साउन ५ गते प्रधानमन्त्रीको चुनावपछि ठूला दुई दल एकीकृत नेकपा ( माओवादी) र नेपाली कांग्रेसमध्ये एक प्रतिपक्षमा रहने लगभग पक्का छ। त्यसो हो भने झलनाथ खनाल, पुष्पकमल दाहाल वा रामचन्द्र पौडेलमध्ये जो प्रधानमन्त्री भए पनि उनलाई माधव नेपाल नम्बर - दुई उपनाम दिनु उपयुक्त हुनेछ।
सहमतीय सरकार गठनको सम्भावना लगभग मृत भइसक्दा पनि सहमतिको एउटा तरिका भने ज्यूँदै छ। जे भनिए पनि विवादको बिउ सत्ता नेतृत्व भएकाले शान्ति प्रक्रिया, संविधान घोषणा र त्यसपछिको आमचुनावसम्मको अवधिलाई उपयुक्त कार्यतालिकासहित बाँडेर ठूला तीन दलले पालैपालो नेतृत्व गर्ने भने हो सहमतीय सरकार अझै सम्भव छ।
यसका लागि शान्ति प्रक्रिया पूरा गर्ने, नयाँ संविधान जारी गर्ने र आमचुनाव गर्ने मितिसमेत तत्काल तोकेर विश्वासिलो सम्झौता गर्नुपर्छ। यसमा कुनै पनि दलले शंका गर्नुपर्ने स्थिति रहन्न। प्रस्ट छ, नेतृत्व एउटा दलको भए पनि संविधान सभामा दलको हैसियतअनुसार सरकारमा तिनको सहभागिता हुनेछ।
यस हिसाबले शान्ति प्रक्रिया नटुंगुन्जेल सरकारको नेतृत्व कांग्रेसले गर्नु उपयुक्त हुन्छ। शान्ति प्रक्रियाकै एक हिस्सा माओवादी हुनाले सन्तुलनका लागि पनि कांग्रेसको नेतृत्वमा यो काम हुनुपर्छ। माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेतृत्वदायी भूमिका खेलेकाले पनि यसलाई विवादरहित ढंगले टुंग्याउने मुख्य दायित्व कांग्रेसकै हो। दुवै पार्टीले माओवादी लडाकु समायोजनको खाका सार्वजनिक गरिसकेका छन्। दुईबीच मुख्य विवाद समयसीमामा छ। कांग्रेसले थोरै समय दिएको छ। माओवादीले अलि बढी समय लिन खोजेको छ। त्यसमा एउटा अलि अग्लिनु र अर्को अलि होचिनुपर्छ। कांग्रेसको सत्ता नेतृत्व अलि लम्मिने हुनाले पनि यी दुईबीच मिलनविन्दु भेटिन सक्छ। शान्ति प्रक्रिया टुंगिनासाथ सत्ता नेतृत्व माओवादीलाई सुम्पनु उपयुक्त हुनेछ।
प्रस्ट छ, संविधान सभा र पुनःसंरचनासहितको न्यायमूलक राज्य उसैका एजेन्डा हुन्। ती नयाँ संविधान बनेपछिमात्र साकार हुनेछन्। त्यसकै पक्षमा ऊ अहिलेसम्म जनयुद्धको घाउ शिरमा बोकेर हिँडिरहेको छ। यस हिसाबले जनताको सपना प्रगतिशील र न्यायमूलक नयाँ संविधान उसको नैतिक दायित्व हो। नियत सफा भए भने उसकै व्यवस्थापनमा यसले गन्तव्य भेट्न सक्छ।
त्यसपछिको आमचुनाव गराउने सरकारको नेतृत्व एमालेलाई दिँदा हुन्छ। सबै दलले यसैमाथि आँखा गाडेकाले यसमा ठूलै विवाद हुन सक्छ। संविधान र शान्ति प्रक्रियाले महत्व नपाउनुको कारण पनि यही हो। मूलतः ठूला तीन दल आफ्नै सरकारले आमचुनाव गराएर अत्यधिक बहुमत ल्याउने मौका खोजिरहेका छन्। प्रस्ट छ, सहमतीय सरकारमा कसैको एकलौटी हुँदैन। नेतृत्वमात्र कुनै एउटा पार्टीको हुने हो। आफ्नो हैसियतअनुसार सबै दलले भाग पाउनेछन्। सत्ता समालेको पार्टीले राष्ट्रको शक्ति दुरुपयोग गरेर चुनाव जितेका उदाहरण अवश्य छन्।
तर, संविधानसभाको चुनाव हेर्ने हो भने अन्तरिम सरकारको नेतृत्वमा कांग्रेस थियो। अर्थ, गृह र रक्षाजस्ता शक्तिशाली मन्त्रालय पनि उसकै पोल्टामा थिए। माओवादीको भागमा महतवपूर्ण मन्त्रालयमा सञ्चारमात्र थियो। तथापि ऊ कांग्रेस र एमालेभन्दा निकै ठूलो पार्टी बन्यो। मुख्य कुरा, चुनावमा आफ्नो मुद्दा शक्तिशाली तरिकाले कसले उठाउन सक्छ भन्ने हो। यसमा विवाद भए एमाले र कांग्रेसले सत्ता नेतृत्वको अवधि साटफेर गर्दा पनि हुन्छ।
सहमतिमै जोड दिने पार्टीका हैसियतले यसका लागि माओवादीकै छाती सबैभन्दा फराकिलो हुनुपर्छ। लोकतन्त्रको सामान्य सिद्धान्तअनुसार व्यवस्थापिकामा सबैभन्दा बढी प्रतिनिधित्व भएको पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने हो। तर, सहमति जुटाउन नसक्दा ऊ हरेक नेतृत्वबाट वञ्चित छ। कांग्रेस र एमाले नेतृत्व पनि यसमा समझदार हुनुपर्छ। माधव नेपाल नियतै खराब भएका व्यक्ति थिएनन् तर व्यवस्थाले उनलाई असफल बनायो। बहुमतीय प्रथाले पौडेल, खनाल वा दाहाल जोसुकैलाई माधव नेपालभन्दा पनि असफल बनाउनेछ।
ओ हेनरीको कथा ‘जीवनको भुमरी'मा पारपाचुके गरेका किसान दम्पति रजिष्ट्रार अफिसबाट बाहिर निस्केपछि एकअर्काको समस्याप्रति पीर गर्न थाल्छन्। स्वास्नी अब कहाँ जाली, के गर्ली भनेर लोग्ने पिरिन्छ। लोग्नेले के खाला, कसरी घरबार चलाउला भनेर स्वास्नी चिन्तित हुन्छे। भोलिपल्टै तिनको पुनःविवाह हुन्छ। हेनरीको कथामा जस्तै साझा लक्ष्य भएका व्यक्तिबीच कहीँ न कहीँ मिलनविन्दु पक्कै हुन्छ। दलहरूको लक्ष्य शान्ति र संविधान हुन्। महत्वपूर्ण कुरा तीप्रति उनीहरू कति इमानदार छन् भन्ने हो।