चुनाव खतरनाक चीज रहेछ। चुनावको परिणाममा चुनाव लड्नेको भाग्य कि बन्छ कि खरानी हुन्छ। यसको सबुत संविधानसभाको त्रासद चुनावी नतिजा हाम्रासामु प्रत्यक्ष छ। यस घडीमा पथविचलित राजनीति गतिरोधको अक्करमा अड्किएको छ। कारण चुनावै हो। अहिलेको चुनाव होइन, संविधान बनेपछिको चुनाव। चुनाव पीडित एउटा दुःखी पात्र छ।
यो सकल पराजित अभागीहरूको प्रतिनिधि पात्र हो। यो पात्र अताल्लिँदै भविष्यतिर हेर्छ। मानौँ माओवादी सेनाको समायोजनआदि भयो। त्यसपछि त संविधान लेखिन्छ र जारी हुन्छ नै। अनि? अनि ६ महिनाभित्रमा चुनाव होला। पछिको चुनाव सम्झ्यो कि हाम्रो दुःखी पात्रलाई अघिल्लो चुनावको झ्वास्स सम्झना हुन्छ। ऊ पराजयको धुलोमा पछारिन्छ। उसलाई ऐठन हुन्छ। ऊ बर्बराउँछ। ऊ रुन्छ। ऊ मुर्छा पर्छ। र, चुनावी पराजयको पीडाले उसको देहमा आगलागी हुन्छ। तसर्थ जे निहुँ बनाएर, जे अत्तो थापेर वा जे जोरी खोजेर होस्, सेना समायोजन नगर्न र संविधान नलेख्न ऊ कटिबद्ध छ। संविधान लेखियो कि सदाका लागि उसको राजनीति सकियो! तब संविधान लेखेर आफ्नै हातले आफ्नै भाग्यमा बन्चरो किन बजार्नु? जान्नेहरू भन्छन् - जेठ १४ को पूर्वसन्ध्यामा माधव नेपालको ठोस योजना थियो। त्यस योजनाको पेट बेहोरामा संविधानसभा विघटनको भयावह कथा लेखिएको थियो। अन्तिम घडीमा तीन बुँदे बन्यो र बरा यी चुनावपीडित दुःखीको अति प्रिय योजनाको गर्भपात भयो।
प्रधानमन्त्रीको चुनाव जारी छ। चुनावको हबिगत सिसिफसको कथातुल्य छ। ठस्ठस् कन्दै फेदीबाट ढुङ्गो पहराको टाकुरोमा पुर्यायो र जहाँबाट ल्याएको हो त्यतैतिर ढुङ्गो गुडायो। अनि फेरि उही ठस्ठसी र उही गुडान। चुनावले अनिर्णयको दुष्चक्रमा चार फेरो मारिसक्यो। सोमबार पाँचौ फेरोमा पनि हात लागी हुने सके उही ठस्ठसी र उही गुडान नै होला। यो चुनावमा डर उही छ। उही संविधान बनेपछिको अर्को चुनाव। राजनीतिको चुरो बुझ्ने ज्ञानीहरू भन्छन् - अहिले माधव नेपालको भूमिकामा छद्म भेषमा झलनाथ खनाल छन्। खनालले राजनीतिमा छायावाद भित्र्याएका छन्। काव्यसिद्धान्तमा छायावाद दोहोरो अर्थ लाग्ने एउटा चिन्तन एवं सिर्जन प्रवृत्ति हो। शास्त्री वा प्राडाहरू यस्तो काव्यको आफूखुसी अर्थ लाउँछन् र जनसाधारणलाई कुहिराको काग बनाउँछन्। छायावादी झलनाथ राजनीतिमा अहिले त्यही गरिरहेका छन्।
झलनाथ सहमति-सहमति भन्दै आफूलाई सहमतिपथको उदारमना योद्धाको विम्बमा प्रस्तुत गरिरहेछन्। र, अरूलाई सहमतिपथका वैरीमा दर्ता गर्न यी यत्नशील छन्। सहमतिको यस रटमा छायावादको गहिरो छाप छ। यसको जे अर्थ लाए पनि हुन्छ। तर, झलनाथीय अर्थ भने गज्जप छ। त्यो हो, सहमति हुनैपर्छ र सहमति हुनलाई म प्रधानमन्त्री हुनैपर्छ। म भएँ, सहमति भयो, म भइन, सहमतिले हावा खायो। बस्, झलनाथीय अभिप्रायअनुसार सहमतिको अर्थ नखोलिएको छायावादी अर्थ यस्तो छ। र, यो अर्थलाई टेको दिन तर्कको विचित्रको जालो बुनिदो छ। पुष्पकमल प्रधानमन्त्री बन्न अयोग्य छन्, झलनाथीय छायावाद भन्छ। कारण एमालेजस्तै नागरिक पार्टी बन्न माओवादीले अनेक परीक्षा पास गर्नुपर्छ। र, यसको लागि थुप्रो समय लाग्छ। इतिहासको स्मरण गरौँ। आजको एमाले एकै रातमा नागरिक पार्टी बनेको होइन। प्राडो र पजेरो, बजारभक्ति र महाकाली सन्धि, चन्द सरकार र ज्ञानेन्द्र सरकार, भोगवाद र सोखलिप्सा एवं चुनावी पराजय र छवि स्खलन आदिका अनेकौं खुट्किला ओर्लेर एमाले आजको नागरिक पार्टी बनेको हो। माओवादी यस्तो नागरिक पार्टी बन्ने दिशातर्फ उन्मुख भएछ नै भने पनि उसलाई कम्तीमा दस वर्ष लाग्छ। यसको अर्थ हो, आजका मितिले दस वर्षसम्म माओवादी सरकारको नेतृत्व गर्न योग्य ठहरिने छैन। उसलाई आशङ्कापछि आशङ्काको तुलोमा तौलिइने छ। उसलाई परीक्षापछि परीक्षामा राखिने छ। र, छाला तरिएको मल्साँप्रोजस्तो भएपछि बल्ल उसलाई नागरिक पार्टीको गौरव प्रदान गरिने छ। बस्, माओवादी पुष्पकमल अयोग्य ठहरिएपछि झलनाथ प्रधानमन्त्री बन्ने बाटाको एउटा काँडो पन्छियो।
अब बाटोबाट पन्छाउनु छ रामचन्द्र नामक काँडालाई। पन्छाउने जुक्ति छायावाद छँदैछ। झलनाथीय छायावाद भन्छ - माधवलाई राजीनामा दिन विवश बनाएर रामचन्द्रलाई मौका दिएकै हो। तर, के लाग्छ, चुनावमा चारपल्ट गुल्टिएर यी बिचरा पाँचौं गुल्टाइको व्यग्र प्रतीक्षामा छन्। माअेवादी यिनलाई मान्दैन। उसले नमानी यिनको सहमतीय दुई तिहाई बन्दैन। त्यसैले सहमतीय प्रमाणपत्रबिनाका रामचन्द्र प्रधानमन्त्री बन्न किमार्थ लायक छैनन्। बाँकी कुन माइकलाल छ त? झलनाथीय छायावाद खुसुक्क भन्छ - निर्विकल्प माइकलाल झलनाथै हुन्।
काव्य फाँटको छायावादमा प्रायः यथार्थको छलकारी एवं भ्रान्तिकारी प्रतिविम्बन हुन्छ। झलनाथीय छायावादमा पनि त्यसको छाया दृष्टिगोचर हुन्छ। झलनाथको सत्तामुखी चित्तमा प्रधानमन्त्रीको पहिलो किस्ताको चुनावमा तीन सय ९१ भोट पाएको भ्रम छ। भ्रमको त्यो स्रेस्ता यिनका खल्तीमा अझै बकाइदा सुरक्षित छ। छायावादको मायावी घोडामा सबार भएका खनाललाई लाग्दो हो - नाथे दस भोट थपे त ट्याक्क सहमतीय प्रधानमन्त्री भइहालिन्छ। अनि सहमतिको भजन गाउँदै चुनावलाई अनिर्णयको धरापमा किन अल्झाइ नराँखू? तर, यथार्थ अलि फरक छ। तीन सय ९१ को स्रेस्ता उधारो वाचाको बगाल हो। ब्यांकमा पैसा छैन, चेकवालाले भिक्षार्थीलाई लोभ्याउँदै चेक काटिदिए। र, कुरा बुझेर चतुरमति माधव नेपालले रहस्यवादी काइदाले झलनाथको उम्मेदवारी नै बदर गरिदिए। यसरी माधवले झलनाथलाई चुनावी अभिनय गर्ने सुनौलो मौका पनि दिए, मौकामा पुरानो रिसको साटो पनि फेरे।
झलनाथीय छायावादको उच्चाटलाग्दो जिरह छ, पुष्पकमल र रामचन्द्र चुनावी मैदानबाट झटपट हट र सहमतिको सुनौलो द्वार खोल। आखिर कसका लागि? मानौँ कि चालु गाईजात्रे चुनाव तुरियो र झलनाथीय छायावादको जब्बर जिरहबमोजिम सहमतीय प्रक्रियाको द्वार खुल्यो। अब के हुन्छ? धु्रवीकरणको हालत उही हो। समीकरणको गणित उही हो। मत विभाजनको कठोर यथार्थ उही हो। आखिर फेरि पनि हुने त उही बहुमतीय गणितको दिक्कलाग्दो पुनरावृत्ति न हो। छायावादको भ्रान्तिकारी नसामा लठि्ठएका झलनाथलाई लाग्दो हो - चुनावको अर्को चक्रमा मेरो दुई-तिहाइ पक्का छ। तर, कसले भोट दिएर? माओवादी र कांग्रेस आफ्ना भोट आफैँलाई देलान्। मधेसीका भोट यी दुई महलमा बाँडिएलान्। सके एमालेको माधव-केपी समूहले कृतज्ञतासाथ गुनको पैँचो तिर्न कृपाकारी काङ्ग्रेसलाई काँध थाप्ला। अनि झलनाथलाई हात लागी हुने कति भोट हो? कुरा प्रस्ट छ, झलनाथीय छायावाद झलनाथको पक्षमा किमार्थ छैन। तर, राजनीतिमा रिक्तता, भय र अराजकताको कोलाहल सिर्जना गरी संविधानसभाको वध गर्ने विद्रुप वातावरण भने यसले बनाइरहेछ।
झलनाथीय छायावादबाहिरबाट हेर्दा सरकारका विकल्प फगत तीनवटा छन्। विशालकाय माओवादीको नेतृत्व र अरूको हैसियतअनुसार सत्ताको यथोचित बाँडफाँट। अथवा माओवादी नेतृत्वको बहुमतीय सरकार। तर, अछूत जातको माओवादीको नेतृत्व छूतहरूद्वारा स्वीकार गरिने छाँट शून्य बराबर छ। बाँकी रह्यो कांग्रेसको बहुमतीय सरकार। बहुमतीय सरकारभित्रै सहमतिको खोजी गर्नुसिवाय हाललाई उपाय केही छैन। झलनाथीय मायावी छायावादले छ भन्नु सरासर भ्रान्तिकारी कथन हो। हुनै नसक्ने दुई तिहाइको अत्तो थाप्दै लोकतान्त्रिक संस्थाप्रति वितृष्णा फैलाएर झलनाथीय छायावादले संविधानसभाको हुर्मत लिन खोजेकै हो त म अकिञ्चन कसरी भनुँ? तर, निजको अनिष्टकारी छायावादले त त्यही र त्यहीमात्र पो भनिरहेछ बा!