेझैं आलंकारकि सम्राट अनि त्यसपछि शिशु सम्राटको याचना गरे । तर समयको कठोर धक्काले ती कुरूप याचनालाई पनि लोप्पा ख्वाइदियो । यसरी शैलजाका सकमक्षी र समवयी धेरैजसो सनातनी कांग्रेसीहरू गणतन्त्रप्रति कमसेकम ओठेभक्ति जनाउन विवश भए । तर शैलजा भने बीपी कोइरालाको मेलमिलापको सूत्र समातेर राजतन्त्र-प्रजातन्त्रको मिलनरूपी घिडघिडोमै झुन्डिरहिन् ।
समय फेरएिको थियो । जनभावना फेरएिको थियो । राजतन्त्र दागबत्तीको घडी कुर्दै ब्रह्मनालमा लम्पसार परसिकेको थियो । तर बीपीको प्रजातन्त्र-राजतन्त्र मेलमिलापको मिति गुजि्रसकेको सूत्रलाई शाश्वत देववाणी ठानेर शैलजा इतिहासको प्रवाहबाट हुत्तिएर निर्जन किनारमा एक्लै छाडिइन् । त्यो नै तिनको राजनीतिक अवसानको दुःखद क्षण थियो । इतिहासको त्यो उजाड किनारमा भौंतारिँदै निरीह स्वरमा तिनले गनगन गररिहिन् - कांग्रेसले बाटो बिरायो ! कांग्रेस बिगि्रयो ! समय धेरै अघि बढिसकेको थियो । पछिल्तिर फर्केर तिनको त्यो गनगन सुन्ने फुर्सद कसैलाई थिएन ।
अहिले अर्को कालखण्डमा इतिहास दोहोरएिको छ । राज्यको ढाँचा सुधार र आर्थिक-सामाजिक परविर्तनको तुमुल ध्वनिले समस्त आकास गुन्जायमान छ । यो ध्वनि, यो भयंकर ध्वनि सुनेर सनातनी कांग्रेसीजन आतंकित भएका छन् । सत्ता, दौलत र संस्कृतिमा आफ्नो सनातनी वर्चस्व गुम्ने डरले ती थर्थरी कामिरहेका छन् । र, ती आफ्नो अस्तित्वको रक्षा गरमिाग्न अनुहारभर िदागैदाग भएका फौजी महारथीको शरण परेका छन् । ती उही बासी 'प्रजातन्त्र'मा फर्केका छन् । र, ती राजनीतिमा नवीन मूल्यको उद्घोष गर्ने 'लोकतन्त्र' र 'गणतन्त्र' शब्दप्रति नै अरुचि देखाउादै मुख बिगार्न थालेका छन् । यसरी सनातनी कांग्रेसीहरू अप्रकटरूपले शिशु सम्राटको याचना गर्दै इतिहासको त्यो उराठलाग्दो बगरमा फर्केका छन् जहाँ शैलजा छुटेकी थिइन् ।
शैलजाका दुइटा जिब्रा थिएनन् । तिनले जे देखिन्, त्यो बोलिन् । जे बोलिन्, त्यसमा ती सदैव अडिग भइन् । यसरी आफ्नो अन्तस्करणको विश्वासप्रति ती सदैव बफादार रहिन् । तिनको वर्ग र वैचारकि प्रशिक्षणले तिनको दृष्टिलाई कम्युनिस्ट विरोध र 'प्रजातन्त्र-राजतन्त्र'को मेलमिलापको सीमाभित्र कैद गरेको थियो । तिनले इमानसाथ आफ्नो त्यो सीमा स्वीकार गरनि्, र समयको गतिमा ती बीचैमा छुटिन् । अरू सनातनी कांग्रेसीहरूले झैं तिनले पाखण्डको अभिनय कहिल्यै गरनिन् । त्यसैले सनातनी कांग्रेसीजनको भीडमा शैलजा अति इमानदार कांग्रेसी हुन् । समय-प्रवाहमा शैलजा अड्किएको उदास बगरमा फर्किएको सनातनी कांग्रेस नेपाली राजनीतिमा एक लोपोन्मुख प्रजाति हो । शैलजाको दैहिक अवसान कांग्रेसकै अवसानको एउटा विरक्तलाग्दो शोक धून हो । बूढो कांग्रेसको अवसानलाई नरहर िआचार्यको कहिलेकाहीँ विमतिमा उठ्ने लज्जालु र लुलो हातले रोक्न के सक्दो हो र ?
सत्र सालको अमिट स्मृति-बिम्बमा अमरत्व प्राप्त गरेकी शैलजा दिज्यू ! तिमीलाई मेरो हार्दिक श्रद्धाञ्जलि !