किन कष्टकर छ जीवन ?
२१ चैत्र २०७५
•
९ मिनेट पाठ
किन कष्टकर छ जीवन ?
एक चर्चमा पादरीले साना नानीहरूलाई प्रकृति र प्रेमबारे बुझाइरहेका थिए। प्रसंगवश प्रश्न आयो– भगवान्ले के–के बनाए ? जवाफ दिँदै जाने क्रममा पादरीले भने– ‘अरू त अरू घिस्रिने जीवसमेत भगवान्ले नै बनाएका हुन्।’ त्यसपछि नानीहरूले सोधे– ‘घिस्रिने जीव भनेको कस्तो ?’ पादरीले उदाहरण दिए– जस्तैः सर्प। तर नानीहरूले सर्प देखेका रहेनछन्। त्यसकारण पादरीले अर्काे उदाहण दिनुपर्ने भयो– जस्तैः रेलगाडी। नानीहरू अचम्मित हुँदै आपसमा खासखुस गर्न थाले– हँ....रेलगाडी पनि भगवान्ले नै बनाएका रहेछन् ! जीवन बुझाउन पनि यस्तै कठिन छ।

आजका मानिस प्राकृतिक होइन, कृत्रिम र यान्त्रिक जीवन जिइरहेका छन्। जति आधुनिकता र विकास बढ्दै गएको छ त्यति मानिस यान्त्रिक बनिरहेका छन्। त्यसैले त मान्छे बाहिर सुखी र सम्पन्न देखिन्छन् तर भित्रभित्रै दुःख र अभाव अनुभूति गरिरहेका हुन्छन्। यो कुरा उसको अनुहार पढ्दा थाहा पाइन्छ। आखिर मानिसको बाहिरी आवरण र भित्री वास्तविकता किन बेग्लै छ ? मनुष्य जीवन कष्टकर नै छ त ? जन्मँदै जीवन कष्टकर थियो या हामीले बनायौं ?  ओशो भन्छन्– मानिसलाई दिइने शिक्षा र संस्कारले स्वतन्त्र होइन दमित हुन सिकाएको छ, त्यसैले मानिस बाहिर जति खुसी देखिन्छ, भित्र त्यति नै कुण्ठित छ।  समाजले मानिसलाई आफ्नो इच्छाअनुसार होइन, अरूलाई कस्तो देखाउनुपर्ने हो त्यस्तो बन्न सिकाएको छ। यहाँ आफ्नो स्वभावमा जिउन प्रतिबन्ध छ भन्दा पनि फरक पर्दैन।

बाहिरी सफलता र सम्पन्नताको लालसाले थिचेको छ त्यसैले मानिसले आफैंलाई भुलेको छ, मस्तिष्कमा काम र दाम मात्र बसेको छ।

घर, परिवार, समाज र राष्ट्रले उसको सार्वभौम स्वतन्त्रता खोसेको छ। आफ्नो सक्कली रूप र स्वभाव एकातिर छ तर व्यक्ति समाजको आडम्बरअनुसार बाँच्न विवश छ। अर्कातिर, व्यक्ति आफैं पनि स्व–पहिचानका लागि विद्रोही बन्न सकेको छैन। ऊ आफ्ना तथाकथित इज्जत, सम्मानका लागि अरूका सामु नक्कली व्यवहार देखाउन बाध्य छ। मानिसको जीवनमा हिजो  जुन समस्या थिए, आज पनि त्यही छन्। किनकि समाधानका सही उपाय दिन सकिएन। उपायहरू सतही र बाहिर–बाहिर लिपपोतजस्ता भए। दमित भावनाहरू एक्कासि विस्फोट हुन थाले। भित्र जति दबाएर राख्न खोज्यो यो उति शक्तिशाली हुन्छ। तिनै दमित र कुण्ठित भावना जम्मा हुँदै जाँदा मानिसमा सकारात्मक रूपान्तरण आउन सकेन। मानिस भित्रभित्रै विक्षिप्त र विकृत हुन पुगे। परिणाम, मानिस पाखण्डी भएर बाँच्न बाध्य छन्।  प्राकृतिक स्वभाव बिर्सेर कृत्रिम जीवन जिउन विवश छन्।

स्वभाव, रङरूप, सुगन्ध, कमाइ, सेवा तथा सम्बन्धसमेत सबै नक्कली अर्थात् देखावटी,  प्लास्टिकका फूलजस्ता–  हेर्दा राम्रो, छाम्दा नक्कली। यस्तो भएपछि जीवनमा कसरी सक्कली सुख प्राप्त हुन्छ र !  यान्त्रिकता र कृत्रिमताले मान्छे मुर्छा परेझैं छन्। किन दौडिरहेछन्, किन अस्तव्यस्त छन्, इच्छा–आकांक्षा के हुन् ? ती आवश्यक हुन् वा होइनन् ? ती इच्छा आफ्नै लागि हुन् वा अरूलाई देखाउन ? ओशो आफ्नो प्रवचनमा भन्छन्–  एक साँझ मिर साहब नामका मुसलमान सन्त सफा कपडा पहिरिएर, सुन्दर लठ्ठी टेक्दै गाउँमा टहल्दै थिए। यत्तिकैमा उनका सहयोगीले दौडँदै आएर भने, ‘मिर साहब, छिटो हिँड्नुस्, घर आगलागी भयो। तर मिर साहब आफ्नै गतिमा आनन्दले सुस्तसुस्त हिँडिरहे।

सहयोगी चिच्याउँदै थिए,‘तपाईं कस्तो मान्छे हो, मैले भनेको सुन्नु भएन ? घरमा आगो लागिरहेछ, तपाईंको यो मस्तीको चाला ? यो टहल्ने समय होइन, छिटो घर हिँड्नुस्। मिर साहबले जवाफ दिए, ‘घर जलिरहेछ त म दौडँदैमा आगो निभ्ने होइन। घर मात्र कहाँ हो र ! यहाँ त प्रत्येक मान्छे भित्रभित्रै जलिरहेका छन्। घर नजल्नेको पनि मन त जलिरहेको छ। यसकारण म मेरो मस्ती र चाल त्यति सजिलै छाड्नेवाला छैन।’ यसलाई भित्रैदेखि मनन गर्ने हो भने जीवनमा क्रान्ति नै आउँछ। आफ्नो स्वभावमा जिउने शैलीको एउटा गहन उदाहरण हो यो। आजका मानिसमा यस्तो धैर्यता र गहिरो बुझाइ नभएकै कारण जीवन कष्टकर बनिरहेको छ।

अहिलेका मान्छेलाई आफ्नो गति रेलगाडी जस्तै हुनुपरेको छ। मेसिनझैं छिटो काम भ्याउनुपरेको छ। घडीको सेकेन्ड सुईको रफ्तारमा जीवन चलाउनुपरेको छ। बाहिरी सफलता र सम्पन्नताको लालसाले थिचेको छ, त्यसैले मानिसले आफैंलाई भुलेको छ, मस्तिष्कमा काम र दाम मात्र बसेको छ। प्रकृतिसँगको सम्बन्ध टुट्दै गएको छ। मनमा भावना, प्रेम होइन, विज्ञानको छाप परेको छ। हृदयको वीणा बज्न छाडेको छ। गणित, तर्क र नाफाघाटामा जीवनको मूल्यांकन हुन थालेको छ। सम्बन्ध उजाड र निरस बनेको छ। गर्नुपर्ने, गर्नु नपर्ने सबै काम गर्न व्यस्त छ मान्छे तर स्वयंको पहिचान गराउने ध्यान गर्न भुलेको छ।

आफ्नो मालिक आफैं बन्न र आफ्नो स्व–पहिचान स्थापित गर्न ध्यानबाहेक विकल्प नै छैन भन्ने ज्ञानको अभाव छ। हरक्षण भयभीत छन्, मानिस। जुन भय अरूजस्तो बन्न सक्छु कि सक्दिनँ भन्ने आकांक्षाबाट उब्जेको छ। यहाँ कसैलाई पनि आफू आफैंजस्तो बनुँ भन्ने चाहना छैन अरू नै जस्तो बन्नुछ। बाहिरी  धारणाले आत्मसम्मान छोपेको छ। एउटी आमालाई मातृत्व कसैले सिकाउनु पर्दैन स्वतःस्फूर्त भित्रैबाट प्रस्फुटन भएर आउँछ। यसैगरी हरेक व्यक्तिभित्र रहेको स्वसत्ता र चैतन्य बोध हुन पायो भने आत्मसम्मान के हो कसैले सिकाउनु पर्दैन। खुसी, शान्ति र आनन्द त भित्रको स्वभाव हो यसलाई आर्जन गरिरहनु पर्दैन। यसलाई त जीवनशैली बनाउनुपर्छ। स्वयंमा स्थिर रहनु ध्यान हो भने संसारसँग सम्यक र होसपूर्ण तादात्म्य राख्नु प्रेम हो। यही कला नजान्दासम्म जीवन कष्टकर नै रहन्छ।  

एक सन्त प्रवचन दिइरहेका थिए– ‘हामीले जे रोप्छौं त्यही फल पाउँछौं।’ प्रवचन सुनेर सबै खुसी भइरहेका थिए। तर एक किसान भने बेखुसी देखिन्थे। प्रवचन सकिपछि उनी घर गएर र मनमनै सोच्न थाले– मैले त उल्टो काम गरेको रहेछु। गाईभैंसीलाई खुवाउने भुस्सा उत्पादन गर्न त मैले भुस्सा नै रोप्नु पर्‍यो नि ! त्यसपछि उनले भुस्सा जमिनमा रोपे, मलजल गरे तर वर्षाैं बित्यो, भुस्सा किन उम्रिन्थ्यो र ! कतै हाम्रो बुझाइ पनि यस्तै त छैन ? जसले जीवनलाई कष्टकर बनाइरहेको छ।
अर्को समाचार
हिमाली क्षेत्रमा भारी हिमपात: हिउँ पगालेर पानी खान बाध्य
१४ माघ २०७८
•
२ मिनेट पाठ
हिमाली क्षेत्रमा भारी हिमपात: हिउँ पगालेर पानी खान बाध्य
जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ। बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ। व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ। एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बताएका छन्।

'सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन', ती सुरक्षाकर्मीले भने, 'हिउँ पग्लाएर पानी खाएर बसेका छौँ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै वरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै पिउँछौँ।'

चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनुपरेको छ। अहिले यो क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन्। पहिल्यैकै हिउँ पग्लिएको थिएन, थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ। गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ।

अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको बताइएको छ। यस क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी बाह्रैमास बस्न थालेको हो। गत वर्ष पनि यो क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पग्लाएरै पानीको प्रयोग गर्नुपरेको थियो।

जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको छ। राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा लामो समयपछि भारी हिमपात भएको छ। मालिकार्जुनको मन्दिर क्षेत्रमा परेको हिउँको फोटो अधिकांशले सामाजिक सञ्जालमा शेयर गरेका छन्। स्थानीय गणेशसिंह धामीका अनुसार मालिकार्जुन क्षेत्रको सडक तथा मन्दिर क्षेत्र वरपर हिउँ जमेको छ।

यस्तै नौगाड क्षेत्रमा पनि भारी हिमपात भएको छ। नौगाडको सिप्टी, इयरकोट, दल्लेखलगायतका क्षेत्रमा भारी हिमपात भएको सन्तोषसिंह ठगुन्नाले बताए। हिमपातका कारण अहिले यो क्षेत्रको सडकमा गाडी चलाउनसमेत समस्या भएको छ। सडक हिलाम्ये र चिप्लो भएको छ।

अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी बजार क्षेत्रसम्म भारी हिमपात भएको छ। हिउँका कारण विद्यालय ढाकिएका छन्। खण्डेश्वरीभन्दा माथिल्लो बस्तीमा एक फिट बढी हिउँ जमेको स्थानीयवासी पोखरसिंह रोकायाले जानकारी दिए। यस क्षेत्रमा स्थानीयवासीलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ। स्थानीयवासीले हिउँ पग्लाएर पानी खानुपर्ने अवस्था आएको उनले बताए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस