ज्ञान प्राप्तिपछि भारतको सारनाथमा पहिलो पल्ट बुद्धले भनेका थिए, दुःख छ, त्यसका कारण, निरोध सम्भावना र उपाय पनि छन्। त्यसका लागि उनले सही दृष्टि, सही संकल्प, सही वाचा, सही काम, सही जीविका, सही प्रयत्न, सही चेत, सही समाधि सुझाएका थिए जसलाई आर्य अष्टांग मार्ग भनिन्छ।
हर्मन हेसको प्रसिद्ध उपन्यास ‘सिद्धार्थ'मा यसैमा बल दिँदै उनी भन्छन्, ‘तर्क र चलाखीले दुःखहरण हुँदैन, बरु तिनलाई पहरा देऊ।'
साँच्चै, तर्क र चलाखीले दुःखहरण हुँदो हो त संसारका दुःखहरणकर्ता ढँटुवा वकिल, न्यायाधीश र धूर्त नेता हुन्थे। विडम्बना, कालोलाई सेतो र सेतोलाई कालो बनाइदिनसक्ने यिनै वकिल, न्यायाधीश र ढँटुवा नेताका कारण मानिसहरू बढी दुःखी छन्। नेपाली राजनीतिको दुःखको एउटा कारण ‘चलाखी' हो।
प्रधानमन्त्रीको चुनाव चार पटक असफल भइसक्यो। पाँचौँ पटक पनि असफल हुँदैछ। चुनाव असफल हुनुमा तटस्थ बसेको नेकपा (एमाले), त्यसमा पनि झलनाथ खनाल पक्षलाई दोष दिइएको छ। यसमा चौथाइ सत्यमात्र छ। जसरी पनि प्रधानमन्त्री भइछाड्छु भन्ने एनेकपा (माओवादी) अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल अनि अप्ठेरो स्थितिमा आफ्नो स्वार्थ पूरा गर्न खोज्ने मधेसी दल पनि उत्तिकै दोषी हुन्।
एक थरी भन्छन्, प्रतिपक्ष नरहने सहमतीय सरकार सर्वसत्तावादी अभ्यास हो, त्यसैले बहुमतीय प्रथा अनिवार्य छ। यो ०४७ सालको संविधानलाई पर्याप्त ठान्ने मानसिकता हो। कांग्रेस यसको खुला पक्षधर हो। यसमा तर्क छ, तत्वबोध छैन। यो २०४७ को संविधान लागू भएर संसदीय अभ्यास भइरहेको समय होइन जहाँ बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष र आवधिक निर्वाचनलाई नै सर्वोत्तम लोकतान्त्रिक विधि मानिन्थ्यो। त्यो संविधान असफल भयो। यो त्यस्तो संक्रमण हो जसको गर्भमा न्याय, स्वतन्त्रता, समानता, समता, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको आशा गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान छ। मिलीजुली अघि बढ्दामात्र यसको स्वस्थ प्रसूति सम्भव छ।
नयाँ संविधानले राष्ट्रपतीय प्रणाली पनि लागू गर्नसक्छ। वेस्टमिनिस्टर शैलीको संसदीय प्रंणाली असफल ठानेरै नयाँ संविधान बन्न लाग्दा यसैलाई निर्विकल्प लोकतान्त्रिक विधि भन्नु सचेत जनताका आँखामा छारो हाल्नु हो। सहमतीय सरकारभित्रै पनि दलहरूले प्रतिक्षको भूमिका निर्वाह गर्न सक्छन्। नेतृत्वले मनलागी गरे तिनले समर्थन फिर्ता लिएर सरकार ढालिदिन सक्छन्। पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई एमाले र मधेसी दलले समर्थन फिर्ता लिएको उदाहरण ताजै छ।
बहुमतीय पक्षधरको अर्को तर्क छ, सरकार बहुमतीय बने पनि संविधानका धारा पास गर्ने बेला सहमति हुनसक्छ। दलहरूमा लोकतान्त्रिक संस्कार हुँदो हो त यो सम्भव हुन्थ्यो। हामीकहाँ लोकतान्त्रिक दाबी गर्ने नेपाली कांग्रेसमै यस्तो संस्कारको भोकमारी छ। सरकारको नेतृत्वका लागि ऊ बहुमत जुटाउन सक्दैन।
संविधानसभा चुनावमा सबैभन्दा बढी मत ल्याउने दललाई सहमतीय सरकारको नेतृत्व गर्न पनि दिँदैन। कसैको बहुमत नजुटेपछि सबैभन्दा ठूलो दललाई विश्वासको मत दिएर अल्पमतको सरकार चलाउन दिने उदारता पनि देखाउँदैन। प्रतिपक्षमा बस्नै नसक्ने लोकतान्त्रिक संस्कारविरोधी चरित्र लोकतान्त्रिक पार्टीलाई सुहाउँछ? यही चरित्र माओवादी, एमाले, मधेसी दल र अन्य साना दलमा पनि छ। प्रतिपक्ष रहनुपर्दा दुई महिनामै यिनको हावा खुस्किन्छ र चेतना ‘पंक्चर' भएर अर्को सरकार बनाउने खेल सुरु हुन्छ। यो अधैर्य संविधानका धारा पास गर्ने बेला झल्किने प्रस्ट छ। अनि कसरी बन्छ संविधान?
संविधान सभाको संसदीय भूमिका तदर्थ हो। यसको मुख्य काम संविधान बनाउने हो। सरकार पनि तदर्थ हो। यसको मुख्य काम संविधान बनाउन र जारी गर्न आवश्यक व्यवस्थापन गरिदिनु हो। तर, दलका नेता भने यही सत्य बिर्सेर सरकार बनाउन र ढाल्नमै प्रतिबद्ध छन्।
बहुमतीय सरकार बनाएर अर्को ‘माधव नेपाल' खडा नगर्ने खनालको लाइन बेठीक होइन। खोट केमा देखिन्छ भने चोरबाटोबाट उनी फेरि प्रधानमन्त्रीको उमेदवार बन्न खोज्दैछन् जसमा कुनै राजनीतिक आधार छैन। आशय चोखो छ भने उनी चोरबाटो बन्द गरी निकास खोल्न सक्रिय हुनुपर्छ।
त्यसका तीन तरिका छन्- १) अनुगमन समिति बनाएर ठूला तीन दलले सहमतिमा पालैपालो सरकारको नेतृत्व गर्ने। २) बहुमतबाट पनि सरकार बन्नसक्ने संविधानको धारा थुन्ने र संविधानसभाको हैसियतअनुसार सत्ता साझेदारी गर्ने, ३) माओवादी उमेदवारलाई बहुमतले प्रधानमन्त्री बनाउने र अल्पमतको सरकार चलाउन दिने।
लोकतान्त्रिक संस्कार आत्मसात गर्ने हिम्मत छ भने तेस्रो विकल्प रोज्दा पनि हुन्छ।