के हो बिआरआई ?
१२ वैशाख २०७६
•
१४ मिनेट पाठ
के हो बिआरआई ?
यतिबेला चीनको राजधानी बेइजिङ, दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चले झकिझकाउ छ। सन् २०१९ को मार्चसम्ममा बिआरआईमा १ सय २६ मुलुक र २९ अन्तर्राष्ट्रिय संगठन सहभागी भइसकेका छन्। अहिले बिआरआईमा एसिया–युरोपदेखि अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण प्रशान्त क्षेत्रसम्म आबद्ध छन्। बिस्तारै बिआरआई संयुक्त राष्ट्रसंघपछि सबैभन्दा ठूलो विश्व संगठन बन्नेतर्फ लम्किरहेको छ।




बेइजिङमा यही वैशाख १३ र १४ गते हुने दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा विश्वका ६५ मुलुक र क्षेत्रका २ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन्। नेपालबाट पनि राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुँदै छ।

विश्वमा आयोजना गरिने अन्य सम्मेलनभन्दा बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च केही पृथक छ। प्रायजसो मुलुकले लगानीलाई केन्द्रमा राखेर गर्ने अन्तर्राष्ट्रिय सम्मेलनको प्रमुख उद्देश्य आफ्नो देशमा लगानी गरिदेऊ भन्ने रहन्छ। तर यसकोे ठीक उल्टो चीनले चाहिँ ‘हामी तिमीहरूका देशमा लगानी गरिदिन्छौँ, परियोजना लिएर आऊ’ भन्ने उद्देश्यसाथ दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च आयोजना गर्दै छ। अनि यही अभियानबाट विश्वमा एकछत्र प्रभाव पारिरहेको अमेरिकालाई चीनले चुनौति थपेको छ।

बिआरआईले सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल मन्त्र मानेको छ।

अमेरिकाले विश्वमा हतियार र आतंकबाट आफ्नो प्रभाव फिँजाएको कुरा कहीँ–कतैबाट लुकेको छैन। अफगानिस्तान, इरान, इराक, मध्यूपर्व, सिरिया यसका केही उदाहरण हुन्। अमेरिकाले एक वर्षमा हतियार र युद्धमा जति खर्च गर्छ त्यति पैसाले त विश्वका एकतिहाइ गरिब मान्छेलाई गरिबीबाट उकास्न सकिन्छ भनेर अमेरिकामै आयोजना गरिएको एक कार्यक्रममा अलिबाबाका प्रमुख ज्याक माले भनेका थिए। बीसौँ शताब्दीको मध्यसम्म गृहयुद्ध, भोकमरी, जापानी अतिक्रमणलगायतका भीषण र त्रासदीपूर्ण समय पार गरेको चीनले विश्वमा शान्ति र स्थिरतासँगै विकास अपरिहार्य रहेको कुरा मूल मुद्दाका रूपमा उठाउँदै आएको छ। यही मेसोमा सत्तामा आउनासाथ वर्तमान चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्पूर्ण विकासोन्मुख मुलुकको उद्धारका लागि बिआरआई अवधारणा अगाडि ल्याएका हुन्।

सन् २०१३ सेप्टेम्बरमा कजाकिस्तान भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सीले पहिलोपटक ऐतिहासिक रेशमी मार्गलाई पुनर्जागरण गर्ने घोषणा गरेका थिए। त्यही वर्ष अक्टोबरमा इन्डोनेसिया भ्रमणमा जाँदा उनले एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्गलाई पनि पुनर्जागरण गर्ने उद्घोष गरे। सन् २०१३ नोभेम्बरमा चिनियाँ कम्युनिस्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले सी चिन फिङले घोषणा गरेका दुवै कार्यक्रम चीनको सुधार र खुला नीतिभित्र समावेश गरेर अगाडि बढाउने निर्णय ग-यो।

रेशमी मार्ग इसापूर्व १३०, हान वंशको शासन कालमा सुरु भएको थियो। जसले चीनलाई सिआनबाट रोमन साम्राज्यसँग जोडेको थियो। रेशमी मार्गको बहुवाणिज्य रुटले चीन, भारत, अरब, ग्रिस, रोम र समुद्र छुने अन्य मुलुकसँग जोडेको थियो। अहिले त्यही सञ्जाल ब्युँझाएर चीनले ती मुलुकले प्रशस्त आर्थिक लाभ लिउन् भन्ने चाहेको छ। सुरुमा रेशमी मार्ग र एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्ग जोडेर ‘वान बेल्ट वान रोड’ अर्थात् एक पेटी एक मार्ग भनिन्थ्यो। चीन र युरोप जोड्ने रेशमी मार्गलाई ‘बेल्ट’भित्र राखिएको छ भने एसिया र अफ्रिका जाड्ने सामुद्रिक रेशमी मार्गलाई ‘रोड’ले समेटेको छ। यसर्थ ‘बेल्ट एन्ड रोड’ भित्र प्रत्यक्ष रूपमा एसिया, युरोप र अफ्रिका समावेश छन्। रेशमी मार्ग आर्थिक क्षेत्र र एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्गलाई नै परिमार्जित भाषामा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् बिआरआई भनिएको हो।

ऐतिहासिक रेशमी मार्ग पुनः ब्युँझाउँदै आधुनिक युगमा व्यापार तथा पूर्वाधार सञ्जालमार्फत एसियालाई युरोप र अफ्रिकासँग जोड्ने चीनको पारदर्शी आर्थिक कार्यक्रम ‘बिआरआई’ हो। यो कुनै भूराजनीतिक अथवा सैनिक गठबन्धन होइन, खुला, सहभागीमूलक र साझा विकास कार्यक्रम हो। विकासका लागि सबै राष्ट्र यसमा सहभागी हुन्छन्। बिआरआईले अँगालेका केही मूलभूत सिद्धान्तमध्ये विकास निर्माण र साझेदार पहिलो हो। विकास निर्माणभित्र शान्तिपूर्ण साझेदारी, खुलापन, सहनशीलता, आपसी सिकाइ तथा हित र साझा जित छन्। आपसी छलफल र सम्बन्धबाट स्थिर व्यापार र आर्थिक गतिविधिमा रहेर जनस्तरको सम्बन्ध, अवधारणा कार्यमा तथा दृष्टिकोण यथार्थमा परिवर्तन र स्थानीय स्तरबाट विश्वव्यापी स्तरमा गरिने विकास यसका नारा हुन्।

फराकिलो दृष्टिकोण, पारदर्शी नीति, विकासमा हातेमालो र शान्ति र स्थिरता अँगालेकै कारण प्रायजसो अन्तर्राष्ट्रिय संघसंस्थाका दस्तावेजमा बिआरआई समावेश गरिएको छ। संयुक्त राष्ट्रसंघ, बीस मुलुक समूह, एपेक र अन्य संघसंस्थाका दस्तावेजहरूमा भित्री अवधारणाका रूपमा बिआरआई प्रवेश गरिसकेको छ। बिआरआईले आफ्नो गाइडलाइनमा विशेषगरी सम्बन्धित मुलुकको सार्वभौमिकता तथा सुरक्षा चासोको सम्मान गर्ने कुरालाई प्राथमिकतामा राखेको छ। रेल, सडक, सामुद्रिक तथा हवाई मार्ग, पाइपलाइन, सूचना सञ्जालजस्ता जटिल पूर्वाधार सञ्जाललगायत सबै क्षेत्र र बहुतहमा यसले काम गर्छ।

बिआरआईले अन्तर्राष्ट्रिय आर्थिक साझेदारी कोरिडरको अवधारणालाई बृहत् परियोजनाका रूपमा अगाडि सारेको छ। जसमा नयाँ एसिया–युरोप कन्टिनेन्टल पुल, चीन–मंगोलिया–रुस, चीन–केन्द्रीय एसिया–पश्चिम एसिया, चीन–इन्डोचाइना प्रायद्वीप, चीन–पाकिस्तान र बंगलादेश–चीन–म्यान्मार गरी ६ ठूला अन्तर्राष्ट्रिय कोरिडर छन्। यी कोरिडरले एसियाली अर्थतन्त्रको सञ्जाललाई युरोपियन अर्थतन्त्रको सञ्जालसँग जोड्नेछन् र बहुराष्ट्रिय साझेदारी सशक्त बनाउनेछ। बिआरआईमा भारत औपचारिक रूपमा प्रवेश गरेपछि चीन–नेपाल–भारत आर्थिक कोरिडर निर्माण हुने चीनले पहिले नै बताइसकेको छ।

बिआरआईले कुनै राजनीतिक पूर्वाग्रह नराखी आर्थिक क्रियाकलाप अँगाल्छ। यसमा आबद्ध मुलुकसँग चीनको व्यापार सन् २०१३ देखि २०१८ सम्ममा ६० खर्ब अमेरिकी डलर पुगेको छ। तर चीनको समग्र वैदेशिक व्यापारमा बिआरआईले २७.४ प्रतिशत हिस्सा मात्र लिएको छ र चीनको वैदेशिक व्यापारको तुलनामा बिआरआईको व्यापार वार्षिक सरदर वृद्धि उच्च छ। व्यापार सहजीकरणका लागि चीनले २८ देशमा आफ्ना बैंकका ७६ शाखा स्थापना गरिसकेको छ भने २२ मुलुकका ५० बैंकले चीनमा शाखा खोलेका छन्।

बिआरआई सुरु भएपछि सन् २०१३ देखि २०१८ सम्म चिनियाँ कम्पनीहरूले यसमा आबद्ध मुलुकमा ९० अर्ब डलर लगानी गरिसकेका छन्। चार खर्ब डलर लगानीका परियोजनाहरूमा सम्झौता भइसकेका छन्। सन् २०१८ मा मात्र चिनियाँ कम्पनीहरूले बिआरआई मुलुकहरूमा १५ अर्ब ६० करोड डलर गैरआर्थिक लगानी गरेका छन्। यस्तो लगानी पनि हरेक वर्ष ८.९ प्रतिशतले वृद्धि हुँदै आएको छ।

विश्वमा चिनियाँ अर्थतन्त्रको हिस्सा ३० प्रतिशत छ। चीनले वार्षिक रूपमा आयात गर्ने वस्तु र सेवाको मात्रा विश्वको १० प्रतिशत छ। सन् २०१८ मा चीनले १ सय ४१ खर्ब चिनियाँ युआनको वस्तु आयात गरेको थियो। हरेक वर्ष चीनको आयात मात्रा १२.९ प्रतिशतले बढ्दै गएको छ। विश्व बैंकले गरेको अध्ययनअनुसार बिआरआईले पूर्वी एसिया तथा प्रशान्त क्षेत्रका विकासोन्मुख मुलुकको कूल गार्हस्थ्य उत्पादनमा २.६ देखि ३.९ प्रतिशतसम्म योगदान दिएको छ।  

बिआरआईले सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल मन्त्र मानेको छ। विकासलाई प्राथमिकतामा राख्दै सबै राष्ट्रको विकास सम्भावना उजागर गर्ने, आर्थिक पूर्णता प्राप्त गर्ने, विकासलाई आपसमा जोड्ने र नतिजा साझेदारी गर्ने लक्ष्य बिआरआईले लिएको छ। सन् २०१७ मेमा सम्पन्न प्रथम बिआरआई अन्तर्राष्ट्रिय शिखर मञ्चमा २९ देशका राष्ट्रप्रमुख अथवा सरकार प्रमुख सहभागी भएका थिए। त्यसमा तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा नेपालले एक प्रतिनिधिमण्डल पठाएको थियो। पहिलो शिखर मञ्चभन्दा ठीक अगाडिमात्र बिआरआईमा प्रवेश गर्ने सम्झौतामा हस्ताक्षर गरेको हुनाले नेपाल कुनै परियोजना पेस गर्न सफल भएन। त्यसयता दुई वर्षमा पनि नेपालले बिआरआईकै लागि भनेर ठोस परियोजना उल्लेख्य रूपमा अगाडि बढाउन सकेको देखिँदैन। बूढीगण्डकी परियोजनालाई चीनले बिआरआईभित्र राखेको छ। सो परियोजना पनि मुआब्जा र आन्तरिक कानुनी अड्चनमा अल्झिरहेको छ। यसबीच नेपालले स्पष्ट रूपमा बिआरआईसामु केही परियोजना पेस गरेको भए अहिलेसम्म निकै उपलब्धि प्राप्त भइसक्ने थियो। (लेखक बेइजिङस्थित चिनिया“ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)
अर्को समाचार
बिआरआईः ऋणको पासो ?
२८ चैत्र २०७५
•
१५ मिनेट पाठ
बिआरआईः ऋणको पासो ?
आगामी वैशाख १३ र १४ गते बेइजिङमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ बिआरआई दोस्रो शिखर सम्मेलन हुँदैछ। दुई वर्षअगाडि सम्पन्न बिआरआई पहिलो शिखर सम्मेलनमा नेपालबाट तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो। दोस्रो बिआरआई शिखर सम्मेलनमा नेपालबाट राष्ट्रपतिले भाग लिँदै छिन्। चिनिया“ वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार बिआरआईमा अहिलेसम्म ६४ मुलुक सहभागी भएका छन् र  सन् २०१७ मा यीमध्ये ८ मुलुकमा मात्र चीनले २० अर्ब १० करोड अमेरिकी डलर लगानी गरेको छ।




चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा अगाडि सारेका महत्वाकांक्षी योजना नै बिआरआई हो। विकासोन्मुख मुलुकको चौतर्फी विकासका लागि व्यापक स्रोत आवश्यक रहेकाले चीनले बिआरआईमार्फत विश्व बैंक, एसियाली विकास बैंकलगायतका वित्तीय संस्था र अन्तर्राष्ट्रिय विकास एजेन्सीहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने घोषणा गरेको छ। बिआरआईको मुख्य उद्देश्य साझा जितका लागि सबैस“ग सहकार्य गरेर अगाडि बढ्नु रहेको चीनले स्पष्ट पारेको छ। विकासोन्मुख मुलुकको उन्नतिका लागि स्रोत–साधन जुटाउन अमेरिका र उसका गठबन्धन मुलुकको निगाहमा भर पर्नुपर्ने अवस्थालाई टक्कर दिने ठानिएपछि अमेरिकाले बिआरआईको सशक्त विरोध गर्दै आएको छ।

नेपालको पूर्वाधार विकासमा कायापलट ल्याउने बिआरआईलाई ऋणको भारी भनेर बंग्याउने होइन, विकासमा साझेदार सोच्नुपर्छ।

 दक्षिण एसियामा भारतबाहेक सबैजसो मुलुक बिआरआईमा सहभागी  भइसकेका छन्। बिआरआईको प्रभाव एसियामा भन्दा अफ्रिकी मुलुकमा बढी देखिएको छ। २९ वर्षदेखि चिनिया“ परराष्ट्रमन्त्रीको हरेक वर्ष पहिलो भ्रमण अफ्रिकी मुलुकबाट सुरु हुने परम्परा रहेकाले चीनले आफ्नो कूटनीतिमा अफ्रिकी मुलुकलाई उच्च प्राथमिकता दि“दै आएको पुष्टि हुन्छ। पछिल्लो समय अफ्रिकी मुलुकमा चिनिया“ लगानी र सहयोग द्रुत गतिमा बढेको छ। चीनभन्दा धेरै टाढाका अफ्रिकी मुलुकले बिआरआईमार्फत रेलवेका ठूल्ठूला परियोजना सञ्चालन गरिसकेका छन्। चीनस“गै सीमा जोडिएको भएर पनि चिनिया“ रेललाई नेपालसम्म पु¥याउने परियोजनालाई अझै मूर्तरूप दिन नेपालले सकेको छैन। केरुङबाट काठमाडौ“ ल्याउने र पोखरा तथा लुम्बिनीसम्म विस्तार गर्ने रेलवे परियोजनामा लगानी कसको हुने र कसरी जुटाउने भन्ने कुरा महŒवपूर्ण छ।

बिआरआई  परियोजनामार्फत केही देश चिनिया“ ऋणमा डुबेको भनी अमेरिका र उसका गठबन्धन मुलुकहरूले नेपालजस्ता विकासोन्मुख राष्ट्रलाई तर्साउने गरेका छन्। विकासोन्मुख देशहरू चीनको बिआरआईमा सहभागी नहोउन् भन्ने चाहना अमेरिकाले राख्ने गरेको छ।

गत फागुनमा काठमाडौँ आएका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ फेल्टरले चिनियाँ लगानी नेपालको हितमा र पारदर्शी हुनुपर्ने भन्दै नेपाल चीनको ऋणको पासोमा फस्नसक्ने विचार सार्वजनिक रूपमै व्यक्त गरेका थिए। उनको यो भनाइ नेपाललाई बिआरआईबाट भड्काउने अमेरिकी नीति थियो। उनले त्यसो भनेपछि नेपालका लागि चिनियाँ राजदूत हौ यानछीले सशक्त प्रतिवाद गरिन्। विशेषगरी माल्दिभ्स, मलेसिया र पाकिस्तानलाई चीनले ‘ऋणको कूटनीति’ मार्फत ‘ऋणको पासो’ थापेको भनी अमेरिकाले आलोचना गर्दै आएको छ। सन् २०१८ नोभेम्बर १७ तारिखमा माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहमद सोहिलले पदबहाली समारोहमा चीनले ऋणको पासो लगाएको भनेर बिआरआई कोआलोचना गरे। उनले भनेका थिए– ‘माल्दिभ्समा चीनको लगानी बृहत्तर रूपमा बढिरहेको छ र राष्ट्रिय ढुकुटी चीनले लुटिरहेको छ। माल्दिभ्सले गम्भीर ऋण संकट भोगिरहेको छ।’ चाइनिज ग्लोबल टेलिभिजन नेटवर्कको विचार मञ्चमा अमेरिकाको टेक्सास विश्वविद्यालयका प्रोफेसर फङ ता सुआन र प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर लिआन हैमिङले माल्दिभ्सको ऋणबारे विश्लेषण गरेका छन्।

