अफिसका दाजुभाइले हामी दिदी बहिनीलाई तीजको दर खुवाए। तीज पर्व अचेल व्यापक रूपमा मनाइँदैछ। रातो लुगा लगाउने महिलाले काठमाडौं सहर राताम्य बनाएका छन्। मनाउने स्वरूप फरक भए पनि कसैले तीजलाई बहिष्कार गर्न सकेका छैनन्। दर खाने कार्यक्रम त झन् व्यापक हुँदैछ। आमा भन्ने गर्नुहुन्छ - अर्काले खा'को र ला'को कुरा काट्ने नराम्रो बानी हो। त्यसैले ला'को र खा'को यत्ति।
सरकारले तीज र पञ्चमी दुई दिन बिदा (महिलालाई मात्र) दिएको छ। जागीरे जीवन भएकाले मलाई सबभन्दा प्यारो बिदाको दिन हो। व्रत नबसे पनि विगत वर्षमा पाएको सुविधा उपयोग गर्दै विदाको दिन पशुपति घुम्न जाने गरेकी थिएँ। यसपाली चाहिँ पञ्चमीको दिन अफिसै जाने निर्णय गरेकी छु। तीज त शनिबार परेछ। साथी गंगाले सुनाएपछि पञ्चमीको व्रत विधि मलाई उराठै लाग्यो। महिलाको शरीर अपवित्र हुने भएकोले उक्त दिन नुहाउँदा पाप नष्ट हुन्छ रे। प्रकृतिले दिएको शरीर कसरी अपवित्र हुन्छ? कति रिस उठ्यो भने हुने भए पञ्चमीका दिन नुहाउने त के म मुखै नधोई हिँडिदिन्थेँ।
हुन त, तीजमा विकृति भए त्यही समुदायबाटै आएको विचार सन्तुलित र वस्तुनिष्ठ हुनसक्छ। व्रतै नबसी या समस्याको जरै थाहा नपाई गरेको विश्लेषण सतही पनि हुनसक्छ। तीजलाई फेसनका रूपमा लिने र व्रत बस्दा अविवाहितले योग्य पति पाउने, विवाहितको लोग्नेको आयु बढ्नेजस्ता अन्धविश्वास रोक्नेतर्फ सम्बन्धित व्यक्तिकै ध्यान जानु उचित हुन्छ।
तीजको अवसरमा बिहे गरेर पतिको घर गएका छोरी माइत आउने, दर खाने चलन छ। वर्ष दिनको चाडमा माइती आउन पाउँदा छोरीको हर्षको ठेगान हुँदैन। हाम्रो समाजमा छोरालाई काख र छोरीलाई पाखा छ नि त्यसैले। माओवादी जनगणतन्त्रको सपना देखेर शान्ति प्रक्रियाबाट भाग्न खोज्दैछ। विद्रोह गर्ने हल्ला छ। कमरेडहरूलाई देशको यथार्थ भने थाहै छैन क्यारे अझै पनि? धनको मुख कालो हुन्छ रे। बाबुले आफ्नी छोरीलाई त पैत्रिक सम्पत्ति दिन सकेका छैनन्। छोरीलाई अर्काको घरतिर खेदेका छन्। के यो सम्पत्तिकै कारण होइन? नेताहरूको पनि सके आफ्नै छोरीलाई खेदाउने दाउ होला। कसरी साम्यवाद आउँछ कमरेड?
सहरी क्षेत्रमा तीजको व्रत बस्ने जमात अहिले गैरहिन्दूमा पनि बढेको छ। नेपाली महिला त्याग र समर्पणको त खानी नै हुन् क्यारे? समर्पण पनि सही ठाउँमा हुनुपर्छ। किनभने त्याग र समर्पणको गलत नमूना सतीप्रथा हो। अन्धविश्वासमा यसरी रुमल्लिँदै जाने हो भने नेपाली महिलाले नै सती प्रथा ब्युँताउन बेर छैन। सबै धर्मावलम्बी पतिको दीर्घायुका लागि ग्वारग्वार्ती पशुपति धाउन थालेका छन्। यस्तै हो भने छाती पिटीपिटी रुँदै सती जान थाल्नेछन्। त्यति बेला चन्द्रका बाजे प्रचण्डले पनि सतीप्रथा रोक्नसक्ने छैनन्।
पतिको सुस्वास्थ्य र दीर्घजीवनको लागि आफ्नो रोगी शरीर थला पारेर पनि व्रत बस्ने महिलालाई सुस्वास्थ्यको शुभकामना! दिदीबहिनीहरूलाई चोखो मनले शुभकामना दिने पनि को नै पो छ र?