विगतमा अत्यन्त जटिल विषयमा सहमति जुटाउनसक्ने दलका यी नेताले माओवादी लडाकुका सम्बन्धमा सहमति जुटाउन किन नसकेका होलान्? किनभने, त्यसमा सहमति नजुट्दा नै सबै प्रमुख नेतालाई फाइदा छ।अपवादबाहेक लोकतन्त्रको ठूलो डम्फू पिट्नेले नै लोकतन्त्रमाथि बढी घात गरे। सबैभन्दा धेरै राष्ट्रियताको नारा भज्नेले नै राष्ट्रियता दिल्लीलाई सुम्पिए। र, जसले सबभन्दा बढी सहमतीय सरकारको रट लगाए तिनैले सहमतिलाई ध्वस्त पारे। त्यस्तो अवस्थामा नेताहरूलाई शान्ति र नयाँ संविधानभन्दा स्वार्थ र सत्ताको बढी मोह छ भन्ने शंका लाग्नु स्वाभाविकै थियो तर पछिल्ला दिनमा त्यो शंका साँचो भएको स्पष्ट हुँदै गएको छ।
सबैको भनाइ के थियो भने, लडाकु समायोजन बारे ठोस कदम चाल्ने हो भने नयाँ सहमतीय सरकारको नेतृत्व माओवादीले गर्दा कसैलाई कुनै आपत्ति हुने छैन। यो कथन पूर्णतः तार्किक र उदार सुनिन्थ्यो। तर वास्तविकता त्यो होइन रहेछ। त्यो त सबैले भन्नका लागिमात्र भनिदिएका रहेछन्। वास्तविकता त्यो हुँदो हो त प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएको भोलिपल्टैदेखि प्रमुख नेताहरूको ध्यान कसरी आफ्नो पक्षमा समर्थन जुटाउने भन्नेमा नभई माओवादी लडाकु समायोजनको खाकामा सहमति जुटाउनेमा केन्द्रित हुनुपर्थ्यो। तर त्यसबारे प्रधानमन्त्रीले राजीनामा दिएपश्चात् गम्भिरतापूर्वक कुनै काम भएन। दुनियाँको आँखामा छारो हाल्न सुरुमा अन्य प्रमुख दलले माओवादीसँग लडाकु समायोजनको खाका मागे। माओवादीले पेस गरेको खाका अन्य दलले अस्वीकार गरे। अनि अन्य दलले आफ्नो खाका पेस गरे। त्यसलाई माओवादीले अस्वीकार गर्यो। भएको त्यत्ति हो। शान्ति, संविधान र सहमतीय सरकारबारे दलहरूलाई बास्तवमै चिन्ता हुँदो हो त, उनीहरूले सम्पूर्ण ऊर्जा दिनरात आफ्नो पक्षमा बहुमत जुटाउन होइन, दुई पक्षले प्रस्तुत गरेको लडाकु समायोजनको खाकामा सहमति जुटाउन खर्चिने थिए। गत पाँच वर्षमा कस्ता, कस्ता जटिल विषयमा मन्थन गरेर निष्कर्ष निकालेका दलका नेताहरूले दिलोज्यान दिएर लागेका भए लडाकु समायोजनबारे सहमति हुँदैनथ्यो होला र? तर अहिले प्रष्ट हुँदैछ, माओवादी लडाकुको उपस्थिति अन्य दलका लागि माओवादीलाई सत्ता बाहिर राख्न सबभन्दा सहज र उचित कारण बनेको रहेछ। त्यस कारणलाई सार्वजनिकरूपमा बारम्बार उठाइदिनु र त्यसको समाधान खोजे झैँ गर्नुमै ती दलका नेताले आफ्नो हित देखेका रहेछन्। किनभने लडाकु समायोजनको समस्या हल भयो भने त सत्तामा माओवादी जाने र त्यसैले निरन्तरता पाउने संभावना प्रबल छ। परिणामस्वरूप, अरू दलहरू लडाकुको प्रश्नलाई माओवादी नागरिक पार्टी होइन र ऊ नागरिक पार्टीमा रूपान्तरण नभएसम्म उसले सत्ताको नेतृत्व गर्न सक्दैन भन्नका लागि प्रयोग गर्न चाहने तर त्यसभन्दा पर जान नचाहने रहेछन्। माओवादी त परिस्थिति आफ्नो अनुकूल नबनेसम्म आफ्ना लडाकुलाई राख्न स्वाभाविकरूपमा चाहने नै भयो।
दोस्रो, सहमतीय सरकार बास्तवमै लक्ष्य थियो भने त्यो त हासिल भइसकेको थियो। तर त्यसमाथि व्यक्तिगत महत्वाकांक्षा र व्यक्तिगत प्रतिशोधको भावना कति धेरै बलियो भयो भने सजिलै बन्ने सहमतिको सरकार पनि बनेन। साउन पाँच गते भएको प्रधानमन्त्रीको पहिलो चरणको निर्वाचनमा, दुईतिहाइ समर्थन प्राप्त हुने भए आफूले एमालेका अध्यक्ष झलनाथ खनाललाई सहयोग गर्ने ठोस प्रतिबद्धता माओवादीले जनाएको थियो। त्यस्तो स्थितिमा नेपाली कांग्रेसका प्रधानमन्त्रीका प्रत्याशी रामचन्द्र पौडेलले खनाललाई सघाउनु पर्थ्यो कि पर्थेन?
माओवादीसँग जस्तो एमाले र काँग्रेसका बीचमा त खास मतभेदका विषय नै थिएनन्। अर्थात्, सहमतिको सरकार सहजरूपमा बन्ने स्थितिमा पनि पौडेलले सत्ता मोह त्याग्न सकेनन्। यत्रो राजनीतिक जटिलताको समयमा नेपाली कांग्रेसले थोरैमात्र त्याग गरिदिएको भए परिस्थिति यति जटील हुने नै थिएन। त्यसबाट एकतिर माओवादीलाई सत्ताको नेतृत्व नदिने प्रमुख दलको चाहना पूरा हुने थियो भने अर्कोतिर शान्ति प्रक्रिया पनि सकारात्मकरूपमा अघि बढ्ने संभावना रहन्थ्यो। त्यसैगरी, एमालेका केही नेताको खनालसँगको प्रतिशोधको भावना पनि सहमतिका लागि यत्तिकै बाधक बन्यो। झन्डै दुईतिहाइ सांसदको समर्थन जुटाएका झलनाथ खनालको उमेदवारी फिर्ता लिँदा माधवकुमार नेपालले संसद्मा फुस्काएका मुस्कानले उनी आफ्नो प्रधानमन्त्रीय कार्यकालभर खनालले ‘दिएको दुःख' को बदला लिन पाएकोमा प्रफुल्ल देखिन्थे। प्रतिशोधको भावना बलियो नभएको र नेपाल तथा एमालेका अर्का नेता केपी ओलीले अलिकतिमात्र सहयोग गरिदिएको भए खनालले सहजै दुईतिहाइ मत हासिल गर्ने संभावना थियो, जसलाई सहमतीय सरकार सरह मान्न सकिन्थ्यो। त्यस्तो स्थितिमा नेपाली कांग्रेसले पछि गएर खनाललाई सहयोग नगर्ने भन्ने प्रश्नै उठ्दैनथियो। त्यति गर्न सकेको भए नयाँ संविधान लेखिने संभावनामात्र बढ्ने थिएन, हामी हाम्रो समस्या आफैँ सुल्झाउन सक्षम छौं भन्ने सन्देश पनि जान्थ्यो। अनि कूटनीतिक पक्रिया नै पूरा नगरी भारतले रातारात पठाएको विशेष दूतलाई हाम्रा सारा नेताले नतमस्तक भएर स्वागत गर्नुपर्ने थिएन। ‘हामीलाई विदेशी हस्तक्षेप सह्य हुने छैन' भनेर संचारमाध्यम सामु जति नै ठूलो स्वरमा गर्जिए पनि यस्तो संवेदनशील समयमा स्वघोषितरूपमा आएका भारतीय दूतले सबका सबलाई भेटेर साउती गर्नु हाम्रो राष्ट्रियता कति कमजोर भइसकेको छ भन्ने ज्वलन्त उदाहरण हो।
कृपालु गुरु श्यामशरणले ककसलाई के के मन्त्र सुनाएर गए त्यो सबै थाहा हुन गाह्रो छ। तर एउटा कुरा भने स्पष्ट छ, उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका आफ्ना सहृदयी मित्रहरूलाई विशेष महत्व दिएर छुट्टै रात्रिभोज दिए र उनीहरूलाई अहिलेको परिस्थितिमा तेस्रो चरणको प्रधानमन्त्रीको निर्वाचनमा देखिए झैँ विभाजित नहुन सल्लाह दिए। त्यसैगरी उनले सरकार निर्माणका सम्बन्धमा नेपाली कांग्रेस र एमालेबीच पछिल्लो समयमा देखिएको मतभिन्नताका बारे पनि चिन्ता व्यक्त गरेको सुनिएको छ। लोकतान्त्रिक शक्तिहरूबीच फाटो आउँदा माओवादीलाई फाइदा पुग्छ भन्ने कृपालु गुरुको राय रहेको बताइएको छ। श्यामशरणलाई कुन हदसम्म वरण गर्ने भनेर आआफ्नो बुझाइ र बाध्यताअनुरूप आज्ञाकारी नेपाली नेताले निर्क्योल गर्ने नै छन्।
उनले जे मन्त्र सुनाएर गएको भएपनि शान्ति प्रक्रिया साँच्चिकै टुंगोमा पुर्याउने र नयाँ संविधान लेख्ने हो भने सहमतीय सरकारको विकल्प छैन। तर त्यसका लागि आफ्नो पक्षमा बहुमत जुटाउन खोजेर या सहमतीय सरकारको नेतृत्व लोकतान्त्रिक दलले नै गर्नुपर्छ भन्ने अडान लिएर गन्तव्यमा पुगिने संभावना छैन। कतिपयले गतिरोध फुकाउन संसद्को नियमावली संशोधन गर्नुपर्ने माग गरिरहेका छन् तर समस्याको जडलाई सम्बोधन नगर्ने हो भने न त बहुमतीय सरकारले शान्ति र नयाँ संविधान दिन सक्छ, न त नियमावली संसोधनले समस्याको समाधान नै निकाल्न सक्छ। समस्याको जड भनेको माओवादी लडाकुको समायोजन र पुनःस्थापना नै हो। कस्ता कस्ता जटील विषयमा त प्रमुख दलका नेताले विगतमा सहमति जुटाएका छन् भने लडाकुको प्रश्नमात्र समाधानै ननिस्कने समस्या हुनै सत्तै्कन। तर यस प्रश्नलाई माओवादी, कांग्रेस र एमालेले आआफ्नै निहित स्वार्थका कारण इमानदारीपूर्वक सम्बोधन गर्नै चाहेका छैनन्। यो समस्या अहिले नै हल भयो भने त्यसबाट कांग्रेस र एमालेलाई ठूलो घाटा हुन्छ। किनभने उनीहरूले सरकारको नेतृत्व माओवादीलाई दिनुपर्ने हुन्छ। त्यतिमात्र होइन त्यसबाट माओवादीको वैधानिक शक्तिमाथि प्रहार गर्ने आधार पनि समाप्त हुनेछ। लडाकु समायोजनबारे अहिले नै सहमति भयो भने आफू पंगु भइने हो कि भन्ने डर माओवादीलाई पनि छ। अहिलेको गतिरोध यही राजनीतिक संकीर्णताको परिणाम हो। लडाकु समायोजनबारे सहमति नबनेसम्म नयाँ संविधान लेखिँदैन। त्यसैले, अब बाँकी समयमा सबै प्रमुख नेताको ध्यान सरकार निर्माणमा नभएर माओवादी लडाकुको प्रश्न सुल्झाउने विषयमा केन्द्रित भएर त्यसमा सहमति भयो अनि त्यसपछि सहमतीय सरकार बन्यो भने नेपालमा नयाँ संविधान लेखिएला र शान्ति स्थापना होला। अन्यथा, नेपाली राजनीति एकपल्ट अनिश्चयको अर्को चरणमा प्रवेश गर्ने त छँदैछ त्यसले अकल्पनीय परिणाम निम्ताउन सक्छ।