गत फागुनमा काठमाडौँ आएका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ फेल्टरले नेपाल चीनको ऋणको पासोमा फस्नसक्ने विचार व्यक्त गरेका थिए। यो विचार  नेपाललाई बिआरआईबाट भड्काउने अमेरिकी नीति थियो।

  अमेरिकी जासुसी संस्था सिआइएका अनुसार सन् २०१७ मा माल्दिभ्सको ऋण उसको कूल गार्हस्थ्य उत्पादन जिडिपीको ६८.१ प्रतिशत पुगेको थियो। विश्वमा उच्च ऋण लिने राष्ट्रहरूमा माल्दिभ्स ५३औ“ स्थानमा छ। माल्दिभ्सभन्दा माथि भारत र श्रीलंका छन्। भारतको ऋण उसको जिडीपीको ७०.२ प्रतिशत र श्रीलंकाको ७९.४ प्रतिशत छन्। सन् २०१७ मा माल्दिभ्सको जिडिपी ४ अर्ब ५० करोड ५० लाख अमेरिकी डलर थियो। सिआइएको भन्दा अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफको तथ्यांक केही फरक छ। आइएमएफका अनुसार सन् २०१६ डिसेम्बर ३१ सम्ममा माल्दिभ्सको ऋण ८४ करोड ८८ लाख अमेरिकी डलर थियो। यो जिडिपीको ३४.७ प्रतिशत मात्र हो। माल्दिभ्सको जिडिपीमा पर्यटन क्षेत्रको योगदान ८१ प्रतिशत हाराहारीमा रह“दै आएको छ।    माल्दिभ्समा हरेक वर्ष ७ लाख पर्यटक भ्रमण गर्छन्। सन् २०१७ मा चिनिया“ पर्यटकको संख्या ३ लाखभन्दा बढी थियो। झन्डै ५० प्रतिशत पर्यटक चीनबाट मात्र माल्दिभ्स गएको तथ्यांकले देखाउ“छ। एकजना चिनिया“ पर्यटकले १ हजार डलर खर्च गरे भने वर्षमा कम्तीमा ३० करोड डलर खर्च हुने गर्छ। आइएमएफको तथ्यांकलाई आधार मान्ने हो भने चिनिया“ पर्यटकले वर्षमा माल्दिभ्समा खर्च गरेको पैसाले नै झन्डै आधा ऋण तिर्न पुग्छ।

चीनले माल्दिभ्सका ७ टापुमा लगानी गरेको छ भने भारत, युरोप, मध्यपूर्व र सिंगापुरले यसभन्दा धेरै टापुमा लगानी गरेका छन्। माल्दिभ्समा १२ सयभन्दा बढी टापु छन् जसमध्ये २ सय २ वटा टापु मान्छे बस्न योग्य छन्। माल्दिभ्स सरकारले विदेशी लगानीकर्तालाई २५ वर्षसम्मलाई टापु भाडामा दिनसक्ने प्रावधान छ। यस हिसाबले चीनले माल्दिभ्सलाई ऋणमा डुबाएको हैन बरु माल्दिभ्सको जिडिपी र रोजगारी वृद्धिमा चाहि“ ठूलो भूमिका निर्वाह गरेको छ। न्युयोर्क टाइम्सले केही समयअगाडि बिआरआई  योजनाअन्तर्गत चीन पाकिस्तान आर्थिक कोरिडर ‘सिपेक’ योजनालाई सैनिक योजनामा मोडेर पाकिस्तानलाई ऋणको भारी बोकाएको लेखेको थियो।     चिनिया“ परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले सन् २०१८ को अक्टोबर १९ मा बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानको जिडिपिमा सिपेकको योगदान २.५ प्रतिशत रहेको बताए। यस प्रकारको सहयोगलाई अन्य विकासोन्मुख मुलुकले पनि स्वागत गरिरहेका बेला अमेरिकालगायतका राष्ट्रले बिआरआईलाई ‘ऋणको कूटनीति’ भनेर आरोप लगाएको प्रवक्ता लुले टिप्पणी गरे।

पाकिस्तानमा सन् २०१५ मा आर्थिक वृद्धिदर ४.७ प्रतिशत थियो भने सन् २०१६ मा ५.४ प्रतिशत पुगेको विश्व बैंकको तथ्यांका उल्लेख गरिएको छ। सो अवधिमा पाकिस्तानको जिडिपीमा २० प्रतिशतले वृद्धि भई ६२ अर्ब अमेरिकी डलर पुगेको थियो। सिपेकले ३० हजार पाकिस्तानीलाई प्रत्यक्ष रोजगारी दिएको छ। पाकिस्तानको योजना तथा विकास मन्त्रालयका अनुसार सिपेकले आगामी १५ वर्षमा थप ८ लाख जनालाई रोजगारी दिनेछ। चीनबाट प्रकाशन हुने ग्लोबल टाइम्स पत्रिकाका अनुसार सिपेकले सन् २०१८ मा पाकिस्तानमा २३ लाख २० नागरिकलाई रोजगारी दिएको छ। सिपेकमा ७५ प्रतिशत पाकिस्तानी कामदार छन्।

स्टेट बैंक अफ पाकिस्तानका अनुसार पाकिस्तानको बाह्य ऋण सन् २०१८ जुन ३० सम्ममा ९५ अर्ब ९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ। यो ऋण पाकिस्तानी जिडिपीको ३३.६ प्रतिशत हो। पाकिस्तानको अर्थतन्त्र चीनमाथि निर्भर रहेको कडा आरोप भारतले लगाउ“दै आएको छ। भारतको केन्द्रीय रिजर्भ बैंकले सन् २०१८ जुन २९ मा जारी गरेको तथ्यांकअनुसार भारतको बाह्य ऋण अघिल्लो वर्षको भन्दा १२.४ प्रतिशतले वृद्धि भई ५२९ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ। भारतस“ग जिडिपीको २०.५ प्रतिशत ऋण छ। पाकिस्तानको भन्दा भारतको ऋण ५ गुणा बढी छ।  सन् २०१८ को अगस्ट २१ तारिखमा मलेसियाका प्रधानमन्त्री महाथिरले बेइजिङमा पूर्वी बन्दरगाह जोड्ने रेलवे लाइन बनाउन र प्राकृतिक ग्यास परियोजनाका लागि चीनले बिआरआईमार्फत दिएको २ करोड अमेरिकी डलर ऋण रद्द गरेको बताएका थिए। एक महिना पनि नबित्दै १२ सेप्टेम्बरमा मलेसियाका अन्तर्राष्ट्रिय व्यापार तथा उद्योग उपमन्त्री ओङ किआन मिङले नया“ सरकारको गलत बुझाइले चिनिया“ ऋण र परियोजना रद्द  गर्ने निर्णय भएको भन्दै यसलाई उल्ट्याइएको बताए।

उल्लिखित तीन राष्ट्रमा चिनिया“ लगानी र सहयोग बङ्ग्याएर प्रस्तुत अभिव्यक्तिबाट नेपालले अनुभव लिन आवश्यक छ। चीनबाट पर्यटक र सामान लिएर आउने रेल नेपालबाट रित्तै फर्कन्छ कि भनेर चिन्ता लिन आवश्यक छैन। तिब्बतमा वार्षिक ३ करोड चिनिया“ आन्तरिक पर्यटक पुग्ने गर्छन्। तीमध्ये ५ प्रतिशत अर्थात् वार्षिक १५ लाख चिनिया“ पर्यटक मात्र केरुङ–काठमाडौ“ रेलमार्गबाट आवतजावत गर्ने हो भने यो रेलमार्ग स्वतः सफल हुन्छ। चीनले वैदेशिक लगानी र सहयोग बिआरआईको एउटै डालोमा राखेको छ। सामान्यतः चीनले बिआरआईमार्फत परियोजनामा ८५ प्रतिशतसम्म लगानी गर्छ। नेपालको पूर्वाधार विकासमा कायापलट ल्याउने बिआरआईलाई ऋणको भारी भनेर बंग्याउने होइन, विकासमा साझेदार सोच्नुपर्छ। तसर्थ बेइजिङमा हुने बिआरआईको दोस्रो शिखर सम्मेलनमा व्यापक तयारीका साथ नेपालको सहभागिता गहन ढंगले हुन आवश्यक छ।  विदेशी विशेषज्ञ, चिनिया“ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवा
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस