कालिमाटीको तरकारी बजार
१८ पौष २०७५
•
१३ मिनेट पाठ
कालिमाटीको तरकारी बजार
आजभन्दा करिब बीस/पच्चीस वर्ष अगाडि निर्माण भई सञ्चालन भइरहेको यो कालिमाटीको तरकारी बजार त्यति बेला नेपाल र नेपालीहरूका लागि एउटा बेग्लै र नौलो कुरा थियो। सुरुका केही वर्षहरू यो बजार व्यवस्थित र सफासुग्घर थियो। सायद त्यति बेला त्यो बजारको रेखदेख र नियन्त्रणमा विश्व खाद्य संस्था (एफएओ) को पनि संलग्नता थियो क्यारे। तर हिजोआज त्यो बजारको हालतमा भने धेरै ह्रास आइसकेको देखिन्छ।




कालिमाटी तरकारी बजारभित्र पस्ने मुख्य मूल ढोका कालिमाटीको मूल सडकमा पर्ने दक्षिणको ठूलो ढोका नै हो। अर्को एउटा सानो मानिस, साइकल र मोटर साइकलसम्म पस्न सक्ने ढोका बजारको उत्तरपूर्व कुना निलवाराही स्थानतिरबाट पनि छ। केही वर्ष अगाडि ‘कालिमाटीमा आकाशे पुल बन्न सुरु’ भनी स्थानीय पत्रपत्रिकाहरूमा समाचार र पुलको नक्सासमेत प्रकाशित भएको थियो। त्यो नक्सामा देखाएअनुसार तरकारी बजारभित्र पस्न दुइटा आकाशे पुल निर्माण गर्न खोजिएको रहेछ भन्ने थाहा पाइयो। कालिमाटीको अति व्यस्त सडकको आवागमनलाई सजिलो र हलुका पार्ने अभिप्रायले बनाउन खोजेका यी आकाशे पुलहरूलाई स्वागत नगर्ने र तारिफ नगर्ने सायदै कोही होला। जेहोस् पुलहरू सकेसम्म चाँडो तयार भई सञ्चालनमा आएको हेर्न पाइएला भनी आशा राख्नेहरू धेरै छन्। तर तिनीहरू सबै आजसम्म निराश नै छन्।  

कालिमाटी तरकारी बजारको दक्षिणको मूल ढोकामा कुनै खास सुरक्षा र नियन्त्रणको व्यवस्था भएको देखिँदैन। मूल ढोकाबाट भित्र पसेपछि करिब सय कदम अगाडि बढेपछि एउटा सानो काठको पोस्टमा बसी केही कर्मचारीहरूले बजारभित्र पस्ने मोटर, ट्रक, जीप र मोटरसाइकल आदिसँग पार्किङ शुल्क लिने गरेको देखिन्छ। बजारको मूल बाटोबाट उत्तरतर्फ केही खुड्किलो तल झरेपछि उत्तर पश्चिमतिर खुद्रा व्यापार गर्नेहरू बस्ने टहराहरू छन्। यी टहराहरू बिहान सबेरैदेखि दिउँसो १०ः०० बजेसम्म खुल्दो रहेछ। दिनभरजसो बन्द रही साँझ ३÷४ बजेपछि पुनः खोलिने रहेछ। ती टहराहरूमा साग, तरकारीको साथै कागती, मेवा आदि बेच्नेहरू यताउति छरेर बसेका देखिन्छन्। यो बजारभित्र मानिसैपिच्छे, पसलैपिच्छे सामानको भाउ फरक छ। यो बजार चोकको ठीक उत्तर पश्चिमको कुनामा एउटा स्थायी सेडमा तरकारी, सुकेको माछा, अदुवा, लसुन, मरमसाला आदिका खुद्रा पसलहरू छन्। त्यसपछि उत्तरतिरको खाली ठाउँमा र उत्तर पूर्वको खाली ठाउँमा पनि केही खुद्रा तरकारी पसलेहरू जथाभावी किसिमसँग बसेका छन्। चोकको उत्तर पूर्वको कुनामा केही स्थायी पसलहरू पनि छन्। ती पसलहरूमध्ये केहीमा फलफूल र अन्य पसलहरू छन्। वास्तवमा यो कालिमाटीको तरकारी बजारभित्र घरको भान्छाका लागि चाहिने मासुबाहेक सबै किसिमका खाद्य पदार्थ पाइन्छन्। यी फलफूल र तरकारी पसलहरूमा पनि कतै मूल्य सूची टाँगिएको देखिँदैन। पसलपिच्छे सामानको मूल्य फरक फरक छन्। यससँगै जोडिएको उत्तरतर्फका पसलहरूमा एउटा डेरी र अर्को बिउ बिजनको पसल छ। नेपाल दुग्ध विकास संस्थानको यो पसल यहाँ खुल्नाले सर्वसाधारणलाई डेरीका सामानहरू किन्न निक्कै सजिलो पनि भएको छ।

बजारको ठीक मध्य भागमा टेलिफोन बुथ, चिया पसल, क्याफ्टेरिया र बजार व्यवस्थाको कार्यालय  छ। कार्यालय भवनको अगाडि रहेको खुला चोकमा पार्किङ क्षेत्र राखेको छ। तर बजारमा जताततै जथाभावी किसिमसँग मोटर, मोटरसाइकल आदि पार्क गरिदिनाले सर्वसाधारण किनमेल गर्न आउने व्यक्तिहरूलाई हिँडडुल गर्न साह्रै गाह्रो छ। अझै बिहानको समयमा त यो पार्किङ एरियामा पाइला नै राख्न नहुने गरी साग सब्जी, गाँजर आदि खुद्रा व्यापारीहरूले जथाभावी पसल थापेका हुन्छन्। यो तरकारी बजारको मुख्य थोक व्यापारीहरूका लागि बनेको स्थायी सेड भने उत्तरतिर रहेको छ। यो निकै ठूलो र अरूभन्दा अलि व्यवस्थित देखिन्छ। यो सेडमा आधा ढकभन्दा कम केही कुरा पनि बिक्री हँुदैन। यो सेडको अगाडि पनि ठूल ठूला गाडीहरू ट्रक लहरी आदि पार्क गर्न प्रशस्त ठाउँ छ। तर त्यहाँ भित्र पनि ती गाडीहरूलाई व्यवस्थित गरी पार्किङ गराउने कोही देखिँदैन। जता मन लाग्यो, त्यतै ती गाडीहरू पार्क गर्ने, लोड अनलोड गर्ने हुन्छ। उक्त सेडको पश्चिमको कुनातिर आलु प्याजको थोक पसलहरू छन् भने अन्य ठाउँहरूमा विभिन्न किसिमका तरकारीहरूका थोक पसलहरू छन्। सेडको अन्ततिर पूर्वउत्तर कुनामा एउटा रेस्टुराँ रहेछ। जसले गर्दा त्यहाँ व्यापारीहरूलाई चिया चमेना गर्न सजिलो भएको छ। ठूलो सेडको ठीक पछाडि उत्तरतिर पनि केही अस्थायी सेडहरू छन्। त्यहाँ पनि थोक बिक्रेताहरू बसेका छन्। यस सेडको पूर्वतिर स्थायी अस्थायी दुवै खालका सेडहरू छन्। ती सेडहरूमा पनि थोक बिक्रेताहरू बसेका छन्। तर यी सेडहरूमा पनि कुनै किसिमको नियन्त्रण र व्यवस्था देखिँदैन। जताततै कुहिएका तरकारीहरू फ्याँकिएका छन्। वर्षायाममा हिँड्न नै मुस्किल हुने गरी कुहिएका तरकारीहरूको फोहोर माथिबाट हिँडडुल गर्नुपर्छ। सामान र बजारको दृष्टिकोणले कालिमाटीको तरकारी बजारभन्दा ठूलो सायदै अरू कुनै बजार हाम्रो राज्यभित्र होला। तर व्यवस्थापन, नियन्त्रण र सरसफाइका लागि सुधार नगरेमा केही समयभित्रमै यो बजार नेपालको सबैभन्दा फोहोर र खतरनाक बजार हुन नपुग्ला भन्न सक्दैन। पसलेहरू चाहे त्यो थोक व्यापारी होस् वा खुद्रा जोसुकैले पनि सडेगले र बिग्रेका तरकारीहरू आफ्नै सेड अगाडिको बाटोमा फ्याँक्ने गर्छन्। जसले गर्दा यो सम्पूर्ण बजार हिलोमैलोमा परिणत हुने गरेको छ। तरकारी बोक्ने भरियाहरू यहाँभित्र प्रशस्त छन्। तर तिनीहरू पनि ग्राहकहरूको खोजीमा अनियन्त्रित ढंगबाट डोको बोकी ग्राहकहरू खोज्दै हिँडिरहने हुनाले बजारभित्र धक्का र भीडभाड झन् बढेको छ। व्यवस्थापनले यी भरियाहरूलाई बस्ने ठाउँ तोकिदिनु पर्छ र चाहिने मानिसले त्यहाँ गई तिनीहरूसँग मोलतोल गरी आफ्नो भारी बोकाउने व्यवस्था हुनुपर्छ।

बजारको अन्ततिर पूर्वपट्टि माछा बजार छ। त्यहाँ पुग्नुअघि एउटा सानो शौचालय देखिन्छ। त्यत्रो ठूलो बजारभित्र यहाँ रहेका दुईवटा शौचालयबाहेक अरू शौचालयहरू त्यहाँ देखिँदैन। सायद त्यहाँ अरू शौचालयहरू छैनन् कि जस्तो पनि लाग्यो। व्यवस्थापनले सकेसम्म चाँडो अरू चार–पाँचवटा राम्रो स–शुल्क शौचालयहरू राख्नुपर्र्ने अति आवश्यक भइसकेको छ। भद्र महिला र पुरुषहरूलाई त्यहाँ शौचालयको ठूलो खाँचो देखिन्छ। केही महिना अघिमात्र खोलिएको माछा बजारले स्थानीय मानिसहरूलाई ताजा माछा खरिद गर्न भने सजिलो पारेको छ। तर माछा पसलको अघिल्तिरबाट हिँड्न भने मुस्किल छ। जताततै माछा पोका पारेर ल्याएका पात, पतिङ्गर र बरफको पानीले गर्दा त्यहाँ सधैँ हिलो र फोहोर भएको हुन्छ। माछा अनलोड गर्नासाथ फोहोर सफा गर्नेतर्फ व्यवस्थापनले तुरुन्तै ध्यान दिनुपर्ला जस्तो लाग्छ।

थोक वा खुद्रा जुनसुकै पसलमा मुल्यसूची हुनु जरुरी छ। तिनीहरूले प्रयोगमा ल्याउने नाप तौलको यन्त्रमा पनि धेरै नै फरक देखिन्छ। त्यसको तुरुन्त अनुगमन हुनुपर्ने देखिन्छ। बजारमा स्वच्छकर तरकारी, फलफूल वा अन्य खाद्य सामग्रीहरू बिक्री भइरहेको छ, छैन व्यवस्थापन पक्षबाट समय समयमा अनुगमन र निरीक्षण हुनु अति आवश्यक छ। बिचौलियाहरूको जगजगी अझै कायम नै छ। गोरखापत्रमा प्रकाशित र मुख्य कार्यालय भवनको अघिल्तिर देखाइरहने तरकारी र फलफूलका भाउहरूसँग त्यहाँ भित्र बेचिन राखेका कुनै पनि तरकारी र फलफूलको भाउसँग मेल खाएको देखिँदैन। अरू सामानहरूमा भन्दा फलफूलमा बिचौलिया र माफियाको जगजगी कायम नै छ। यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु अति आवश्यक छ।

अन्त्यमा,

कालिमाटीदेखि टंकेश्वर महादेवस्थानसम्म प्रधानमन्त्री बाबुराम भट्टराईको समयमा भत्काइएको सडक पेटी आदि अझै बन्न सकेको छैन। बाटोमा जो कोहीलाई पनि हिँड्न मुस्किल छ। यो बाटोमा धेरै पटक दुर्घटनाहरू पनि भइसकेका छन्। यो बाटोमा मुुसलमानहरूको बोका÷कुखुरा पसल र अन्य मासु पसलहरू गरी २०÷२२ वटा पसलहरू अनियन्त्रित ढंगबाट बजारलाई नै बीभत्स देखिने गरी हलाल बोका, कुखुराहरू झुन्ड्याइएको हुन्छ। यसरी स्वयम्भू, राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय, ब्यारेक, अस्पताल जाने मूल बाटोको दूर्दशा यसरी देखाइरहनु भन्दा यो सिंगै मासु बजारलाई विष्णुमतीको किनार भीममुक्तेश्वरतिर स्थानान्तर गरेमा यी पसलहरू व्यवस्थित गर्न सजिलो मात्र हुने होइन, मासु किन्ने ग्राहकहरूलाई पनि सजिलो र छानी छानी किन्ने अवसर प्राप्त हुने थियो कि ?
अर्को समाचार
तरकारी बजार ४ घण्टाका लागि खुला, मृतकको परिवारलाई २५ हजार राहत
२२ फागुन २०६८
•
१३ मिनेट पाठ
तरकारी बजार ४ घण्टाका लागि खुला, मृतकको परिवारलाई २५ हजार राहत
काठमाडौँ, फागुन २२ (नागरिक)-  शनिबार राति अबेर ६ जनाको ज्यान जाने गरी भएको भीषण आगलागीपछि आजदेखि कालिमाटीको तरकारी बजार बिहान ४ घण्टाका लागि खुलेको छ। बिहान ६ बजेदेखि १० बजेसम्मका लागि मात्रै बजार खुला गरिएको हो।  




राजधानीको तरकारी आपूर्ति सहज तुल्याउन आजदेखि सीमित भए पनि बजार सञ्चालन गर्न थालिएको हो। आगलागीले तहसनहस भएको बजारमा आइतबार दिनभरि समितिले सेना र प्रहरीको सहयोगमा सरसफाइ गरिएको थियो।

पीडितलाई २५ हजार राहत
आगोमा परी ज्यान गुमाएका नागरिकका परिवारलाई काठमाडौँ जिल्ला प्रशासनमार्फत रु २५ हजार राहत रकम उपलब्ध गराउने गृह मन्त्रालयका सह प्रवक्ता एकमणि नेपालले जानकारी दिएका छन्। उनका अनुसार  भौतिक क्षतिको सम्बन्धमा कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन आएपछि राहत उपलब्ध गराइने छ।  

यसरी भएको थियो कालिमाटीमा भीषण आगलागी
सुन्दर खनाल, काठमाडौँ, फागुन २२- चौबिसै घन्टा व्यस्त रहने बजारको बहुउद्देश्यीय भवनमा सामान्यतया १० बजेतिर रात्रिकालीन चहलपहल सुरु भइसक्छ। तरकारी फलफूल बोकेका ट्रकहरू आउन थाल्छन्। व्यापारी, कामदार र भरिया सामान झार्न र मिलाउन लाग्छन्। शनिबार रात चाहिँ लोडसेडिङ परेर धेरैजसो व्यापारी र भरिया बाहिरै थिए। १० बजे आउनुपर्ने बत्ती १० मिनेटअघि नै आउँदा उनीहरू विस्तारै त्यता फर्कने सुरसार गर्दै थिए।
 
१०ः०४ बजे अचानक भवनको मध्यभागमा आगोको मुश्लो देखिएको थियो। दस मिनेटमै पूरै भवनलाई ज्वालाले छोप्यो। प्रत्यक्षदर्शीहरू जीवनमा पहिलो पल्ट आगो दौडेको देखेको बताउँछन्।
पश्चिम कुनोमा देखिएको आगोले पहिलो तल्ला वरपर टाँगेको प्लास्टिकसँगै घेरो मार्‍यो। त्यसपछि पानीको भेलझैं उर्लेर आगो भवनमा फैलियो।
बजारका गार्ड इन्चार्ज रामकृष्ण पोखरेल आगो हुर्हुरेको आवाज र तापले अघिल्तिरको क्वाटरमा सुतिरहँदा ब्युँझेका थिए। 'मेरो आँखाले पत्याउनै सकेन,' उनले भने।
तुरुन्तै सुरक्षागार्डहरूले खबर गरेपछि काठमाडौं दमकल १० मिनेटमै आइपुग्यो। आगो नियन्त्रण सजिलै हुनेवाला थिएन। चालिस मिनेट बितेपछि सेनाको टोलीसहित अन्य दमकलहरू थपिँदा मात्र नियन्त्रणमा बल मिलेको थियो। ३ सय ५० सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी आगो नियन्त्रणमा खटिएका थिए।
झन्डै डेढ दशकअघि जापान सरकारको सहयोगमा निर्मित आधुनिक कालिमाटी बजारको भण्डार हो यो भवन। त्यहाँ तरकारी फलफूलको थोक बिक्री हुन्छ। करिब पौने दुई सय मिटर लामो फलामे फ्रेम र जस्ताले बनेको भवनमा लागेको आगो पूरै नियन्त्रणमा आउन साढे तीन घन्टा लागेको थियो।
प्रहरीले विद्युत सर्ट भई आगो लागेको भनेको छ। कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका प्रमुख तारापति पोखरेल 'प्राविधिक र मानवीय त्रुटी'ले आगो लागेको बताउँछन्।
भवनको भुइँतल्लामा ३ सय पसल र पहिलो तल्लामा चार सहकारी संस्था, व्यापारीले नै भाडामा लिएका कोठाहरू थिए। सबैका सामान नष्ट भएका छन्। सुरक्षा गार्ड पुनको परिवार पनि पहिलो तल्लाको एक कोठामा बस्थ्यो।
आगो भयंकर भए पनि दायाँबायाँ सल्केन। अगाडिको क्यान्टिन भेटेको भए त्यहाँ राखिएका ग्यास सिलिन्डरका कारण थप गम्भीर क्षति हुनसक्ने सुरक्षागार्डहरूले बताए। बजार कालिमाटी, टंकेश्वर क्षेत्रको घनाबस्तीसँग जोडिएको छ। अघिल्तिर पेट्रोल पम्प छ।
समितिका निर्देशक अर्जुन अर्यालका अनुसार आगलागीमा परेका पसलवालाहरूले प्रतिपसल दुई लाख रुपैयाँका दरले नोक्सान दाबी गरेका छन्। सरकारले तत्काल गठन गरेको क्षति मूल्यांकन समितिले पनि लगत उतारिरहेको छ। प्रहरीको नोक्सानी अनुमान आठ करोड रुपैयाँ बराबर छ।
आइतबार दिउँसो गृहमन्त्री विजय गच्छदार र कृषिमन्त्री नन्दन दत्त घटनास्थल कालिमाटी पुगेका थिए। गृहमन्त्रीले पीडित परिवारलाई राहत र कृषिमन्त्रीले पीडित व्यवसायीलाई क्षतिपूर्तिको आश्वासन दिए। त्यसलगत्तै बजार स्थलमै कृषिमन्त्रीको अध्यक्षतामा कालिमाटी तरकारी बजार व्यवस्थापन समितिको आकस्मिक बैठक बस्यो। बैठकले घटनास्थल सरसफाइ गरी यथाशीघ्र बजार सञ्चालन गर्ने र क्षति मूल्यांकन गर्ने निर्णय गर्‍यो।
राजधानीको तरकारी आपूर्ति सहज तुल्याउन सोमबारैदेखि सीमित भए पनि बजार सञ्चालन गर्ने समितिले जनाएको छ। यसनिम्ति आइतबार दिनभरि समितिले सेना र प्रहरीको सहयोगमा बजार सरसफाइ गरेको थियो।
टरेन विपत्ति
आगलागी भए भयंकर नोक्सानी हुने खतरा टार्न आधिकारिक रूपमै पहल भएको थियो, सफल भएन। नभन्दै त्यो विपत्तिमै बदलिन ७२ घन्टा पनि लागेन।
पोखरेलका अनुसार तीन दिनअघि मात्र समितिले भवनबाट आगो संवेदनशील चिजहरू हटाउन व्यापारीहरूलाई सूचित गरेको थियो। 'गर्मीयाम र आगलागीका अन्य खतरालाई ध्यानमा राखेर हामीले पहल गर्दा व्यापारीले नै नमानेका हुन्,' उनले भने।
तरकारीका थुप्रोले भरिभराउ हुने भवनलाई चारैतिरबाट 'ट्रान्सपरेन्ट प्लास्टिक'ले घेरिएको थियो। पसलपिच्छे बोरा, झोला, चोया, टोकरी, क्रेटहरू र अन्य सुख्खा फोहोर टनाटन थिए। व्यापारीहरूले पसलहरूमा आफूखुसी वायरिङसमेत गराएका थिए।
'एक झिल्को आगो त्यस्तो अवस्थामा काफी हुने त हामीलाई लागेकै हो,' एक कर्मचारीले भने।
निर्देशक अर्याल एक व्यापारीले 'हाम्रो सामान यहाँ नभए तेरो टाउकोमा राख्ने त भनेर जंगिएको' स्मरण गर्छन्।
समितिले व्यापारीहरूकै अवरोधलाई ठूलो क्षतिको कारणका रूपमा औंल्याएकामा व्यापारीहरू त्यसलाई घटनापछिको 'स्वाभाविक ढाकछोप' भन्छन्।

दुखद मानवीय क्षति
आगोले ५२ वर्षीय सुरक्षागार्ड पुन, उनका छोरीहरू १५ वर्षीया शान्ति, ११ वर्षीया निरा र ९ वर्षे छोरा निराजनको ज्यान लियो। अन्य दुई मृतक पर्साका २० वर्षीय ओमकुमार शाह र १७ वर्षीय पुजन मिजार हुन्। घाइते ३६ वर्षीय हिक्का रोक्काको सैनिक अस्पताल र गोरखाका ४५ वर्षीय बलराम भुजेलको वीर अस्पतालमा उपचार भइरहेको छ।
समितिका अधिकारीहरू आगलागी सुरु भएको विन्दु नजिकै कोठामा सुतेका पुन परिवारका सदस्यको आगो र धुवाँको मुस्लोभित्र निस्सासिँदै जलेर मृत्यु भएको अनुमान गर्छन्। भुइँतल्लामै शाह र पुजनको मृत शरीर भेटिएको थियो।
आगो लागेको थाहा पाएर पुन परिवार उम्कन खोज्दा आगो र धुवाँको मुस्लोमा कोठैअगाडि परेको अधिकारीहरू बताउँछन्। उनीहरूको शव कोठा, भर्‍याङमा यत्रतत्र भेटिएको थियो। हिराकी पत्नी हिक्का चाहिँ आत्तेर भाग्ने क्रममा ‰यालबाट बाहिर खस्न पुगेकी थिइन्।
समितिका कर्मचारीहरूका अनुसार बत्ती आएको र राति अबेला सबै काममा व्यस्त भएको समय परेको भए क्षति झन् बढी हुनसक्थ्यो। 'यहाँ त एकबाजीमा पाँच सय मजदुर पो काम गर्छन,' सुरक्षागार्ड शेरबहादुर सिलवाल भन्छन्।

'नो टेन्सन' भन्नेको 'ट्रेजेडी'
प्रहरी हवल्दारको जागिर पकाएर आएका हिराबहादुरले सहकर्मीहरूमाझ 'नो टेन्सन यार' भनिरहने हँसिलो हितैषीको सम्झना छाडेका छन्।
दस वर्षअघि समितिको सुरक्षा गार्डमा भर्ती भएका हिराबहादुर दाङ हलबार-३ का हुन्। उनले पाँच वर्षअघि जेठी श्रीमती गुमाए पनि छिट्टै हिक्काको साथ पाएका थिए। हिक्काले जेठीपट्टिका तीन छोरा र दुई छोरालाई आफ्नै बराबर रेखदेख गरेकी थिइन्।
'पहिली गुमाएर विरत्तिए पनि दोस्रो श्रीमती असल परेर उनी आफूलाई निकै धन्य ठान्थे। त्यसैले सधैं नो टेन्सन यार भन्थे,' एक सहकर्मी सुरक्षाकर्मीले भने।
प्रहरी पेन्सन, समितिको तलब र हिक्काले गर्ने सामान्य फलफूल व्यापारको कमाइबाट पुन परिवार राम्रै गरी पालिएको थियो। एक कोठे क्वाटरमा पनि दुई छोरी र एक छोरासहित उनीहरू खुसीसाथ अटेका थिए।
हिक्काबाट सन्तान नहुने जानकारी भएकै अवस्थामा हिराले उनीसँग बिहे गरेका थिए। बुढेसकालमा तातोपानी दिने, छोरीछोरीलाई राम्रो गर्ने उसको कामनालाई हिक्काले सोचेभन्दा बढी मूर्त पारेको सहकर्मीहरू बताउँछन्।
जेठीका जेठा छोरा २१ वर्षे कमल तीन महिनाअघि कामका लागि मलेसिया गएका थिए। माइला १९ वर्षे विमल गत महिना भारत लागेका थिए। ऋणै गएर भए पनि छोराहरूलाई विदेश पठाउन पाएकामा हिरा साथीहरूसँग खुसी व्यक्त गर्थे।
कलिला दुई छोरी शान्ति र निरा, छोरा निराजनको मृत्युले अहिले बजारआडैको निलबाराही स्कुललाई आँसुमा डुबाएको छ। कक्षा ९ मा पढ्ने शान्ति, ६ की निरा र ५ का निराजन अनुसासन, व्यवहार र पढाइ तीनै कुरामा स्कुलमा उदाहरण थिए। निरा पढाइमा विशेष अब्बल थिइन्।
प्रिन्सिपल जानुका नेपालले अति सामान्य पृष्ठभूमिका दिदिभाइले आफूलाई अलग र ज्ञानी विद्यार्थीका रूपमा उभ्याएर सबैको माया जितेको स्मरण गरिन्। 'उनीहरूको निधनले हामी स्तब्ध छौं। हाम्रा नानीहरू पनि निकै दुःखी भएका छन्,' उनले भनिन्। 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस