सेक्सपियरले कतै लेखेका छन्- नाममा त्यस्तो के छ? साँच्चै, मेरो प्रचलित नाममा त्यस्तो के थियो जसले मलाई बारम्बार सताइरह्यो? मैले आफ्नो प्रचलित नाम फेरेँ। यही स्तम्भमा देख्न सक्नुहुन्छ। स्मरणका लागि भनिदिऊँ, मेरो प्रचलित नाम चंकी श्रेष्ठ हो।
प्राज्ञिक क्रियाकलाप व्यर्थ ठानिने यस देशमा मलाई चिन्ने कति होलान्? जतिसुकै कम होऊन्, अखबार र साहित्य पढ्नेले मलाई यही नामले चिने। यसको अर्थ हो, मेरो नाम चंकी श्रेष्ठ पनि थिएन। नागरिकतामा अंकित मेरो वास्तविक नाम विशेष वा बेग्लै प्रकारको थिएन। आमाको असामयिक निधनपछि बा कति विचलित भए भने उनलाई छोराछोरीको नाम राख्नुपर्छ भन्नेसमेत हेक्का भएन।
मान्छेले पाएसम्म मान्छेकै जीवन घुर्यान बनाउँछ जसरी नेताहरू लोकतन्त्रलाई बनाउँदैछन्। अरूलाई होच्याएर आनन्दित हुने मान्छेको मनोग्रन्थी हुँदोरहेछ। छरछिमेक मलाई होच्याउने नामले बोलाएर दुःख दिन्थे र सुख प्राप्त गर्थे। म आफ्नो नामसँग हैरान थिएँ। लाग्थ्यो, त्यही नामकै कारण मेरो जीवन असफल थियो। म आफ्नो चारैतिर कहालीलाग्दो भिर देख्थेँ। कस्तो प्रभाव पर्यो भने, त्यस्तो नाम भएका व्यक्ति गरिब, दुःखी, पीडित, अभागी र हेय हुन्छन् कि भन्ने लाग्थ्यो। मेरो हैरानी ठ्याक्कै ध्रुवचन्द्र गौतमको कथा ‘प्रतिद्वन्द्वी'को नायकको जस्तो हुन्थ्यो जो नयाँ नाम धरेर प्रेम गर्छ।
प्रेम छुटेपछि, त्यही नामसँग पनि उसको ठ्याक मिल्दैन। म देख्थेँ, मेरो नाम र दुर्भाग्य संयुक्त भएर मलाई लखेटिरहेका हुन्थे। मलाई सिजोफ्रेनिया त थिएन? एक दिन खुँडा हातमा लिएर मेरो नामले मलाई भन्यो, ‘म तँलाई प्रेम गर्छु तर सुन्दैछु, तँ मलाई निकाल्ने षड्यन्त्र गर्दैछस्।' शत्रुले मसँग प्रेम गर्छु भन्नु कहाँसम्मको बहानाबाजी हो! प्रतिक्रियामा जतिसक्दो खरो स्वर पारेर मैले भनँ, ‘त्यस्तो दुष्ट प्रेमको के अर्थ जसले सधैँ मलाई उपेक्षा र हीनताको खाडलमा धकेल्छ? आहुतिको कविता ‘गहुँगोरो अफ्रिका' पढेको छस्? हो, त्यही भाकामा भन्छु, म कुनै पनि हालतमा तँबाट मुक्ति चाहन्छु।' त्यसपछि उसले खुँडा उचालेको थियो। धन्न, मेरो तर्कना टुट्यो।
उत्साहको एक दिन मैले आफैँलाई भने, जीवन सफल पार्नु छ भने तैँले आफ्नो नाम बदल्नैपर्छ। त्यसपछि फरक देखिने लोभमा असावधानीमै मैले मेरो नाम राखिदिएँ- चंकी श्रेष्ठ। नयाँ नाम स्थापित गर्नु सजिलो थिएन। सम्भव सबै ठाउँमा प्रयोग गरेँ। मेरो नयाँ नाम बिकेन। कुनै नाटक प्रतियोगितामा म लेखक थिएँ। त्यसमा प्रयोग गरेँ। नाटक फर्स्ट भयो, पछाडिबाट। प्रमाणपत्र त पाइयो जसमा पहिलो पल्ट नयाँ नामले आधिकारिकता पायो। पुरानो नाममाथि नयाँ नामको टाँचा लाग्यो। जीवनको विडम्बना हेर्नोस्, केही समयमै महसुस भयो, म आफ्नो दोस्रो नामका कारण पनि पर्याप्त उपेक्षालायक छु।
साहित्य र पत्रकारितामा त्यहि नामले परिचय बनाएको डेढ दशक भइसक्दा, कविताका दुई किताब छापिइसक्दा, प्रज्ञा कथा पुरस्कारलगायत विभिन्न सम्मान पाइसक्दा आज पनि मान्छेहरु मेरो प्रचलित नाम सजिलै स्वीकार्दैनन्। कथित कुलीन समाजका पठित पटमुर्ख युवती वा प्रज्ञा कुन सिनेमाकी कामुक हिरोइन हो भनी सोध्ने बज्रस्वाँठहरूसँग परिचय हुँदा उपेक्षाको अनौठो भाव आँखामा नचाएर मुस्कुराउँदै तिनीहरू सोध्छन्, साँच्चै, तपाईँको नाम के हो? अवचेतनमा, निद्रामा, सपनामा पनि मलाई कसैले मर्ममै हिर्काइरहेको हुन्छ। त्यो मेरो चिरप्रतिद्वन्द्वी उही नाम हुँदोरहेछ।
बुद्धका अनुसार दुःख छ, त्यसका कारण, निरोध सम्भावना र उपाय पनि छन्। त्यसका लागि उनले सही दृष्टि, सही संकल्प, सही वाचा, सही काम, सही जीविका, सही प्रयत्न, सही चेत, सही समाधि सुझाएका छन्। मजस्तो मन्द बुद्धि र उपभोगवादी युगको बन्दीले बढीमा त्यसलाई सम्मान गर्ने हो। तर, दुःख हटाउने उपायस्वरूप ठूलै दुस्साहस गरेर मैले नयाँ नाम धारण गरेँ, अभय। केही समयदेखि साहित्यिक रचनामा मैले आफ्नो नाम चंकी श्रेष्ठ ‘अभय' राखेको छु। यो त्यसैको पूर्वाभ्यास थियो। अभयको अर्थ हो, भित्रैबाटै डर हटाउनु। भयभीत भएर बाँच्नुपर्ने स्थितिबाट अभय हुने यो मेरो अभ्यास पनि हो। नयाँ नाम पढेर माया गर्ने केहीले गाली गर्लान्, कसैले सकार्लान्। दुत्कार्नेले हाँसोको बेलुन उडाउलान्। आखिर, मान्छेले गर्ने यस्तै न गर्दै आएको छ।