जनकपुरधाम, पुस ७ - शीतलहरका कारण अत्यधिक चिसो बढ्नाले धनुषा लगायत तराइका जिल्लाको जीवन कष्टकर बन्दै गएको छ। शीतलहरसँगै शीतका थोपासमेत खस्नाले अत्यधिक जाडो बढी खासगरी बालबालिका, वृद्धवृद्धा अत्यधिक प्रभावित भएका छन् भने जाडोबाट दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र चालकहरु पनि प्रभावित भएको छ।
जाडो तथा शीतलहरका कारण बालबालिकामा निमोनिया रोग बढी देखा परेको छ भने वृद्धवृद्धामा दमको रोग बढ्न गएको चिकित्सकहरुको भनाइ रहेको छ।
अत्यधिक जाडो बढ्नाले न्यानो कपडाको बिक्री बढ्नुका साथै चिया पसलमा सर्वसाधारणको बढी भीड लाग्न थालेको छ।
यसैगरी चिसोबाट बच्न मानिसले ठाउँठाउँमा आगो बाली ताप्ने गरेको दृश्य देख्न पाइन्छ।
चिसोका कारण बाक्लो हुस्सु लाग्नाले बाटो पनि राम्ररी नदेखिँदा छोटो तथा लामो दूरीको सवारी साधन चल्नमा कठिनाइ भइरहेको छ भने जाडोका कारण मानिस घरमै बस्न बाध्य भएपछि कतिपय बसहरु यात्रुको अभावमा खाली नै गन्तव्यतर्फ हिँडिरहेको पाइएको छ।
चिसोका कारण जिल्लाको मध्यवर्ती क्षेत्रका लोहारपट्टी, रामगोपालपुर, बलुवा र दक्षिणीवर्ती क्षेत्रका सिमरदही, समसी, एकडारामा रहेको स्वास्थ्य संस्थाहरुमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनिया, बात रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ।
चिसो बढ्दा सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा कमी आएको मालपोत कार्यालय महोत्तरीका शाखा अधिकृत सुरेन्द्र कर्णले बताए ।
मौसम विज्ञान विभाग जनकपुरका अनुसार केहीदिन यता यहाँको तापक्रम अधिकतम १८ डिग्री सेल्सियस छ भने न्यूनतम तापक्रम १४.२ डिग्री सेल्सियस रहेको छ। रासस