मिडियाले यदाकदा कीरालाई हिरा र हिरालाई कीरा बनाइदिन्छन्। झन्डै दुई वर्षदेखि नेपाली मिडियाले चार्ल्स शोभराजकी कथित पत्नी निहिता विश्वास बित्थामा हिरा बनाइरहेको छ। दुई वर्षअघि फलामे बारभित्रका शोभराजको म्वाइँ खाएर पत्नीको रिहर्सल गरेको तस्बिर खिचाएपछि उनी नेपाली मिडियामा लगातार चम्किरहेकी छन्।
जे बोले पनि, जे गरे पनि उनका विभिन्न पोजका तस्बिरसहित अखबारका मुखपृष्ठमा ठूला समाचार छापिएका छन्। शोभराजको मुद्दामा बयान चल्दा, फैसला हुँदा, न्यायालयलाई गाली गर्दा, थुना पर्दा, थुनाबाट छुट्दा पनि मिडियामा उनले महत्वपूर्ण ठाउँ पाइन्।
निहितामा त्यस्तो के थियो जसले गर्दा उनी यस्तरी चम्किरहिन्? लर्ड नर्थक्लिफले भनेका छन्, कुकुरले मान्छे टोक्दा होइन मान्छेले कुकुरलाई टोके समाचार बन्छ। समाचारको यो बतासे परिभाषाअनुसार केही हदसम्म यो मान्छेले कुकुरलाई टोकेजस्तै घटना थियो। निहिता १९ वर्षे युवती थिइन् जतिखेर उनले आफूभन्दा तेब्बर उमेरको वृद्धसँग बिहे गर्ने घोषणा गरिन्। त्यो पनि मायाजालमा पारेर थुप्रै युवतीको हत्या गरेको अभियुक्तसँग। यो उनका लायक युवकलाई त ठूलै चुनौती थियो, किशोरदेखि वृद्धोन्मुख पुरुषलाई पनि यसले ध्यानाकर्षण गरेको थियो। समाचार मूल्यका दृष्टिले यी प्रसंगमा दुई अनुच्छेद लेख्दा काफी हुन्थ्यो। तर, मिडियाले ‘पुरुष हेराइ'लाई उपयोग गरेर महत्वपूर्ण ठाउँ दिए जसले गर्दा समाचारमा आउनलायक कुनै गुण नभएकी युवती ओस्कार पाएकी अभिनेत्रीजस्तै चम्किइन्।
नेपाली मिडियाले महत्वपूर्ण कतिपय घटनालाई समाचार नबनाएका उदाहरण थुप्रै छन्। यही साउन ६ गते झापाका चर्चित कवि हिरा आकाशको निधन भयो। खबर पाउँदा पनि मिडियाले यसलाई ठाउँ दिएन। खबरका लागि आग्रह गर्दागर्दा साहित्यकार कृष्ण धराबासी आजित भए। चर्चित कथाकार कुमार ज्ञवालीको केही वर्षअघि निधन भएको अझै धेरैलाई थाहा छैन। कारण, उनको निधनको खबर कुनै मिडियामा आएन। २०५६ असार ७ गते थाहा आन्दोलनका प्रवर्तक रूपचन्द्र विष्टको निधन भयो। त्यो खबर पनि केही साप्ताहिकमा बाहेक मूल धारका मिडियामा आएन। साहित्यकार पारिजातले आफ्नो शव प्रज्ञा प्रतिष्ठानमा नलान आग्रह गरेकी थिइन्। त्यसको निहितार्थ गहिरो थियो। प्रतिष्ठान सत्ता र शक्तिको खुसामद गर्ने झुटा स्रष्टाको चौतारो बनेकोमा उनको गहिरो आक्रोश थियो। यीलगायत उपचारका लागि विदेश जान पारिजातले राहदानी नपाएको घटनाले पनि मिडियामा ठाउँ पाएनन्।
यो प्रवृत्ति विश्वको मिडियामै नौलो भने होइन। नोबेल शान्ति पुरस्कार विजेता मदर टेरेसा र बेलायतकी पूर्व युवराज्ञी डायनाको निधन एकै दिन भएको थियो, १३ वर्षअघि। योगदानका हिसाबले टेरेसासामु डायना भुसुनाजस्तै थिइन्। तर, मिडियाले टेरेसालाई धेरै पछाडि पारेर उनको हाइहाई गरिदिए। डायनाको रूप, शरीर र क्रियाकलाप पुरुषको दमित यौन उत्तेजित पार्ने खालका थिए जुन मिडियाका लागि अत्यन्तै बिकाउ वस्तु भयो। उनका गोप्य रोमान्स र तस्बिरयुक्त सामग्री संसारभरि हारालुछ हुन्थे। पापाराचीहरू गोप्यरूपले पछ्याइरहेका हुन्थे। त्यसै क्रममा उनको मृत्यु भएको थियो। उनको लाशमा फूल चढाउने कति भए भने लन्डन सहर पूरै फूलविहीन बन्नपुग्यो। सन् २००१ मा सेनाद्वारा निर्दोष १० नागरिकको हत्याविरुद्ध मणिपुरकी कवयित्री इरोम शर्मिलाले आमरण अनसन गरिन्। जेएन अस्पतालमा उनलाई नाकमा पाइप लगाएर जबर्जस्ती खाना खुवाइयो।
सन् २००३ मा गरिब प्यालेष्टिनीको घर जोगाउन सत्याग्रह गर्दागर्दै इजरायलको बुल्डोजरले किचिएर अमेरिकी २३ वर्षीया युवती रासेल कोरी मारिइन्। यस्ता मानवीय गरिमाका महत्वपूर्ण घटनाबारे धेरैले थाहै पाएनन्। मिडियाले ती घटनालाई आवश्यक महत्व नै दिएनन्। ब्रिटनी स्पियर्सले कपाल खौरेको, सल्मा हायक सर्वाधिक कामुक सेलिब्रेटी घोषित भएको वा लिन्ड्से लोहानले शौचालयमा कुनै युवकसँग गरेको रोमान्सले भने मिडियामा ठूलो ठाउँ पाउँछन्। बिक्छ भने जे पनि बेचिदेऊ भन्ने क्रूर पुँजीवादको देन हो, मिडियाको यो प्रवृत्ति।
निहिता विश्वासको प्रसंग नेपाली मिडियाको एउटा ‘रोग' हो। यस्तो खबरले ठाउँ पाउँदा छापिनै पर्ने धेरै खबरले ठाउँ पाउँदैनन्।
न्यायकर्मीको अकमर्ण्यताका कारण न्याय खोज्न न्यायालय धाउने धेरै जना अन्यायमा परेका छन्। तर, हाम्रा मिडिया भने अनाहकमा विवादास्पद युवतीलाई महत्वपूर्ण ठाउँ दिएर पाठकलाई मूर्ख बनाउन खोज्दा आफैँ मूर्ख भएका छन्। धन्न तिनले निहिता कतिखेर शोभराजलाई सम्भि्कन्छन्, सम्झेर कति तड्पिन्छिन्, उनीसँग हनिमून मनाएको सपना कति देख्छिन् भनेर लेख्न भ्याएका छैनन्। यो उनीहरुले सञ्चार आचारसंहिताप्रति देखाएको ठूलो शिष्टाचार हो।